११ फाल्गुन २०८१, आईतवार

Author: तुफान न्यूज

चुनाव पछि नेपाली कांग्रेसको नेतृत्वमा सरकार बन्छ  : प्रकाशमान सिंह

चुनाव पछि नेपाली कांग्रेसको नेतृत्वमा सरकार बन्छ : प्रकाशमान सिंह

Breaking News, चुनाव, निर्वाचन, राजनीति, राष्ट्रिय, समाचार, सुचना संचार
काठमाडौं  नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले मंसिर ४ को चुनावपछि कांग्रेसकै नेतृत्वमा गठबन्धन सरकार बन्ने दाबी गरेका छन्। राजधानीको बानेश्वरमा आज चुनावी अभियानका क्रममा मतदाताहरूसँगको  भेटघाटमा नेता सिंहले आम युवा विद्यार्थीले चाहेजस्तो शिक्षा र रोजगारी सुनिश्चित गर्न आफूले काम गर्ने प्रतिबद्धता पनि उनले व्यक्त गरे। सबै नेपालीले चाहेअनुरुपको शासन पद्धतिमा सुधार कांग्रेसले मात्रै गर्ने सक्ने दाबी उनले गरे। । नागरिकले चाहेजस्तो राजनीतिक परिवर्तन भए पनि आम नेपालीको जीवनस्तर बदलिन नसकेको नेता सिंहले बताए।आसन्न निर्वाचनले मुलुकलाई राजनीतिक स्थायित्व प्रदान गर्ने भएकाले यसतर्फ गम्भीरताका साथ सोच्न मतदातालाई उनले आग्रह गरेका छन्। ‘अवसर पाउँदा कसले के गरिरहेकोछ, कुन राजनीतिकले दल के गरिरहेको छ, कुन नेता के गर्दै छन्’, उनले भने, ‘यी सबको लेखाजोखा गर्नुहोला र विवकेपूर्ण निर्णय लिनुहोला...
प्रधानमन्त्री कपः आज दुई खेल हुँदै छन ।

प्रधानमन्त्री कपः आज दुई खेल हुँदै छन ।

Breaking News, खेल, मनाेरन्जन, राष्ट्रिय, समाचार, सुचना संचार
१४ कार्तिक काठमाडौं । प्रधानमन्त्री कप क्रिकेटमा आज दुई खेल हुँदै छन्। खेलहरु कीर्तिपुर र मूलपानी क्रिकेट मैदानमा हुनेछन्। टियु क्रिकेट मैदानमा हुने खेलमा सुदूरपश्चिम प्रदेश र गण्डकी प्रदेशबीच प्रतस्पर्धा हुनेछ। खेल बिहान ९ः३० बजे सुरु हुनेछ। त्यस्तै मूलपानी क्रिकेट मैदानमा नेपाल पुलिस क्लब र प्रदेश–१ बीच प्रतिस्पर्धा हुनेछ। खेल बिहान ९ः३० बजे नै सुरु हुनेछ। प्रतियोगितामा १० टोलीको सहभागिता छ।...
भारतकाे   गुजरातमा पुल चुँडिंदा १३७ जनाको मृत्यु:

भारतकाे गुजरातमा पुल चुँडिंदा १३७ जनाको मृत्यु:

