१६ मंसिर २०८२, मंगलवार

Author: तुफान न्यूज

जेन्जी २.० सबै पुस्ताको रास्ट्रीय अभियान कर्णाली प्रदेशको भेला सम्पन्न : २३५ सदस्यीय समिति रहेको प्रदेश कमिटी गठन

जेन्जी २.० सबै पुस्ताको रास्ट्रीय अभियान कर्णाली प्रदेशको भेला सम्पन्न : २३५ सदस्यीय समिति रहेको प्रदेश कमिटी गठन

समाचार
सुर्खेत । जेन्जी २.० सबै पुस्ताको रास्ट्रीय अभियानले कर्णाली प्रदेशको भेला सम्पन्न गरेको छ, भेलाले हिक्मत जङ्ग मल्लको नेतृत्वमा प्रदेशका सबै जिल्लाको प्रतिनिधित्व हुनेगरी २३५ सदस्यीय समिति रहेको प्रदेश कमिटी गठन गरेको छ । अभियानले यस अघि कार्तिक २२ गते गण्डकीमा भेला सम्पन्न गरेको थियो । यो रास्ट्रीय अभियानले जेन्जी आन्दोलन को रक्षा र संस्थागत बिकासका लागी प्रधानमन्त्री कार्यालयलाई यसअघि नै कोडअफ कन्डक्ट सहितको सुझाव पत्र बुझाइसकेको छ, शक्तिशाली भ्रष्टाचार छानबिन आयोग गठन गरी कारबाही प्रक्रिया अगाडि बढाउन र आउदो चुनावलाई जेन्जीलाई समेत सहभागी गराउनका लागी, बेजिल्ला बसोबास गर्ने सबै मतदाता र बिदेश बस्ने नेपाली मतदातालाई मतदान गर्न पाउने व्यवस्था गर्न सरकारलाई सुझाएको छ । १. जेन्जी जन-आन्दोलन र रास्ट्रपति बिच नयाँ निकास सहितको सम्झौता । २. शक्तिशाली भ्रष्टाचार छानबिन आयोग ३. चुनावमा बेज...
जनताको जनआक्राेशलाई जेनजिकाे नाममा साम्राज्यवादले प्रयाेग गर्याे : मुक्ति गैरे

जनताको जनआक्राेशलाई जेनजिकाे नाममा साम्राज्यवादले प्रयाेग गर्याे : मुक्ति गैरे

Breaking News, राजनीति, राष्ट्रिय, विचार, शिक्षा, समाचार
बुटवल : विद्यार्थी नेता मुक्ति गैरेले नवऔंपनिवेशिक पुँजीवादी दलाल संसदीय व्यवस्थाले सिर्जित गरेको भ्रष्टाचार, व्यथिति, कुशासन, बेरोजगार, छुवाछूत, शाेषण र दमन विरुद्धको जनताको जनआक्राेशलाई साम्राज्यवादले जेनजिकाे नाममा प्रयाेग गरेको बताएका छन् । समरजंङ नेतृत्वको समाजवाद कम्युनिस्ट पार्टी नेपाल निकट बिद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन(क्रान्तिकारी) केन्द्रीय अध्यक्ष मुक्ति गैरेले पाल्पाको रामपुरमा युवा-विद्यार्थीहरु संगकाे अन्तरसंवाद भेटघाट कार्यक्रममा यस्तो बताएका हुन् । उनलेे जिकिर गर्दै भने "याे व्यवस्था असफल र नकाम भएको थियो त्यसको नत पुराना दलहरूले नेतृत्व गर्न सफल भए नत त्यस भित्रका दाेस्राे तहका युवा नेताहरूले नै नेतृत्व गर्न सफल भए ! जसको उपयाेग विभिन्न काउन्सिल, नेटरनेट सफ्टवेयर र सामाजिक संजाल मार्फत उत्तेजना र वितृष्णा फैलाएर अमेरिकी, युरोपियन, यथा...
बाल नेतृत्व गर्दै थाइल्यान्ड पुगेका जाजरकोटका हेमराज दाहालको सशक्त सन्देश  

