२०८३ श्रावण १५, शुक्रवार

Author: तुफान न्यूज

किन लगाउँदै छ  बनेपा नगरपालिकाले प्राविधिक शिक्षामाथि गिद्धे नजर ?

किन लगाउँदै छ बनेपा नगरपालिकाले प्राविधिक शिक्षामाथि गिद्धे नजर ?

समाचार
काभ्रे, बनेपा । बनेपा नगरपालिकाले नेपाल बनेपा बहुप्राविधिक शिक्षालय परिसरभित्र रहेका कर्मचारी आवासका रूपमा प्रयोग हुँदै आएका छ वटा भवन सात दिनभित्र खाली गर्न निर्देशन दिएपछि पुनः विवाद चुलिएको छ। नगरपालिकाको पछिल्लो कदमले प्राविधिक शिक्षाको भविष्य, विद्यार्थीहरूको अध्ययन वातावरण तथा सार्वजनिक सम्पत्तिको उपयोगसम्बन्धी बहसलाई फेरि सतहमा ल्याएको छ। नगरपालिकाले २०८२ माघ ४ गते पठाएको पत्रमार्फत नगरसभाको निर्णयअनुसार शिक्षालयले प्रयोग गरिरहेको भवन तथा जग्गा नगरपालिकाको मातहतमा ल्याई नगर कार्यपालिकाको कार्यालय सञ्चालन गर्ने निर्णयबारे जानकारी गराएको थियो। उक्त निर्णयविरुद्ध विभिन्न क्षेत्रबाट विरोध भएपछि विषय केही समय सेलाएको देखिए पनि २०८३ जेठ १२ गते पुनः अर्को पत्र जारी गर्दै कर्मचारी आवासका रूपमा प्रयोग भइरहेका भवनहरू खाली गर्न निर्देशन दिइएको छ। यो घटनाक्रमपछि स्थानीय स्तरमा एउटा गम्भीर प...
ग्रील तथा स्टील व्यवसायी संघ काठमाडौंको १४औँ स्थापना दिवस उत्साहपूर्ण तथा व्यवसायीहरूको उल्लेखनीय उपस्थितिबीच सम्पन्न

ग्रील तथा स्टील व्यवसायी संघ काठमाडौंको १४औँ स्थापना दिवस उत्साहपूर्ण तथा व्यवसायीहरूको उल्लेखनीय उपस्थितिबीच सम्पन्न

समाचार
काठमाडौं । ग्रील तथा स्टील व्यवसायी संघ काठमाडौंको १४औँ स्थापना दिवस राजधानीको सानो गौचरनस्थित रानीमहल पार्टी प्यालेसमा भव्य, उत्साहपूर्ण तथा व्यवसायीहरूको उल्लेखनीय उपस्थितिबीच सम्पन्न भएको छ। स्थापना दिवस केवल औपचारिक समारोहमा सीमित नरही व्यवसायीहरूको एकता, व्यवसायको भविष्य, संगठन सुदृढीकरण, व्यवसायिक सुरक्षा र आधुनिकीकरणका विषयमा गम्भीर बहस तथा प्रतिबद्धताको साझा मञ्चका रूपमा परिणत भएको थियो। कार्यक्रमको सञ्चालन संघका महासचिव यमबहादुर श्रेष्ठ (पशुपति) ले गरेका थिए भने कार्यक्रमको सभापतित्व संघका अध्यक्ष सुनिलकुमार अमात्य ले गरेका थिए। कार्यक्रममा ग्रील तथा स्टील व्यवसायी महासंघ नेपालका अध्यक्ष ठुलो बाबु श्रेष्ठ प्रमुख अतिथिका रूपमा उपस्थित थिए भने महासंघका वरिष्ठ उपाध्यक्ष अमृतबहादुर श्रेष्ठ तथा महासंघका सल्लाहकार समिति संयोजक निरञ्जनकुमार श्रेष्ठ विशिष्ट अतिथिका रूपमा सहभागी भएका थिए।...
शिक्षकको मन बुझ्दै माइन्ड प्लस : तनाव व्यवस्थापन तालिमले थप्यो उत्साह

