१ जेष्ठ २०८२, बुधबार

Author: तुफान न्यूज

नेपाली जनसम्पर्क समिति नर्वेको पाँचौं अधिवेशन सम्पन्न, पारस मणि मिश्र अध्यक्षमा निर्वाचित

नेपाली जनसम्पर्क समिति नर्वेको पाँचौं अधिवेशन सम्पन्न, पारस मणि मिश्र अध्यक्षमा निर्वाचित

समाचार
काठमाडौँ । नेपाली जनसम्पर्क समिति नर्वेको पाँचौं अधिवेशन भव्य, अनुशासित र लोकतान्त्रिक वातावरणमा सम्पन्न भएको छ। अधिवेशनले पारस मणि मिश्रलाई नयाँ अध्यक्षमा निर्वाचित गरेको छ। मिश्रले २८३ मत प्राप्त गर्दै विजयी हुँदा उनका प्रतिस्पर्धी सालिग्राम अर्यालले १८६ मत प्राप्त गरेका थिए। कुल ४४४ भौतिक र ३५ अनलाइन गरी ४७९ मत खसेकोमा १० मत बदर भएका थिए। उपाध्यक्ष पदमा गणेश थापा, चक्र विक्रम शाही, रमेश आघिमिरे र गिरीराज अधिकारी निर्वाचित भएका छन्। निर्विरोध निर्वाचित पदाधिकारीहरूमा वरिष्ठ उपाध्यक्षमा पूर्ण बहादुर शाही, महासचिवमा सुरेश कुमार यादव र रमेश सुवेदी, सहमहासचिवमा नरेश बास्कोटा, विनोद श्रेष्ठ, कृष्ण बहादुर खत्री तथा कोषाध्यक्षमा निर्मला परियार रहेका छन्। सदस्यहरूमा नवराज श्रेष्ठ, रमेश तिम्सिना, राघव चन्द्र अधिकारी, विष्णु पौडेल, नविन सापकोटा र घनश्याम तिवारी निर्वाचित भएका छन्। कार्यक्...
नेकपा जाजरकोटकाे पार्टी सचिवमा विराजन शाही

नेकपा जाजरकोटकाे पार्टी सचिवमा विराजन शाही

राजनीति, राष्ट्रिय, विचार, समाचार
काठमाडौं : नेकपा जाजरकोटकाे जिल्ला पार्टी सचिवमा विराजन शाही । नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी कर्णाली प्रदेशको सचिवालयको प्रथम बैठकले शाहीलाई जाजरकोट जिल्लाको सचिवमा जिम्मेवारी दिएकाे हाे । बैशाख ५ गते कर्णाली प्रदेशको राजधानी सुर्खेतमा सम्पन्न सचिवालयको बैठकले जिम्मेवारी हेरफेर गरेको हो । जिल्लाको जिम्मेवारी पाएसँगै शाहीले भनेका छन- "पार्टीले दिइएको जिम्मेवारीले मलाई थप उर्जा र गौरवको अनुभुती भएको छ । नेपालको पछिल्लो राजनीतिक घटनाक्रमले सबैतिर बितृष्ण सिर्जना गरेको छ, त्यसलाई आशामा बदल्न युवाहरुले नेतृत्व गर्दै सबैतिरका संकटहरुलाई समाधान गर्ने प्रयत्न गर्नै पर्नेछ त्यसको कार्यभार हामी युवाहरुको काधमा आइपरेको छ । त्यसमा जिम्मेवार रहने छु साथै पार्टीले निदृष्ट गरेको निति तथा कार्यक्रमलाई आफ्नो कर्तव्य ठानेर पूरा गर्ने प्रतिवद्वता व्यक्त गर्दछु " विराज शाही...
जाजरकोटमा मुक्ति बस्नेत पेट्रोल पम्प संचालन

जाजरकोटमा मुक्ति बस्नेत पेट्रोल पम्प संचालन

Breaking News, यातायात, राष्ट्रिय, विज्ञान प्रबिधि, समाचार
काठमाडौं :जाजरकोटमा पहिलो पटक पेट्रोल पम्प सञ्चालनमा आएको छ ।भेरी नगरपालिका–४, बोहोरा गाउँमा मुक्ति बस्नेत सप्लायर्सले मङ्गलबारदेखि पेट्रोल पम्प सञ्चालनमा ल्याएको हो । यसअघि पेट्रोल पम्प नहुँदा उपभोक्ताहरू ड्रम तथा जर्कीनबाट तेल किन्न बाध्य थिए । आज बिहान आयोजित एक विशेष कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख कालीबहादुर खत्रीले पम्प उद्घाटन गर्नुभयो । प्रमुख खत्रीका अनुसार अब उपभोक्ताहरूलाई शुद्ध इन्धन सहजै प्राप्त हुने र महँगोपनाबाट समेत राहत मिल्ने विश्वास व्यक्त गर्नुभयो । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी (प्रजिअ) मेखबहादुर मग्रातीले जिल्लामै पहिलो पटक नेपाल आयल निगम अन्तर्गतको पम्प सञ्चालनमा आएकोमा मुक्ति बस्नेत सप्लायर्सलाई धन्यवाद दिनुभयो । अब सरकारी तथा गैरसरकारी कार्यालयका सवारी साधनलाई तेल आपूर्तिमा सहजता हुने बताउनुभयो । यातायात व्यवसायी भीमबहादुर बुढाले पनि पम्प सञ्च...
कक्षा १२ को वार्षिक परीक्षा नियमित रूपमा सञ्चालन गर्न बाेर्डकाे शिक्षकलाई अनुराेध

