“सडकदेखि सदनसम्मका नागरिकको उपचार” अभियान: ॐ समाज डेण्टल अस्पतालको निःशुल्क स्वास्थ्य शिविरबाट सयौं लाभान्वित
राजन थापा
काठमाडौं / समाजका सबै वर्गका नागरिकलाई स्वास्थ्य सेवाको पहुँचमा ल्याउने उद्देश्यका साथ ॐ समाज डेण्टल अस्पतालले सञ्चालन गर्दै आएको निःशुल्क स्वास्थ्य शिविर कार्यक्रम निरन्तर रूपमा सञ्चालन भइरहेको छ।
“सडकदेखि सदनसम्मका मानिसको उपचार” भन्ने मूल नारालाई आत्मसात गर्दै अस्पतालले प्रत्येक महिनाको विभिन्न स्थानमा स्वास्थ्य शिविर आयोजना गर्दै आएको छ। यसै अभियानअन्तर्गत आज बनस्थली चोकमा आयोजित निःशुल्क स्वास्थ्य शिविरमा बृद्धबृद्धा, बालबालिका तथा अपाङ्गता भएका व्यक्तिहरूले समेत उपचार सेवा लिएका छन्।
शिविरमा सहभागी भएका ४० वर्षीय कुर्सिद आलमले आफूजस्ता अपाङ्गता भएका व्यक्तिका लागि यस्तो सेवा निकै उपयोगी भएको बताए। उनले भने, “हामीजस्ता अपाङ्गता भएका व्यक्तिका लागि स्वास्थ्य सेवा लिन कहिलेकाहीँ धेरै कठिन हुन्छ। तर ॐ समाज डेण्टल अस्पतालले आयोजना गरेको शिविरमा सहज रूपमा सेवा ...









