१२ पुष २०८१, शुक्रबार

Author: तुफान न्यूज

कोरोना मन्टेश्वरी बेष्ट प्रि स्कुलमा तेक्वान्दो बेल्ट टेष्ट प्रोगाम सम्पन्न

कोरोना मन्टेश्वरी बेष्ट प्रि स्कुलमा तेक्वान्दो बेल्ट टेष्ट प्रोगाम सम्पन्न

खेल, समाचार
काठमाडौं । स्वास्थ्यको लागि खेल भन्ने मान्यतालाई आत्मसाथ गर्दै अगाडी बढाईएको खेल मध्य नेपालमा अत्यधिक रुचाउन थालिएको तेक्वान्दो लाई काठमाडौंका प्राय संस्थागत र निजि विद्यालयहरुले आफ्नो खेलकुद कोर्षनै बनाएर लागु गरिरहेका छन् । काठमाडौंको नागार्जुन नगरपालिकामा रहेको कोरोना मन्टेश्वरी बेष्ट प्रि स्कुलमा पनि नियमितरुपमा तेक्वान्दो प्रशिक्षण हुँदै आएकोमा आज तेक्वान्दोका खेलाडीहरुको बेल्ट टेष्ट कार्यक्रम सम्पन्न भएको छ । स्कुलका सिईओ सुरोज चन्द्र महर्जन,प्रिन्सिपल देभिना श्रेष्ठ(महर्जन), भाईस प्रिन्सिपल रोशनी शाही ठकुरी, ईन्चार्ज निशा पन्थी लगायत स्कुलका संपुर्ण शिक्षक शिक्षिकाहरुको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको हो । बेल्ट अनुसार अगाडी लैजान लिईएको टेष्टको निर्णायकमा दुर्गामान तामाङ , छुल्ठिम लामा रहनु भएको कोरोना मन्टेश्वरी बेष्ट प्रि स्कुलका तेक्वान्दो प्रशिक्षक प्रदिप आले मगरले जानकारी...
वैकुण्ठधाम आध्यात्मिक महोत्सवमा दान ग्रहण गर्न भ्याइनभ्याई भागवत कथाको छैटौं दिन २० लाख बढी संकलन

वैकुण्ठधाम आध्यात्मिक महोत्सवमा दान ग्रहण गर्न भ्याइनभ्याई भागवत कथाको छैटौं दिन २० लाख बढी संकलन

संस्कृति, समाचार
नेपालगन्ज , प्रस्तावित वैकुण्ठधाम सिधनियाघाट निर्माणको सहयोगार्थ नेपालगन्जमा जारी वैकुण्ठधाम आध्यात्मिक महोत्सवमा आयोजकलाई दाताहरुबाट दान रकम बुझ्न भ्याइनभ्याई भएको छ । महोत्सवको सचिवालयले ४ वटा काउण्टरको व्यवस्था गरेपनि त्यहाँ खटिएका स्वयमसेवकहरुलाई रसिद काट्न भ्याइनभ्याई भएको हो । आयोजक समितिबाट २५ हजारको दान रकमबाट घटाएर ११ हजार बढी दान गर्नेहरुको नाम शिलालेखमा राख्ने निर्णय भएसँगै आजपनि शिलालेखमा नाम लेखाउन भन्दै ठुलो संख्यामा ११ हजार बढीको दान गर्न दाताहरु महोत्सवस्थल पुगेका थिए । यसअघि ११ हजार भन्दा कम दान गरेको भक्तजनबाट पनि थप रकम दान गरेर शिलालेखमा नाम दर्ज गर्न आएको आयोजकले जनाएको छ । कथा वाचनको छेटाै दिन २० लाख बढी दान संकलन भएको महोत्सव आयोजक समितिको आर्थिक उपसिमितिका संयोजक कृष्णप्रसाद श्रेष्ठले जानकारी दिए । वाचन शिरोमणी पण्डित दीनबन्धु पोखरेलबाट संगीतमय भागवत वाचन श्रव...
मंसिर २ गतेदेखि सञ्चालन हुने हडिया बाबा मेलाको तयारी पूरा

