सेफ्स एशोसिएशन अफ नेपालद्वारा आयोजित “सम्मान तथा विशेष भेटघाट कार्यक्रम” भव्य रूपले सम्पन्न
काठमाडौं / काठमाडौंमा सेफ्स एशोसिएशन अफ नेपालद्वारा आयोजित “सम्मान तथा विशेष भेटघाट कार्यक्रम” भव्य रूपले सम्पन्न भएको छ।
कार्यक्रममा नेपाली पर्यटन, कृषिजन्य उत्पादन, होटल–रेस्टुरेन्ट तथा कुकरी क्षेत्रको समृद्धिमा महत्वपूर्ण योगदान पुर्याउँदै आएका व्यक्तित्वहरूलाई सम्मान गरिएको थियो।
कार्यक्रममा होटल एसोसिएशन अफ नेपाल (HAN) का अध्यक्ष तथा ‘Guardian of Nepali Tourism’ पदवी प्राप्त विनायक शाहलाई नेपाली पर्यटन नेतृत्वमा गरेको निरन्तर योगदानकाे कदर गर्दै विशेष सम्मान प्रदान गरियो।
त्यसैगरी, REBAN Association का अध्यक्ष संर्घर्ष बिष्टलाई करिब तीन दशकदेखि नेपाली तथा विदेशी पाहुनाप्रति सेवामुखी सम्बोधन, बसोबास सुविधा एवं पर्यटन प्रवर्द्धनमा पुर्याएको योगदानकाे सम्मानस्वरूप सम्मानपत्र प्रदान गरियो।
कार्यक्रममा Green Agro Nepal Pvt. Ltd. ले उत्पादन गर्ने घरेलु तथ...









