१० पुष २०८२, बिहीबार

Author: तुफान न्यूज

ॐसमाज डेण्टल हस्पिटलकाे पाचाैँ शाखा अब चापागाउँ दाेबाटाे ललितपुर

ॐसमाज डेण्टल हस्पिटलकाे पाचाैँ शाखा अब चापागाउँ दाेबाटाे ललितपुर

Breaking News, पुर्वाधार, राष्ट्रिय, विज्ञान प्रबिधि, समाचार, स्वास्थ
ललितपुर : ॐसमाज डेण्टल हस्पिटलले पाँचाै शाखाका रुपमा ललितपुर जिल्लाकाे चापागाउँ दाेबाटाेमा स्थापना गरेकाे छ।स्वास्थ्य क्षेत्रमा लामाे समय देखि सेवा दिदै आयकाे उक्त हस्पिटलले राजधानिका तीनवटा ठाउहरु चावेल, नैकाब, बनस्थलि तथा महाेत्तरी जिल्लाको बर्दिबास शाखाहरुबाट सेवा दिदै आयकाे थियाे साे हस्पिटलले आजदेखि ललितपुर जिल्लाको चापागाउँ दाेबाटाेबाट पनि सेवा दिने भयकाे हाे । हस्पिटल उद्घाटन कार्यक्रममा समाजमा विभिन्न ढंगबाट सेवा गर्ने समाजसेवी, बुद्धिजीवी, कलाकार र पत्रकारहरुलाई सम्मान गर्नुका साथै निशुल्क दन्त सेवा दिईयकाे थियाे । बिशेषज्ञ डाक्टरहरु र अत्यावश्यक प्रविधि सहितकाे सुलभ र भरपर्दाे स्वास्थ्य सेवाका दिदै आयकाे साे हस्पिटल सबैका लागि सधैका लागी खुल्ला रहने अस्पतालका डा. सुवास घिमिरेले बताउनु भयाे ।डा. घिमिरे भन्नुहुन्छ "मान्छेमा समाजमा कथा बनाउने र कथा बाचन गर्ने शैलि हुन्छन र ति जिवन र...
ध्रुवबहादुर गौतम सर्वसम्मत ”नेपाल बोतल वाटर उद्योग संघ”को अध्यक्षमा  चयन

ध्रुवबहादुर गौतम सर्वसम्मत ”नेपाल बोतल वाटर उद्योग संघ”को अध्यक्षमा चयन

समाचार
काठमाडौं । नेपाल बोटल वाटर उद्योग संघको १४औं वार्षिक साधारण सभा तथा राष्ट्रिय भेलाले काठमाडौंका ध्रुवबहादुर गौतमलाई सर्वसम्मत रुपमा संघको अध्यक्षमा चयन गरेको छ। गौतम अध्यक्षमा सर्वसम्मत चयन भएपछि महासंघमा नयाँ नेतृत्व टिम गठन भएको छ।  संघका संरक्षक धर्मनन्द श्रेष्ठ, वरिष्ठ उपाध्यक्ष सोमप्रसाद काप्री सहित सबै प्रदेश र क्षेत्रलाई प्रतिनिधित्व गर्नेगरी नयाँ कार्यसमिति बनेको छ। अध्यक्ष गौतमले जिम्मेवारी सम्हालेपछि मुलुकको पानी उद्योगलाई अझै व्यवस्थित, पारदर्शी र उपभोक्तामैत्री बनाउन प्रतिवद्धता जनाउनुभयो। उहाँले भन्नुभयो – “पानी जीवनसँग जोडिएको सबैभन्दा संवेदनशील विषय हो। उपभोक्ताले पाउने पानी गुणस्तरीय, सफा र स्वास्थ्यकर बनाउन महासंघ निरन्तर सचेत रहनेछ। यो उद्योगलाई व्यवसायी मात्र होइन, जनताको सेवासँग जोडेर अघि बढाइन्छ।” गौतमले व्यवसायीको हकहित सुरक्षित गर्दै उपभोक्ताको जीवनस्तर सुधा...
नवराज तिमल्सिना ” एकान्ते” को‘मै थपुँला सही’ लोकदोहोरी भाकाको नयाँ गीत सार्वजनिक

