कर्णाली विकास बैंकमा ३ अर्ब २० करोड घोटाला भएको सिआइबीको निष्कर्ष
काठमाडौं । केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले कर्णाली विकास बैंकको अनुसन्धान सकेको छ।
सिआइबीले अनुसन्धान सकेर केही दिनअघि एक हजार भन्दा लामो पृष्ठको सरकारी वकिलको कार्यालय बाँकेलाई प्रतिवेदन बुझाएको हो।
नेपालगन्जमा केन्द्रीय कार्यालय रहेको उक्त बैंकको घोटालाबारे छानबिन गर्न काठमाडौंबाटै सिआइबीको टोली गएको थियो। सिआइबीको टोली अहिले फर्किसकेको छैन।
अनुसन्धान सकेसँगै सिआइबीको टोली फर्किने एसएसपी होबिन्द्र बोगटीले बताए।
सिआइबीले गरेको अनुसन्धानबाट कर्णाली विकास बैंकको तीन अर्ब २० करोड ११ लाख ५४ हजार १५७ रूपैयाँ बिगो मागदाबी गर्नुपर्ने राय सरकारी वकिलसमक्ष पेस गरेको छ।
स्रोतका अनुसार उनीहरूले कतिपय रकम अन्य बैंकबाट ल्याएर बैंकमा दाखिला समेत नगरी अपचलन गरेका छन्।
त्यसरी ल्याएको रकम मात्रै एक अर्ब बढी रहेको स्रोतले बतायो।
यस प्रकरणमा ...








