२०८३ श्रावण १४, बिहीवार

Author: तुफान न्यूज

कर्णालीमा काँग्रेसका चारजना मन्त्रीद्वारा राजीनामा

कर्णालीमा काँग्रेसका चारजना मन्त्रीद्वारा राजीनामा

Breaking News, राजनीति, राष्ट्रिय, विगन्यूज, विचार, समाचार
सुर्खेत : कर्णालीमा मुख्यमन्त्री यामलाल कडेल समक्ष काँग्रेसबाट सरकारमा सहभागी मन्त्रीहरुले सामुहिक राजिनामा बुझाएका छन् ।एमाले र काँग्रेसको गठबन्धनमा बनेको सरकारमा काँग्रेसबाट चार जना मन्त्री सरकारमा सहभागी थिए । बुधबार उनीहरूले मुख्यमन्त्री यामलाल कँडेल समक्ष एकसाथ राजीनामा बुझाएका हुन्। सामाजिक विकास मन्त्री घनश्याम भण्डारीले आफुहरुले मुख्यमन्त्री यामलाल कँडेलसमक्ष राजीनामा बुझाएको जानकारी दिए । उनले मुख्यमन्त्रीसमक्ष राजीनामा बुझाइएको पुष्टि गर्दै भने, “हामीले राजीनामा बुझाउने भनेकै मुख्यमन्त्रीसमक्ष हो। त्यही अनुसार राजीनामा बुझाएका छौँ। बाँकी विषय सरकारका प्रवक्तासँग बुझ्नुहोला।,” राजीनामा बुझाउने मन्त्रीहरूमा आर्थिक मामिला तथा योजना मन्त्री राजीवविक्रम शाह, सामाजिक विकास मन्त्री घनश्याम भण्डारी, जलस्रोत तथा ऊर्जा विकास मन्त्री विजया बुढा र उद्योग पर्यटन  वन तथा वातावरण मन्त्री ...
समृद्ध नेपालको आधार : नयाँ विकास मोडलका लागि नीतिगत तथा कानुनी सुधार अपरिहार्य

समृद्ध नेपालको आधार : नयाँ विकास मोडलका लागि नीतिगत तथा कानुनी सुधार अपरिहार्य

विचार
डि.बि.पराजुली नेपालले दशकौँदेखि विकासका विभिन्न मोडल अपनाउँदै आएको भए पनि अपेक्षित उपलब्धि हासिल गर्न सकेको छैन। बढ्दो शहरीकरण, कृषि योग्य जमिनको तीव्र विनाश, उत्पादनभन्दा उपभोगमुखी अर्थतन्त्र, आन्तरिक पूँजीको पलायन, अव्यवस्थित बसोबास, कमजोर कर प्रणाली तथा सार्वजनिक सेवाप्रतिको घट्दो विश्वासका कारण मुलुकले दिगो विकासको लक्ष्य प्राप्त गर्न चुनौती सामना गरिरहेको छ। यदि वर्तमान सरकारले विकासको नयाँ मोडलमार्फत दीर्घकालीन आर्थिक तथा सामाजिक रूपान्तरण गर्ने लक्ष्य राखेको छ भने केही आधारभूत नीतिलाई कानुनी रूप दिई प्रभावकारी रूपमा कार्यान्वयन गर्नु अपरिहार्य देखिन्छ। सबैभन्दा पहिले ग्रामीण क्षेत्रबाट हुने आन्तरिक पूँजी पलायन रोक्ने स्पष्ट नीति आवश्यक छ। गाउँमा सिर्जना भएको पूँजी शहरतर्फ मात्र केन्द्रित हुँदा ग्रामीण अर्थतन्त्र कमजोर बन्दै गएको छ। कृषि, उद्योग, पर्यटन तथा स्थानीय उद्यम...
तिलक बस्नेत र सारिका घिमिरेको मार्मिक प्रस्तुति, ‘बचनको घाउ निको भएन’ ले जित्दैछ दर्शकको मन

तिलक बस्नेत र सारिका घिमिरेको मार्मिक प्रस्तुति, ‘बचनको घाउ निको भएन’ ले जित्दैछ दर्शकको मन

