ॐ समाज डेण्टल हस्पिटलद्वारा पाँचौँ शाखा विस्तारका क्रममा डेढ दर्जन सञ्चारकर्मी सम्मानित
काठमाण्डौ / दन्त चिकित्सालाई आम नागरिकको पहुँचमा सर्व सुलभ रुपमा पुर्याउने उद्देश्यले ॐ समाज डेण्टल हस्पिटलले आफ्नो पाँचौँ शाखाका रुपमा ललितपुरको सातदोबाटोस्थित चापागाउँ चोकमा विस्तार गरेको छ ।
काठमाडौंको चावेल, बनस्थली ,नैकाप र महोत्तरीको बर्दिबासमा सेवा दिँदै आएको डेण्टल हस्पिटलले पाँचौँ शाखाका रुपमा ललितपुरको सातदोबाटोस्थित चापागाउँ दोबाटोमा सेवा विस्तार गरेको जनाएको छ ।
चलचित्र कलाकार संघका अध्यक्ष तथा प्रमुख अतिथि मोहन निरौलाद्वारा रिबन काटेर उद्घाटन गरिएको उक्त कार्यक्रममा ॐ समाज डेण्टल हस्पिटलका संस्थापक एवं वरिष्ठ दन्त रोग विशेषज्ञ डा.सुवाश घिमिरेको सभापतित्वमा लङ्गिभिटी आयुर्वेदिक हस्पिटलका प्रमुख कार्यकारी अधिकृत कृष्ण शाही तथा चलचित्र कलाकार संघका निवर्तमान अध्यक्ष तथा वरिष्ठ कलाकार रविन्द्र खड्काको विशेष आतिथ्यमा ॐ समाज डेण्टल हस्पिटलका बोर्ड सदस्य तथा सामाजिक अभियन्ता एव...









