१० पुष २०८२, बिहीबार

Author: तुफान न्यूज

समयमा काम नगर्ने पाँच निर्माण व्यवसायीलाई गाउँपालिकाले गर्‍यो जरिवाना

समयमा काम नगर्ने पाँच निर्माण व्यवसायीलाई गाउँपालिकाले गर्‍यो जरिवाना

Breaking News, अर्थवाणिज्य, पुर्वाधार, राजनीति, राष्ट्रिय, समाचार
बर्दिया गुलरिया  : बर्दियाकाे गेरुवा गाउँपालिकाले सम्झौताअनुसार समयमा काम नगर्ने निर्माण व्यवसायीलाई कारबाहीस्वरूप जरिवाना गरेको छ। पालिकाले सम्झौताअनुसार समयमा काम नगर्ने पाँच निर्माण व्यवसायीलाई कारबाही गरी २३ लाख ४२ हजार सात सय ५४ रुपैयाँ जरिवाना लिएको हो।सार्वजनिक खरिद ऐनमा तोकिएको समयमा काम नगर्ने निर्माण व्यवसायीहरूलाई कारबाही हुने व्यवस्था छ। समयमा काम सम्पन्न नगर्ने व्यवसायीलाई दैनिक ०.०५ प्रतिशत जरिवाना हुने कानुनी व्यवस्था छ। पालिकाले सार्वजनिक खरिद ऐनअन्तर्गत रहेर सम्झौताअनुसार काम नगर्ने निर्माण व्यवसायीबाट जरिवाना संकलन गरेको हो। पालिकाभित्र सञ्चालित तारजाली र सडक निर्माणमा ढिला गर्ने निर्माण व्यवसायीलाई कारबाही गरी जरिवाना संकलन गरिएको प्रमुख प्रशासकीय अधिकृत नरबहादुर चन्दले बताए। उनले भने, ‘ढिलासुस्ती गर्ने निर्माण व्यवसायीबाट २३ लाख ४२ हजार ७ सय ५४ रुपैयाँ जरिवाना संक...
अगस्ट २ देखि कोच सेमिनार तथा ब्ल्याक बेल्ट ग्रेडिङ कार्यक्रम आयोजना हुने

अगस्ट २ देखि कोच सेमिनार तथा ब्ल्याक बेल्ट ग्रेडिङ कार्यक्रम आयोजना हुने

Breaking News, अन्तर्राष्ट्रिय, खेल, मनाेरन्जन, राष्ट्रिय, समाचार
काठमाडौं :नेपालमा आगामी अगस्ट २ देखि WFKO (World Freestyle Kickboxing Organization) अन्तर्गत रेफ्री सेमिनार, कोच सेमिनार तथा ब्ल्याक बेल्ट ग्रेडिङ कार्यक्रम आयोजना हुने भएको छ। उक्त कार्यक्रम काठमाडौंको Fight Club Nepal, जडीबुटी मा हुनेछ।कार्यक्रमका लागि WFKO का वर्ल्ड प्रेसिडेन्ट ब्रायन डब्ल्यु बेक इंग्ल्याण्डबाट विशेष अतिथिका रूपमा नेपाल आउनुहुनेछ र उहाँकै प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न गरिने बताईयकाे छ। साे कार्यक्रमको आयोजना नेपाल किकबक्सिङ एशोसिएसन – WFKO टिमले गरेको छ भने यसका अध्यक्ष देव राज श्रेष्ठ, महासचिव तथा WFKO का चिफ रेफ्री बिन्दा नेपाली, कोषाध्यक्ष सुमन नेपाल, चिफ कोच रमेश नेपाली र उपाध्यक्ष राजकुमार ठकुरीको,र बरिस्ठ सल्लाहकार आकाश धिताल को नेतृत्वमा तयारी पूरा गरिएको छ। कार्यक्रममा करिब २० जना सहभागीहरू रहनेछन्, जसले रेफ्री, कोच र ब्ल्याक बेल्ट ग्रेडिङमा आफ्नो सीप ...
निलकमल ह्यूमन रिसोर्स प्रा.लि.को सेटीङ र बैदेशिक रोजगार बिभागको बदमासिको भण्डाफोर

निलकमल ह्यूमन रिसोर्स प्रा.लि.को सेटीङ र बैदेशिक रोजगार बिभागको बदमासिको भण्डाफोर

