९ बैशाख २०८३, बुधबार

Author: तुफान न्यूज

“चौथो राष्ट्रिय एक्टिभ म्युजिक अवार्ड — २०८२” सर्वोउत्कृष्ट पाँच सार्वजानिक

“चौथो राष्ट्रिय एक्टिभ म्युजिक अवार्ड — २०८२” सर्वोउत्कृष्ट पाँच सार्वजानिक

मनाेरन्जन, समाचार
काठमाडौं । लामो समयदेखि गीत संगीतको क्षेत्रमा कार्य गर्दै आएको एक्टिभ ईन्टरटेनमेन्ट प्रा.लि.को आयोजनामा हुनलागेको “चौथो राष्ट्रिय एक्टिभ म्युजिक अवार्ड — २०८२” सर्वोउत्कृष्ट पाँच मनोनित बिधाहरु सार्वजानिक भएको छ । बिगतका बर्षहरुमा जस्तै यो अवार्ड भव्य र सभ्य बनाउन बिभिन्न १७ बिधामा गायक, गायीका, मोडल तथा प्राबिधिक हरुले समेत यो अवार्डमा सहभागिता जनाएका छन् । १७ बिधामा करिब १५० जनाले फारम भरेर सहभागिता जनाएको भए पनि दर्शक श्रोताको रुचि तथा आयोजक र जुरी मेम्बरहरुको मुल्याङ्कनको आधारमा १७ बिधाका ८५ जनाको नाम आज सार्वजानिक गरिएको छ । यो अवार्डको फाईनल कार्यक्रम यहि पुष महिना भित्रमा गरिने आयोजक पक्षले जानकारी गराएको छ । सर्वोत्कृष्ट पाँच को बिधा तथा नामावली यस प्रकार रहेको छ १) सर्वोत्कृष्ट आधुनिक गीत (गायक) सि.डि.बिजय अधिकारी — चाहिँदैन न्याय मलाई प्रताप दास — पहिलो हेराई हे माया...
नेपाल भाषा मंका खल यलको नयाँ कार्यसमिति चयन

नेपाल भाषा मंका खल यलको नयाँ कार्यसमिति चयन

समाचार
ललितपुर / नेपाल भाषा मंका खल यलको १४ औं बार्षिक साधारण सभा मंकाः दबुछें, त्यागल ललितपूरमा कार्तिक २७ शनिवार सम्पन्न भएको एकहप्तामा यहि शनिवार नयाँ कार्यसमितिको चयन भएकोछ । अध्यक्ष पदमा केबल तिन भोटले महेन्द्र लाल महर्जन बिजयी भएकाछन् । अध्यक्ष पदमा महेन्द्र लाल महर्जन र बाबु राजा महर्जन बिच निकै कडा र रोमान्चक प्रतिस्पर्धा भएको थियो । बिधान अनुसार दुई महिला सदस्यहरुमा फरिन्दा महर्जन, रमना महर्जन बज्राचार्य, नानीहेरा शाक्य र मन्जु बज्राचार्य उम्मेदवारबाट फरिन्दा महर्जन र रमना महर्जन बज्राचार्य निर्वाचित भएकाछन् । १८ जना सदस्यको उम्मेदवारी बाट ९ जना सदस्यमा बिनोद महर्जन, प्रेम महर्जन(चिरी), राजेन्द्र महर्जन, राजु ताम्राकार, रबिन्द्र बाराही, न्हुछेमान महर्जन(कपूर), उकुलाल महर्जन, बेखारत्न महर्जन, प्रबिन महर्जन निर्वाचित भएका थिए । सपथ ग्रहण पछि बोल्दै नवनिर्वाचित अध्यक्ष महेन्द्रल...
यो शहरमा फुपुको पसलमा, मामा ग्राहक बनेर आउँछन , व्यापार चैं कसैको जवानीको भईरहेको छ

यो शहरमा फुपुको पसलमा, मामा ग्राहक बनेर आउँछन , व्यापार चैं कसैको जवानीको भईरहेको छ

