७ बैशाख २०८३, सोमबार

Author: तुफान न्यूज

समाजवादी कम्युनिस्ट पार्टी नेपालले जाजरकोटकाे कुशेबाट “जनअभियान २०८२” उद्घाटन गरेकाे छ

समाजवादी कम्युनिस्ट पार्टी नेपालले जाजरकोटकाे कुशेबाट “जनअभियान २०८२” उद्घाटन गरेकाे छ

Breaking News, राजनीति, राष्ट्रिय, विचार, शिक्षा, समाचार
जाजरकोट : समाजवादी कम्युनिस्ट पार्टी नेपालले जाजरकोटकाे कुशेबाट अभियान उद्घाटन गरेकाे छ । पुर्ण बहादुर सिंह "समरजंग" नेतृत्वको उक्त पार्टीले जाजरकोटकाे कुशे गाउपालिका - २ टालेगाउँमा जनयुद्धका सहिद परिवारलाई न्यानाे कपडा (जकेट) वितरण र मान्ने ढुंगा माध्यमिक विद्यालयका विपन्न र जेहेन्दार विद्यार्थीहरुलाई शैक्षिक सामाग्रीहरु वितरणका कार्यक्रम सहित "जन्तामा जाओैँ,जन्ताकाे  सेवा गराै ! भन्ने मेचीमहाकाली "जनअभियान २०८२" उद्घाटन गरेकाे हाे । कार्यक्रममा पार्टीका महासचिव समरजंग, स्थायी कमिटि सदस्य विनयराज , विप्लव, सर्वजित, पाेलिटब्युराे सदस्य मन्जित जनपक्षीय पत्रकार संगठन नेपालका केन्द्रीय अध्यक्ष रेडियम सिंह र समाजवादी युवा संगठनका अध्यक्ष आकाश कार्की लगायत केन्द्रीय नेताहरुकाे उपस्थिति रहेकाे थियाे । पन्चेवाजा र भब्य जनसहभागीतामा सम्पन उक्त  कार्यक्रमकाे अध्यक्षता समरजंगले गरेका थिए भने विश...
राजेन्द्र महतोको राष्ट्रिय मुक्ति पार्टीमा भयो विद्रोह : युवा नेता मुकुन्द सिलवालको राजिनामा

राजेन्द्र महतोको राष्ट्रिय मुक्ति पार्टीमा भयो विद्रोह : युवा नेता मुकुन्द सिलवालको राजिनामा

राजनीति, समाचार
काठमाडौं । तराई मधेश ,पहाड र हिमाललाई एकसाथ जोडेर बैकल्पिक राजनैतीक शक्ति निर्माण गर्ने भन्दै अगाडी बढेको राजेन्द्र महतो समुहको राष्ट्रिय मुक्ति पार्टीमा पछिल्लो समय केहि किचलोहरु देखा पर्न थालेका छन् । आज केन्द्रीय कार्यालयमा राजिनामा पत्र बुझएका युवा नेता मुकुन्द सिलवालले पार्टी भित्र उत्पन्न भएको किचलो बारे आफ्नो धारणा स्प्रष्ट पार्दै सिमित व्यक्तिहरुको राजनैतीक लक्ष्य पुरा गर्न युवाहरुलाई प्रयोगमात्र गर्न खोजिएको आरोप लगाएका छन् । उनले बुझाएको राजिनामा पत्रमा आज देखि राष्ट्रिय मुक्ति पार्टी नेपालको साधारण सदस्यता साथै पार्टीसंग आबद्ध सम्पूर्ण जिम्मेवारी बाट अलग भएको घोषणा गरिएको छ । पछिल्लो समय पार्टीको बैचारिक दिशा, नेतृत्वको कार्यशैलि तथा राजनैतिक अभ्यास प्रती गम्भीर असहमती रहँदै आएको र कुनैपनि व्यक्तिको अनुहारबाट राष्ट्रिय मुक्ति क्रान्ती सम्भब छैन भन्ने आफ्नो स्पष्ट ठम्याई र...
ग्राण्डी अस्पतालको १३ औँ वार्षिकोत्सव मनाइयो