कक्षा १२ को वार्षिक परीक्षा नियमित रूपमा सञ्चालन गर्न बाेर्डकाे शिक्षकलाई अनुराेध

Breaking News, शिक्षा
काठमाडौं :राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को वार्षिक परीक्षा नियमित रूपमा सञ्चालन गर्न आन्दोलनरत शिक्षकहरूलाई अनुरोध गर्ने निर्णय गरेको छ। आज बसेको बोर्ड बैठकले आगामी ११ गतेदेखि निर्धारण गरिएको परीक्षा नियमित रूपमा सञ्चालन गर्न शिक्षकहरूलाई अनुरोध गर्ने निर्णय गरेको बोर्ड अध्यक्ष डा.महाश्रम शर्माले जानकारी दिए। बैठकपछि उनले भने, ‘परीक्षा केन्द्र तोकिएको छ। परीक्षा तोकिएकै मितिमा गर्नुपर्छ भनेर विद्यार्थीहरूको अनुरोध आएको छ। हामीले आज पनि हरेक जिल्लाको परीक्षा समन्वय समितिलाई परीक्षा केन्द्र तोकिएका विद्यालयमा आवश्यक तयारी गर्न सबैसँग पुनः अनुरोध गर्ने निर्णय गरेका छौं। शिक्षकहरूलाई परीक्षा सञ्चालन गर्न अनुरोध गर्ने निर्णय भएको छ। ५ लाख ५० हजार विद्यार्थीको परीक्षा भएका कारण परीक्षा सञ्चालन गर्न अनुरोध गर्ने नै निर्णय भएको छ।’ नेपाल शिक्षक महासंघ राष्ट्रिय समितिको नेतृत्वमा काठम...
कक्षा १२ को परीक्षाबारे निर्णय गर्न मंगलबार बोर्डको बैठक बस्ने

कक्षा १२ को परीक्षाबारे निर्णय गर्न मंगलबार बोर्डको बैठक बस्ने

Breaking News, राष्ट्रिय, शिक्षा, समाचार
काठमाडौं :मंगलबार राष्ट्रिय परीक्षा बोर्डको बैठक बस्ने भएको छ । कक्षा १२ को परीक्षाबारे निर्णय गर्न बोर्डको बैठक बस्ने भएको हो । बैठकले कक्षा १२ को परीक्षा सञ्चालन गर्ने वा नगर्नेबारे निर्णय गर्ने बोर्डका अध्यक्ष डा.महाश्रम शर्माले जानकारी दिए । शिक्षा ऐन जारी गर्न माग गर्दै शैक्षिक हड्ताल गरेर शिक्षकहरू आन्दोलनरत छन् । शिक्षक महासंघको आह्वानमा गत २० चैतदेखि सडक आन्दोलनमा रहेका शिक्षकहरूले माइतीघर–बानेश्वर सडक खण्डमा प्रदर्शन गरिरहेका छन् । यसबीच सरकार र महासंघका पदाधिकारी–प्रतिनिधिबीच पटक-पटक संवाद भएपनि सहमति जुट्न सकेको छैन । शिक्षा ऐन तत्काल जारी गर्नुपर्ने, १८ किसिमका शिक्षकहरुलाई एकद्वार गर्नुपर्ने लगायत उनीहरुका माग छन् ।...
शिक्षामन्त्री विद्या भट्टराईले दिइन् राजीनामा

शिक्षामन्त्री विद्या भट्टराईले दिइन् राजीनामा

समाचार
काठमाडौं । शिक्षामन्त्री विद्या भट्टराईले पदबाट राजीनामा दिएकी छन्। उनले आज प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर राजीनामा पत्र बुझाएकी हुन् ।   शिक्षक आन्दोलन थप पेचिलो बन्दै गइरहेका बेला उनले राजीनामा दिएकी हुन् । भट्टराईको सचिवालयले भने स्वास्थ्य अवस्थाका कारण राजीनामा दिएको बताएको छ ।   शिक्षक महासंघको आव्हानमा देशभरका शिक्षकहरू २० दिनदेखि काठमाडौं केन्द्रित आन्दोलनमा छन् । ...
उपचारको क्रममा एक कैदीको मृत्यु