मनाेरन्जन, समाचार
काठमाडौं । नेपाली सांगीतिक क्षेत्रमा फेरि एकपटक गहिरो भावना, प्रेम, पीडा र बिछोडको कथा बोकेको नयाँ गीत ‘बचनको घाउ निकै भएन’ सार्वजनिक भएको छ । गीत सार्वजनिक भएसँगै यसको भावुक कथा, हृदयस्पर्शी शब्द, मिठासपूर्ण स्वर तथा उत्कृष्ट दृश्य प्रस्तुतिले दर्शक तथा श्रोतामाझ सकारात्मक प्रतिक्रिया बटुल्न थालेको छ । मानिसको जीवनमा कहिलेकाहीँ शरीरमा लागेको घाउभन्दा मनमा परेको घाउ धेरै गहिरो हुन्छ । समय बित्दै जाँदा शारीरिक चोट निको हुन सक्छ, तर विश्वास, प्रेम र वचनमा लागेको चोट जीवनभर बिर्सन सकिँदैन,यही यथार्थलाई अत्यन्त मार्मिक ढंगले प्रस्तुत गरिएको गीत ‘बचनको घाउ निकै भएन’ ले प्रेम, विश्वासघात, पीडा र सम्झनाको गहिरो अनुभूति गराएको दर्शक श्रोताको प्रतिकृया रहेको छ । गीतमा चर्चित गायक तिलक बस्नेत र लोकप्रिय गायिका सारिका घिमिरेले आफ्नो सुमधुर तथा भावनाले भरिएको स्वर दिएका छन् । दुवै गायक–गा...
दिपेश एसकेको नृत्य निर्देशन तथा अभिनय रहेको “मैच्याङले छोड्दियो” गीत सार्वजानिक हुँदै

दिपेश एसकेको नृत्य निर्देशन तथा अभिनय रहेको “मैच्याङले छोड्दियो” गीत सार्वजानिक हुँदै

संस्कृति, समाचार
काठमाडौं । नेपाली मौलिक लोक–आधुनिक संगीतप्रेमीका लागि अर्को नयाँ कोसेली चाँडै सार्वजनिक हुने भएको छ । दिपेश एसकेको नृत्य निर्देशन तथा अभिनय रहेको “ मैच्याङले छोड्दियो” गीत सार्वजानिक हुने तयारीमा रहेको मोडल तथा नृत्य निर्देशक दिपेश एसकेले जानकारी दिएका छन् । चर्चित सर्जक सुरेश लामाको शब्द तथा संगीतमा तयार गरिएको नयाँ गीत “मैच्याङले छोड्दियो” सार्वजनिक हुने घोषणा भएसँगै सामाजिक सञ्जालदेखि संगीतप्रेमीमाझ यसको चर्चा तीव्र बन्दै गएको छ । सार्वजनिक गरिएको आकर्षक पोस्टरले नै गीतप्रति दर्शक–श्रोताको उत्सुकता निकै बढाएको छ । हिमालको काखमा अवस्थित रमणीय गाउँ, प्रकृतिको अनुपम सौन्दर्य, मौलिक पहिरनमा सजिएकी युवती र आत्मविश्वासले भरिएका पात्रहरूको उपस्थितिले यो गीत केवल मनोरञ्जनमा सीमित नरही नेपाली गाउँ, संस्कृति, प्रेम र पहिचानको भावनात्मक कथा बन्ने संकेत दिएको छ । गीतको भिडियोमा गाउँघरको सरल जीवन...
ॐ समाज डेण्टल अस्पताल र मुटु फाउन्डेसन नेपालले ल्यायो बारपाक सुलिकोटमा ३७७ जना बिरामीको मुहारमा हाँसो

ॐ समाज डेण्टल अस्पताल र मुटु फाउन्डेसन नेपालले ल्यायो बारपाक सुलिकोटमा ३७७ जना बिरामीको मुहारमा हाँसो

समाचार, स्वास्थ
राजन थापा- गोरखा   /   बारपाक सुलिकोट गाउँपालिकाको बारपाक स्वास्थ्य चौकीमा आयोजित दुई दिने निःशुल्क दन्त स्वास्थ्य शिविरले ३७७ स्थानीय बासिन्दाहरूलाई विशेष दन्त सेवा सेवा प्रदान गरेको छ, जसले नेपालको दुर्गम पहाडी समुदायहरू मध्ये एकमा मौखिक स्वास्थ्य सेवामा पहुँचमा उल्लेखनीय सुधार ल्याएको छ। MUTU फाउन्डेसन नेपालको आर्थिक सहयोग र ओम समाज डेन्टल अस्पतालको प्राविधिक सहयोगमा बारपाक सुलिकोट गाउँपालिकाले शिविर आयोजना गरेको थियो। यस पहलको उद्देश्य दुर्गम क्षेत्रहरूमा बस्ने मानिसहरूलाई सिधै गुणस्तरीय दन्त सेवाहरू पुर्‍याउनु थियो जहाँ विशेष मौखिक स्वास्थ्य सेवाको पहुँच सीमित छ। पहिलो दिन कुल १७७ जनाले उपचार प्राप्त गरे भने दोस्रो दिन पनि स्थानीय बासिन्दाहरूको उल्लेखनीय सहभागिता देखियो। सेवाहरूमा नि:शुल्क दन्त परीक्षण, परामर्श, व्यावसायिक दाँत सफाई (स्केलिंग), दाँत भर्ने, दाँत निकाल्ने, ...
पहिरोले टहरा पुरियो, एक जनाको मृत्यु एक घाइते