नवराज तिमल्सिना ” एकान्ते” को‘मै थपुँला सही’ लोकदोहोरी भाकाको नयाँ गीत सार्वजनिक

Breaking News, मनाेरन्जन
काठमाडौं । ‘मै थपुँला सही’ लोकदोहोरी भाकाको नयाँ गीत सार्वजनिक भएको छ। यसपूर्वक घुमाउने घर पोखरामा लगायतका चर्चित गीतमा स्वर दिइसकेका गायक सुदीप अधिकारीले यसपटक नवराज तिमल्सिना ‘एकान्ते’ को शब्द र लयको गीतलाई बिहिबार उनकै अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरेका छन् । गीतमा गायक सुदीप अधिकारी र गायिका रचना रिमालको स्वर रहेको छ। गीतको लय र शब्द नवराज तिमल्सिना ‘एकान्ते’ले तयार पारेका हुन् भने भिडियो आठ मिनेट ३४ सेकेण्डको रहेको छ। उत्कृष्ट छायाङ्कनसहित तयार भएको भिडियोमा लोमस शर्मा र करिष्मा ढकालले आकर्षक मोडलिङ गरेका छन्। लोक तथा दोहोरीको मौलिक शैलीमा तयार गरिएको ‘मै थपुँला सही’ दर्शक तथा श्रोतालाई मनपर्ने अपेक्षा लिइएको छ। ...
पेरिसडाँडामा आयोजना गरेको विचार गोष्ठी दलित अधिकारकाे प्रश्नमा केन्द्रित

पेरिसडाँडामा आयोजना गरेको विचार गोष्ठी दलित अधिकारकाे प्रश्नमा केन्द्रित

समाचार
काठमाडौं । नेपाल दलित मुक्ति मोर्चाले शनिबार दिउँसो नेकपा (माओवादी केन्द्र)को पार्टी कार्यालय, पेरिसडाँडामा आयोजना गरेको विचार गोष्ठी दलित अधिकारकाे प्रश्नमा केन्द्रित रह्याे । ‘नेपालमा दलित अधिकारको अवस्था, नीतिको विकास र कार्यान्वयनमा चुनौती’ शीर्षकको गोष्ठीमा दलित बुद्धिजीविदेखि पार्टी शीर्ष नेतासम्मका धारणा प्रस्तुत भए । कार्यक्रमले दलित अधिकारका सवालमा माओवादी आन्दोलनले दिएको योगदान र त्यसैसँगै देखिएका कमी-कमजोरी दुवैलाई उजागर गर्यो । अध्येता जेबी विश्वकर्माले गोष्ठिको सुरुवातै कठोर आलोचनाबाट गरे । उनका अनुसार माओवादीको दश वर्षे जनयुद्धले सामन्तसँग आँखा जुधाएर बोल्ने हैसियत दलित समुदायलाई दियो । जनयुद्धको पहिलो शहीद दिलबहादुर रम्तेलसमेत दलित हुनु यस समुदायको योगदानको प्रतीक हो । तर, आज दलित अधिकारको सवालमा प्रतिगमन भइरहेको उनको तर्क थियो । ‘माओवादीको २५ जना पदाधिकारीमध्ये ६४ प्र...
‘रचनात्मक पत्रकारिता हाते पुस्तक’ प्रकाशित

‘रचनात्मक पत्रकारिता हाते पुस्तक’ प्रकाशित

सुचना संचार
काठमाडौं । रचनात्मक पत्रकारिताबारे पहिलो नेपाली पुस्तक ‘रचनात्मक पत्रकारिता: हाते पुस्तक’ प्रकाशन भएको छ । पत्रकार तथा अध्येता टुमराज कोइरालालिखित पुस्तक यसै साताबाट उपलब्ध हुनेगरी सार्वजनिक गरिएको प्रकाशक सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेशले जानकारी दिएको छ । सञ्चार रजिष्ट्रार रेवती प्रसाद सापकोटाका अनुसार समाजमा फैलिरहेको निराशा र नकारात्मकता न्यूनीकरण गर्न विश्व पत्रकारितामा भइरहेको नवीन अभ्यासको आधारभूत जानकारी नेपालीमा दिने उद्देश्यले पुस्तक प्रकाशन गरिएको हो । प्रविधिको तीव्र विकाससँगै नकारात्मक समाचारको व्यापक फैलावटका कारण पत्रकारिताप्रति खस्किरहेको विश्वासलाई रचनात्मक पत्रकारिताले पुनस्थापित गर्ने अपेक्षाका साथ विश्वका विभिन्न देशमा यसको अभ्यास बढिरहेको सापकोटाले जानकारी दिए । पुस्तकले उक्त अभ्यास अवलम्बन गर्न र अध्ययन गर्न चाहनेहरूलाई मार्गदर्शन गर्ने अपेक्षा लि...
जाजरकोटको भेरी नगरपालिकामा वडा कार्यालय भवन निर्माणको ठेक्का प्रक्रिया मिलेमतो गरी  लाखाैंको भ्रष्टाचार गरिएको तथ्य सार्वजनिक

जाजरकोटको भेरी नगरपालिकामा वडा कार्यालय भवन निर्माणको ठेक्का प्रक्रिया मिलेमतो गरी  लाखाैंको भ्रष्टाचार गरिएको तथ्य सार्वजनिक

