१० पुष २०८२, बिहीबार

Author: तुफान न्यूज

शिक्षा मन्त्रीदेखि सदस्य सचिवलाई अखिल क्रान्तिकारीद्वारा सामाजिक बहिष्कारकाे घाेषणा

शिक्षा मन्त्रीदेखि सदस्य सचिवलाई अखिल क्रान्तिकारीद्वारा सामाजिक बहिष्कारकाे घाेषणा

Breaking News, राजनीति, राष्ट्रिय, शिक्षा, समाचार
काठमाडौं :समाजवादी कम्युनिस्ट पार्टी नेपाल निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन(क्रान्तिकारी) ले शैक्षिक माफिया संग मिलि शैक्षिक व्यापार गरेको भन्दै सामाजिक बहिष्कार गरेको छ । आज उक्त संगठनले “देश लुट्ने लुटेरा निजिहरुलाई पोस्ने ! जनताहरुको सरकारिलाई माँस्ने !! खाने जनताहरुको कर ! लाज सरम छैन् केहीको डर !!” भन्दै “तसर्थ जनताहरुको कर खाएर जनताहरु माथि नै शोषण गर्न शैक्षिक माफियाको मतियार बनेकोले प्रविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद्, सानोठिमी भक्तपुरका सदस्य सचिव महेश भट्टराईलाई सामाजिक बहिष्कार गरौं !” भन्ने डिजिटल ब्यानरमा लेखी सामाजिक बहिष्कार कार्यक्रम गरेको जनाएको छ । उक्त संगठनले मिति २०८२ साउन ३० गते चेतावनी पत्र समेत सार्वजनिक गरेकाे थियाे । १) २०८२ साउन ३१ गते सरकारका प्रधानमन्त्रीलाई शिक्षा मन्त्री, सचिव, चिकित्सा शिक्षा आयोगका अध्यक्ष र सदस्य सचिव म...
बिएमजे रिलोडेड समर लिग फुटसल प्रतियोगिता २०८२ सम्पन्न

बिएमजे रिलोडेड समर लिग फुटसल प्रतियोगिता २०८२ सम्पन्न

खेल
काठमाडौं । बिएमजे रिलोडेडद्वारा सञ्चालन गरिएको समर लिग फुटसल प्रतियोगिता २०८२ सम्पन्न भएको छ । शनिबार सम्पन्न लिगको अन्तिम खेलमा टीम क्याप्टेन विदुर रायमाझीको दुई गोल सहितको म्यान अफ दि म्याच पर्फमेन्समा टीम भद्रकालीले टीम मनकामनालाई ३—२ गोल अन्तरले पराजित गरि ५६ अङ्क सहित प्रथम स्थान प्राप्त गर्न सफल भएको छ । खेल पश्चात शनिबारनै आयोजित औपचारिक कार्यक्रममा क्लबका अध्यक्ष पवन खत्रिको अध्यक्षतामा बुढानिलकण्ठ नगरपालिकाका प्रवक्ता तथा वडा नम्बर १० का वडाध्यक्ष नवराज भट्टराईको प्रमुख आतिथ्यता तथा बुढानिलकण्ठ नगरपालिकाका खेलकुद संयोजक तथा वडा नम्बर ८ का वडाध्यक्ष सुमन तामाङको बिशेष आतिथ्यतामा क्लबका कोषाध्यक्ष आलोक शाह सहितले विजयी टिमलाई मेडल तथा रनिङशिल्ड प्रदान गरेका छन् । ३० खेल खेलाइएको समर लिग प्रतियोगितामा सन्तोष श्रेष्ठ सर्वाधिक गोलकर्ता भए भने करण मगर प्रतियोगिताको उत्कृष्ट खेलाडी...
शिक्षा मन्त्री सहित शिक्षा अधिकारीहरुलाई क्रान्तिकारीको चेतावनी