ग्राण्डी अस्पतालको १३ औँ वार्षिकोत्सव मनाइयो

समाचार
  काठमाडौँ । काठमाडौँको धापासीमा सञ्चालित ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालको १३ औँ वार्षिकोत्सव भव्यताका साथ मनाइएको छ । नेपालमै अन्तर्राष्ट्रिय स्तरको स्वास्थ्यसेवा प्रदान गर्ने उदेश्यले स्थापना भएको ग्राण्डीले शनिबार साँझ एक कार्यक्रमको आयोजना गरि आफ्नो १३ औँ वार्षिकोत्सव मनाएको हो । वार्षिकोत्सवका अवसरमा बोल्दै अस्पतालका अध्यक्ष ईञ्जिनीयर दिपक कुँवरले ग्राण्डीले विरामीलाई उत्कृष्ट सेवा प्रदान गरेको भन्दै विरामीको सेवामा अहोरात्र खटिने डाक्टर, नर्स तथा अस्पतालका कर्मचारीलाई धन्यवाद दिनुभयो । उहाँले विभिन्न आरोह अवरोहका बीचमा पनि ग्राण्डीले अनवरत रुपमा विरामीलाई उत्कृष्ट सेवा प्रदान गरेको बताउनुभयो । उहाँले भन्नुभयो,–“स्थापनापछि भूकम्प, नाकाबन्दी र कोरोनालगायतका समस्यामा परेको ग्राण्डीले स्वदेशी तथा विदेशी विरामीलाई गुणस्तरीय सेवा प्रदान गरेकोमा मलाई ज्यादै खुशी लागेक...
रातोपाटी अनलाईनमा प्रकाशित समाचार प्रति नेपाल हवाई यातायात नियन्त्रक संघको ध्यानाकर्षण

रातोपाटी अनलाईनमा प्रकाशित समाचार प्रति नेपाल हवाई यातायात नियन्त्रक संघको ध्यानाकर्षण

समाचार
काठमाडौं । मिति २०८२/०९/१८ गते "रातोपाटी" अनलाइन मिडियामा "क्यानभित्र संस्थागत विचलन, नियामककै तजबिजी निर्णायक" भनी प्रकाशित एक समाचार प्रति यस नेपाल हवाई यातायात नियन्त्रक संघ (NATCA) को गम्भीर ध्यानाकर्षण भएको बताएको छ । समाचारमा उल्लेख भए अनुसार नेपाल नागरिक उड्यन प्राधिकरण (CAAN) का एक जिम्मेवार वरिष्ठ कर्मचारीद्वारा सार्वजनिक मञ्चमा "एयर ट्राफिक कन्ट्रोलर्सहरू अक्षम छन्, त्यसैले म हवाई यात्रा गर्न डराउँछु” भन्ने अभिव्यक्ति प्रति नेपाल हवाई यातायात नियन्त्रक संघ गम्भीर आपत्ति प्रकट गरेको छ । उक्त अभिव्यक्ति अत्यन्त गैरजिम्मेवार, तथ्यहीन, अपमानजनक तथा पेशागत मर्यादा विपरीत रहेको संघको ठहर छ। प्रमाण र तथ्यबिनै एयर ट्राफिक कॉलरहरूलाइ होच्याउने मनसायले गरिएको यस्तो सार्वजनिक टिप्पणीले अन्तर्राष्ट्रिय मापदण्ड अनुसार कार्यरत एयर ट्राफिक कन्ट्रोलर्हरुको पेशागत गरिमा र मनोबलमा गम्भीर आघा...
नेपाल लोकतान्त्रिक आदिवासी जनजाति महासंघ रामेछापका जिल्ला उपाध्यक्ष श्यामलाल योन्जनको काँग्रेसबाट विद्रोह

नेपाल लोकतान्त्रिक आदिवासी जनजाति महासंघ रामेछापका जिल्ला उपाध्यक्ष श्यामलाल योन्जनको काँग्रेसबाट विद्रोह

निर्वाचन
रामेछाप । नेपाली काङ्ग्रेसभित्र लामो समयदेखि देखिँदै आएको गहिरो असन्तुष्टि अन्ततः सामूहिक राजीनामामा परिणत भएको छ। पार्टीको केन्द्रदेखि जिल्ला तहसम्म देखिएको अपरिवर्तित सोच, संगठनभन्दा व्यक्तिमुखी राजनीति, अनैतिक मेलमिलाप र जनचाहनाबाट टाढिएको नेतृत्वप्रति असन्तुष्टि जनाउँदै रामेछापका दर्जनौं जिम्मेवार तथा क्रियाशील नेताकार्यकर्ताले नेपाली काङ्ग्रेस परित्याग गरेका छन्। देशको बदलिँदो राजनीतिक, सामाजिक र आर्थिक परिस्थितिसँगै पार्टीको सोच र कार्यशैली परिवर्तन हुन नसकेको, स्थानीय तहमा जनप्रतिनिधि तथा नेताहरू सत्ता पक्षसँग व्यक्तिगत स्वार्थअनुकूल साँठगाँठमा लागेको र विकास तथा जनभावनाभन्दा हजारौं माइल टाढाको राजनीति हाबी भएको निष्कर्षसहित उनीहरूले सामूहिक राजीनामा दिएको बताएका छन्। “परिवर्तन नचाहने पार्टीभित्र बसेर परिवर्तन सम्भव छैन” भन्ने धारणा राख्दै उनीहरूले नयाँ राजनीतिक बाटो रोजेको घोषणा...
चितवनको व्यवसायिक नेतृत्वमा उदाउँदै एक सबल महिला : सुनिता लिगल कर्माचार्य

