७ बैशाख २०८२, आईतवार

Author: तुफान न्यूज

काठमाडौंकाे तिनकुनेमा टिपरले ठक्कर दिए पछि दुईजनाको ज्यान गयाे

Breaking News, यातायात, राष्ट्रिय, समाचार
काठमाडौं :काठमाडौंकाे तिनकुनेमा टिपरले ठक्कर दिएपछि भएको दुर्घटनामा माेटर साईकल सवार एक जनाको मृत्यु भएको छ। शुक्रबार बेलुका कागेश्वरी मनहरा र शनिबार बिहान काठमाडौंको तीनकुनेमा भएको दुर्घटनामा दुई जनाले ज्यान गुमाएका हुन्। काठमाडौं महानगरपालिका ३२ तीनकुने गौरीगाउँमा शनिबार बिहान साढे चार बजे रा १ ख २६२२ नम्बरको टिपरले प्र३–०२ –००३ प ६२४५ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो। सो दुर्घटनामा घाइते भएका काभ्रेपलाञ्चोक पनौती ११ का सुकराम तामाङको मृत्यु भएको र काभ्रेपलाञ्चोक बेथानचोक गाउँपालिका ६ का रमेश तामाङ घाइते भएका छन्। दुर्घटनापछि फरार भएको टिपर विमानस्थल भन्सार कार्गाेभित्र भेटिएको र चालकको खोजी भइरहेको जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी अपिलराज बोहराले बताए। उता, कागेश्वरी मनहरा वडा नम्बर १ स्थित सानीटारीमा पनि टिपरकै कारण मोटरसाइकल चालकले ज्यान गुमाएका छन्। बा ५ ख ११६८ नम्ब...
एसईइ परिक्षामा याे बर्ष ५ लाख ८ हजार ३९० विद्यार्थी सहभागी, सम्पूर्ण तयारी पूरा

एसईइ परिक्षामा याे बर्ष ५ लाख ८ हजार ३९० विद्यार्थी सहभागी, सम्पूर्ण तयारी पूरा

Breaking News, राष्ट्रिय, शिक्षा, समाचार
काठमाडौं :राष्ट्रिय परीक्षा बोर्ड (कक्षा १०) ले २०८१ को माध्यामिक शिक्षा परीक्षा (एसईई) को तयारी पूरा भएको जनाएको छ। आगामी ७ चैतमा हुने परीक्षाका लागि प्रश्नपत्र र उत्तरपुस्तिका केन्द्रमा पुगिसकेको र केही ठाउँमा पुग्ने क्रममा रहेको बोर्डले जनाएको छ।‘हाम्रो तर्फबाट तयारी पूरा भएको छ। सिम्बोल नम्बर, प्रश्नपत्र र उत्तरपुस्तिका केन्द्रमा पुगिसकेको छ। जिल्ला जिल्लामा केन्द्राध्यक्षको अभूमिखीकरण भएको छ,’ परीक्षा नियन्त्रक नन्दलाल पौडेलले भने। पछिल्लो तथ्यांक अनुसार परीक्षामा समेल हुने विद्यार्थीको संख्या ५ लाख ८ हजार ३ सय ९० कायम भएको छ। परीक्षाका लागि ५ लाख २२ हजारले फारम भरेका थिए।परीक्षा नियन्त्रक पौडेलका अनुसार २ हजार ७९ परीक्षा केन्द्र तोकिएको छ। सुरक्षाको व्यवस्था केन्द्रमा जिल्ला स्थित सुरक्षा निकायले मिलाउने छ। यस पटकको एसईईमा सुधार केन्द्र र कारागार गरी तीनवटा विद्यालय बाहिरका केन्द्...
समाजवादी माेर्चाले आज बुद्धिजीवी संग अन्तरक्रिया र पत्रकार सम्मेलन गर्ने

समाजवादी माेर्चाले आज बुद्धिजीवी संग अन्तरक्रिया र पत्रकार सम्मेलन गर्ने

Breaking News, राजनीति, राष्ट्रिय, विचार, समाचार
काठमाडौं :नेकपा माओवादी केन्द्र , नेकपा (एकीकृत समाजवादी), नेपाल समाजवादी पार्टी  र नेपाल कम्युनिस्ट पार्टी सम्मिलित समाजवादी मोर्चा नेपालले प्रतिगामी हर्कतलाई असफल बनाउन बुद्धिजीवी र नागरिक समाजसँग अन्तरक्रियाका साथै विरोध सभा र प्रदर्शन गर्ने निर्णय गरेको गरेको छ । शुक्रबार नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय कार्यालय आलोकनगरमा बसेको मोर्चाको बैठकले बुद्धिजीवी र नागरिक समाजसँग अन्तरक्रियाका साथै हजारौं जनता सडकमा उतारेर प्रतिगामी हर्कतको विरुद्धमा विरोध सभा र प्रदर्शन गर्ने निर्णय गरेको हो । मोर्चाको बैठकको निर्णय सार्वजनिक गर्दै नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता तथा समाजवादी मोर्चा नेपालका सदस्य सचिव प्रकाण्ड सीले भने – ‘पछिल्लो परिस्थितिको समीक्षा गरेका छौँ । विषय धेरै गम्भीर छ । परिस्थिति एकपछि अर्को जटिल बन्दै गएको छ । जटिल बनाउने कसरतहरू भइरहेका छन् । कार्यक्रमको बारेमा केही स...
रेखा पोख्रेलको स्वरमा सुनिल परियारको “लान्छ क्या हो पिरैले” दर्शक श्रोताहरुको रोजाईमा