बाल नेतृत्व गर्दै थाइल्यान्ड पुगेका जाजरकोटका हेमराज दाहालको सशक्त सन्देश  

Breaking News, अन्तर्राष्ट्रिय, मनाेरन्जन, राष्ट्रिय, विचार, शिक्षा, समाचार
काठमाडौं :“छेडागाड परिवर्तनको मोडल बन्न सक्छ, अब अरूको इसारामा होइन, आफ्नै सोचमा अघि बढौं” -हेमराज दाहाल थाइल्याण्डमा सम्पन्न अन्तर्राष्ट्रिय सुशासन, शिक्षा, स्वास्थ्य र नेतृत्व विकास सम्मेलनमा सहभागी हुँदै जाजरकोट छेडागाडका  हेमराज दाहालले आफ्नै गाउँ–नगर छेडागाड नगरपालिका, जिल्ला जाजरकोट, प्रदेश कर्णाली, र समग्र नेपालका जनताका लागि आत्मनिर्भरता र स्वाभिमानको सन्देश पठाएका छन्। विश्वमञ्चमा बोल्दै उनले जोड दिए -“छेडागाड, जाजरकोट र कर्णाली प्रदेश अरूको इसारामा चल्ने होइन, आफ्नै सोच र योजनामा अघि बढ्नुपर्ने बेला आएको छ।” दाहालले भन्नुभयो “हाम्रो पालिका, हाम्रो जिल्ला र हाम्रो देशले अब अरूको मुख हेर्ने समय समाप्त भएको छ। सके राम्रो काम गरौँ, नसके बिगार्ने होइन  आफ्नो काम आफैं गरौँ।” हेमराज दाहालका अनुसार, “विकास र परिवर्तनका लागि परनिर्भरता होइन, आत्मनिर्भरता चाहिन्छ। अरूले के भन्छन्...
पर्यटन ब्यावसायी सापकोटाको घुमौं रुविभ्याली म्यूजिक भिडियो सार्वजनिक

पर्यटन ब्यावसायी सापकोटाको घुमौं रुविभ्याली म्यूजिक भिडियो सार्वजनिक

मनाेरन्जन
काठमाडौं । रुविभ्याली ट्रेकिङ्ग रुटको प्रवद्र्धन गर्ने उद्देश्यले निर्माण गरिएको म्यूजिक भिडियो घुमौं रुविभ्याली सार्वजनिक गरिएको छ । हिमालयन सोसिएल जर्नीका अध्यक्ष एवं सफल पर्यटन व्यवसायी रामप्रसाद सापकोटाको रचना,परिकल्पना र निर्माणमा बनेको म्यूजिक भिडियोले रुविभ्यालीको सुन्दर दृष्यलाई कथानक शैलीमा प्रस्तुत गरेको छ । पर्वतीय क्षेत्रका मानिसलाई सहयोग गर्ने उद्देश्यले स्थापित हिमालयन कम्युनिटी प्रोजेक्ट (ट्रस्ट)ले यो गीत निर्माण गरेको हो । ट्रस्टको औपचारिक घोषणासँगै पहिलो प्रोजेक्टको रुपमा रुविभ्यालीको कला, संस्कृति र पर्यटकीय सुन्दर थलोलाई प्रवर्द्धन गर्ने मुख्य उद्देश्यका साथ घुमौं रुविभ्याली म्यूजिक भिडियो निर्माण गरिएको ट्रस्टका अध्यक्ष समेत रहेका सापकोटाले जानकारी दिनुभयो । म्यूजिक भिडियोको सार्वजनिक गर्दै साहित्यकार नवराज लम्सालले यो गीतले सिंगो रुविभ्यालीको चित्रण गरेको बताए...
पोखरा स्टील फेब्रिकेटर्श एसोसियसनको  १६ अधिवेशन सम्पन्न

पोखरा स्टील फेब्रिकेटर्श एसोसियसनको १६ अधिवेशन सम्पन्न

समाचार
काठमाडौं । पोखरा स्टील फेब्रिकेटर्श एसोसियसनको २५ ओैं बार्षिक साधरण सभा एवं १६ अधिवेशन भव्यताको साथ सम्पन्न भएको छ । अधिवेशनले बसन्त रेग्मीको नेतृत्वमा नयाँ कार्यसमिति समेत चयन गरेको छ । अधिवेशनबाट एसोसिएसनको बरिष्ठ उपाध्यक्षमा विष्णु कुमारी आचार्य बास्तोला, उपाध्यक्ष भिम प्रसाद आचार्य, महासचिव शालिकराम बास्तोला, सचिवमा नुर बहादुर विश्वकर्मा ,कोषाध्यक्षमा शिव गिरी सहकोषाध्यक्षमा तारा बुढाथोकी ,सदस्यहरुमा गोकुल विसी, ख्याम परियार, करण अधिकारी, पदम पाण्डे, दिपेश रानाभाट, शालिकराम बराल निर्वाचित हुनु भएको छ । कार्यक्रममा प्रमुख अतिथिको रुपमा पूर्व मन्त्री हरि प्रसाद पाण्डे , विशिष्ठ अतिथि ग्रील तथा स्टील व्यवसायी महासंघका अध्यक्ष ठुलोवावु श्रेष्ठ, उद्योग परिंसंघ गण्डकी प्रदेश अध्यक्ष धर्मराज वर्तौला, पोखरा उद्योग वाणिज्य संधका वरिष्ठ उपाध्यक्ष उत्तममान वुद्दाचार्य रहनु भएको थियो । कार्यक्र...
पत्रकार महासंघ दक्षिण कोरिया शाखाले ‘मन्त्री जगदीश खरेलसँग नेपाली समुदायसँग साक्षात्कार कार्यक्रम’ आयोजना गर्ने