शिक्षा मन्त्री सहित शिक्षा अधिकारीहरुलाई क्रान्तिकारीको चेतावनी

Breaking News, राजनीति, राष्ट्रिय, विचार, शिक्षा, समाचार
काठमाडौं ;समाजवादी कम्युनिष्ट पार्टी नेपाल निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) केन्द्रीय समितिले शिक्षामन्त्री रघुजी पन्तलाई चेतावनी पत्र पठाएको छ । संगठनले चिकित्सा शिक्षा आयोगको २२औँ बैठकलाई ‘मेडिकल माफियासँग मिलेर रातारात बसेको गोप्य बैठक’ को विशेषण दिँदै त्यसप्रति आपत्ति जनाएको छ । अखिल (क्रान्तिकारी) का अनुसार बैठकले नवऔपनिवेशिक पुँजीवादी दलाल शिक्षालाई प्रोत्साहन गर्न सरकारी मेडिकल कलेजमा अध्ययन गर्ने विद्यार्थीहरूको अधिकार खोस्दै निजी मेडिकल कलेजलाई फाइदा पुग्ने निर्णय गरेको आरोप लगाएको छ । चेतावनी पत्रमा संगठनले लेखेको छ, ‘२०८२ साउन ५ गते शिक्षा मन्त्रालयका सचिव चुरामणि पौडेलमार्फत् मन्त्री रघुजी पन्तलाई १५ बुँदे मागपत्र बुझाएका थियौं। त्यसैगरी साउन ८ गते चिकित्सा शिक्षा आयोगका निमित्त उपाध्यक्ष डा. सुदीप आचार्य र सदस्य सचिव अणप्रसाद न्यौपा...
ईशान बाल तथा महिला अस्पतालको ३०औं वार्षिकोत्सव भव्यताका साथ सम्पन्न

ईशान बाल तथा महिला अस्पतालको ३०औं वार्षिकोत्सव भव्यताका साथ सम्पन्न

स्वास्थ
 काठमाडौं / राजन थापा ईशान बाल तथा महिला अस्पतालले आफ्नो ३०औं वार्षिकोत्सव विशेष समारोहका साथ सम्पन्न गरेको छ। तीन दशक लामो सेवायात्राको स्मरणमा आयोजित कार्यक्रममा चिकित्सक, स्वास्थ्यकर्मी, कर्मचारी, समुदायका प्रतिनिधि तथा अभिभावकहरूको उल्लेखनीय सहभागिता रह्यो। कार्यक्रममा संस्थापक सदस्यहरूले अस्पताल स्थापना गर्दा भोगिएका चुनौती र कठिनाइहरूबारे अनुभव साझा गर्दै अस्पतालले बालबालिका र महिलाको स्वास्थ्य क्षेत्रमा पुर्‍याएको योगदानलाई स्मरण गरे। समारोहको मुख्य आकर्षण दीर्घकालीन रूपमा सेवा दिएका चिकित्सक र स्वास्थ्यकर्मीप्रति गरिएको सम्मान थियो। अस्पताल प्रशासनले ३० वर्षदेखि निरन्तर खटिएका कर्मचारीलाई दोसल्ला, सम्मानपत्र र स्मृति चिन्ह प्रदान गर्दै कृतज्ञता प्रकट गर्‍यो। सम्मान ग्रहण गर्ने क्रममा चिकित्सकहरूले आफ्नो जीवनलाई मातृ–शिशु स्वास्थ्य सुरक्षामा समर्...
द च्याम्पियन्स तेक्वान्दो डोजाङको ग्रेडिङ्ग कार्यक्रम २०८२ सम्पन्न