Breaking News, अर्थवाणिज्य, पुर्वाधार, राष्ट्रिय, समाचार
जाजरकोट :जाजरकोटको भेरी नगरपालिकामा वडा कार्यालय भवन निर्माणको ठेक्का प्रक्रियामा मिलेमतो गरी  लाखाैंको भ्रष्टाचार गरिएको तथ्य बाहिरिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सो प्रकरणमा संलग्न नगरपालिकाका कर्मचारी र ठेकेदार कम्पनी विरुद्ध विशेष अदालत काठमाडौंमा ३६ लाख २० हजार ५७८ रुपैयाँ बराबरको बिगोसहित भ्रष्टाचार मुद्दा दायर गरेको छ । आयोगको अनुसन्धान अनुसार आ.व. २०८०/८१ मा वडा नं ६, ९ र १० को कार्यालय भवन ठेक्का प्रक्रियामा सार्वजनिक खरिद नियमवली विपरीत बोलपत्रदाता कम्पनीहरुलाई जानीजानी अनुत्तीर्ण गरी लक्षित ठेकेदार न्यू विके / नहकुली जेभी लाई ठेक्का दिलाइएको थियो । यसरी ठेक्का पाउँदा सरकार र नगरपालिकाको सम्पत्तिमा ठूलो हिनामिना भएको अख्तियारले ठहर गरेको छ । मुद्दामा प्रतिवादी बनाइएका व्यक्तिहरुमा भेरी नगरपालिकाका  निमित्त प्रमुख प्रशासकीय अधिकृत दल बहादुर घर्ती, इन्जिनियर मो...
जाजरकोटमा पत्रकारमाथि प्रहरीको दमन -फाेटा डिलिट गर्न धम्की

जाजरकोटमा पत्रकारमाथि प्रहरीको दमन -फाेटा डिलिट गर्न धम्की

Breaking News, राष्ट्रिय, समाचार, सुचना संचार
जाजरकोट :जाजरकोटमा तीज विशेष कार्यक्रममा फाेटा खिचिरहेका पत्रकारमाथि प्रहरीले दमन गरेका छन । मंगलबार राति करिब १० बजे खलंगामा रहेकाे नेपाल बैंक अगाडि तीज विशेष नाचगान कार्यक्रम चलिरहेको थियो । सोही क्रममा पत्रकार बालकुमार शर्मा, शिक्षक कमल चन्द लगायत अन्य व्यक्तिहरू पनि कार्यक्रममा उपस्थित थिए । शर्मा सामाजिक सञ्जालमा लाइभ गर्दै तस्बिर र भिडियो खिचिरहेका बेला प्रहरी निरीक्षक सन्ताेष चन्द र अर्का प्रहरी कर्मचारीले उनलाई नजिकै बोलाई मोबाइलमा रहेका तस्बिर डिलिट गर्न धम्कीपूर्ण शैलीमा दबाब दिएको पत्रकार शर्माले बताए । “तपाईंले फोटो खिच्नु भएको छ भने डिलिट गर्नुपर्छ भन्ने निर्देशन दिइयो । सार्वजनिक स्थलमा खिचिएको फोटो के आधारमा मेटाउन लगाइयो भन्ने प्रश्न छ,” शर्मा आक्रोशित हुँदै भन्छन्, “पत्रकार आचारसंहिता र कानुनबारे मलाई प्रष्ट थाहा छ । तर रातिको समयमा प्रहरी प्रशासनले पत्रकारलाई मनोबल गिर...
४०७ प्रिन्ट रगत संकलन गर्दै बृहत रक्तदान अभियान सम्पन्न

४०७ प्रिन्ट रगत संकलन गर्दै बृहत रक्तदान अभियान सम्पन्न

Breaking News, राष्ट्रिय, विज्ञान प्रबिधि, शिक्षा, समाचार, स्वास्थ
काठमाडौं : ब्रह्मा कुमारी राजयोग उप सेवा केन्द्र रानीवारी र ग्रीन सिटी हस्पिटल तथा चक्रपथ सरसफाइ अभियानको सहकार्यमा भएको रक्तदान कार्यक्रम ४०७ प्रिन्ट रगत संकलन गर्दै समापन भएको छ ।काठमाडौंको बसुन्धारा,चौकीमा रहेको ग्रीनसिटी हस्पिटल संगको सहकार्यमा ब्रह्माकुमारी राजयोग सेवाकेन्द्र रानीवारीको आयोजनामा यहि भाद्र ६,७,८ र ९ गते ग्रीनसिटी हस्पिटलको प्रागणमा बृहत रक्तदान कार्यक्रम संचालन भएको हो । यो अभियान ब्रह्माकुमारी राजयोग नेपाल समाज सेवा प्रभागको आयोजनामा मेगा रक्तदान अभियान अन्तरगत सन्चालन भएको हो । रक्त अभावलाई न्यूनिकरण गर्दै समाजमा भाईचाराको बिकास गर्न तथा मानव स्वास्थ्यमा बिशेष चासो दिदै यो कार्यक्रम आयोजना गरिएको ब्रह्माकुमारी राजयोग नेपाल समाज सेवा प्रभागले जनाएको छ । रक्तदान कार्यक्रमलाई मेगा रक्तदान अभियानको रुपमा अगाडी बढाउँदै प्रभागको अगुवाईमा देशैभर १३२ स्थानमा एकै समयमा रक्...
तिजकाे पहिलो दिन पसुपतिमा दर्शनार्थीहरुकाे भिड