चितवनको व्यवसायिक नेतृत्वमा उदाउँदै एक सबल महिला : सुनिता लिगल कर्माचार्य

समाचार
चितवनको व्यवसायिक क्षेत्रमा सुनिता लिगल कर्माचार्य स्थापित र परिचित नाम हो। कुशल महिला उद्यमी, सशक्त संचारकर्मी तथा प्रभावकारी नेतृत्वकर्ताका रूपमा उहाँले चितवनको व्यवसायिक वृत्तमा आफ्नो छुट्टै पहिचान बनाउन सफल हुनुभएको छ। संचार क्षेत्रबाट व्यवसायिक यात्राको सुरुआत गर्नुभएकी कर्माचार्य सानै उमेरदेखि जिज्ञासु, मेहनती र लक्ष्यप्रति दृढ रहँदै आउनुभएको छ। पोखरास्थित माछापुच्छ्रे एफएममा लामो समय कार्यरत रहँदै उहाँले संचार क्षेत्रको गहिरो अनुभव हासिल गर्नुभयो। यही अनुभवले उहाँलाई आज व्यवसाय र संस्थागत नेतृत्वमा समेत सक्षम बनाएको छ। हाल चितवन उद्योग वाणिज्य संघको ५९औँ वार्षिक साधारणसभा तथा अधिवेशन अन्तर्गत पुस २१ गते हुन गइरहेको निर्वाचनमा कर्माचार्यले २०८२/०८४ कार्यकालका लागि महिला उद्यमी तर्फ (क्र.सं. २) कार्यसमिति सदस्य पदमा उम्मेदवारी दिनुभएको छ। पछिल्ला चार वर्षदेखि उद्योग वाणिज्य स...
राष्ट्रिय स्वतन्त्र पार्टी रुपन्देही–२ की समानुपातिक उम्मेदवार मन्जु (ज्ञवाली) भुसाल : संघर्ष, नेतृत्व र सम्भावनाको कथा

राष्ट्रिय स्वतन्त्र पार्टी रुपन्देही–२ की समानुपातिक उम्मेदवार मन्जु (ज्ञवाली) भुसाल : संघर्ष, नेतृत्व र सम्भावनाको कथा

निर्वाचन
देशमा बिस्तारै चुनावी माहोल तातिँदै गएको छ । चिया पसलदेखि ठूला होटलसम्म, गाउँको चौतारीदेखि सहरका बैठकसम्म—राजनीति र निर्वाचनबारे छलफल सामान्य बन्दै गएको छ । यही सन्दर्भमा रुपन्देही जिल्लाको निर्वाचन क्षेत्र नं. २ पनि बहसको केन्द्रमा देखिन थालेको छ । विशेषगरी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट समानुपातिक उम्मेदवारका रूपमा अगाडि सारिएकी मन्जु (ज्ञवाली) भुसालबारे चासो र चर्चा बढ्दै गएको छ । प्रारम्भिक जीवन र पारिवारिक पृष्ठभूमि मन्जु (ज्ञवाली) भुसालको जन्म २०३२ साल माघ ५ गते साबिक चिदिका गाउँ विकास समिति वडा नं. ४, अर्घाखाँचीमा पिता मेघबहादुर ज्ञवाली र माता हिरादेवी ज्ञवालीको जेठी सुपुत्रीका रूपमा भएको हो । हजुरबुबा मानबहादुर ज्ञवाली र हजुरआमा गीतादेवी ज्ञवालीको गहिरो माया र संरक्षणमा हुर्किएकी मन्जु बाल्यकालदेखि नै नेतृत्वप्रति आकर्षित थिइन् । उनका हजुरबुबा २०२२ सालमा प्रधानपञ्च...
नवप्रवर्तनलाई एउटै थलोबाट प्रवर्द्धन गर्न चाहन्छौँ: शाह

