९ पुष २०८२, बुधबार

Author: तुफान न्यूज

जेनजी आन्दोलनमा मृत्यु भएकाप्रति फेसियल हाउसले समवेदना प्रकट गर्दै आफ्ना सबै शाखा आज बन्द गर्ने

जेनजी आन्दोलनमा मृत्यु भएकाप्रति फेसियल हाउसले समवेदना प्रकट गर्दै आफ्ना सबै शाखा आज बन्द गर्ने

समाचार
काठमाडौं। जेनजीको आन्दोलनमा भएको दुःखद घटनाप्रति फेसियल हाउसले गहिरो दुःख व्यक्त गरेको छ। एक विज्ञप्ति जारी गर्दै कम्पनीले २०८२ साल भदौ २४ गते मंगलबारका दिन आफ्ना ११ वटै शाखा बन्द गर्ने निर्णय गरेको जनाएको छ। विज्ञप्तिमा भनिएको छ– “पोसाकमै रहेका विद्यार्थीलाई अपराधीजस्तै व्यवहार गरेको घटनाप्रति हाम्रो गम्भीर आपत्ति छ। दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै, शोकसन्तप्त परिवारप्रति हार्दिक समवेदना प्रकट गर्दछौं। साथै, घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछौं।” फेसियल हाउसले अकल्पनीय यो घटनाप्रति श्रद्धाञ्जलीस्वरूप सम्पूर्ण शाखा एकदिनका लागि बन्द रहने जनाएको हो। आन्दोलनमा अहिलेसम्म १९ जना जेनजी आन्दोलनकारीको मृत्यु भएको छ भने ३ सयभन्दा बढी घाइते भएका छन्।...
जेन-जि आन्दोलन, १९ जनाकाे ज्यान गयाे, गृहमन्त्रीकाे राजिनामा, सामाजिक संजाल खुल्ला र कर्फ्यु

जेन-जि आन्दोलन, १९ जनाकाे ज्यान गयाे, गृहमन्त्रीकाे राजिनामा, सामाजिक संजाल खुल्ला र कर्फ्यु

Breaking News, राजनीति, राष्ट्रिय, समाचार
काठमाडौं :सरकारले सामाजिक संजाल प्रतिबन्द गरे पछि काठमाडौं लगायत देशका विभिन्न भागमा युवाहरुले आन्दोलन गरिरहेका छन, आन्दोलनका क्रममा १९ जनाकाे ज्यान समेत गयकाे छ भने चार सय भन्दा बढि घाइते अवस्थामा विभिन्न हस्पिटलहरुमा उपचार भईरहेकाे छ । ( जेन- जि) युवा पुस्ता आन्दोलन देशमा भईरहेकाे भ्रष्टाचार बेतिथिका बिरुद्धमा हाे,युवा पुस्तालाई उक्सायर कसैलाई सत्तामा पुग्नु छ भने कसैलाई सत्ताकाे आयु लम्बाइ राख्नु छ। याे आन्दोलनकाे अगुवाइ कस्ले गरेकाे थियाे र जिम्मा लिने कसले हाे ? याे पनि थाहा छैन । विभिन्न पार्टी, संघ संस्था र ब्यक्तिहरुले विज्ञप्ति र सामाजिक संजाल मार्फत आफ्ना धारणा ब्यक्त गरेका छन । आन्दोलनका क्रममा विभिन्न सरकारी तथा निजि सम्पतिकाे ठुलाे क्षति भयकाे छ । गृहमन्त्री रमेश लेखकले राजिनामा दियका छन । संचार मन्त्री पृथ्वी सुब्बा गुरुङले प्रतिबन्ध सामाजिक संजाल खुला रहेकाे जानकारी दिईसकेक...
ललितपुरमा खोल्यो फेसियल हाउसले ११औं शाखा

