
केदारनाथ श्रेष्ठ र लिलादेवी श्रेष्ठको “ प्रेम,समर्पण र त्याग” समेटिएको पुस्तकको दोश्रो संस्करण बिमोचन
काठमाडौं । राष्ट्रको लागि लामो समय शैक्षिक क्षेत्रमा योगदान पुर्याउनु भएका समाजसेवी तथा सर्जक केदारनाथ श्रेष्ठ र साहित्यकार एवं समाजसेवी लिलादेवी श्रेष्ठको ६० औं बैबाहिक बर्षगाँठ(हिरक महोत्सव)को अवसरमा सुचक प्रकाशनको संयोजकत्वमा भएको एक बृहत कार्यक्रम बिच एघारवटा संस्थाको तर्फबाट “शिखर अभिनन्दन” गरिएको छ ।
गुन्जन(नारी साहित्य संस्था),शब्दयात्रा प्रकाशन,दियो पाउण्डेशन,नारी साहित्य प्रतिष्ठान,लोमश वाङ्मय प्रतिष्ठान,सलान फाउण्डेशन नेपाल,क्याप्टेन रतन बहादुर लामिछाने पुरस्कार कोष,विश्व साहित्य प्रकाशन संघ,माईण्ड प्लस,श्रष्टा पदयात्रा नेपालले संयुक्त रुपमा श्रेष्ठ दम्पतीलाई “ शिखर अभिनन्दन ” गरेको हो ।
श्रेष्ठ दम्पितीको ६० औं बैवाहिक बर्षगाँठको अवसरमा आयोजित कार्यक्रममा श्रेष्ठ दम्पतीकै जीवनीमा आधारित बुलु मुकारुङले लेख्नु भएको “ प्रेम, समर्पण र त्याग ” पुस्तकको दोश्रो संस्करणको लोकार्पण समेत...