नक्कली भुटानी शरणार्थी प्रकरणमा बकपत्र सुरू
काठमाडौं । नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिकालगायत युरोपेली देशमा पठाउन ठूलो रकम असुली गरेको आरोप लागेको थियो। यस घटनामा ठगी, लिखत किर्ते, राज्य विरूद्धको कसुर र संगठित अपराध कसुरको मुद्दा २०८० जेठ १० गते दायर भएको थियो।
आइतबार काठमाडौं जिल्ला अदालतका न्यायाधीश दिवाकर भट्टको इजलासमा साक्षीको बकपत्र भइरहेको हो। नक्कली भुटानी शरणार्थी प्रकरणमा बकपत्र सुरू भएको छ।
एमाले नेता टोपबहादुर रायमाझी, कांग्रेस नेता बालकृष्ण खाण, पूर्वगृहसचिव टेकनारायण पण्डेय, इन्द्रजित राई, बेचन झा, पूर्वसभासद आङटावा शेर्पालगायत प्रतिवादी रहेको मुद्दामा दुई वर्षपछि अदालतले निरन्तर सुनुवाइ गर्न लागेको हो।
यस मुद्दामा बकपत्र सकिएपछि अन्तिम सुनुवाइ अघि बढाउने अदालतको तयारी छ।
यो प्रकरणमा सुरूमा ३० जनाविरूद्ध ०८० जेठ १० गते सरकारी वकिलको कार्यालयले काठमाडौं जिल्ला...









