खानिखोलाका जनतालाई सुशासन र आर्थिक पारदर्शिताको प्रत्याभूत गराएरमात्र हामी बनाउछौ हाम्रो खानिखोला भन्ने नाराले सार्थक पाउने छ
— रुपेश लोप्चन
काभ्रेपलान्चोक जिल्लाको १३ स्थानीयतहहरुमध्ये खानिखोला गाउँपालिका जिल्लाकै विकट रराजधानी नजिकको कर्णाली भनेर चिनिन्छ । यस खानिखोला गाउँपालिका कुल १३२ वर्गकिलोमिटर क्षेत्रफलमा फैलिएको छ । यस गाउँपालिकाको कुल जनसंख्या २०७८ को जनगणना अनुसार १२२०१ रहेको छ भने यस गाउँपालिका ७ वडामा अवस्थित छ ।
२०७४ सालको निर्वाचनमा कृष्ण बहादुर खुलाल अध्यक्ष र उपाध्यक्षमा रुकमनी गुरुङ निर्वाचित भएर आएका थिए । उहाँहरुको कार्यकालमा केही नयाँ सडकहरु निर्माण भएको थियो । २०७२ वैशाख १२ को भुकम्पले क्षतविक्षेत भएको निजि आवास र सार्वजनिक विद्यालय भवन, स्वास्थ्य कार्यलय र केही नयाँ वडा कार्यलयहरु पुनर्निर्माण र निर्माण हुनु सबल पक्ष हुन भने भुकम्प पीडित आवास निर्माणमा भएको व्यापक घुसकाण्ड भएकोकुरा बाहिर आको र अख्तियार सम्म पुगेकै हो ।
भ्रष्टाचारलाई प्रोत्साहन गर्न मद्दत गर्ने जस्ता क्रियाकलाप र प्रशासनि...