विचार
डि.बि.पराजुली यो शहरलाई हरेक मानिसहरुले अवसर ,सम्भावनाको शहरको रूपमा देखेर यहाँ प्रवेश गरेका हुन्छन् । कोहि योजनाबद्ध प्रवेश गरेका हुन्छन् भने कोहि भाग्य भरोसामा यहाँ प्रवेश गरेका हुन्छन् । त्यस्तै एउटा रहर बोकेर शहर पसेका मध्य त्रीपक्षिय रोचक कहानी लेख्ने प्रयास गरेको छु । यो कपोकल्पित कहानी चैं होईन, सत्य र खोजको आधारमा तयार पारिएको सामाग्री हो । मेरो खोज काठमाडौंको गोंगबु चोक देखि बालाजु चोक सम्म र त्यसका आसपास क्षेत्रमा भएको हो । त्यस क्षेत्रमा रहेका हजारौं चिया पसल देखि रक्सि भट्टी हरुको व्यापार गर्ने आ—आफ्नै तरिकाहरु रहेछन् । त्यो मध्यको रोचक तरिका भनेको फुपुको पसलमा ,मामा ग्राहक अनि जवानीको व्यापार हो । ९नाम परिवर्तन गरिएकी० सुन्तली एउटा गाउँ मा जन्मिएकी साधारण केटी ९ कक्षा पढ्दा पढ्दै त्यही गाउँको आफू भन्दा अलि बढी उमेर भएको केटा संग भागेर बिबाह गर्छे । बिबाह गरेको ३—४ बर्षमै ...
समाजसेवी लोक बहादुर टण्डनको आत्मकथा “ सङ्घर्षमय जीवन” अब अडियोमा

समाजसेवी लोक बहादुर टण्डनको आत्मकथा “ सङ्घर्षमय जीवन” अब अडियोमा

समाचार
काठमाडौं । ग्रीनसिटी हस्पिटलका अध्यक्ष लोक बहादुर टण्डनको आत्मकथा “ संङ्घर्षमय जीवन ” अब अडियोमा समेत सुन्न पाईने भएको छ । करिब ७ महिना अगाडी सार्वजानिक गरिएको उक्त किताब लोक बहादुर टण्डनकै युटुब मार्फत आज एक कार्यक्रमबिच सार्वजानिक गरिएको हो । पुस्तकका लेखक तथा चक्रपथ सफाइ अभियानका संयोजक लोक बहादुर टण्डनको अध्यक्षतामा भएको अडियो सार्वजानिकीकरण कार्यक्रममा लामो समय शिक्षण पेसामा रहेर देशको सेवा गरेका बयोबृद्ध समाजसेवी तोयानाथ पौडेलको बिशेष आतिथ्यतामा सम्पन्न भएको हो । कार्यक्रममा ब्रह्माकुमारी राजयोग सेवाकेन्द्र रानिवारीकी प्रमुख संचालिका सृजना अधिकारी, ग्रीनसिटी हस्पिटलका संचालक सदस्यहरु तथा पुस्तकलाई अडियो भ्वाईस दिने ईन्जिनियर सागर भुसाल,चक्रपथ सफाइ अभियानका अभियन्ताहरु तथा मिडियाकर्मीहरुको समेत उल्लेख्य उपस्थिति रहेको थियो । कार्यक्रममा शुभमकामना मनतव्य दिदै ब्रह्माकुमारी राजयोग स...
भ्रष्टाचारीलाई कालाे काेठरीमा थुन्नु पर्छ र याेग्य जनप्रतिनिधि चुन्नु पर्छ – विप्लव

भ्रष्टाचारीलाई कालाे काेठरीमा थुन्नु पर्छ र याेग्य जनप्रतिनिधि चुन्नु पर्छ – विप्लव

Breaking News, चुनाव, निर्वाचन, राजनीति, राष्ट्रिय, विचार, समाचार
काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी (माओवादी)का महासचिव नेत्र विक्रम चन्द विप्लवले भ्रष्टाचारीलाई कालाे काेठरीमा थुन्नुपर्ने बतायका छन ।निर्वाचन आयोगमा मंगलबार दल दर्ताको प्रमाणपत्र पाएपछि विप्लवले आगामी चुनावमा भाग लिने बताय। भ्रष्टाचारीलाई कालाे काेठरीका थुनेर देशलाई सम्बाेधन गर्ने, जन्ताका माग सम्बाेधन गर्ने याेग्य जनप्रतिनिधि बनायर चुनावमा जान्छाै ।  "माओवादी नयाँ गुण, नयाँ सार्थत्व, नयाँ अठोट, नयाँ विश्वास, नयाँ अभियानसहित निर्वाचनमा जान्छ ।" नेपाली जनताको सुख, अधिकार, मुक्ति र देशको स्वाधिनताको लागि माओवादीले विभिन्न उत्तारचढावपूर्ण यात्रा तय गर्दै यहाँसम्म आएको उहाँको भनाइ छ । उहाँले जनता नै इतिहासको निर्माता भएकोले जनताको माझमा जान लागेको बताउनु भयो । उहाँले सबै राजनितिक दलहरूको सहमतिमा निर्वाचन हुने पनि उल्लेख गर्नुभयो । निर्वाचन आयोगले मंगलबार चन्द नेतृत्वको माओवादीलाई दल...
दुर्गा प्रसाईं आफ्नै निवासबाट मध्यरात पक्राउ परेका छन