पहिरोले टहरा पुरियो, एक जनाको मृत्यु एक घाइते

Breaking News, पुर्वाधार, माैसम, राष्ट्रिय, समाचार
जाजरकोट : भेरी नगरपालिका - २ राई रांङसी जाजरकोटमा लगातार बर्षा पछि आयको पहिरोले अस्थायी टहरा पुरिदा एकजनाको मृत्यु भयको छ । अस्थायी टहरामा सुतिरहेकी ६० बर्षिया जयशिला शाहको सोमबार राति १ बजे मृत्यु भयको हो । उनीसँग रहेकी ४० बर्षीया मेनुका शाह थापा  र कृतिका थापा घाइते पछि जिल्ला अस्पताल जाजरकोटमा उपचार भइरहेको जिल्ला प्रहरी प्रमुख बुद्धिसागर पुरीले बताउनु भयो । बिहानै राहत सामग्रीसहित प्रहरीको टिम घटनास्थलतर्फ पठाइएको प्रमुख पुरीले जानकारी दिनुभयो।...
गोपी मैनालीको समालोचनात्मक कृति ‘विचार र विचरण’को लोकार्पण

गोपी मैनालीको समालोचनात्मक कृति ‘विचार र विचरण’को लोकार्पण

समाचार
– माधव घिमिरे ‘अटल’ वरिष्ठ समालोचक तथा पूर्व प्रशासक गोपी मैनालीको नयाँ कृति ‘विचार र विचरण’को लोकार्पण समारोह राजधानीमा सुसम्पन्न भएको छ । प्रा.डा. अभि सुवेदी प्रमुख अतिथि रहेको उक्त कार्यक्रममा उमेश मैनाली, प्रा.डा.खगेन्द्र लुइँटेल, युवराज मैनाली र प्राज्ञ दिनेशराज पन्त थिए । प्रमुख अतिथि प्रा.डा. अभि सुवेदीले गोपीको लेखनमा मोहनीय आकर्षण रहेको बताउँदै उनको व्यक्तित्व अद्वितीय रहेको तर्क गरे ।एउटा सरकारी कर्मचारीको सञ्चारमाध्यममा दिने गरेको स्वतन्त्र प्रस्तुतिले आफूलाई प्रभाव पारेको खुलासा गर्दै सुवेदीले यतिखेर समालोचना निकै अप्ठ्यारो अवस्थामा रहेको बताए । समालोचना आफैंमा एउटा सिर्जना भएको सुवेदीको धारणा थियो । समीक्षा सिर्जनशील हुनुपर्ने बताउँदै सुवेदीले कृतिमा सबै विधा र पक्षहरू समेटेकोमा सन्तोष प्रकट गरे । सारांशमा घटना र व्यक्तिलाई जोड्ने अद्भुत क्षमता मैनालीमा रहेको सुवेदीको धारण...
सुकुम्बासी व्यवस्थापनमा सरकारको परीक्षा , पुनःस्थापनामा किन देखियो उदासीनता ? –  हेम बहादुर ढुङ्गेल

सुकुम्बासी व्यवस्थापनमा सरकारको परीक्षा , पुनःस्थापनामा किन देखियो उदासीनता ? – हेम बहादुर ढुङ्गेल