पत्रकार महासंघ दक्षिण कोरिया शाखाले ‘मन्त्री जगदीश खरेलसँग नेपाली समुदायसँग साक्षात्कार कार्यक्रम’ आयोजना गर्ने

समाचार
दक्षिण कोरिया / नेपाल सरकारका सूचना तथा सञ्चार प्रविधि मन्त्री जगदीश खरेल आगामी साता दक्षिण कोरिया भ्रमणमा आउदै छन्। मन्त्री खरेलको यो भ्रमणलाई ऐतिहासिक अवसरको रूपमा लिँदै नेपाल पत्रकार महासंघ दक्षिण कोरिया शाखाले ‘मन्त्री जगदीश खरेलसँग नेपाली समुदायसँग साक्षात्कार कार्यक्रम’ आयोजना गर्ने भएको छ। यस विशेष अवसरमा मन्त्री खरेलको प्रमुख आतिथ्यता रहनेछ भने कार्यक्रममा कोरियामा रहेका नेपाली पत्रकार, सञ्चारकर्मी, समुदायका अगुवाहरू र आम नेपालीको व्यापक उपस्थिति रहने अपेक्षा गरिएको छ। नेपाल पत्रकार महासङ्घ दक्षिण कोरिया शाखाका अनुसार, यस साक्षात्कार कार्यक्रमको उद्देश्य प्रवासमा रहेका नेपाली पत्रकार र समुदायका प्रतिनिधिहरूसँग प्रत्यक्ष संवाद र अन्तरक्रिया गर्ने, अनुभव र विचार साट्ने तथा सूचना र सञ्चार क्षेत्रमा सरकार र प्रवासी समुदायबीचको सम्बन्धलाई थप सुदृढ बनाउने रहेको छ। यस कार्यक्र...
GenZ 2.0 गण्डकी प्रदेश भेला सम्पन्न — “सबै पुस्ताको एकता, नयाँ राष्ट्रिय जागरणको सुरुवात”

GenZ 2.0 गण्डकी प्रदेश भेला सम्पन्न — “सबै पुस्ताको एकता, नयाँ राष्ट्रिय जागरणको सुरुवात”

समाचार
पोखरा / डा. हरि कार्कीको संरक्षकत्वमा संचालित GenZ 2.0 (सबै पुस्‍ताका सरथी) राष्ट्रिय अभियान अन्तर्गत गण्डकी प्रदेशस्तरीय भेला आज पोखरामा भव्य रूपमा सम्पन्न भएको छ। ३०० भन्दा बढी सहभागीहरूको उपस्थितिमा सम्पन्न उक्त भेलाले गण्डकी प्रदेश समिति अनुमोदन गर्दै विभिन्न जिल्ला प्रतिनिधिहरूको चयन पनि सम्पन्न गरेको छ। कार्यक्रमका अध्यक्षता प्रदेश संयोजक सञ्जय सुवेदीले गर्नु भयो भने, संचालन केन्द्रीय प्रचार–प्रसार विभाग प्रमुख विजय पराजुलीले गर्नुभएको थियो। कार्यक्रममा सबै पुस्ताका प्रतिनिधिहरूको सक्रिय सहभागिता रहेको थियो। भेलाको मुख्य आतिथ्य आन्दोलनका घाइते अमन क्षेत्रीले गर्नुभएको थियो, जसले नयाँ पुस्ताको अभियानमा पुराना संघर्षको भावना जोड्दै ऐतिहासिक सन्देश दिनुभयो। कार्यक्रममा प्रमुख अतिथिहरूका रूपमा GenZ 2.0 का केन्द्रीय कार्यसम्पादन सदस्य हेमराज खड्का, स्वतन्त्र नागरिक समा...
आलमको निधनमा कांग्रेसले तीन दिन झण्डा आधा झुकाउने