नवप्रवर्तनलाई एउटै थलोबाट प्रवर्द्धन गर्न चाहन्छौँ: शाह

अर्थवाणिज्य
नेपाल उद्योग वाणिज्य संघ काठमाडौंले आगामी माघ १४ गतेबाट १७ गतेसम्म ‘काठमाडौँ महोत्सव २०८२’ गर्दैछ । संघले पहिलोपटक आयोजना गर्न लागेको महोत्सवका बारेमा केन्द्रित रहेर संघका कार्यसमिति सदस्य तथा महोत्सवका संयोजक उज्ज्वल जंग पराक्रम शाहसँगै गरिएको संक्षिप्त कुराकानी :   नेपाल उद्योग वाणिज्य संघ काठमाडौंले पहिलो पटक ‘काठमाडौं महोत्सव’ आयोजना गर्न लागेको छ । महोत्सव आयोजना गर्नुको मुख्य उद्देश्य के हो ?   जेन जी आन्दोलन पछि निजी क्षेत्रको मनोबल केही खस्किएको छ । देशमा आर्थिक चलायमान बनाउन र निजी क्षेत्रको मनोबल उकास्नका लागि हामीले महोत्सव आयोजना गरेका हौं । यो महोत्सवको मुख्य उद्देश्य काठमाडौँ उपत्यकाको आर्थिक, सांस्कृतिक र पर्यटकीय पहिचानलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा थप सुदृढ बनाउनु हो । हामी स्थानीय उत्पादन, कला-संस्कृति र नवप्रवर्तनलाई एउटै थलोबाट प्रवर्द्धन...
पाँचपोखरी थाङ्पाल गाउँपालिकाको श्री कुम्भेश्वरी आधारभूत विद्यालयका १६५ जना विद्यार्थीलाई न्यानो ट्रयाक सुट वितरण

पाँचपोखरी थाङ्पाल गाउँपालिकाको श्री कुम्भेश्वरी आधारभूत विद्यालयका १६५ जना विद्यार्थीलाई न्यानो ट्रयाक सुट वितरण

शिक्षा, समाचार
सिन्धुपाल्चोक। – बागमती प्रदेशका सांसद तथा पूर्व मन्त्री युवराज दुलालको प्रमुख आतिथ्यमा पाँचपोखरी थाङ्पाल गाउँपालिकाको श्री कुम्भेश्वरी आधारभूत विद्यालयका १६५ जना विद्यार्थीलाई न्यानो ट्रयाक सुट वितरण गरिएको छ । नेपाली कम्युनिष्ट पार्टी सिन्धुपाल्चोक काठमाडौं सम्पर्क समन्वय समितिका ईन्चार्ज महेन्द्र घोरासैनी, काभ्रेका विष्णु गौतम, बाराका विनोद प्रसाद गुप्ता तथा धर्मसागर ढकाल को सहयोगमा विद्यार्थीहरुलाई ट्रयाक सुट वितरण गरिएको हो । एक विशेष कार्यक्रमबीच विद्यार्थीहरूलाई न्यानो कपडा हस्तान्तरण गर्दै पुर्व मन्त्री दुलालले दुर्गम क्षेत्रमा शिक्षा हासिल गरिरहेका बालबालिकाको आवश्यकता बुझेर यो सहयोग गरिएको बताउनु भयो । सांसद दुलालले भन्नुभयो “चिसोले गर्दा कुनै पनि बालबालिकाको पढाइ रोकिनु हुँदैन,यदि कसैलाई विद्यालय जान समस्या छ भने हामी अभिभावकको भूमिकामा साथ दिन तयार छौं।” उहाँले अभिभावकह...
माधव सापकोटालाई जिताउन सम्पर्क समन्वय समितिले बिशेष भुमिका खेल्ने

माधव सापकोटालाई जिताउन सम्पर्क समन्वय समितिले बिशेष भुमिका खेल्ने

समाचार
काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी सिन्धुपाल्चोक क्षेत्र नं. १ बाट २०८२ फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि एकल सिफारिसमा परेका युवा नेता तथा पुर्व सांसद माधव सापकोटा (सुवोध) लाई जिताउन सिन्धुपाल्चोक बाट काठमाडौं आई बिभिन्न पेशा,व्यवसाय,जागिर,अध्ययना तथा रोजगारि गर्ने नेपाली कम्युनिष्ट पार्टीको पार्टि सदस्यहरुको संगठन सिन्धुपाल्चोक काठमाडौं सम्पर्क समन्वय समितिले बिशेष भुमिका खेल्ने बताएको छ । सिन्धुपाल्चोक काठमाडौं सम्पर्क समन्वय समिति निर्वाचन क्षेत्र नं. १ ले आयोजना गरेको अगुवा कार्यकर्ता भेला तथा बिस्तारित बैठकबाट सो निर्णय गरिएको समितिका अध्यक्ष तोक बहादुर गधराज (तोकेन्द्र)ले जानकारी गराएका छन् । एकल सिफारिसमा परेका नेता सापकोटाको सपोर्ट गर्न सिन्धुपाल्चोक काठमाडौं सम्पर्क समन्वय समिति निर्वाचन क्षेत्र नं. १ का ईन्चार्ज सुवाश तााङको संयोजकत्वमा निर्वाचन पचिाल...