
हाम्रो लघुकथा केन्द्रद्वारा स्रष्टा सम्मान
- माधव घिमिरे 'अटल'
हाम्रो लघुकथा केन्द्रले आफ्नो पाँचौँ वार्षिक सभा कार्यक्रममा 'आँखीझ्याल' र 'भ्रममार्ग'का सर्जक तथा लघुकथा समाजका संस्थापक अध्यक्ष श्रीओम श्रेष्ठ 'रोदन' तथा दिलीप राई 'सगर'लाई अर्पण गरेको छ ।
कार्यक्रममा प्रमुख अतिथिको मन्तव्य राख्दै वरिष्ठ नाटककार तथा लघुकथाकार अशेष मल्लले पुरस्कृत श्रीओम श्रेष्ठ 'रोदन'को मुक्तकण्ठले प्रशंसा गर्दै साहित्यिक संस्थाहरूमा पुस्तान्तरणको समस्या उजागर गरे । उनले कृति किनेर पढ्ने संस्कृति विकास गर्न सबैले सकारात्मक योगदान गर्न आग्रह गरे । साहित्यकारहरू नाटक हेर्न नजाने, गायकहरू साहित्य सुन्न नजाने र चित्रकारहरू सङ्गीत श्रवण नगर्ने परम्परागत सोचमा परिवर्तन आउन जरुरी भएको उनको दाबी थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै विशिष्ट अतिथि प्रा.डा.भरतकुमार भट्टराईले लघुकथा केन्द्रले जीवन्त रूपमा आफ्ना चार गौरवशाली वर्ष व्यतीत गरेकोमा कृतज्ञता ज्ञा...