मंसिर २ गतेदेखि सञ्चालन हुने हडिया बाबा मेलाको तयारी पूरा

संस्कृति, समाचार
नेपालगन्ज,  परमपुज्य योगीराज श्री १००८ हडिया बाबाको वार्षिक पुण्डतिथिको अवसरमा प्रत्येक वर्ष झै यस वर्ष पनि स्थानिय धार्मिक पर्यटकीय स्थल हडिया बाबा आश्रममा हुने मेलाको तयारी पूरा भएको जानकारी गराईएको छ । आज बुधबार पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरी योगीराज श्री १००८ हडिया बाबा आश्रममा आयोजना हुने मेलाको सम्पूर्ण तयारी पूरा भएको आश्रम कार्यसमिति अध्यक्ष नन्दलाल वैश्यले जानकारी गराउनु भयो । अध्यक्ष वैश्यका अनुसार यस पटक परमपुज्य योगीराज श्री १००८ हडिया बाबा आश्रममा ५९ औं मेलाको आयोजना हुन गईरहेको तथा भारतको धार्मिक नगरी मधुरा बृन्दावनबाट कलाकारहरुलाई बोलाउनुका साथै मंसिर २ गते रुद्री पूजा, मंसिर ३ गते श्रीकृष्ण जनम, मंसिर ४ गते कालिया नाग नाथन, मंसिर ५ गते सुदामा चरित्र, मंसिर ६ गते मीरा चरित्रको आयोजना गरिनुका साथै मंसिर ७ गते धनुष यज्ञ गरी समापन गरिने बताउनुभयो । अध्यक्ष वैश्य...
जसपा नेपाल बाँकेको विरोध रेली प्रदर्शन यातायात कार्यालय नसार्न माग

जसपा नेपाल बाँकेको विरोध रेली प्रदर्शन यातायात कार्यालय नसार्न माग

समाचार
नेपालगन्ज  । बाँकेको नेपालगन्जमा रहेको यातायात व्यवस्था कार्यालय कोहलपुर स्थानान्तरण गर्न लागिएको भन्दै विरोध भएको छ । जसाप नेपाल बाँकेले यातायात व्यवस्था कार्यालय कोहलपुर स्थानान्तरण गर्ने कार्य अघि नबढाउन माग गर्दै जिल्ला प्रशासन कार्यालय बाँके मार्फत लुम्बिनी प्रदेशका उद्योग, पर्यटन तथा यातायात मन्त्री प्रचण्ड विक्रम न्यौपानेलाई ज्ञापनपत्र बुझाएको छ । जसपाबाँके अध्यक्ष कौशल कुमार धोबीले भने नेपालगन्जमा रहेका अधिकांश सरकारी कार्यालय प्रदेश संरचनापछि सुर्खेत र बुटवल स्थानान्तरण भएको र बाँकी रहेका कार्यालय पनि अन्यत्र स्थानान्तरण गर्ने कार्य तत्काल रोक्न माग गर्दै प्रदेश मन्त्रीलाई ध्यानाकर्षण पत्र बुझाइएको जानकारी दिए । धोबीले भने,“नेपालगन्ज रित्ताउने र रित्तिने सिलसिला रोक्न चिन्ता जाहेर गर्दै जसापबाँकेले ज्ञापनपत्र बुझाएको छ, आवश्यक परे चरणबद्ध आन्दोलनका कार्यक्रम सार्वजनिक गरिने ...
वैकुण्ठधाम आध्यात्मिक महोत्सवमा भक्तहरुको भरिभराउ : सयौं श्रद्धालुले गरे शिलालेखमा आफ्नो नाम दर्ज पाँचौ दिनमा २५ लाख बढी संकलन

वैकुण्ठधाम आध्यात्मिक महोत्सवमा भक्तहरुको भरिभराउ : सयौं श्रद्धालुले गरे शिलालेखमा आफ्नो नाम दर्ज पाँचौ दिनमा २५ लाख बढी संकलन

समाचार
नेपालगन्ज । प्रस्तावित वैकुण्ठधाम सिधनियाघाट निर्माणको सहयोगार्थ नेपालगन्जमा जारी वैकुण्ठधाम आध्यात्मिक महोत्सवमा कथा वाचनको पाँचौ दिन पुग्दा भक्त दर्शक र श्रोताको उल्लेख्य उपस्थिती देखिएको छ । स्थानीय चलनचल्तीको हिन्दी भाषामा भागवत कथा वाचनको प्रवचन सुन्न नेपालगन्जका स्थानीयबासीको आजको महायज्ञमा ठुलो संख्यामा सहभागीता रहेको थियो । आयोजक समितिबाट २५ हजारको दान रकमबाट घटाएर ११ हजार बढी दान गर्नेहरुको नाम शिलालेखमा राख्ने निर्णय भएसँगै आजपनि शिलालेखमा नाम लेखाउन भन्दै २०० बढीले ११ हजार बढीको दान गरे भने यसअघि ११ हजार भन्दा कम दान गरेको भक्तजनबाट पनि थप रकम दान गरेर शिलालेखमा नाम दर्ज गर्न आएको आयोजकले जनाएको छ । कथा वाचनको पाँचौे दिन २५ लाख बढी दान संकलन भएको महोत्सव आयोजक समितिको आर्थिक उपसिमितले जानकारी दिएको छ । वाचन शिरोमणी पण्डित दीनबन्धु पोखरेलबाट संगीतमय भागवत वाचन श्रवणगर्न आजप...
समावसेवी थापा र पत्रकार दाहाल सम्मानित

