सुनसरी क्षेत्र नं ४ बाट स्वतन्त्र उम्मेदवारी दिएकी यमुना के.सी. आशिर्वाद लिन पुगिन् बाल आश्रम र वृद्धाआश्रम
काठमाडौं । सुनसरी क्षेत्र नं ४ बाट स्वतन्त्र उम्मेदवारी दिएकी यमुना के.सी. आशिर्वाद लिन पुगिन् बाल आश्रम र वृद्धाआश्रम पुगेकी हुन् ।
के.सी.ले तारकेश्वर नगरपालिका–७ स्थित नवजीवन परोपकार समाज पुगेर वृद्ध आमाबुबाबाट आशीर्वाद ग्रहण गरेकी थिईन् । बृद्ध आमाबुबाले भावुक हुँदै उनकोे सफल यात्राको कामना गर्दै बिदाइ गरेका थिए ।
के.सी.साँखुस्थित द्वन्द्वपीडित अपांग समाज नेपाल पुगेर ५३ जना बालबालिकालाई भेटेर बिदाइ भएकी थिईन् । आमाको संया दिदै बालबालिकाले जितेर आउनुहोस् है आमा भनेका थिए ।
चुनावी प्रतिबद्धताअन्तर्गत यमुना के.सी.ले रामधुनीलाई विश्व सम्पदा सूचीमा सूचीकृत गराउने, युवालाई स्वदेशमै रोजगारीको ग्यारेन्टी दिने, भ्रष्टाचारमुक्त समाज निर्माण गर्ने, महिलाको सहभागिता बढाउने, कृषिमा आधुनिकीकरण र बजारीकरण गर्ने, जेन्जीका माग समाधान गर्ने, विभिन्न जातजातिको धर्म–संस्कृति जगेर्ना गर्ने, शिक्षा–...