समाचार
काठमाडौं । देशभर सार्वजनिक जग्गा संरक्षण, नदी किनार तथा जोखिमयुक्त बस्ती हटाउने सरकारी अभियान पछिल्ला दिनहरूमा तीव्र रूपमा अघि बढिरहेको छ। विशेषगरी काठमाडौं उपत्यकाका नदी किनार, सरकारी जग्गा र बाढीको उच्च जोखिम भएका क्षेत्रमा रहेका अव्यवस्थित बस्ती हटाउने कार्यलाई सरकारले कानुनी दायराभित्र रहेको दाबी गर्दै कार्यान्वयन गरिरहेको छ। तर, बस्ती हटाउने कार्य सम्पन्न भए पनि त्यहाँबाट विस्थापित भएका हजारौं नागरिकको उचित व्यवस्थापन अझै प्रभावकारी रूपमा हुन नसक्दा सरकारमाथि प्रश्न उठ्न थालेका छन्। राज्यको पहिलो दायित्व सार्वजनिक सम्पत्तिको संरक्षण, कानुनको कार्यान्वयन र नागरिकको सुरक्षालाई सुनिश्चित गर्नु हो। यस अर्थमा सरकारी जग्गाको अतिक्रमण हटाउने तथा प्राकृतिक विपद्को जोखिममा रहेका बस्तीलाई सुरक्षित स्थानमा सार्ने निर्णयलाई नकार्न सकिँदैन। तर कुनै पनि लोकतान्त्रिक र कल्याणकारी राज्यको सफलता केवल...
लोमश वाङ्मय प्रतिष्ठानको मासिक शृङ्खलामा सत्या अधिकारीको कृति ‘ऐना’ माथि परिचर्चा

लोमश वाङ्मय प्रतिष्ठानको मासिक शृङ्खलामा सत्या अधिकारीको कृति ‘ऐना’ माथि परिचर्चा

मनाेरन्जन, समाचार
काठमाडौं । लोमश वाङ्मय प्रतिष्ठानको नियमित साहित्यिक शृङ्खलाअन्तर्गत प्रत्येक महिनाको चौथो शनिबार आयोजना गरिने  कार्यक्रम यसपटक साहित्यिक उत्साह, बौद्धिक बहस र सिर्जनात्मक ऊर्जा बीच भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रममा साहित्यकार सत्या अधिकारीद्वारा लिखित लघुकथा सङ्ग्रह ‘ऐना’ माथि गहन परिचर्चा गरिएको थियो। काठमाडौंको तारकेश्वर–८ स्थित हिमरश्मी हाई स्कुलमा आयोजित कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष माधव घिमिरे ‘अटल’को अध्यक्षता तथा जापानका लागि नेपालका पूर्वराजदूत एवं वरिष्ठ साहित्यकार डा. विष्णुहरि नेपालको प्रमुख आतिथ्य रहेको थियो। कार्यक्रममा साहित्यकार, शिक्षाविद्, लेखक, विद्यार्थी, भाषा–संस्कृति अभियन्ता तथा साहित्यप्रेमीहरूको उल्लेखनीय सहभागिता रहेको थियो। कार्यक्रमको प्रमुख आकर्षणका रूपमा आयोजित कृति परिचर्चामा विशेष अतिथि एवं परिचर्चाकार, भाषा आयोगका सदस्य तथा लघुकथा अध्येता डा. पुष...
टुरिस्ट गाइड एसोसिएसन अफ नेपालको ३३औँ साधारणसभा सम्पन्न

टुरिस्ट गाइड एसोसिएसन अफ नेपालको ३३औँ साधारणसभा सम्पन्न

पर्यटन, समाचार
-माधव घिमिरे ‘अटल’ प्रभा लक्ष्मी प्रधानाङ्गको नेतृत्वमा नयाँ कार्य समितिको चयनसँगै टुरिस्ट गाइड एसोसिएसन अफ नेपालको ३३औँ साधारणसभा सुसम्पन्न भएको छ । पन्ध्र सदस्यीय समितिमा निवर्तमान अध्यक्ष थानेश्वर देवकोटा, वरिष्ठ उपाध्यक्ष टङ्कप्रसाद दुवाडी, प्रथम उपाध्यक्ष राजेन्द्रराज बज्राचार्य र द्वितीय उपाध्यक्ष रघुनाथ प्रधान निर्विरोध निर्वाचित भएका छन् भने महासचिव, सचिव र कोषाध्यक्षमा मात्र मैत्रीपूर्ण प्रतिस्पर्धा भएको थियो । प्रतिस्पर्धा भएका पदमध्ये महासचिवमा सुविन सितिखु, सचिवमा रविन भैनात्व तथा कोषाध्यक्षमा चन केशरी कोजु विजयी भएका छन् । सदस्यहरू भने सबै निर्विरोध निर्वाचित भएका हुन् । त्यसरी निर्वाचित हुने सदस्यहरूमा क्रमशः लक्ष्मी गिरी, सृजना सुवेदी, रामेश्वर सिंखडा, ऋषिराज उपाध्याय, हरिकृष्ण सिलवाल, सुमन महर्जन र रविदास दोङ रहेका छन् । कार्यक्रमको उद्घाटन सत्रलाई सम्बोधन गर्दै...