जाजरकोटका हेमराज उपाध्याय दाहालले अनुशासित बाल नेतृत्वकर्ता र अन्तर्राष्ट्रिय विजेता हासिल गरेका छन
काठमाडौं :हेमराज उपाध्याय दाहाल: जाजरकोटको अनुशासित बाल नेतृत्वकर्ता र अन्तर्राष्ट्रिय विजेता भयका छन ।जाजरकोट जिल्ला, छेडागाड नगरपालिका वडा नम्बर ३ मा बसोबास गर्ने हेमराज उपाध्याय दाहाल एक अनुशासित, प्रतिबद्ध र निडर युवा नेतृत्वकर्ता हुन्। उनी हाल जनप्रिय माध्यमिक विद्यालय, दशेरा, जाजरकोटमा कक्षा १२ मा अध्ययनरत विद्यार्थी मात्र होइन, छेडागाड नगरपालिका नगर बाल सञ्जालका अध्यक्ष समेत हुन्।
हेमराजले अन्तर्राष्ट्रिय स्तरको नेतृत्व विकास प्रतियोगितामा भाग लिएर पाँचवटा देशका करिब १,१४५ भन्दा बढी बालबालिकालाई पछि पार्दै विजयी हुने गौरव हासिल गरेका छन्। यस सफलताले मात्र होइन, उनको नेतृत्वशैली, प्रतिबद्धता र आत्मविश्वासले नेपाल र विशेषगरी जाजरकोट जिल्लाको नाम विश्वभरि उजागर गरेको छ।
उनी आफ्नो गाउँ, विद्यालय र देशका लागि गर्वको विषय हुन्। हेमराजका पिता लक्ष्मीराम उपाध्याय दाहाल र माता जयनता दे...