द च्याम्पियन्स तेक्वान्दो डोजाङको ग्रेडिङ्ग कार्यक्रम २०८२ सम्पन्न

खेल, समाचार
काठमाडौँ । “स्वास्थ्यको लागि खेलकुद, राष्ट्रको लागि खेलकुद” भन्ने मान्यतालाई आत्मसात् गर्दै बि.सं.२०३८ सालदेखि आधिकारिक रूपमा नेपालमा भित्रिएको तेक्वान्दो खेलले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका धेरै खेलाडीहरू उत्पादन गरिसकेको छ । यस्तै आत्मरक्षा र भविष्यको लागि खेल अत्यावश्यक छ भनेर काठमाडौँ महानगरपालिका वडा नं. १६ मा सुरु गरिएको ‘द च्याम्पियन्स तेक्वान्दो डोजाङ्ग’को ग्रेडिङ्ग कार्यक्रम २०८२ भव्यताका साथ सम्पन्न भएको छ । रानीवनस्थित आफ्नै हलमा सम्पन्न भएको यस कार्यक्रम द च्याम्पियन्स तेक्वान्दो डोजाङका मुख्य प्रशिक्षक प्रदिप आले मगरको सभापतित्व तथा का.म.पा. १६ का सहायक सचिव टेक बहादुर के.सी. को प्रमुख आतिथ्यतामा डोजाङका सचिव सुमन श्रेष्ठले सञ्चालन गर्नुभएको थियो । कार्यक्रममा ‘स्मार्ट किड्स किन्डरगार्डेन’ खरिबोटकी प्रिन्सिपल सविता घिमिरे, नेपाल पुलिस क्लबका प्रशिक्षक अनोज पुजा...
चर्चित सौंन्दर्यबिद सुष्मा महराको नयाँ तीज गीत सार्वजनिक ( भिडियो सहित)

चर्चित सौंन्दर्यबिद सुष्मा महराको नयाँ तीज गीत सार्वजनिक ( भिडियो सहित)

मनाेरन्जन
काठमाडौंं । चर्चित सौंन्दर्यबिद सुष्मा महराको नयाँ तीज गीत सार्वजनिक भएको छ। गायिकाद्वय समीक्षा अधिकारी र रचना रिमालको स्वर रहेको नयाँ गीत ‘आयो तीज’ सार्वजनिक भएको छ । राजधानीमा आयोजित एक कार्यक्रमका बीच उक्त गीत सार्वजनिक गरिएको हो । सुष्मा महराको मौलिक शब्दहरू समेटिएको ‘रोमान्टिक’ शैली गीतमा पुरुषोत्तम न्यौपानेको संगीत र केशव बाबुको एरेञ्ज रहेको छ । ‘डान्सिङ सङ’को रुपमा बजारमा आएको उक्त गीतको भिडिओसमेत आकर्षक देखिएको छ । भिडिओमा गीतकार महरा र प्यारीको अभिनय छ । थुप्रै कोरस समेत प्रयोग भएको भिडिओको निर्देशन शक्ति प्रज्वल घिमिरेले गरेका हुन् । भिडिओमा चक्रबहादर बरालको छायाङ्कन र सतीश श्रेष्ठको सम्पादन रहेको छ । भिडिओको कोरियोग्राफी रोहिया महर्जनले गरेकी हुन् । फेसियल हाउसले निर्माण गरेको भिडिओ म्युजिक नेपालको अफिसिय युट्युब च्यालबाट सार्वजनिक गरिएको छ । कार्यक्रममा गीतकार मह...
सेप्टिक ट्यांकीभित्र मृत भेटिए ठेकेदार र मजदुर

सेप्टिक ट्यांकीभित्र मृत भेटिए ठेकेदार र मजदुर

समाचार
काठमाडौं ।  सुनसरीको दुहबीमा निर्माणाधीन घरको सेप्टिक ट्यांकीभित्र दुई जनाको शव फेला परेको छ। सुनसरीको दुहबी नगरपालिका –२ का ५० वर्षीय श्यामबहादुर तामाङ र ३२ वर्षीय रमेश राईको शव बुधबार बिहान भेटिएको हो। सुनसरी प्रहरीका प्रवक्ता डिएसपी योगराज खतिवडाका अनुसार उनीहरूको शव बुधबार फेला परेको हो।   ‘दुहबी नगरपालिका–४ शिव मन्दिर चोकमा चन्द्रिका रौनियारको नयाँ बन्दै गरेको घरको सेप्टिक ट्यांकीभित्र शव भेटिएको छ’ डिएसपी खतिवडाले भने, ‘मृतकमध्ये श्यामबहादुर पेटी ठेकेदार हुन्। राई मजदुर हुन्।’ सेप्टिक ट्यांकीभित्र निस्सासिएर उनीहरूको मृत्यु भएको हो कि अन्य कारणले भन्ने अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। फरेन्सिक विज्ञसहितको टोली परिचालन भएको प्रहरी भनाइ छ। ...
निर्वाचन आयोगले गर्‍यो रास्वपाको कार्यसमिति अद्यावधिक