दुर्गा प्रसाईं आफ्नै निवासबाट मध्यरात पक्राउ परेका छन

Breaking News, राजनीति, राष्ट्रिय, संस्कृति, समाचार
काठमाडौं :राष्ट्र, राष्ट्रियता, धर्म–संस्कृति र नागरिक बचाउ अभियानका संयोजक दुर्गा प्रसाईं पक्राउ परेका छन्। जिल्ला प्रहरी परिसर काठमाडौँ र काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले भक्तपुरस्थित निबासबाटै दुर्गा प्रसाईंलाई मध्यराति पक्राउ गरेको छ । उनले हिंसा भड्किने अराजक गतिविधि गर्न अभिव्यक्ति दिएको भन्दै प्रहरीले पक्राउ गरेको हो । सुतिसकेका प्रसाईंलाई पक्राउ गर्न ठूलो संख्यामा प्रहरी टोली मध्यरातमा निवासमा पुगेको प्रसाईंका निकटतम एक ब्यक्तिले बताय । मेडिकल व्यवसायी प्रसाईंको निवासबाट उनलाई निकाल्दै गरिएको भिडियोसमेत सार्वजनिक भएको छ । भिडियोमा प्रसाईंले आफू गाडी चढ्दै गरेको खिच्न भनिरहेका छन्। उनले सोमबार दिउँसो पत्रकार सम्मलेन गरेका थिए। प्रसाईंले मंसिर ७ गतेदेखि आन्दोलनको घोषणा गरेका थिए। आन्दोलनको तयारीमा रहेका उनी राति पक्राउ परेका हुन् । यस अगाडि गृह मन्त्रालय...
कर्णाली प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालय खारेज अब सात वटा मन्त्रालय रहने

कर्णाली प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालय खारेज अब सात वटा मन्त्रालय रहने

Breaking News, पुर्वाधार, राष्ट्रिय, समाचार
सुर्खेत : कर्णाली प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालय खारेज अब सातवटा मन्त्रालय रहने।सोमबार (मंसिर १) बिहान बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकबाट कानुन मन्त्रालय मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा गाभिएको हो । सरकारका प्रवक्ता विनोदकुमार शाहले प्रशासनिक पुनर्संचनाअनुसार पहिलो चरणमा कानुन मन्त्रालयलाई मुख्यमन्त्री कार्यालयमा गाभिएको जानकारी दिए । मुख्यमन्त्री यामलाल कँडेलले गएको वैशाखमा अवकाशप्राप्त सचिव लक्ष्मण अर्यालको संयोजकत्वमा ‘उच्चस्तरीय संगठन तथा व्यवस्थापन सर्वेक्षण समिति’ गठन गरेका थिए । उक्त समितिमा कर्णालीकै पूर्वमुख्यसचिव डा. गोपीकृष्ण खनाल र डा. सुरेश तिवारी सदस्य थिए । समितिले असार १५ गते सरकारलाई प्रतिवेदन बुझाएको थियो । प्रदेशका आठ मन्त्रालयलाई घटाएर ६ वटामा झार्ने, दर्जनौँ निर्देशनालय र कार्यालय खारेज गर्ने तथा कर्मचारी दरबन्दीलाई दुई हजार ५०० मा स...
राकेश यादवले लगाए बर्दियाको गुलरिया नगरपालिकाले आफैले निर्माण गरेको कार्यबिधिको बलात्कार गरेको आरोप

राकेश यादवले लगाए बर्दियाको गुलरिया नगरपालिकाले आफैले निर्माण गरेको कार्यबिधिको बलात्कार गरेको आरोप