समावसेवी थापा र पत्रकार दाहाल सम्मानित

समाचार
नेपालगन्ज , बाँकेको खजुरा गाउँपालिका ४ डि गाउँमा रहेको श्री नेपाल राष्ट्रिय आधारभुत विद्यालयले समाजसेवी लिल बहादुर थापालाई सम्मान गरेको छ । डि गाउँ निवासी थापा १७ वर्षयता अमेरिका बस्दै आएपनि नेपालमा रहेका दिन दुःखी, असाहय तथा पढ्न बाट बन्चीत बालबालिकाको पढाईका लागि अतुलनिय सहयोग गर्दै आउँनुभएको भन्दै विद्यालयले एक कार्यक्रमको आयोजना गरि सम्मान गरेको हो । समाजसेवी थापा उक्त विद्यालयको पुर्व विद्यार्थि पनि हुन । लिल बहादुर थापाका बुवा स्व. गजबहादुर सिंजालीले स्थापना गरेको उक्त विद्यालयमा थापाले कक्षा ५ सम्म अध्ययन पुरा गरेका थिए । पुर्व विद्यार्थि समेत रहेका समाजसेवी थापाले घर आगन छेउमै रहेको विद्यालयलाई आफु अमेरिका रहेपनि सकेको सहयोग उपलव्ध गराउने प्रतिवद्धता जनाए । समाजसेवी थापा सगैं समाज र मानव सेवा तर्फ कलमका साथै उद्धार कार्यमा खटिने पत्रकार खगेन्द्र दाहाललाई विद्यालयले सोहि अवसरम...
न्याय माग्न आन्दोलन गर्नै पर्ने हो ? सडक बिस्तारको नाममा जनतालाई सास्ति कहिलेसम्म ?

न्याय माग्न आन्दोलन गर्नै पर्ने हो ? सडक बिस्तारको नाममा जनतालाई सास्ति कहिलेसम्म ?

Breaking News, विचार
बिकासको मुल आधारको रुपमा लिईने सडक निर्माण र सडक निर्माणको कारण आम नागरिकमा परेको प्रभावबारे सायद कमै मानिसहरुलाई मात्र जानकारी नहोला । यो समाजका भद्र भलाद्मि,बुद्धिजीवि,राजनीतिकर्मी तथा समाजसेवी सबैलाई सडक निर्माण बाट हुने फाईदा तथा सडक निमार्णको क्रममा गरिने लापर्वाहीको कारण हुने क्षतिको बारेमा पुर्ण जानकारी छ तर सिमित स्वार्थ पुरा हुने आशमा त्यस्ता लापर्वाही र त्यसले आम मानिसको जिवनमा पारेको प्रभाव बारे चुईक्क बोल्दैनन् । यतिबेला चक्रपथ उत्तरखण्ड अन्तर्गत पर्ने कलंकी चाबहिल सडक बिस्तार तथा निर्माणको क्रममा रहेको छ । नेपाल सरकार ,भौतिक पुर्वाधार तथा यातायात मन्त्रालय ,सडक बिभाग ,काठमाडौं चक्रपथ सुधार योजनाको मातहतमा कार्य भईरहेको यस भागमा भएको लापर्वाहीको कारण लाखौं जन समुदायको स्वास्थ्यमा गम्भिर असर पर्नुको साथै हजारौं हजार साना ब्यवसायीहरुको रोजिरोटी समेत खोसिएको छ । २०७५ सालमै चिन स...
वैकुण्ठधाम आध्यात्मिक महोत्सव : शिलालेखमा नाम लेखाउन दानकर्ताको संख्या बढ्यो,कथा वाचनको चौथो दिन ३० लाख बढी संकलन

वैकुण्ठधाम आध्यात्मिक महोत्सव : शिलालेखमा नाम लेखाउन दानकर्ताको संख्या बढ्यो,कथा वाचनको चौथो दिन ३० लाख बढी संकलन

