साहसको शिखरदेखि सेवाको विश्वाससम्म: सुस्मिता मास्के निरौला ॐ समाज डेण्टल अस्पतालमा
राजन थापा
काठमाडौ - संसारका ७ वटै महादेशका अग्ला हिमालहरू सफलतापूर्वक आरोहण गरेर इतिहास रच्ने पहिलो नेपाली महिला Susmita Maskey Niraula केवल एक पर्वतारोही मात्र होइनन्—उहाँ साहस, समर्पण र अदम्य इच्छाशक्तिको जिउँदो प्रतीक हुनुहुन्छ।
उहाँको यात्राले व्यक्तिगत सफलता मात्र होइन, सम्पूर्ण नेपाली महिलाहरूका लागि आत्मविश्वास र प्रेरणाको उज्यालो मार्ग देखाएको छ। हरेक शिखरमा पुगेको उहाँको पाइला केवल उचाइको मापन होइन, जीवनका कठिनाइहरूलाई जित्ने अठोटको कथा हो।
उहाँको जीवनले स्पष्ट सन्देश दिन्छ— “सीमा शरीरमा होइन, सोचमा हुन्छ।” यही प्रेरणादायी व्यक्तित्व हालै आफ्ना बुवाको दन्त उपचारका लागि ॐ समाज डेण्टल अस्पताल पुग्नुभयो। विश्वका अग्ला हिमालहरू चढ्ने साहस बोकेकी उहाँ त्यहाँ एक सामान्य छोरीको भूमिकामा देखिनु, उहाँको मानवीय पक्षलाई झन् उजागर गर्ने क्षण बन्यो।
उपचारपश्चात् आफ्नो अनुभव साझा ग...









