चक्रपथ सरसफाई अभियानको ४७७औँ हप्तामा साहित्यले जगायो सामाजिक चेतना
काठमाडौं । सडक सफा गर्ने अभियान केवल फोहोर उठाउने कार्य मात्र होइन, समाजको चेतना, संस्कार र जिम्मेवारीलाई उजागर गर्ने आन्दोलन पनि हो भन्ने सन्देश फेरि एकपटक चक्रपथ सरसफाई महाअभियानले दिएको छ।
४७७औँ हप्ताको निरन्तर यात्रामा पुगेको चक्रपथ सरसफाई महाअभियानको अवसरमा आयोजित विशेष कार्यक्रम “सरसफाईमा साहित्य” भव्य रूपमा सम्पन्न भएको छ। वातावरण संरक्षण, सामाजिक उत्तरदायित्व र साहित्यिक चेतनालाई एउटै मञ्चमा जोड्ने उद्देश्यसहित आयोजित कार्यक्रममा साहित्य, समाजसेवा, स्वास्थ्य, व्यवसाय र सञ्चार क्षेत्रका व्यक्तित्वहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
कार्यक्रममा युवा व्यवसायी सुशिल मोक्तान, दन्त रोग विशेषज्ञ डा. पुष्कर काफ्ले, मिडियाकर्मी तथा सामाजिक अभियन्ता डि.बि. पराजुली, सामाजिक अभियन्ता सुरेन्द्र सेडाई लगायतले समाज रूपान्तरण, सरसफाईको महत्व, नागरिक जिम्मेवारी तथा मानवीय मूल्यहरूलाई समेटेका सिर...









