यो शहरमा फुपुको पसलमा, मामा ग्राहक बनेर आउँछन , व्यापार चैं कसैको जवानीको भईरहेको छ
डि.बि.पराजुली
यो शहरलाई हरेक मानिसहरुले अवसर ,सम्भावनाको शहरको रूपमा देखेर यहाँ प्रवेश गरेका हुन्छन् ।
कोहि योजनाबद्ध प्रवेश गरेका हुन्छन् भने कोहि भाग्य भरोसामा यहाँ प्रवेश गरेका हुन्छन् ।
त्यस्तै एउटा रहर बोकेर शहर पसेका मध्य त्रीपक्षिय रोचक कहानी लेख्ने प्रयास गरेको छु । यो कपोकल्पित कहानी चैं होईन, सत्य र खोजको आधारमा तयार पारिएको सामाग्री हो ।
मेरो खोज काठमाडौंको गोंगबु चोक देखि बालाजु चोक सम्म र त्यसका आसपास क्षेत्रमा भएको हो । त्यस क्षेत्रमा रहेका हजारौं चिया पसल देखि रक्सि भट्टी हरुको व्यापार गर्ने आ—आफ्नै तरिकाहरु रहेछन् । त्यो मध्यको रोचक तरिका भनेको फुपुको पसलमा ,मामा ग्राहक अनि जवानीको व्यापार हो ।
९नाम परिवर्तन गरिएकी० सुन्तली एउटा गाउँ मा जन्मिएकी साधारण केटी ९ कक्षा पढ्दा पढ्दै त्यही गाउँको आफू भन्दा अलि बढी उमेर भएको केटा संग भागेर बिबाह गर्छे । बिबाह गरेको ३—४ बर्षमै ...









