पत्रकार महासंघ दक्षिण कोरिया शाखाको आठौँ अधिवेशनका लागि निर्वाचन प्रक्रिया औपचारिक रूपमा सुरु
नेपाल पत्रकार महासंघ दक्षिण कोरिया शाखाको आठौँ अधिवेशनलाई लक्षित गर्दै शाखाको आगामी कार्यसमिति चयनका लागि निर्वाचन प्रक्रिया औपचारिक रूपमा प्रारम्भ गरिएको छ।
अधिवेशन प्रयोजनार्थ गठित निर्वाचन समितिले निर्वाचनसम्बन्धी सम्पूर्ण प्रक्रिया अघि बढाइएको जानकारी सार्वजनिक गरेको हो। नेपाल पत्रकार महासंघको केन्द्रीय विधान २०६० (पाँचौँ संशोधन २०७५) तथा शाखा निर्वाचन कार्यविधि २०७७ मा व्यवस्था भएअनुसार मिति २०२५ डिसेम्बर १४ मा सम्पन्न शाखा कार्यसमिति बैठकको निर्णयअनुसार निर्वाचन समिति गठन भएसँगै प्रक्रिया औपचारिक रूपमा अगाडि बढाइएको समितिले जनाएको छ।
गठित निर्वाचन समितिको संयोजकमा कोरिया शाखाका पूर्व अध्यक्ष अशोक प्रसाद मैनाली रहनु भएको छ भने सदस्यका रूपमा शाखाका राष्ट्रिय परिषद् सदस्य डा. किशोर कोइराला तथा विनोद पौडेल रहनु भएको छ। समितिले जिम्मेवारी सम्हालेसँगै निर्वाचनलाई पूर्ण र...