उपचारको क्रममा एक कैदीको मृत्यु

समाचार
काठमाडौं । झापा कारागारमा कैद भुक्तान गरिरहेका एक जना कैदीको मृत्यु भएको छ।   इलाम माङ्सेबुङ गाउँपालिका घर भई झापा कारागारमा ज्यानसम्बन्धी मुद्दामा कैद भुक्तान गरिरहेका ५९ वर्षीय धनबहादुर विश्वकर्माको मृत्यु भएको हो।   सोमबार साढे ४ बजे अचानक ढलेका थिए। प्रादेशिक अस्पताल भद्रपुरमा उपचारको क्रममा पौने ५ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।   प्रहरीका अनुसार विश्वकर्माको मेडिकल रिपोर्टमा घाँटीको क्यान्सर लक्षण देखा परेको छ।   ...
लगातार दोस्रो दिन पनि घट्यो नेप्से, कारोबार रकम भने बढ्यो

लगातार दोस्रो दिन पनि घट्यो नेप्से, कारोबार रकम भने बढ्यो

समाचार
काठमाडौं । सोमबार पनि नेप्से परिसूचक घटेको छ। नेप्से ७.७५ अंकले घटेर २६९८.२८ विन्दुमा बन्द भएको छ। यसदिन कारोबार रकम भने बढेको छ।   आइतबार आठ अर्ब ४३ करोडमा सोमबार आठ अर्ब ७७ करोडको कारोबार भएको छ। अघिल्लो दिनको तुलनामा कारोबार रकम ३४ अर्ब रूपैयाँ बढेको हो।   आज ३१९ वटा धितोपत्रको दुई करोड १२ लाख तीन हजार ७६६ कित्ता सेयर किनबेच भएको हो।सोमबार ११२ कम्पनीको सेयर मूल्य बढेको छ भने १३३ वटाको घटेको छ। यस्तै, एक कम्पनीको मूल्य स्थिर रहेको छ।यसदिन नेपाल माइक्रो इन्स्योरेन्स र क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सको मूल्य सर्वाधिक ९.९९ प्रतिशतका दरले बढेको छ।   उक्त कम्पनीको प्रतिकित्ता मूल्य क्रमशः ७१२ रूपैयाँ २० पैसा र ५८८ रूपैयाँ ९० पैसा कायम भएको छ।यस्तै, कर्पोरेट डेभलपमेन्ट बैंक्को मूल्य ९.८८ प्रतिशतले बढेर प्रतिकित्ता मूल्य दुई हजार ७४६ रूपैयाँ ५० पैसा पु...
नागढुंगाको जाम छल्न सीतापाइला-भीमढुंगा-धार्के सडक

नागढुंगाको जाम छल्न सीतापाइला-भीमढुंगा-धार्के सडक

समाचार
काठमाडौं । काठमाडौंबाट बाहिरिने वा काठमाडौं भित्रने यात्रुहरूलाई नागढुंगाको जामले दिकदार बनाउँछ।   नागढुंगा-नौबिसे सडक स्तरोन्नतिका काम भइरहेकोले पानी पर्दा हिलो र घाम लाग्दा घुलोले सताउँछ, यात्रुहरूलाई हैरान पनि पारेको छ।   सवारी चालकहरू र यात्रुहरूको विकल्पमा केही समयदेखि सीतापाइला-भीमढुंगा-धार्के सडक रोजाइमा पर्न थालेको छ।   नागढुंगा-नौबिसे सडक खाल्डाखुल्डी छ। त्यसैले पनि निजी सवारी साधनहरू प्रयोगकर्ताहरूले गत वर्षदेखि नै सीतापाइला-भीमढुंगा-धार्के सडक प्रयोग गर्न थालेका थिए। यात्रुवाहक माइक्रोलगायत सवारी साधन पनि यही सडक खण्ड भएर चल्न थालेका छन्। नागढुंगाको जाम र खाल्डाखुल्डी छल्न पनि सीतापाइला-भीमढुंगा-धार्के सडकको प्रयोग बढ्दो छ। सीतापाइलादेखि भीमढुंगा निस्केर धार्के झर्ने सडक २४ किमी दूरीको छ। ...
शिक्षा मन्त्री भट्टराईले राजिनामा दिएकी छिन

शिक्षा मन्त्री भट्टराईले राजिनामा दिएकी छिन

Breaking News, राजनीति, राष्ट्रिय, शिक्षा, समाचार
काठमाडौं :शिक्षामन्त्री विद्या भट्टराईले राजीनामा दिएकी छन् । उनले सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर राजीनामा बुझाएको बालुवाटार निकट स्रोतले जानकारी दियो । शिक्षकहरू लगातार सडक आन्दोलनमा रहेको बेला उनले राजीनामा दिएकी हुन् । शिक्षक महासंघसँग बारम्बार संवाद भइरहेको छ तर निचोड निस्कन नसकेपछि शिक्षामन्त्री भट्टराई घेराबन्दीमा परेकी थिइन् ।...