‘क्याप्टेन रतन बहादुर लामिछाने पुरस्कार’ वरिष्ठ गायक आनन्द कार्कीलाई प्रदान गर्दै भव्यरूपमा सम्पन्न
काठमाडौं । कवि सपना लामिछानेद्वारा लिखित कविताकृति ‘जिन्दगी एक यात्रा’ माथिको परिचर्चा तथा ‘क्याप्टेन रतन बहादुर लामिछाने पुरस्कार’ समर्पण समारोह भव्य र सभ्य रूपमा सम्पन्न भएको छ । साहित्य, कला र सम्मानको समिश्रण बनेको उक्त कार्यक्रम गरिमामय, सुसंस्कृत र स्मरणीय बनेको आयोजकले जनाएको छ ।
स्रष्टा पदयात्रा नेपालका महासचिव गंगा प्रसाद भेटवालको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथिका रूपमा उपस्थित नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राईले कार्यक्रमको उद्घाटन गर्दै प्रेरणादायी मन्तव्य व्यक्त गर्नुभएको थियो । उहाँको उपस्थितिले कार्यक्रमलाई विशेष गरिमा प्रदान गरेको अध्यक्ष भेटुवालले उल्लेख गर्नुभयो ।
कार्यक्रमलाई सफल बनाउन प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग र्पुयाउने सम्पूर्ण महानुभावहरूप्रति आयोजक संस्था सूचक प्रकाशन परिवारका अध्यक्ष दीपक भेटुवाल (दीपसागर)ले हार्दिक आभार व्यक्त गर्...









