२०८३ असार १४, आइतवार

राजनीति र समाजसेवाको यात्रा सँगसँगै अगाडि बढाउँदै समाजसेवी रामप्रसाद न्यौपाने

– डि.बि. पराजुली

राजनीति केवल सत्ता प्राप्त गर्ने माध्यम होइन, समाज रूपान्तरणको अभियान पनि हो। जब राजनीति सेवा, समर्पण र सामाजिक उत्तरदायित्वसँग जोडिन्छ, तब त्यहाँबाट समाजले आशा गर्ने नेतृत्व जन्मिन्छ। यस्तै व्यक्तित्वका रूपमा परिचित हुनुहुन्छ नेपाली कांग्रेस काठमाडौं महानगरपालिका वडा नं. ४ का इकाई सभापति, सामुदायिक प्रहरी टुँडालदेवीका अध्यक्ष तथा समाजसेवी रामप्रसाद न्यौपाने।

रामप्रसाद न्यौपानेको सार्वजनिक जीवन राजनीतिक जिम्मेवारीमा मात्र सीमित छैन। उहाँले वर्षौंदेखि स्थानीय समाजका हरेक सुख–दुःखमा साथ दिँदै सामाजिक सेवाको उदाहरण प्रस्तुत गर्दै आउनुभएको छ। जनताको घरदैलोमा पुगेर समस्या सुन्ने, समाधानका लागि पहल गर्ने, युवालाई सकारात्मक बाटोमा अघि बढाउन प्रेरित गर्ने र समाजमा एकताको वातावरण निर्माण गर्ने उहाँको प्रयासले धेरैको मन जितेको छ।

सामुदायिक प्रहरी टुँडालदेवीका अध्यक्षका रूपमा उहाँले प्रहरी र समुदायबीचको सम्बन्धलाई अझ बलियो बनाउन महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुभएको छ। समाजमा शान्ति, सुरक्षा, लागूऔषध दुव्र्यसन नियन्त्रण, महिला तथा बालबालिकाको सुरक्षा, ट्राफिक सचेतना र सामाजिक सद्भाव कायम गर्न उहाँ निरन्तर सक्रिय रहनुभएको छ। उहाँको विश्वास छ— “सुरक्षित समाज निर्माण सरकार वा प्रहरीको मात्र दायित्व होइन, प्रत्येक नागरिकको साझा जिम्मेवारी हो।”

राजनीतिक नेतृत्वमा पनि उहाँ सधैं कार्यकर्ताको भावना र जनताको अपेक्षालाई केन्द्रमा राख्ने नेताका रूपमा परिचित हुनुहुन्छ। पदभन्दा जिम्मेवारीलाई ठूलो ठान्ने उहाँको कार्यशैलीले स्थानीय तहमा विश्वासिलो नेतृत्वको छवि निर्माण गरेको छ। चुनावी मौसममा मात्र होइन, वर्षभरि जनतासँग रहने संस्कारले उहाँलाई फरक बनाएको छ।

सामाजिक सेवामा उहाँको अर्को विशेषता भनेको दुःखमा परेकाहरूको साथ बन्ने मानवीय संवेदनशीलता हो। बिरामीको उपचारका लागि सहयोग जुटाउने, विपद्का बेला राहत व्यवस्थापनमा जुट्ने, शिक्षा, स्वास्थ्य र सामाजिक अभियानमा सक्रिय सहभागिता जनाउने उहाँको स्वभावले उहाँलाई धेरैका लागि भरोसाको नाम बनाएको छ।

आजको समाजले यस्ता व्यक्तित्वको आवश्यकता महसुस गरिरहेको छ, जसले भाषणभन्दा व्यवहारमा विश्वास गर्छन्। रामप्रसाद न्यौपाने त्यही व्यवहारिक नेतृत्वका प्रतिनिधि हुन्। उहाँको राजनीतिक यात्रा समाजसेवाबाट अलग छैन; बरु समाजसेवाले नै उहाँको राजनीतिक यात्रालाई अर्थपूर्ण बनाएको छ।

समाज परिवर्तन ठूलाठूला नाराले मात्र सम्भव हुँदैन। साना–साना काम, निरन्तर सेवा, इमानदार प्रतिबद्धता र मानवीय व्यवहारले नै परिवर्तनको आधार तयार गर्छ। रामप्रसाद न्यौपानेको यात्रा यही सन्देश बोकेको यात्रा हो— जहाँ राजनीति सेवाको माध्यम बन्छ, त्यहाँ जनताको विश्वास स्वतः निर्माण हुन्छ।

उहाँको यही समर्पण, सरलता र सेवाभावले आगामी दिनमा पनि समाजलाई सकारात्मक दिशा दिने विश्वास स्थानीयवासीले व्यक्त गर्दै आएका छन्। राजनीति र समाजसेवाको सुन्दर संगम बनेको उहाँको यात्रा धेरै युवाका लागि प्रेरणाको स्रोत बन्न सकोस् भन्ने शुभकामना।