निर्वाचन आयोगले गर्‍यो रास्वपाको कार्यसमिति अद्यावधिक

समाचार
काठमाडौं । निर्वाचन आयोगले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को कार्यसमिति अद्यावधिक गरेको छ। रास्वपाले केही पदहरूमा हेरफेर गरेर अद्यावधिक गर्न आयोगमा निवेदन दिएको थियो।   सोहीअनुसार आयोगले विवरण अद्यावधिक गरेको हो। अद्यावधिक विवरणअनुसार कविन्द्र बुर्लाकोटी महामन्त्री छन्। यसअघि हेरफेर भएको कार्यसमिति आयोगले अद्यावधिक गर्न ढिलाइ गरेको रास्वपाले बताएको थियो। ...
स्वास्थ्य चाैकि टालेगाउँमा गर्भवती र सुत्केरी महिलाका लागी अल्ट्रासाउन्ड (भिडियाे एक्सरे) सेवा सुरु

स्वास्थ्य चाैकि टालेगाउँमा गर्भवती र सुत्केरी महिलाका लागी अल्ट्रासाउन्ड (भिडियाे एक्सरे) सेवा सुरु

Breaking News, राष्ट्रिय, विज्ञान प्रबिधि, समाचार, स्वास्थ
जाजरकोट : कुशे गाउपालिका - २ टालेगाउ स्वास्थ्य चाैकिले गर्भवती महिलाहरुका लागी अल्ट्रासाउन्ड ( भिडियाे एक्सरे) सेवा संचालनमा ल्यायकाे छ। स्वास्थ्य चौकी टालेगाउमा कुशे- १ र २ का गर्भवती तथा सुत्केरी महिलाहरुका लागि ग्रामीण अल्ट्रासाउन्ड (ROUSG) भिडियो एक्सरे सेवा वडा अध्यक्ष मान बहादुर सिंहले औपचारिक रूपमा उदघाटन गरि सो सेवा नियमित रूपमा सुचारु भएको समेत सेवाग्राहिहरुलाई जानकारी गरायका छन । केयर नेपालकाे आर्थिक सहयाेग तथा कुशे गाउपालिका स्वास्थ्य शाखा र स्वास्थ चाैकि टालेगाउकाे समन्वयमा उक्त सेवा संचालनमा ल्याईएकाे टालेगाउ स्वस्थ्य चाैकिका प्रमुख शेर बहादुर बस्नेतले बताउनु भयाे ।  ...
नेकपा बहुमतले नापी कार्यलयका प्रमुखलाई कालाे माेसाे दलेर जनकारबाही गरेकाे छ

नेकपा बहुमतले नापी कार्यलयका प्रमुखलाई कालाे माेसाे दलेर जनकारबाही गरेकाे छ

Breaking News, राजनीति, राष्ट्रिय, समाचार
काठमाडौं :धर्मेन्द्र बास्तोला‘कञ्चन’ नेतृत्वको नेकपा(बहुमत)ले नापि कार्यलयका प्रमुखलाई मोसो दलेको छ । मंगलबार चितवनको खैरहनी नगर कमिटीले नगरपालिकाभित्र रहेको नापी कार्यालयका प्रमुखलाई कार्यकक्षमै कालो मेसो दलेको पार्टी स्रोतले बताएको छ । भ्रष्टाचार, बेथिति र कुशासनविरुद्ध मोसो अभियान चलाइरहेको बहुमतले पछिल्लो समय त्यसलाई तिब्रता दिइरहेको छ । चितवनको खैरहनी नगरपालिकाभित्र रहेको नापी कार्यालयका प्रमुख शालिकराम लम्सालले भ्रष्टाचार गरेको र जनतालाई अनावश्यक दुःख दिने गरेकोले मोसो दलेको एक नेताले जानकारी दिए । लम्साल र कर्मचारीहरुले जनतालाई विभिन्न बहानामा दुःख दिने र सामान्य काममा पनि घुस माग्ने गरेको नदिए काम अट्काएर राख्ने गरेको जन गुनासो पार्टीलाई आएपछि जनकारबाही गरेको ती नेताले बताए । त्यसैगरी भूमाफियाहरुसँग जग्गा कित्ताकाट गरेर रकम असुलेको पनि उनिमाथि आरोप लगाएको ।...