काठमाडौं । नेपाल चाइल्ड स्टार–२०८२ भव्य रूपमा सम्पन्न भएको छ। देशभरबाट सहभागी भएका बालप्रतिभाहरूबीच भएको प्रतिस्पर्धामा ज्योति बम्जन र अयान तिवारीले मुख्य उपाधि जित्दै कार्यक्रमको केन्द्रबिन्दु बने। उनीहरूले आफ्नो आत्मविश्वास, प्रस्तुतीकरण, व्यक्तित्व र प्रतिभाका आधारमा निर्णायक मण्डलको मन जित्न सफल भएका हुन्।
प्रतियोगितामा मुख्य उपाधिसँगै विभिन्न विधामा उत्कृष्ट प्रदर्शन गर्ने बालबालिकाहरूलाई उप–उपाधिहरू प्रदान गरिएको थियो। कार्यक्रममा यानि पाण्डेयाले “Best Smile”, कमाक्षी श्रेष्ठले “Best Walk” र स्तुति खड्काले “Best Discipline” उपाधि जितिन्। त्यसैगरी जियाना बम्जनलाई “Time Punctual” र आर्याश्री पाण्डेयलाई “Best Attitude” उपाधि प्रदान गरियो।
मुख्य विजेता ज्योति बम्जनले “Best Costume” उपाधि समेत हात पारिन् भने उर्बिका रुपाखेतीले “Best Communication Skill” जितिन्। आरोही कटवालले “Best Stage Presence”, रुबी लिम्बुले “Photogenic” र अलिना थापाले “Best Confidence” उपाधि प्राप्त गरे।
त्यस्तै, शिवांशु जंग न्यौपानेले “Intelligence”, पुजन कटवालले “Best Expression” र अयान तिवारीले “Best Personality” उपाधि जिते। कौसल बलायरलाई “Most Talent” घोषणा गरिएको थियो।
कार्यक्रमको आयोजन आदर्श इन्टरटेन्मेन्ट हाउस ले गरेको हो भने प्रमुख प्रायोजक ग्लोबल टच एजुकेशन कन्सल्टेन्सी रहेको थियो ।
केटीतर्फ स्तुति खड्का प्रथम उपविजेता र आरोही कटवाल द्वितीय उपविजेता घोषित भइन् । त्यस्तै केटातर्फ सिवान्सु जंग न्यौपाने प्रथम उपविजेता र कौशल बलायर द्वितीय उपविजेता बने ।
कार्यक्रममा उत्कृष्ट अभिभावक सम्मान सरस्वती थापा लाई प्रदान गरिएको थियो, जसले बालबालिकाको उज्ज्वल भविष्य निर्माणमा अभिभावकको योगदानलाई सम्मानित गरेको आयोजकले जनाएको छ ।
पछिल्लो समय मिडिया लगायत स्टेज कार्यक्रमहरुमा निकै रुचाईएका प्रतिभाशाली युवा कार्यक्रम प्रस्तोता दिपेन्द्र शेन शाहीले संयोजन तथा सन्चालन गरेको कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ रेडियोकर्मी तथा पत्रकार हेम सुवेदी रहेका थिए । रेडियो आहा १०४.५ मेगाहर्जका व्यवस्थापक निर्देशक आकृति सुवेदी विशेष अतिथिका रूपमा सहभागी थिइन् ।
प्रतियोगिताको मूल्यांकन मिस्टर नेपाल तथा अभिनेता समर्पण जंग कार्की, गायक तथा गीतकार दिनेश क्षेत्री, गायक सागर सुनार तथा डा.मीना प्रधान सम्मिलित निर्णायक मण्डलले गरेका थिए ।
यस अवसरमा मिडियाकर्मी डि.वि. पराजुली लाई विशेष सम्मान प्रदान गरिएको थियो भने सम्मानित मोडेल तथा अभिनेता सुमन अधिकारी लाई पनि सम्मान गरिएको थियो ।
कार्यक्रमका आयोजकका अनुसार प्रतियोगिताको मुख्य उद्देश्य बालबालिकाभित्र लुकेका प्रतिभा, आत्मविश्वास, अनुशासन र व्यक्तित्व विकासलाई उजागर गर्नु हो। विभिन्न चरणमा गायन, नृत्य, अभिनय, स्टेज प्रस्तुतीकरण र अन्तरक्रियामार्फत बालप्रतिभाहरूले आफ्नो क्षमता प्रस्तुत गरेका थिए, जसले कार्यक्रमलाई थप रोचक र प्रतिस्पर्धात्मक बनाएको थियो।
उपाधि विजेता ज्योति बम्जन र अयान तिवारीले आफ्नो सफलताप्रति खुशी व्यक्त गर्दै परिवार, शिक्षक र समर्थकहरूप्रति आभार व्यक्त गरेका छन्। उनीहरूले यस उपलब्धिलाई आगामी यात्राको प्रेरणा मानेर अझ उत्कृष्ट प्रदर्शन गर्ने प्रतिबद्धता व्यक्त गरे।
नेपाल चाइल्ड स्टार–२०८२ ले नयाँ पुस्तामा कला, आत्मविश्वास र नेतृत्व क्षमताको विकासमा सकारात्मक सन्देश दिएको छ। कार्यक्रममा सहभागी सबै बालप्रतिभाहरूको उत्साहजनक प्रस्तुतीकरणले अभिभावक र दर्शकहरूलाई निकै प्रभावित पारेको थियो।