शिक्षा, समाचार
काठमाडौं । लामो समय शिक्षण पेसामा आबद्ध भएका गुलरिया नगरपालिकाका स्थानीय समाजसेवी तथा युवा राकेश यादवले आफ्नो आधिकारीक फेसबुक पोष्ट मार्फत गुलरिया नगरपालिकाले आफैले बनाएको कार्यबिधिलाई बलात्कार गरेको आरोप लगाएका हुन् । गुलरिया नगरपालिका भित्र रहेका बिभिन्न विद्यालयमा भएको शिक्षक दरवन्दिमिलान र सरुवा,बढुवाको बिषयलाई लिएर युवा समाजसेवी तथा लामोसमयसम्म प्रधानाध्यापकको भुमिकामा समेत रहेका राकेश यादवले आफ्नो असन्तुष्ठी व्यक्त गरेका हुन् । आफ्नो फेसबुक वालमा राकेश लेख्छन् “ शिक्षा बिकासमा स्थानियतहको मुख्य भुमिका हुन्छ । बर्दिया जिल्लाका सबै स्थानिय तहहरुले स्थानिय कार्यबिधि बनाएर शिक्षक दरबन्दि र प्र.अ.मिलान गरेका छन् । सबै पालिकाहरुले आफुले बनाएको कार्यबिधि र संंिघय शिक्षा ऐन नबाझिने गरि काम गरेका छन् । तर गुलरिया नगरपालिका यस्तो पालिका छ जहाँ आफैले निर्माण गरेको कार्यबिधिको बलात्कार ...
कम्युनिस्ट पार्टी स्थापनाको ७७ वर्षपछि पुष्पलाल माक्र्सवादी विश्वविद्यालय महाअभियान आरम्भ

कम्युनिस्ट पार्टी स्थापनाको ७७ वर्षपछि पुष्पलाल माक्र्सवादी विश्वविद्यालय महाअभियान आरम्भ

Breaking News, राष्ट्रिय, विचार, शिक्षा, समाचार
काठमाडौ:नेपालका सम्पूर्ण कम्युनिस्ट,वामपन्थी पार्टीहरुकाे समूहको सहभागितामा पुष्पलाल माक्र्सवादी विश्वविद्यालय महाअभियान आरम्भ गरिएको छ ।२० वर्षदेखि अभियान सञ्चालन गर्दै आएको हितप्रसाद उपाध्याय जूनमाया सुवेदी साहित्य प्रतिष्ठानका साथमा पुष्पलाल माक्र्सवादी विश्वविद्यालय र माणिक लामा प्रतिष्ठानको साथमा शनिबार काठमाडौँबाट महाअभियान आरम्भ भएको घोषणा गरिएको हो । नेपालमा कम्युनिस्ट पार्टी स्थापनाको ७७ वर्षपछि माक्र्सवादी विश्वविद्यालय महाअभियान आरम्भ गरिएको अभियन्ता अशोक सुवेदीले बताए । महाअभियान आरम्भ गर्न ८९ वर्षीय वरिष्ठ वामपन्थी नेता मोहनचन्द्र अधिकारीदेखि गङ्गालाल–पुष्पलालका ९३ वर्षीय भाइ विजयलाल श्रेष्ठसम्म पर्यटन बोर्डको सभाकक्षमा पुगेका थिए । अभियान आरम्भ गर्न सहिदहरूका सम्मानमा सहिद परिवारका सदस्यहरू सरला रेग्मी, लक्ष्मी पौडेल, इन्द्रकला राई र राम वहादुर सिंह( रेडियम)का साथमा वयोवृ...
मुख्यमन्त्री इन्द्र बानियाद्वारा सम्पादक बगाले ‘जिनियस पत्रकारिता अवार्ड २०८२’ बाट सम्मानित

मुख्यमन्त्री इन्द्र बानियाद्वारा सम्पादक बगाले ‘जिनियस पत्रकारिता अवार्ड २०८२’ बाट सम्मानित

समाचार
काठमाडौं । विगत २६ वर्षदेखि निरन्तर सत्य, निष्पक्ष र जनमुखी पत्रकारितामा समर्पित जनसवाल राष्ट्रिय दैनिकका अध्यक्ष तथा सम्पादक रामजी बगालेलाई ‘जिनियस कम्युनिकेशन अवार्ड २०८२’ बाट सम्मानित गरिएको छ। नेपाल प्रहरी क्लबको सभाहलमा बुधबार सम्पन्न विशेष समारोहमा बागमती प्रदेशका मुख्यमन्त्री इन्द्र बानियाले बगालेलाई सम्मानपत्र र स्मृतिचिन्ह प्रदान गर्नुभयो। मुख्यमन्त्री बानियाले बगालेको दीर्घ पत्रकारिता योगदानको प्रशंसा गर्दै भन्नुभयो, > “समाजमा सत्य उजागर गर्ने, जनताको आवाज बन्‍ने र प्रवासी नेपाली समुदायलाई मातृभूमिसँग जोड्ने कार्यमा बगालेजस्तो पत्रकारका कारण नेपाली सञ्चारको स्तर विश्वभर पहिचान बनिरहेको छ।”   सम्मान ग्रहणपछि बगालेले भावुक हुँदै भन्नुभयो, > “पत्रकारिता केवल पेशा होइन, यो समाज परिवर्तनको अभियान हो। म अझै जिम्मेवार र निष्ठावान् भएर देश र प्रवासका न...