समाचार
काठमाडौं । निलकम लह्यूमन रिसोर्स प्रा.लि.को सेटीङ र बैदेशिक रोजगार बिभागको बदमासिको भण्डाफोर भएको छ । आर्थिक बर्ष २०८१/०८२ मा नेपालबाट सबैभन्दा बढि कामदार बैदेशिक रोजगारमा पठाउन सफल मेनपावरको उपाधि पाएको निलकमल ह्यूमन रिसोर्स प्रा.लि.ले बैदेशिक रोजगार बिभागको आई टि मा सेटिङ गरेर अबैधानिक कार्य भएको पाईएको छ । निलकम लह्यूमन रिसोर्स प्रा.लि.ले मिति सन् २०२३ /०४/ ०७ अर्थात २०७९ चैत्र २४ गते लट नं. २८४२९२ मार्फत कुवेतको एक कम्पनिमा १५० जनापुरुष र २५० जनामहिलाकामदार पठाउन नेपाल सरकार श्रम,रोजगार तथा सामाजिक सुरक्षामन्त्रालय , बैदेशिक रोजगार बिभागताचाहाल बाट अन्तिम श्रम स्विकृतिको लागि अनुमति पाएको देखिन्छ । कुवेतमा रहेको कम्पनि संग २ बर्षको लागि कामदार सम्झौता गरेको यो म्यानपावर कम्पनिले सम्झौता म्याद सकिएको अवस्थामा समेत सोहि सम्झौत ापत्र तथा नेपाल सरकार श्रम,रोजगार तथा सामाजिक सुरक्षा मन्त...
पुष्पलाल माक्र्सवादी विश्वविद्यालयद्वारा बृहत् बिचारगाेष्ठी हुने

पुष्पलाल माक्र्सवादी विश्वविद्यालयद्वारा बृहत् बिचारगाेष्ठी हुने

Breaking News, राजनीति, राष्ट्रिय, विचार, शिक्षा, संस्कृति, समाचार
काठमाडौं :पुष्पलाल माक्र्सवादी विश्वविद्यालयले ४७ औँ पुष्पलाल स्मृति दिवसको अवसर पार्दै आज सम्भावना र चुनाैति  विषयक बृहत बिचारगाेष्ठि तथा अन्तरक्रिया कार्यक्रम गर्ने जनाएको छ । उक्त कार्यक्रममा समाजवादी कम्युनिस्ट पार्टीका महासचिव समरजंग लगायत थुप्रै बामपंथी नेता बुद्धिजीवी, लेखक,र राजनैतिक बिश्लेषकहरुकाे सहभागिता रहने आयाेजकले बताइएको छ । स्मरणीय छ, नेपाल कम्युनिष्ट पार्टीको संस्थापक नेता पुष्पलालको जन्म वि.सं. १९८१ असार १५ गते पूर्व २ नं. रामेछाप जिल्लामा पिता भक्तलाल र माता तुलसीकुमारीको पहिला छोराका रूपमा भएको थियो । पुष्पलालले माक्र्सवाद–लेनिनवादलाई सर्वोत्तम विचारधारा ठानी २००६ सालमा कलकत्तामा नेपाल कम्युनिष्ट पार्टीको स्थापना गरेका थिए । २०१७ साल पुष १ गते राजाबाट चालिएको कदम पछि भूमिगत र निर्वासित जीवन बिताउन बाध्य पुष्पलालले चारैतिर छरिएका कम्युनिष्टहरूलाई भेला गराई तेस्रो महा...
भेरी नदीमा टिपर खस्दा तीन जना बेपत्ता

भेरी नदीमा टिपर खस्दा तीन जना बेपत्ता

Breaking News, यातायात, राष्ट्रिय, समाचार
जाजरकोट :गए राति भेरी नदीमा टिपर खस्दा तीन जना बेपत्ता भएका छन् । नलगाड नगरपालिकाको दल्लीबाट रिम्नातर्फ आउँदै गरेको भेरी करिडोरको काम गर्दै आएको यती विल्डर्सको रा १ क १५०१ नम्बरको टिपर रुकुमपश्चिमको आठबीसकोट–१४ पिपलचौरस्थित भेरी नदीमा खसेको इलाका प्रहरी कार्यालय रिम्नाका प्रहरी नायब निरीक्षक शिउकुमार चौधरीले जानकारी दिए । उनका अनुसार टिपरमा चालकसहित तीन जना सवार रहेका थिए । उनीहरुको अवस्था अज्ञात रहेको छ । बेपत्ताको खोजीमा रुकुमपश्चिम र जाजरकोटको प्रहरी टोली परिचालन गरिएको प्रहरी नायब निरीक्षक चौधरीले बताए । भेरी नदीमा पानीको मात्रा अत्यधिक भएकाले बेपत्ताको खोजी गर्न कठिनाइ भइरहेको उनले बताए । बेपत्ता भएकाहरुको नाम ठेगाना केही खुल्न नसकेको प्रहरीले जनाएको छ ।...
सिद्धिश्वरमान अक्षलोक साहित्य केन्द्रद्वारा सम्मान अर्पण गरिने