ललितपुरमा खोल्यो फेसियल हाउसले ११औं शाखा

संस्कृति
  काठमाडौं । नेपालको प्रख्यात ब्युटि सैलुन फेसियल हाउसले आफ्नो ११औं शाखा ललितपुरको कुमारीपाटीमा बिस्तार गरेको छ । शुक्रबार ललितपुरमा आयोजित एक कार्यक्रमका बिच नेपाल उद्योग बाणिज्य महासंघकी पूर्व अध्यक्ष भवानी राणाले शाखाको उद्घाटन गरिन् । उद्घाटनपछि बोल्दै राणाले फेसियल हाउसको विस्तारले रोजगारी सिर्जनामा महत्वपुर्ण योगदान पुर्याएको बताइन् । फेसियल हाउसले खाली मान्छेलाई राम्रो पार्ने मात्र नभई अहिलेको बेरोजगारी समस्या केही हदसम्म हल गर्न सकेको उनको धारणा रहेको थियो । ‘सबभन्दा ठूलो कुरो त रोजगारी सिर्जना गर्नेमा चाहिँ यसले ठूलो मद्दत पु¥याइरहेको छ । झन्डै २०० भन्दा बढीलाई रोजगारी दिएको छ’, राणाले भनिन् ‘फेसियल हाउसले सौन्दर्य मात्र नभई व्यक्तित्व विकास, स्किन टेस्ट, हेयरकट लगायतका सेवामार्फत मानिसहरूलाई सुन्दर बनाउनुका साथै नेपाली हर्बल उत्पादनलाई कस्मेटिकमा प्रयोग गर्ने योजना र अन...
युनिप युएन नेपाल ग्लोरी अवार्ड २०२५ बाट लालसिंह खड्का  सम्मानित

युनिप युएन नेपाल ग्लोरी अवार्ड २०२५ बाट लालसिंह खड्का सम्मानित

समाचार
काठमाडौ । कम्बोडियाका सफल युवा व्यवसायी एवम् गैरआवासिय नेपाली संघ कम्बोडियाका पुर्ब अध्यक्ष लालसिंह खड्का युनिप युएन नेपाल ग्लोरी अवार्ड २०२५ बाट सम्मानित भएका छन ।   नेचर इन्टरनेशनल पीस ९युएनआईपी० र ग्लोरी मिडिया नेपालको संयुक्त आयोजनामा सोमबार थाइल्याण्डको राजधानी बैंकक स्थित प्रिन्सटन होटलमा आयोजित बिशेश कार्यक्रममा युएनआईपी थाइल्याण्ड अध्यक्ष डा। श्रीवान किङ्जुन भिक्षु डा राजु लामा पी कोन्दन कार्यक्रम संयोजक सरोज ओझा लगाएतले समाजसेवी खड्कालाई हस्पिटालिटी क्षेत्रमा गरेको योगदानको उच्च मूल्याङ्कन गर्दै अन्तर्राष्ट्रिय अवार्डबाट सम्मानित गरेको हो।   बागलुङमा जन्मिएर कम्बोडियालाई आफ्नो कर्मभूमि बनाएका खड्का विगत २ दशक भन्दा बढी देखि विदेशमा रहेर पनि समुन्नत नेपाल निर्माणको लागि विभिन्न क्षेत्रमा सक्रिय रहेका छन्।   नेपालीहरुका समस्यामा हरदम साथ दिदै...
मेटाले कम्पनी दर्ताका लागि आवश्यक कागजात माग्याे

मेटाले कम्पनी दर्ताका लागि आवश्यक कागजात माग्याे

Breaking News, अन्तर्राष्ट्रिय, अर्थवाणिज्य, राष्ट्रिय, विज्ञान प्रबिधि, समाचार
काठमाडौं ;सामाजिक सञ्जाल प्लेटफर्म फेसबुक (मेटा) ले नेपालमा कम्पनी दर्ता गर्न आवश्यक कागजातको विवरण मागेको छ। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सहसचिव एवं प्रवक्ता गजेन्द्रकुमार ठाकुरका अनुसार, मेटाका प्रतिनिधिले मन्त्रीका विज्ञ सल्लाहकार शालिकराम पराजुलीलाई इमेलमार्फत जानकारी मागेका थिए। ठाकुरले भने ‘पौने ५ बजे सिंगापुबाट एक जना मेटाका प्रतिनिधिले इमेल पठाउनुभयो हामीले पाँच मिनेटभित्रै सामाजिक सञ्जाल दर्ता हुन आवश्यक कागजातको विवरण इमेलमार्फत जानकारी गराइसकेका छौं।’ नेपाल सरकारले सूचीकृत नभएका सामाजिक सञ्जाललाई क्रमशः बन्द गर्ने निर्णय गरिसकेको छ। यसैअनुरूप नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट सेवा प्रदायक कम्पनीहरूलाई २६ वटा सामाजिक सञ्जाल चल्न रोक लगाउन पत्राचार गरेको छ।...
जनयुद्धमा बाबा गुमाएकी छोरीको अनुत्तरित प्रश्न