रेखा पोख्रेलको स्वरमा सुनिल परियारको “लान्छ क्या हो पिरैले” दर्शक श्रोताहरुको रोजाईमा

मनाेरन्जन, समाचार
कठमाडौं । रेखा पोख्रेलको स्वरमा“लान्छ क्या हो पिरैले” बोलको गीत सार्वजनिक भएको छ। सुनिल परियारको संगीत तथा संयोजनमा गीत तयार भएको हो। विक्रम बावु विश्वकर्माको शब्द रहेको गीत परियारकै युटुव च्यानलवाट विश्वभर बाहिरिएको हो। मन छुने शब्द संगै भाका निर्माण भइ बजारमा आएको छ। गीत सुजन सुर्खेतीको छायांकनमा जनता डिजिटलको सम्पादन छ। सुनिल परियारको संगीत संयोजनमा डाडैको टुनि, रुकुमको, बैनी झ्यालैमा गीत चर्चित छन्। पुरा भिडियोः https://youtu.be/-Jz_YWOe5zw?t=437...
धनुषामा बस दुर्घटना, २८ जना भन्दा धेरै घाइते

धनुषामा बस दुर्घटना, २८ जना भन्दा धेरै घाइते

समाचार
काठमाडौं । धनुषाको जनकपुरधाममा बस दुर्घटना हुँदा २८ जनाभन्दा धेरै घाइते भएका छन् ।   जनकपुरबाट सप्तरीको राजबिराजतर्फ जाँदै गरेको ना।५ ख १४४१ नम्बरको बस धनुषाधाम नगरपालिकाको मालटोलमा दुर्घटना भएको हो । घाइतेहरूलाई उद्वार गरेर प्रादेशिक अस्पताल जनकपुर लगिएको छ ।   थप विवरण आउन बाँकी छ ।
पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफ्नै वंश मास्नेले अहिले धाक लगाउन नमिल्ने बताए

पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफ्नै वंश मास्नेले अहिले धाक लगाउन नमिल्ने बताए

समाचार
काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफ्नै वंश मास्नेले अहिले धाक लगाउन नमिल्ने बताएका छन् ।   आज सिन्धुपाल्चोकको मेलम्चीमा आयोजित कार्यक्रममा बोल्दै उनले पूर्वराजा ज्ञानेन्द्र शाहमाथि कटाक्ष गर्दै आफ्नै वंश मास्नेले धाक लगाउन नमिल्ने बताएका हुन् ।यस्तै प्रचण्डले पूर्वराजालाई मूर्ति, सुन चोरको आरोप पनि लगाएका छन् । उनले भने, वंश मास्ने र मूर्ति चोर्नेहरूले धाक लगाउन मिल्छ ? २५० वर्षसम्म राजा महाराजाले देशलाई कहाँ पुर्‍याए, नेपाली जनताले बिर्सिएको छ रु मूर्ति चोर को हुन् ? नेपालका ठूल्ठूला मूर्ति चोरेर अहिले राजा ? भाइमारा को हो ? आफ्नै वंश मास्नेले आएर फेरि धाक लगाउन मिल्छ ? सुन तस्कर को हो ? नेपाली जनताले बिर्सिएको भन्ठानेको ?”। ...
अनेरास्ववियुको तालाबन्दी, स्ववियु चुनाव अनिश्चित