सिद्धिश्वरमान अक्षलोक साहित्य केन्द्रद्वारा सम्मान अर्पण गरिने

शिक्षा, संस्कृति, समाचार
- माधव घिमिरे 'अटल' काठमाडौँ /  साहित्य, समाज, स्वास्थ्य र शिक्षाको क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याउने विशिष्ट व्यक्तित्वहरूलाई “सिद्धिश्वरमान अक्षलोक साहित्यिक केन्द्र” ले विशेष सम्मान गर्ने भएको छ । यस केन्द्रले विगत वर्षहरूदेखि निरन्तरता दिँदै आएको सम्मान तथा अक्षलोक साहित्यिक पत्रिका लोकार्पण समारोह यस वर्ष पनि आयोजना गर्ने जनाएको छ । यही श्रावण ११ गते पुल्चोक इन्जिनियरिङ कलेजमा विशेष कार्यक्रमको आयोजना गरी सो पुरस्कार तथा सम्मान अर्पण गरिने कुरा केन्द्रले एउटा प्रेस विज्ञप्ति प्रकाशित गरी जनाएको छ । समाज रूपान्तरणमा विशिष्ट योगदान दिने साहित्य साधक, समाजसेवी, स्वास्थ्यकर्मी उद्यमी तथा शिक्षाकर्मीहरूलाई विभिन्न शीर्षकमा सम्मान गरिने उक्त वज्ञप्तिमा जनाइएको छ । सो सम्मान तथा पुरस्कार प्राप्त गर्ने विशिष्ट व्यक्तित्वहरूमा सिद्धिश्वरमान मिलन–मुक्ति आजीवन साहित्य साधन...
नेपाल नागरिक पार्टी केन्द्रीय उपाध्यक्ष काेईराला समाजवादी कम्युनिस्ट पार्टीमा प्रवेश

नेपाल नागरिक पार्टी केन्द्रीय उपाध्यक्ष काेईराला समाजवादी कम्युनिस्ट पार्टीमा प्रवेश

Breaking News, राजनीति, राष्ट्रिय, विचार, समाचार
काठमाडौ : नेपाल नागरिक पार्टीका केन्द्रीय उपाध्यक्ष दिपक काेइराला समाजवादी कम्युनिस्ट पार्टी नेपालमा प्रवेश गरेका छन । समरजंग नेतृत्वको समाजवादी कम्युनिस्ट पार्टी नेपालकाे जन्तामा जाओै ! जन्ताकाे सेवा गराै !! उपत्यका केन्द्रीकृत जनअभियान टिम अन्तर्गत आज पार्टीकाे काठमाडौंकाे अभियान टिमले काेईरालालाई कलंकीमा एक कार्यक्रम गरेर पार्टीमा समाहित गरायकाे हाे ।उक्त कार्यक्रममा पार्टीका स्थायी कमिटी सदस्य तथा काठमाडौं अभियान टिम ईन्चार्ज माधव गाैतम ( विनयराज ), पाेलिटब्युराे सदस्य तथा अभियान टिम संयाेजक रेडियम सिंह,केन्द्रीय सदस्य तथा मजदुर नेता शिवि बस्याल,पार्टीका केन्द्रीय सदस्य तथा पार्टीको सहायक संगठन -समाजवादी युवा संगठनका ईन्चार्ज शाेम पाख्रिन, युवा नेता तथा कलाकार भरत घिसिङ लगायतको उपस्थितिमा उक्त कार्यक्रम सम्पन्न भयकाे थियाे । पार्टी प्रवेश कार्यक्रममा नेपालीको बर्तमान राष्ट्रिय राजनीति ...
आजै पनि कुशे ! कविता

