रमाइलो पाठशाला र ॐ समाज डेण्टल अस्पतालको सहकार्यमा दुईदिने निःशुल्क दन्त स्वास्थ्य शिविर सम्पन्न : ८०० भन्दा बढी विद्यार्थी तथा अभिभावक लाभान्वित
राजन थापा
काठमाडौं | तारकेश्वर–८, जरंखुस्थित रमाइलो पाठशाला र ॐ समाज डेण्टल अस्पताल, बनस्थली शाखाको संयुक्त आयोजनामा सञ्चालन गरिएको दुईदिने निःशुल्क दन्त स्वास्थ्य शिविर सफलतापूर्वक सम्पन्न भएको छ।
विद्यार्थीहरूको मुख तथा दन्त स्वास्थ्य सुधार, दन्त रोगबारे सचेतना अभिवृद्धि तथा समयमै उपचारको पहुँच सुनिश्चित गर्ने उद्देश्यले आयोजित शिविरबाट ८०० भन्दा बढी विद्यार्थी तथा अभिभावक लाभान्वित भएका छन्। शिविरमा ॐ समाज डेण्टल अस्पतालका अनुभवी दन्त चिकित्सक तथा स्वास्थ्यकर्मीहरूले निःशुल्क दन्त परीक्षण, स्वास्थ्य परामर्श तथा आवश्यक उपचार सेवा प्रदान गरेका थिए।
शिविरका क्रममा २५ जनाको दाँत सफा (स्केलिङ) गरिएको थियो भने ४२ जना बालबालिकाको आवश्यकताअनुसार दाँत निकालिएको थियो। साथै, सही तरिकाले दाँत माझ्ने विधि, मुखको सरसफाइ तथा दन्त रोगबाट बच्ने उपायबारे व्यवहारिक प्रशिक्षणसमेत प्रदान...