जनयुद्धमा बाबा गुमाएकी छोरीको अनुत्तरित प्रश्न

विचार
- जानुका धमला छोरी अनुपमा भर्खरै किशोरावस्थामा प्रवेश गरेकी छिन । बाल्यकालमा शान्त स्वभावकी छोरी यो उमेर समुहमा प्रवेश गरेपछि निकै उत्सुक र जिज्ञासु भएकी छे । घरका प्रत्येक सरसामानसंग उसको अनौठो सामीप्यता छ । कोठामा रहेका हरेक सामानको बारेमा जस्तै भित्तामा ईन्लार्ज गरेर राखिएका २ वटा ठूला फोटोको बारेमा पनि ऊ अनौठा अनौठा प्रश्न गर्छे मसंग । हुन त देशमा गणतन्त्र घोषणा भएको पनि १६ वर्ष पुगिसक्यो नि । अहिलेसम्म यसको चित्तबुझदो उत्तर नपाएर पनि होला त्यो बाबाको ए के ४७ राइफल बोकेको फोटो र उसले नपत्याउने अनुहारमा ईन्लार्ज गरिएको बाबा आमाको फोटोको बारेमा खासै बोल्दिन आजकाल । नसोधेको होइन उसले यस अघि बालसुलभपनको आवाजमा त्यो बन्दुक बोकेर खिचेको फोटो कसको हो भनेर । तर मैले दुई चार पटक झर्केर उत्तर दिएपछि भने उसले फेरि सोध्ने आँट गरिन । असरल्लै छन् विगतका यादहरु । कहाँबाट कसरी पो टिपौँ खै ...
हिमालयन सोसिएल जर्नीका अध्यक्ष एवं सफल पर्यटन व्यवसायी रामप्रसाद सापकोटा युनिप युएन नेपाल ग्लोरी अवार्ड २०२५ बाट सम्मानित

हिमालयन सोसिएल जर्नीका अध्यक्ष एवं सफल पर्यटन व्यवसायी रामप्रसाद सापकोटा युनिप युएन नेपाल ग्लोरी अवार्ड २०२५ बाट सम्मानित

समाचार
बैंकक (थाइल्याण्ड) – हिमालयन सोसिएल जर्नीका अध्यक्ष एवं सफल पर्यटन व्यवसायी रामप्रसाद सापकोटा युनिप युएन नेपाल ग्लोरी अवार्ड २०२५ बाट सम्मानित भएका छन । नेचर इन्टरनेशनल पीस (युएनआईपी) र ग्लोरी मिडिया नेपालको संयुक्त आयोजनामा सोमबार थाइल्याण्डको राजधानी बैंककस्थित प्रिन्सटन होटलमा आयोजित बिशेश कार्यक्रममा युएनआईपी थाइल्याण्ड अध्यक्ष डा. श्रीवान किङ्जुन भिक्षु डा. राजु लामा पी कोन्दन कार्यक्रम संयोजक सरोज ओझा लगाएतले नेपालको पर्यटन क्षेत्रमा गरेको योगदानको उच्च मुल्यांकन गर्दै सापकोटालाई अन्तर्राष्ट्रिय अवार्डबाट सम्मानित गरेको हो । धादिङ जिल्लाको दुर्गम गाउँ त्रिपुरासुन्दरी ७, अचनेमा जन्मिएका सापकोटा होटल, टाभल, हेलिकप्टर ,हाइड्रोपावर व्यवसाय सँगसँगै समाजसेवामा पनि उत्तिकै सक्रिय छन् । सापकोटाले आफ्नो आधा शताब्दीमा गरेका कर्म र भोगाइहरुलाई पुस्तकका माध्यमबाट पर्यटन क्षेत्रका विकृति...
युएनआईपी युएन ग्लोरी अवार्ड २०२५ तथा ग्लोबल मिट थाइल्याण्डको राजधानी बैंककस्थित प्रिन्सटन होटलमा भव्य रूपमा सम्पन्न

युएनआईपी युएन ग्लोरी अवार्ड २०२५ तथा ग्लोबल मिट थाइल्याण्डको राजधानी बैंककस्थित प्रिन्सटन होटलमा भव्य रूपमा सम्पन्न