अनेरास्ववियुको तालाबन्दी, स्ववियु चुनाव अनिश्चित

समाचार
काठमाडौं । काठमाडौंको शंकरदेव क्याम्पसमा स्ववियु कोष दुरूपयोग गरी विद्यार्थी भर्ना गरेको भन्दै अनेरास्ववियुले तालाबन्दी गरेपछि स्ववियु चुनाव अनिश्चित भएको छ।   चैत ५ गतेका लागि स्ववियु चुनाव तोकिएको छ। तर तालाबन्दीका कारण चुनाव प्रक्रिया रोकिएको छ।   स्ववियु सभापति सुशान्त बस्नेतले कोष दुरूपयोग गरी चार सय जना भन्दा बढी विद्यार्थी भर्ना गरेको आरोप अनेरास्ववियुको छ। अनेरास्ववियुका क्याम्पस अध्यक्ष सन्तोष शेर्पाले विज्ञप्ति नै निकालेर यस्तो दाबी गरेका हुन्।   स्ववियुले गरिब, पिछडिएका, अपाङ्ग तथा जेहनदार विधार्थीको नाममा रहेको कोषबाट विधार्थीको भर्ना गरेको नेकपा (एमाले) निकट अनेरास्ववियुको आरोप छ।   यहाँ नेविसंघ र अनेरासस्ववियुबीच यस विषयलाई लिएर आरोप प्रत्यारोप छ। स्ववियु सभापति बस्नेतले अन्य संगठनले भनेजस्तो स्ववियु कोष दुरूपयोग नभएको दाब...
सुनको मूल्यमा फेरि नयाँ ऐतिहासिक रेकर्ड

सुनको मूल्यमा फेरि नयाँ ऐतिहासिक रेकर्ड

समाचार
काठमाडौं । नेपाली बजारमा आज (शुक्रबार) सुनको मूल्यले पुनः नयाँ रेकर्ड कायम गर्न सफल भएको छ।   लगातार बढिरहेको सुनको मूल्य आज हालसम्मकै उच्च विन्दुमा पुगेको हो।यसअघि गत फागुन १३ गते हालसम्मकै उच्च मूल्यमा सुनको कारोबार भएको थियो।   उक्त दिन सुन प्रतितोला एक लाख ७१ हजार तीन सय रूपैयाँमा कारोबार भएको थियो। आज सुन प्रतितोला एक लाख ७४ हजार पाँच सय रूपैयाँ पुगेको छ।   यो मूल्य पछिल्लो रेकर्डभन्दा प्रतितोला तीन हजार दुई सय रूपैयाँ बढी हो।यस्तै बुधबार भने प्रतितोला एक लाख ७० हजार पाँच सय रूपैयाँमा सुनको कारोबार भएको थियो।   ...
अमेरिकामा जहाज अवतरण गर्नासाथ आगो लाग्यो, यात्रु ओर्लिन पनि भ्याएनन्

अमेरिकामा जहाज अवतरण गर्नासाथ आगो लाग्यो, यात्रु ओर्लिन पनि भ्याएनन्

समाचार
काठमाडौं । अमेरिकामा जहाज डाइभर्ट गरेर अवतरण गरिएको केही बेरमै आगलागी भएको छ। बिहीबार साँझ अमेरिकन एयरलाइन्सको जहाज डाइभर्ट गरी कोलोराडो राज्यको डेनभर विमानस्थलमा अवतरण गरेको केही बेरमै जहाजको इन्जिनमा आगो बलेको थियो।   अमेरिकी एयरलाइन्सको फ्लाइट ४०१२ को बोइङ ७३७-८०० जहाज कोलोराडो स्प्रिङ विमानस्थलबाट डालासको फोर्ट वर्थ अन्तर्राष्ट्रिय विमानस्थलका लागि उडेको थियो।   उडानको क्रममै इन्जिनमा खराबी देखिएपछि जहाजलाई डाइभर्ट गरी डेनभर विमानस्थलमा अवतरण गराइएको थियो। अवतरण गरेपछि यात्रु ओर्लिन नपाउँदै विमानको इन्जिनमा आगलागी भएको थियो भने भित्री भागहरुबाट पनि धुवाँको मुस्लो छुटेको थियो। धुवाँको मुस्लोले विमानस्थल नै ढाकेको थियो। यात्रुहरू झ्यालबाट निस्किएर विमानको पखेटामा लहरै बसेका थिए भनेर अमेरिकी मिडिया सिएनएनले समाचार लेखेको छ।   &...
हङकङमाथि नेपालको ६ विकेटको जित

हङकङमाथि नेपालको ६ विकेटको जित

समाचार
काठमाडौं । युगान्डामा भइरहेको वुमन्स डे टी-२० कपअन्तर्गत लिग चरणको अन्तिम खेलमा नेपालले हङकङलाई ६ विकेटले पराजित गरेको छ।   नेपाल, हङकङ, युगान्डा र नामिबिया सहभागी प्रतियोगितामा नेपालले लिग चरणका छ मध्ये दुई खेलमा जति निकाल्दा चार खेलमा पराजित भयो।   चार खेलमा पराजित भएपछि नेपाल फाइनलमा पुग्न असफल भएको थियो। अब नेपालले तेस्रो स्थानको खेलमा हङकङसँगै नै खेल्नेछ।   नेपालले नामिबियाविरूद्धका दुवै खेलमा पराजय भोग्यो। युगान्डा र हङकङसँगका एक-एक खेलमा जित निकाल्दा एक एक खेल हार्‍यो। युगान्डामा शुक्रबार हङकङले दिएको १०५ रनको लक्ष्य नेपालले १९.३ ओभरमा ४ विकेटको क्षतिमा पूरा गर्‍यो। ...