२ फाल्गुन २०८२, शनिबार

अध्यक्ष डा. सुवास घिमिरेले कर्मचारीसँगै मनाए जन्मदिन

राजन थापा

काठमाडौं  / ओम समाज डेन्टल अस्पतालका अध्यक्ष तथा ओरल एण्ड म्याक्सिलोफेसियल सर्जन डा. सुवास घिमिरेले आज अस्पतालका सम्पूर्ण कर्मचारीहरूसँग आफ्नो जन्मदिन मनाएका छन्।

अस्पताल परिसरमा आयोजित कार्यक्रममा चिकित्सक, नर्स, प्राविधिक, प्रशासनिक तथा अन्य कर्मचारीहरूको सहभागिता रहेको थियो। कार्यक्रममा कर्मचारीहरूले डा. घिमिरेलाई जन्मदिनको शुभकामना व्यक्त गर्दै उहाँको नेतृत्व क्षमता, स्वास्थ्य सेवाप्रतिको समर्पण र संस्थागत विकासमा पुर्याएको योगदानको प्रशंसा गरेका थिए।

अस्पताल व्यवस्थापनका अनुसार डा. घिमिरेको नेतृत्वमा अस्पतालले मुख, दाँत तथा जबडासम्बन्धी उपचार सेवा विस्तार गर्दै गुणस्तरीय सेवा प्रदान गर्दै आएको छ। डा. घिमिरेले कार्यक्रममा सम्बोधन गर्दै अस्पतालको प्रगति सम्पूर्ण टिमको मेहनत र सहकार्यको परिणाम भएको बताए।

उनले आगामी दिनमा अझ व्यवस्थित सेवा प्रणाली विकास गर्दै बिरामीमैत्री उपचारलाई प्राथमिकता दिने प्रतिबद्धता व्यक्त गरे। अस्पताल स्रोतका अनुसार डा. घिमिरे लामो समयदेखि ओरल एण्ड म्याक्सिलोफेसियल सर्जरी क्षेत्रमा सक्रिय रहँदै आएका छन्। उनी अस्पतालको अध्यक्षका रूपमा संस्थागत व्यवस्थापनसँगै स्वास्थ्य सेवाको सुधार, प्रविधि विस्तार र उपचार प्रणालीलाई प्रभावकारी बनाउन निरन्तर क्रियाशील रहेको जनाइएको छ।

कार्यक्रममा सहभागी कर्मचारीहरूले अस्पताललाई अनुशासित र सेवामूलक संस्थाको रूपमा अघि बढाउन डा. घिमिरेको भूमिका महत्वपूर्ण रहेको प्रतिक्रिया दिएका थिए।

कर्मचारीहरूका अनुसार नेतृत्वको सहकार्यपूर्ण व्यवहारका कारण अस्पतालमा कार्य वातावरण सकारात्मक बन्दै गएको छ। जन्मदिन अवसरमा अस्पताल परिवारले डा. घिमिरेको सुस्वास्थ्य, दीर्घायु तथा निरन्तर सफलताको कामना गर्दै शुभकामना व्यक्त गरेको छ।