आजै पनि कुशे ! कविता

कविता
आजै पनि कुसे…😥 आजै पनि कुसे… अझै उही छ — पहाडको काखमा चुपचाप बसेको, कहिल्यै नचिच्याउने, तर भित्रभित्रै पीडाले टुक्रिएको। घाम लाग्छ, तर उज्यालो पुग्दैन गाममा, बिजुलीको पोल गाडिएको वर्षौं भयो, तर बत्ती अझै झिल्किएको छैन। सडकको नक्सा बनेको छ, तर हरेक बर्खामा बालक बग्छ — काखमा किताब होइन, खोलो तर्दै जीवन बोकेर। विद्यालय त छ यहाँ, तर भित्तामा चर्किएको छ साक्षरता, कक्षामा टेबल कुर्सी छैन, र पाठशालामा सपना छैन। शिक्षक आउँछन् कहिलेकाहीँ, पढाउँछन् होइन, गन्न आउँछन् — दिन, पैसा, घडी… अस्पताल भनेर चिनिने भवन त छ, भित्र न औषधि, न सेवा, न कोही सल्लाह दिनेसम्म, छ भने बुढी आमाको मुटु दुखिरहेको छ — तर उसले “ठिकै छ” भन्दै झूठ बोलिरहेकी छिन्। आजै पनि कुसे चुप छ… नारा सुनेको छ कुसेले — शिक्षा, स्वास्थ्य, विकास, समृद्धि, तर तिनको स्वाद कहिल्यै चाख्न पाएको छ...
अनेरास्ववियु(क्रान्तिकारी)ले शिक्षा मन्त्रालयमा बुझायो १५ बुँदे ध्यानाकर्षण पत्र

अनेरास्ववियु(क्रान्तिकारी)ले शिक्षा मन्त्रालयमा बुझायो १५ बुँदे ध्यानाकर्षण पत्र

Breaking News, राजनीति, राष्ट्रिय, विचार, शिक्षा, समाचार
काठमाडौं : समाजवादी कम्युनिस्ट पार्टी नेपाल निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन(क्रान्तिकारी) केन्द्रीय समितिले शिक्षा तथा विज्ञान-प्रविधिमा १५ बुँदे ध्यानाकर्षण पत्र बुझाएको छ । साेमबार संगठनका केन्द्रीय अध्यक्ष मुक्ति गैरेकाे नेतृत्वमा पुगेको टाेलिले मन्त्रालयका सचिव चुरामणि पाैडेल मार्फत शिक्षा तथा विज्ञान-प्रविधि मन्त्री रघुजि पन्तलाई ध्यानाकर्षण पत्र बुझाएको हाे । उक्त संगठनले बुझाएको १५ बुँदे ध्यानाकर्षण पत्र जस्ताको त्यस्तै : "श्री शिक्षा तथा विज्ञान-प्रविधिमन्त्री ज्यू शिक्षा तथा विज्ञान-प्रविधि मन्त्रालय सिंहदरबार, काठमाडौँ, नेपाल विषय : ध्यानाकर्षण पत्र । सङ्घर्ष, बलिदान र विजयको गौरवशाली इतिहासको निर्माता अनेरास्ववियू (क्रान्तिकारी) आम विद्यार्थीका हकहित र शैक्षिक अधिकारको सुनिश्चितताका खातिर अविचलित रूपमा सही विचार, दृष्टिकोण एवम् महान् लक्ष्यसहि...
दुबईमा गुन्जिए कुमा सागर

दुबईमा गुन्जिए कुमा सागर

संस्कृति, समाचार
काठमाडौँ । ४० डिग्रीको उखरमाउलो गर्मी । हलमा एसी जडान त थियो तर, थेगिनसक्नुको भिडका कारण राम्ररी काम गरिरहेको थिएन । असिनपसिन हुँदै कुमासागर गुन्जिँदै थिए– ओ जाने भए जाउ ए माया अब धेरै नसताउ ओ तिम्रो त्यो चाल देखेर आज फुरफुरी लाग्यो लौ जब उनले मञ्चमा ब्याण्डसहित आफ्नै शैलीमा प्रस्तुती दिनमात्र के थालेका थिए, समर्थकले उनको स्वागतमा चर्को हुटिंग हुन सुरु भइहाल्यो । यूएईको दुबईस्थित अल नासर लेजरल्याण्डको हलमा ४ हजार भन्दा बढी दर्शकको सहभागितामा आइतबार साँझ कुमा सागर र खोप ब्याण्डले धमकेदार प्रस्तुति दिएको हो । गोर्खा साँझ सिजन ३ को उक्त प्रस्तुतीमा कुमा सागर पहिलो पटक दुबईमा गुञ्जिएका हुन् । उनको दुबईमा पहिलो प्रस्तुती भएर पनि होला उनका फ्यानहरु चर्को गर्मीका बिच कार्यक्रम हेर्न आइपुगेका थिए । कुमाले आफ्नो प्रस्तुतीका क्रममा हावाको लहर, ओ चम्पा, चमेलीको फूलसहित नेपाली संगीत र धुनहरु ...