कुलिङ पिरियड हेरफेरसम्बन्धी छानबिन समिति- फरक मत लेख्ने तयारीमा प्रतिपक्षी सांसदहरू
काठमाडौं । संघीय निजामती सेवा विधेयकको कुलिङ पिरियडसम्बन्धी व्यवस्था हेरफेरमा छानबिन गर्न गठित समितिको प्रतिवेदनमा फरक मत लेख्ने तयारीमा प्रतिपक्षी दलका सांसदहरू छन्।
नेकपा (माओवादी केन्द्र), रास्वपा र राप्रपाका सांसदहरूले फरक मत लेख्ने तयारी गरेका हुन्।
‘राज्य व्यवस्था तथा सुशासन समितिका सभापतिलाई जिम्मेवार बनाउनुपर्छ भनेर हामीले भनेका छौं, सत्तापक्षीय सांसदहरूले यो कुरा मान्नु भएन भने फरक मत लेख्छौं,’ समितिका एक सांसदले भने।
प्रतिपक्षी दलका सांसदहरू बैठक छाडेर निस्केका छन्। नेपाली कांग्रेसले समिति सभापति रामहरि खतिवडालाई जोगाउन भूमिका खेलेको आरोप उनीहरूको छ।
‘समिति सभापतिलाई जोगाउने र कर्मचारीलाई मात्रै दोष थुपार्ने भूमिकामा कांग्रेस देखियो, हामी फरक मत लेख्छौं,’ ती सांसदले भने।
नेपाली कांग्रेसका सांसद जीवन परियारको संयोजकत्वमा गठित ७ ...