शिक्षकको मन बुझ्दै माइन्ड प्लस : तनाव व्यवस्थापन तालिमले थप्यो उत्साह

शिक्षा, समाचार
काठमाडौं । विद्यालय शिक्षण पाठ्यपुस्तकमा सीमित पेशा होइन, यो मानसिक धैर्यता, भावनात्मक सन्तुलन र निरन्तर जिम्मेवारीसँग जोडिएको क्षेत्र पनि हो । यही यथार्थलाई केन्द्रमा राख्दै मानसिक स्वास्थ्य तथा जीवनोपयोगी शिक्षाको क्षेत्रमा सक्रिय Mind Plus ले शिक्षकहरूको मानसिक सुदृढीकरणका लागि विशेष अभिमुखीकरण कार्यक्रम सञ्चालन गरेको छ । राजधानीको Honey Bee Montessori School सँगको सहकार्यमा आयोजित एकदिने “कार्यस्थलगत थकान तथा तनाव व्यवस्थापन” सम्बन्धी तालिममा विद्यालयका  शिक्षक तथा कर्मचारी सहभागी भएका थिए । विद्यालयकी प्रिन्सिपल Kamala Ghimire Adhikari ले शिक्षकहरूको मनोबल उच्च राख्ने, उनीहरूलाई पुनर्ताजगी गराउने तथा कार्यक्षमतामा सकारात्मक ऊर्जा थप्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताइन् । उनका अनुसार विद्यालयमा सिकाइको गुणस्तर बढाउन शिक्षकको मानसिक स्वास्थ्य सुदृढ हुनु अत्यावश्यक पक्ष हो । क...
अब अति भो, मलाइ पनि बाँच्न देऊ

अब अति भो, मलाइ पनि बाँच्न देऊ

कविता
कविता सुशिल मोक्तान म चक्रपथ हुँ, तिम्रो शहरको एक मुटु पनि हरेक दिन लाखौँ पाइला बोक्छु, तर आज म आफैँ पीडामा रुँदैछु कहिले प्लास्टिकले घाँटी थिचिन्छ, कहिले फोहोरले सास रोकिन्छ तिमी विकासको कुरा गर्छौ, म भने फोहोरभित्रै हराइरहेको छु अब त अति भो, मलाइ पनि बाँच्न देऊ, स्वच्छ हावा सँगै सास फेर्न पनि देऊ तिम्रा सन्तानले गर्व गर्ने नेपालका लागि, मलाई पनि फेरि सुन्दर बन्न देउ आज हामी झाडु मात्र चलाउँदै छैनौँ, एउटा चेतना पनि जगाउँदै छौ फोहोर सडकमा फाल्ने होइन, स्वच्छ नेपाल निर्माणको बिउ रोप्न देउ    ...
ॐ समाज डेण्टल अस्पतालद्वारा एकैदिन दुई स्थानमा स्वास्थ्य तथा योग शिविर सम्पन्न

ॐ समाज डेण्टल अस्पतालद्वारा एकैदिन दुई स्थानमा स्वास्थ्य तथा योग शिविर सम्पन्न

स्वास्थ
राजन थापा काठमाडौं / सामाजिक सेवा, स्वास्थ्य सचेतना तथा मानव सेवाको उद्देश्यलाई आत्मसात गर्दै ॐ समाज डेण्टल अस्पतालले एकैदिन दुई फरक स्थानमा स्वास्थ्य तथा योगसम्बन्धी शिविर सम्पन्न गरेको छ। समुदायस्तरमै पुगेर स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले सञ्चालन गरिएको उक्त कार्यक्रमले स्थानीय नागरिकमा सकारात्मक सन्देश प्रवाह गर्नुका साथै स्वास्थ्यप्रति जागरण फैलाएको छ। चन्द्रागिरी नगरपालिकाको सहकार्यमा आयोजित बृहत् योग शिविरमा सहभागी योग प्रशिक्षकहरूले नियमित योग अभ्यासले शरीरलाई स्वस्थ, मनलाई सकारात्मक तथा जीवनलाई अनुशासित बनाउने बताएका थिए। कार्यक्रममा सहभागीहरूले योग केवल शारीरिक व्यायाम नभई आत्मिक शान्ति, मानसिक सन्तुलन र स्वस्थ जीवनको महत्वपूर्ण आधार भएको अनुभव समेत साझा गरेका थिए। कार्यक्रममा स्वास्थ्यप्रति सचेतना फैलाउने उद्देश्यले विभिन्न योग अभ्यास, ध्यान तथा स्वस्थ ज...
वडा स्तरीय स्व. श्री मुकुन्द रिजाल स्मृति कपको उपाधि वडा नं. १६ लाई 