संस्कृति, समाचार
नेपालगन्ज । प्रस्तावित वैकुण्ठधाम सिधनियाघाट निर्माणको सहयोगार्थ नेपालगन्जमा जारी वैकुण्ठधाम आध्यात्मिक महोत्सवमा शिलालेखमा नाम लेखाउने दाताहरुको संख्या उल्लेख्य थपिएका छ । आयोजक समितिबाट २५ हजारको दान रकमबाट घटाएर ११ हजार बढी दान गर्नेहरुको नाम शिलालेखमा राख्ने निर्णय भएसँगै यस अघि दान गरेकाहरुबाट दान रकम बढाउने र शिलालेखमा लेखिने बराबरको दान गर्नेहरुको संख्या बढेको हो । कथा वाचनको चौथोे दिन ३० लाख बढी दान संकलन भएको महोत्सव आयोजक समितिले जनाएको छ । आजको कथा वाचनमा नेपालगन्जका स्थानीय बैश्य, मारवाडी र मधेशका स्थानीयबासीको उल्लेख्य उपस्थिती रहेको थियो वाचन शिरोमणी पं दीनबन्धु पोखरेलको प्रमुख वाचनमा जारी आध्यात्मिक महोत्सवको चौथो दिन महोत्सवमा संगीतमय कलाकार टोलीबाट कृष्ण जन्मोत्सव र रामको वनबासको नाट्य प्रदर्शन गरेका थिए । राम वनबासमा भरतको विलापको नाट्य प्रदर्शनमा उपस्थित दर्शनार्थी...
काठमाडौं १६ मा नेकपा(माओवादीकेन्द्र)लाई ठुलो धक्का :  सिङ्गो वडा समितिको राजिनामा

काठमाडौं १६ मा नेकपा(माओवादीकेन्द्र)लाई ठुलो धक्का : सिङ्गो वडा समितिको राजिनामा

राजनीति, समाचार
काठमाडौं । स्थानियतहको उप निर्वाचनको मिति नजिकिदै गर्दा निर्वाचनहुने स्थानिय तहमा राजनैतिक चहलपहल बढ्दै गईरहेको पाईएको छ । यसैबिच काठमाडौं महानगरपालिका वडा नम्बर १६ मा हुने स्थानिय निर्वाचनमा उम्मेदवारको नामावली टुङ्गो लाग्दै गर्दा नेकपा(माओवादीकेन्द्र)लाई भने ठुलो धक्का लागेको छ । काठमाडौं उपत्यकामा कमजोर रहेको माओवादी संगठनमा आबद्ध वडा नम्बर १६ का सकृय नेताहरुले धमाधम राजिनामा दिए पछि मओवादीलाई यस क्षेत्रमा धक्का लागेको हो । केहि समय अगाडी मात्रै यस क्षेत्रका नेता तथा काठमाडौं जिल्ला सदस्य समेत रहेका देवेन्द्र कुमार श्रेष्ठले पार्टी परित्याग गरि स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरे संगै माओवादी बाट यस वडामा स्थानिय नेता दिलिपराज वन्त लाई वडा अध्यक्षको उम्मेदवारी दिने निर्णय भएको थियो । सर्वसहमतबाट वन्तलाई उम्मेदवार बनाउने सिफारीस भएको केहि समयमै यस वडाका पार्टी अध्यक्ष सुदन थापा सहितक...
ठुलो पर्सेल युवा क्लव तथा सामाजिक व्यक्तित्वद्धारा बाढी पिडितलाई राहत वितरण

ठुलो पर्सेल युवा क्लव तथा सामाजिक व्यक्तित्वद्धारा बाढी पिडितलाई राहत वितरण

समाचार
काठमाडौं । पछिल्लो समय नेपाली समाजमा बिभिन्न प्राकृतिक तथा दैविक प्रकोपबाट विक्षिप्त भई पिडित बनेको परिवारलाई तत्कालरुपमा राहत पुगोस् भनेर समाजमा कृयाशिल सामाजिक संघ संस्थाहरुको सकृयतामा राहत वितरण गर्ने कार्यहरु बढ्दै गएको छ । यसै अनुरुप काभ्रेपलान्चोक जिल्ला तेमाल गाउँपालिका अन्तर्गत ठुलो पर्सेलको युवाहरु र युवा क्लवद्धारा तेमाल गाउँपालिकाका बाढी पिडितलाई नगद तथा खाद्यान्न वितरण गरिएको छ । गत असोज ११ र १२ गतेको अविरल बर्षाका कारण आएको बाढी पहिरोले क्षती पुर्याएको काभ्रे तेमाल ठुलोपर्सेलका पीडितहरुलाई आर्थिक सहयोगका लागि काभ्रे तेमाल ठूलो पर्सेलका युवाहरु राज लामा, मान बहादुर तामाङ(सिजन लामा), डेनी तामाङ र मुक्ते लामाको पहलमा ठूलो पर्सेल युवा क्लबको साझेदारिमा संकलित रु ७,५४,८३५÷हस्तान्तरण गरिएको छ । राहत वितरणको लागि अभियान चलाएर काभ्रे तेमालका युवाहरुले संकलन गरेको रकम ७,५४,८३५ रुपैय...