आलमको निधनमा कांग्रेसले तीन दिन झण्डा आधा झुकाउने

समाचार
काठमाडौँ । नेपाली कांग्रेसले पार्टीका केन्द्रीय सदस्य अफताब आलमको निधनमा तीन दिनसम्म झण्डा आधा झुकाउने निर्णय गरेको छ । शनिबार कार्यवाहक सभापति पूर्णबहादुर खड्काको सभापतित्वमा बसेको आकस्मिक बैठकले आलमको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै शोक प्रस्ताव पारित गरेको हो ।   बैठकले कात्तिक २२, २३ र २४ गते पार्टीको केन्द्रीय कार्यालय, प्रदेश र जिल्ला कार्यालयमा झण्डा आधा झुकाउने निर्णय गरेको हो । त्यस्तै कात्तिक २३ गते केन्द्र, प्रदेश र जिल्ला कार्यालय बन्द गर्ने निर्णय समेत बैठकले गरेको छ । नेपाली कांग्रेसका पूर्व केन्द्रीय सदस्य, पूर्व मन्त्री एवं रौतहट जिल्लाका पूर्व सभापति मोहम्मद आफ्ताव आलमको ६३ वर्षको उमेरमा निधन भएको थियो। गए राति काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजमा उपचारको क्रममा उनको निधन भएको हो।   वि.सं. २०१९ असार ५ गते रौतहटको राजपुर फरहदवामा जन्मिए...
विप्लव, शर्मा र भुषाल विच राजनीति सहकार्य गर्ने बारे छलफल

विप्लव, शर्मा र भुषाल विच राजनीति सहकार्य गर्ने बारे छलफल

Breaking News, राजनीति, राष्ट्रिय, विचार, समाचार
काठमाडौं :नेकपाका महासचिव नेत्र विक्रम चन्द (विप्लव), प्रगतिशील राष्ट्रिय अभियान संयोजक जनार्दन शर्मा र तत्कालीन एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले आगामी दिनमा सहकार्य गर्दै अघि बढ्न सहमत भएका छन् । विप्लवसँग शुक्रबार बिहान शर्मा र भुसालले गरेको भेटमा नयाँ परिस्थितिमा कसरी सहकार्य घनिभूत उचाइमा लैजान सकिन्छ भनेर छलफल भएको भुसालले जानकारी दिए । ‘विकसित परिस्थिति र आगामी सहकार्यलाई कसरी बढाउन सकिन्छ भन्ने विषयमा छलफल केन्द्रित रह्यो, हामीले विगतमा पनि सहकार्य गर्दै आएका थियौ, अव पनि सहकार्यलाई निरन्तरताका साथ सघन बनाउन तीनै नेता सहमत भएका छौ’, भुसालले रातोपाटीसँग  भने, ‘सवै विषयमा छलफल गरेर अगाडि जाने हो ।’ छलफलमा आजको राजनीतिक अन्योलको समाजवादी कम्युनिस्ट पार्टीहरू एकताबद्ध भएर सामना गर्नुपर्नेमा तीनवटै नेताहरुको जोड रहेको बताइएको छ । पूर्व माओवादी नेता शर्मा नेपाली कम्युनिस्ट...
सिन्धुपाल्चोकमा प्रधानाध्यापक माथिको आक्रमण निन्दनीय : ज्ञानेन्द्र गौतम

सिन्धुपाल्चोकमा प्रधानाध्यापक माथिको आक्रमण निन्दनीय : ज्ञानेन्द्र गौतम

समाचार
काठमाडौं । भ्रष्टाचार बिरुद्ध नागरिक अभियानका सिन्धुपाल्चोक संयोजक ज्ञानेन्द्र गौतमले इन्द्रावती गाउँपालिका वडा नम्बर १ स्थित श्री भुवनेश्वरी आधारभूत विद्यालयका प्रधानाध्यापक तथा नेपाल शिक्षक महासंघ इन्द्रावतीका सदस्य अञ्जना भण्डारी माथि भएको आक्रमणको घोर भर्सना गरेका छन् । प्र.अ. भण्डारीलाई २०८२ कार्तिक १८ गते मध्यान्न समयमा विद्यालय व्यवस्थापन समितिको बैठक बसिरहेको अवस्थामा इन्द्रावती गाउँपालिका वडा नम्बर १ बसेरी निवासी सोही विद्यालयका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष समेत रहेका रमेश भन्ने खाम्सोङ तामाङले अभद्र व्यवहार गर्दै गाली बेइज्जत सहित आँखा तथा गालामा गम्भीर चोटपटक लाग्ने गरी सांघातिक आक्रमण गरेको घटनाप्रति भ्रष्टाचार बिरुद्ध नागरिक अभियान नेपाल (सिन्धुपाल्चोक)को ध्यानाकर्षण भएको भएको भन्दै प्रेस विज्ञप्ति समेत जारि गरेको छ । संयोजक गौतमको हस्ताक्षर रहेको सो विज्ञप्तिमा “शैक्...