वडा स्तरीय स्व. श्री मुकुन्द रिजाल स्मृति कपको उपाधि वडा नं. १६ लाई 

खेल, समाचार
काठमाडौं । काठमाडौं महानगरपालिका वडा नं. १६ द्वारा आयोजित “वडा स्तरीय स्व. श्री मुकुन्द रिजाल स्मृति फुटबल प्रतियोगिता–२०८३” को उपाधि आयोजक वडा नं. १६ ले जितेको छ । लैनचौर खेल मैदानमा भएको रोमाञ्चक फाईनलमा वडा नं. ५ लाई पेनाल्टी सुटआउटमा ३–२ गोल अन्तरले पराजित गर्दै वडा नं. १६ विजेता बनेको हो । निर्धारित समयमा दुवै टोलीले १–१ गोलको बराबरी खेलेपछि खेलको निर्णय पेनाल्टीबाट गरिएको थियो । हजारौं दर्शकको उत्साहबीच भएको प्रतिस्पर्धामा वडा नं. १६ ले धैर्यता र आत्मविश्वास कायम राख्दै उपाधि आफ्नो पक्षमा पार्न सफल भयो । यो केवल फुटबल प्रतियोगिता मात्र थिएन, स्वर्गीय मुकुन्द रिजालप्रतिको सम्मान, सम्झना र भावनाले भरिएको एक विशेष अभियान बनेको देखियो । खेल अवधिभर मैदानमा देखिएको खेल भावना, आपसी सद्भाव र युवाहरूको ऊर्जा अहिले समुदायमा चर्चाको विषय बनेको छ । प्रतियोगितामा प्रथम हुने वडा नं. १६ ले रु २ ...
स्व. मुकुन्द रिजालको सम्झनामा भावनाको महासागर — लैनचौरमा हुँदै उपाधिको निर्णायक भिडन्त

स्व. मुकुन्द रिजालको सम्झनामा भावनाको महासागर — लैनचौरमा हुँदै उपाधिको निर्णायक भिडन्त

खेल, समाचार
काठमाडौं ।  काठमाडौं महानगरपालिका वडा नं. १६ द्वारा आयोजित “वडा स्तरीय स्व. श्री मुकुन्द रिजाल स्मृति फुटबल प्रतियोगिता–२०८३” अहिले उत्कर्षमा पुगेको छ । प्रतियोगिताको बहुप्रतिक्षित फाईनल खेलमा वडा नम्बर ५ र वडा नम्बर १६ भिड्ने निश्चित भएपछि खेलप्रेमीहरूमा रोमाञ्चक वातावरण सिर्जना भएको छ । जेठ १४ गते बिहान ८ बजे लैनचौर खेल मैदानमा हुने उक्त फाईनल केवल उपाधिको प्रतिस्पर्धा मात्र होइन, स्वर्गीय मुकुन्द रिजालप्रतिको सम्मान, सम्झना र भावनाले भरिएको विशेष क्षण बन्ने देखिएको छ । प्रतियोगिताको सुरुवातदेखि नै विभिन्न वडाका टोलीहरूले उत्कृष्ट प्रदर्शन गरेका थिए । खेलाडीहरूको जोश, मैदानभित्रको संघर्ष र दर्शकको उत्साहले प्रतियोगितालाई राजधानीकै चर्चित वडास्तरीय फुटबल प्रतियोगिताका रूपमा स्थापित गराएको स्थानीयहरूको भनाइ छ । विशेष गरी आयोजक वडा नं. १६ फाईनलमा पुगेपछि स्थानीय समर्थकहरू थप उत्साहित बने...
पानी उद्योगीहरु एकजुट हुनुको बिकल्प छैन : शुभलक्ष्मी फूड एण्ड बेभरेज प्रा.लि.का सन्चालक रविन्द्र पाण्डे

पानी उद्योगीहरु एकजुट हुनुको बिकल्प छैन : शुभलक्ष्मी फूड एण्ड बेभरेज प्रा.लि.का सन्चालक रविन्द्र पाण्डे

समाचार
काठमाडौं । नेपाली पानी उद्योग आज एउटा गम्भीर मोडमा उभिएको छ। करोडौं रुपैयाँ लगानी गरेर, बैंकको चर्को ब्याज तिरेर, सयौं परिवारलाई रोजगारी दिँदै उद्योग सञ्चालन गरिरहेका व्यवसायीहरू आर्थिक दबाबमा पिल्सिरहेका छन्। तर विडम्बना, उद्योगको वास्तविक मेहनत गर्नेहरू संघर्षमा छन् भने न्यून लगानीमा पानी फिलिङ गरेर बजार कब्जा गर्ने बिचौलियाहरू रातारात सम्पन्न बन्दै गएका छन्। शुभलक्ष्मी फूड एण्ड बेभरेज प्रा.लि.का सञ्चालक रविन्द्र पाण्डे ले पानी उद्योगभित्र बढ्दो विभाजनप्रति गहिरो चिन्ता व्यक्त गर्दै उद्योगीहरूलाई एकताको सन्देश दिएका छन्। उनका अनुसार, उद्योगबाट मात्र १२ रुपैयाँमा निस्किएको एक बोतल सामान्य पानी उपभोक्तासम्म पुग्दा ६० देखि ७० रुपैयाँसम्ममा बिक्री भइरहेको छ। उत्पादनकर्ता कम्पनीले भने लागत, बैंक ब्याज, कर्मचारी तलब र सञ्चालन खर्च धान्न संघर्ष गर्नुपरेको अवस्था छ। “आज उद्योगीभन्दा बिच...
‘आधा नेपाली आधा भोजपुरी’ले मच्चायो चर्चा :  दुई संस्कृतिको मिठो प्रेमकथाले दर्शकको मन जित्ने संकेत

