जापानिज इन्सेफ्लाइटिसका कारण ७ महिनामा ३ जनाको मृत्यु
जापानिज इन्सेफ्लाइटिसका कारण यो वर्ष ३ जनाको मृत्यु भएको छ।
मृत्यु हुनेमा मोरङका २ जना र बाराका १ जना छन्। मृत्यु हुनेहरू क्रमश: १७, ४९ र ७४ वर्षका छन्।
विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का अनुसार सन् २०२५ को ७ महिनाको अवधिमा नेपालमा ३४ जनालाई जापानिज इन्सेफ्लाइटिस (जेइ) देखिएकोमा तीन जनाको मृत्यु भएको हो।
विज्ञहरूका अनुसार साउनदेखि कात्तिक (जुलाईदेखि अक्टोबर) सम्म नेपालमा जापानिज इन्सेफ्लाइटिसको संक्रमण धेरै देखिन्छ। 'जेइ' का कारण मृत्युदर झण्डै ३० प्रतिशत रहेकाले समयमै पहिचान गरी उपचार गर्न सकेनौँ भने ठूलो क्षति हुन सक्छ।
स्वास्थ्य जोखिमका विषयहरूमा स्वास्थ्य पत्रकारहरूलाई अभिमुखीकरण गर्न स्वास्थ्य पत्रकार मञ्च नेपाल (एचजेएफएन) सँग सहकार्य गर्दै आइरहेको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) नेपालले सोमबार जापानिज इन्सेफ्लाइटिस रोगबारे जानकारी दिएको थियो।
सोही क्रममा डब...