तिजकाे पहिलो दिन पसुपतिमा दर्शनार्थीहरुकाे भिड

Breaking News, पर्यटन, मनाेरन्जन, राष्ट्रिय, संस्कृति, समाचार
काठमाडौं :तीज पर्वको अवसरमा पशुपतिनाथ मन्दिर दर्शन गर्नेहरुको बिहानैदेखि घुइँचो लागेको छ । दर्शनार्थीहरुका लागि मूल मन्दिरका चार ढोका आज बिहान ३ बजेदेखि खुला गरिएको छ ।दर्शनार्थीहरु बिहानैदेखि लामबद्ध भएर पशुपति मन्दिरमा पूजा गरी नाचगान गरिरहेका छन् । व्रतालुलाई शीतल होस् भनेर पशुपति मन्दिर क्षेत्रमा पहिलोपटक माथिबाट पानीको मसिना फोहोरा बर्सिने व्यवस्था समेत मिलाइएको छ । तीजमा पहिलोपटक परीक्षणका लागि यो व्यवस्था मिलाइएको  र आगामी दिनहरुमा पनि यसलाई प्रयोग गर्ने पशुपति क्षेत्र विकास कोषले जनाएको छ । पशुपति क्षेत्र विकास कोषका निमित्त सदस्यसचिव सुभाषचन्द्र जोशीले चर्को घाममा लामो समय लाइनमा बस्न असहज हुने भएकाले एक देखि डेढ घण्टाभित्र दर्शन गरेर फर्किसक्नेगरी व्यवस्था मिलाइएको जानकारी दिए । कोषका सूचना अधिकारी अनिता भट्टका अनुसार पशुपति क्षेत्रको बाहिरी भागबाट पशुपतिनाथ मन्दिर छिर्ने...
बर्दियाबाट भारततर्फ लैजान लागिएको ४८ लाख बढीको इलेक्ट्रिक चुरोट सशस्त्र प्रहरीको नियन्त्रणमा

बर्दियाबाट भारततर्फ लैजान लागिएको ४८ लाख बढीको इलेक्ट्रिक चुरोट सशस्त्र प्रहरीको नियन्त्रणमा

Breaking News, अर्थवाणिज्य, राष्ट्रिय, समाचार
नेपालगन्ज ;बर्दियाबाट भारततर्फ लैजान लागिएको ४८ लाख बढीको इलेक्ट्रिक चुरोट सशस्त्र प्रहरीको नियन्त्रणमा । नेपालबाट भारततर्फ लैजाँदै गरेको ४८ लाख ५ हजार रुपैयाँ बराबरको चाइनीज इलेक्ट्रिक चुरोटलाई जिल्लाको सीमा नाका नजिकबाट बरामद गरिएको सशस्त्र प्रहरी नं.३१ गण बर्दियाले जानकारी दिएको छ। सशस्त्र प्रहरी बर्दियाका अनुसार बिओपी शक्तिपुरबाट सई कमल बहादुर नेपालीको कमाण्डमा गएको टोलीले जिल्लाको मधुवन नगरपालिका-५ शक्तिपुरबाट गए राति १२ बजे उक्त रकम बराबरको चाइनीज इलेक्ट्रिक चुरोट बरामद गरेको हो। भारततर्फ साइकलमा चाइनीज इलेक्ट्रिक चुरोट लिएर जाँदै गरेको अवस्थामा सशस्त्र प्रहरीलाई देख्ने बित्तिकै तस्करहरुले साइकल र इलेक्ट्रिक चुरोट छोडेर भागेको सशस्त्र प्रहरी नं.३१ गण बर्दियाले जनाएको छ। बरामद गरिएको ९ सय २० पिस चुरोटको प्रति पिस २५ सय रहेको छ भने बरामद गरिएको चुरोट तथा ओसारपसारमा प्रयोग ग...