‘आधा नेपाली आधा भोजपुरी’ले मच्चायो चर्चा : दुई संस्कृतिको मिठो प्रेमकथाले दर्शकको मन जित्ने संकेत

मनाेरन्जन, संस्कृति
काठमाडौं । नेपाली संगीत बजारमा पछिल्लो समय फरक स्वादका गीतहरू आउने क्रम बढिरहेको बेला गायक श्याम प्रसाद सुवेदी नयाँ प्रयोगसहित दर्शकमाझ आएका छन्। नेपाली र भोजपुरी भाषाको अद्भुत संगममा तयार गरिएको गीत ‘आधा नेपाली आधा भोजपुरी’ को म्युजिक भिडियो सार्वजनिक भएसँगै संगीत वृत्तमा यसको चर्चा चुलिएको छ। तृष्णा फिल्मस् नेपालको प्रस्तुतिमा निर्माण गरिएको गीतमा शब्द, संगीत र स्वर स्वयं गायक सुवेदीकै रहेको छ। नेपालीपन र भोजपुरी संस्कृतिको आत्मीय सम्बन्धलाई संगीतमार्फत प्रस्तुत गर्ने प्रयास गरिएको यो गीतले भाषाको सीमाभन्दा माथि उठेर भावनाको सम्बन्ध जोड्ने प्रयास गरेको देखिन्छ। संगीत संयोजक सन्तोष प्रगाढ ले गीतलाई आधुनिक र सुगम शैलीमा सजाएका छन्। बारा जिल्लाको रमणीय कोल्बी बजार तथा आसपासका आकर्षक स्थानहरूमा छायांकन गरिएको भिडियोले ग्रामीण सौन्दर्य, संस्कृति र प्रेमिल भावनालाई जीवन्त बनाएको छ। निर्द...
नेपाल बुद्धिचाल महासंघमा विद्रोहको विस्फोटः नेतृत्व संकट, अविश्वास प्रस्ताव र नयाँ तदर्थ समितिको उदय पछाडिको वास्तविकता

नेपाल बुद्धिचाल महासंघमा विद्रोहको विस्फोटः नेतृत्व संकट, अविश्वास प्रस्ताव र नयाँ तदर्थ समितिको उदय पछाडिको वास्तविकता

खेल, समाचार
काठमाडौं । नेपाल बुद्धिचाल महासंघभित्र लामो समयदेखि मौन रूपमा सञ्चित असन्तुष्टि अन्ततः खुला विद्रोहमा परिणत भएको छ। जेठ १० गते काठमाडौंमा सम्पन्न विशेष साधारण सभाले महासंघको वर्तमान नेतृत्वविरुद्ध गम्भीर प्रश्न उठाउँदै नयाँ केन्द्रीय तदर्थ कार्यसमिति गठन गरेपछि नेपाली बुद्धिचाल क्षेत्र अभूतपूर्व विवाद, बहस र शक्ति संघर्षको केन्द्र बनेको छ। विगत केही वर्षयता महासंघको नेतृत्व शैली, आर्थिक व्यवस्थापन, खेलाडी छनोट प्रक्रिया, बजेट परिचालन र संस्थागत पारदर्शिताका विषयमा विभिन्न जिल्ला संघ, क्लब तथा खेलकर्मीहरूले निरन्तर असन्तुष्टि व्यक्त गर्दै आएका थिए। तर ती आवाजहरू नेतृत्व तहसम्म प्रभावकारी रूपमा नपुगेको आरोप असन्तुष्ट पक्षको छ। महासंघका अध्यक्ष हेराकाजी महर्जन र महासचिव धरमबहादुर लामाविरुद्ध वरिष्ठ उपाध्यक्ष दीपिन राई नेतृत्वको समूहले अविश्वास प्रस्ताव दर्ता गरेपछि विवाद सतहमा आएको हो। अविश...