समाचार
बैंकक (थाइल्याण्ड), युएनआईपी युएन ग्लोरी अवार्ड २०२५ तथा ग्लोबल मिट थाइल्याण्डको राजधानी बैंककस्थित प्रिन्सटन होटलमा भव्य रूपमा सम्पन्न भएको छ। युनाइटेड नेचर इन्टरनेशनल पीस (युएनआईपी) र ग्लोरी मिडिया नेपालको संयुक्त आयोजनामा भएको यो कार्यक्रम विश्व शान्ति यात्रा तथा एक सातासम्म चल्ने विशेष ग्लोबल मिटअन्तर्गत राखिएको हो। कार्यक्रममा नौ भन्दा बढी मुलुकका शान्तिवादी नेता, मानवाधिकारकर्मी, कूटनीतिज्ञ तथा सामाजिक अगुवाहरूको उल्लेखनीय उपस्थिति थियो। यस अवसरमा साहित्य, व्यवसाय, पर्यटन, सामाजिक सेवा, शान्ति अभियान, वातावरण, स्वास्थ्य, खेलकुद व्यवस्थापन र महिला सशक्तीकरण लगायतका विभिन्न क्षेत्रमा योगदान पुर्‍याएका २७ जना अन्तर्राष्ट्रिय तथा नेपाली व्यक्तित्वहरूलाई उत्कृष्टता पुरस्कार प्रदान गरियो। साथै, शान्ति र मानवतावादी सेवामा निरन्तर योगदान पुर्‍याएका १६ जना विशिष्ट व्यक्तित्व...
काठमाडौं–३१ मा गायत्री नव कुण्डीय महायज्ञ, श्रीमद्भागवत कथा तथा तुलादान धार्मिक महोत्सव सुरु

काठमाडौं–३१ मा गायत्री नव कुण्डीय महायज्ञ, श्रीमद्भागवत कथा तथा तुलादान धार्मिक महोत्सव सुरु

संस्कृति, समाचार
काठमाडौं । देवभूमि मानव सेवा समाजको आयोजनामा काठमाडौं महानगरपालिका–३१ मा गायत्री नव कुण्डीय महायज्ञ, श्रीमद्भागवत कथा तथा तुलादान धार्मिक महोत्सव सुरु भएको छ। महोत्सवको पहिलो दिन काठमाडौं–३१ का वडा अध्यक्ष सरोज ढकालले कार्यक्रमको औपचारिक उद्घाटन गरे। उद्घाटन समारोहमा विभिन्न धार्मिक संघसंस्थाका प्रतिनिधि, स्थानिय बासिन्दा र भक्तजनहरूको उल्लेखनीय उपस्थिति थियो । कार्यक्रम अन्तर्गत गायत्री यज्ञ, श्रीमद्भागवत कथा प्रवचन, तथा तुलादान जस्ता धार्मिक क्रियाकलापहरू गरिने आयोजक समाजले जनाएको छ। महोत्सवको उद्देश्य समाजमा धार्मिक चेतना जगाउनु, आध्यात्मिक समृद्धि ल्याउनु र मानव सेवामा सबैलाई प्रेरित गर्नु रहेको छ। यसै अवसरमा धार्मिक महोत्सवमा सहयोग गर्ने ग्रील तथा स्टील व्यवसायी संघ काठमाडौं पश्चिम क्षेत्रका अध्यक्ष तथा समाजसेवी सैलेश ठकुरी , सारा खबरका व्यवस्थापक एवं युवा नेता बिकासबाबु श्रेष्...
ॐ समाज डेण्टल हस्पिटलद्वारा पाँचौँ शाखा विस्तारका क्रममा डेढ दर्जन सञ्चारकर्मी सम्मानित

ॐ समाज डेण्टल हस्पिटलद्वारा पाँचौँ शाखा विस्तारका क्रममा डेढ दर्जन सञ्चारकर्मी सम्मानित

समाचार
काठमाण्डौ / दन्त चिकित्सालाई आम नागरिकको पहुँचमा सर्व सुलभ रुपमा पुर्याउने उद्देश्यले ॐ समाज डेण्टल हस्पिटलले आफ्नो पाँचौँ शाखाका रुपमा ललितपुरको सातदोबाटोस्थित चापागाउँ चोकमा विस्तार गरेको छ । काठमाडौंको चावेल, बनस्थली ,नैकाप र महोत्तरीको बर्दिबासमा सेवा दिँदै आएको डेण्टल हस्पिटलले पाँचौँ शाखाका रुपमा ललितपुरको सातदोबाटोस्थित चापागाउँ दोबाटोमा सेवा विस्तार गरेको जनाएको छ । चलचित्र कलाकार संघका अध्यक्ष तथा प्रमुख अतिथि मोहन निरौलाद्वारा रिबन काटेर उद्घाटन गरिएको उक्त कार्यक्रममा ॐ समाज डेण्टल हस्पिटलका संस्थापक एवं वरिष्ठ दन्त रोग विशेषज्ञ डा.सुवाश घिमिरेको सभापतित्वमा लङ्गिभिटी आयुर्वेदिक हस्पिटलका प्रमुख कार्यकारी अधिकृत कृष्ण शाही तथा चलचित्र कलाकार संघका निवर्तमान अध्यक्ष तथा वरिष्ठ कलाकार रविन्द्र खड्काको विशेष आतिथ्यमा ॐ समाज डेण्टल हस्पिटलका बोर्ड सदस्य तथा सामाजिक अभियन्ता एव...