Breaking News, अन्तर्राष्ट्रिय, पुर्वाधार, विगन्यूज, समाचार, सुचना संचार
 १४   कार्तिक, काठमाडौं । भारतको गुजरातमा पुल चुँडिंदा १३७ जनाको मृत्यु भएको छ । आइतबार साँझ मोरबी भन्ने स्थानमा पर्ने मच्छु नदीमाथि बनेको पुल चुडिएको हो । घटनामा १३७ जनाको मृत्यु भएको र १०० जना घाइते भएको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् । समाचार अनुसार अझै ५० जना जति सम्पर्कमा छैनन् । सुरक्षाकर्मीहरुले खोज तथा उद्धारको काम जारी राखेका छन् । भारतीय वायु सेनाका जवानहरुलाई पनि घटनास्थलमा परिचालन गरिएको छ । गुजरातका मुख्यमन्त्री भुपेन्द्र पटेलले अस्पताल पुगेर घाइतेहरुसँग भेटघाट गरेका छन् । उनले समीक्षा बैठक बोलाएर घटनाको अनुसन्धानका लागि पाँच सदस्यीय समिति गठन गरेका छन् । राष्ट्रपति द्रौपदी मुर्मु र प्रधानमन्त्री नरेन्द्र मोदी लगायतले घटनाप्रति दुःख व्यक्त गरेका छन् । मोरबी पुल हालैमात्रै मर्मत गरिएको थियो । उक्त पुलमा चढ्नका लागि भारु १७ रुपैयाँ शुल्क लिइन्थ्यो । आइतबार साँझ उक्त पुलमा...
माओवादी केन्द्रले प्रतिबद्धता पत्र सार्वजनिक गर्दै ::

माओवादी केन्द्रले प्रतिबद्धता पत्र सार्वजनिक गर्दै ::

Breaking News, चुनाव, निर्वाचन, राजनीति, राष्ट्रिय, विगन्यूज, समाचार, सुचना संचार
             १४ कार्तिक, काठमाडौं ।आसन्न मंसिर ४ मा हुने प्रतिनिधि र प्रदेश सभा चुनावका लागि   नेकपा (माओवादी केन्द्र) ले आज प्रतिबद्धतापत्र सार्वजनिक गर्ने भएको छ । माओवादीले राजनीतिक स्थिरताका लागि प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको विषयलाई प्रतिबद्धतापत्रमा महत्वका साथ उल्लेख गरेको सो पार्टीले जनाएको छ । माओवादीले सोमबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा एक कार्यक्रमको आयोजना गरी प्रतिबद्धतापत्र सार्वजनिक गर्ने जानकारी दिएको छ ।  ...
मुस्ताङवासी चिसाे छल्न  बेँसी झर्दै

मुस्ताङवासी चिसाे छल्न बेँसी झर्दै

Breaking News, कृषि, पर्यटन, पुर्वाधार, माैसम, राष्ट्रिय, विगन्यूज, समाचार, सुचना संचार, स्वास्थ
चिसो मौसमको सुरुआतसँगै उपल्लो मुस्ताङका सर्वसाधारण बेँसी झर्न थालेका छन्। यही कात्तिक महिना सुरु भएदेखि नै उनीहरूले गाउँ छाडी विभिन्न जिल्लामा पुगेर घुम्ती व्यापार थालेका छन् । वृद्धवृद्धाबाहेक धेरैजसो सर्वसाधारण कात्तिकदेखि फागुन दोस्रो सातासम्म बेँसी झरेर घुम्ती व्यापारमा संलग्न हुँदै आएको व्यापारका लागि पर्वतको कुश्मा आइपुगेकी छोसेरकी ल्यामु छिरिङले बताए । यसरी व्यापारमा निस्किएका मुस्ताङीले आफ्नै लगानीमा लत्ताकपडाका साथमा सियो, धागो, जिम्बु, सिद्रा, हिंग, माला, शिलाजितलगायतका सामग्रीको व्यापार गर्दै आएका छन् । चार महिना हिमाली जिल्लामा अत्यधिक चिसो हुने भएकाले गत असोज अन्तिम हप्ताभित्र अन्नबाली थन्काएर सर्वसाधारण बेँसी झरेपछि गाउँ नै सुनसान बन्न थालेको छ । मुस्ताङको लोमान्थाङ, घमी, छोसेर, सुर्खाङ र छोन्हुपलगायतका गाउँबाट सर्वसाधारण जाडो छल्न तल बेँसी झर्ने गरेका हुन् । चिस...
दोस्रोपटक राष्ट्रपति बन्दै  ब्राजिलका ( लुला डा सिल्भा,) बोल्सोनारो पराजित

दोस्रोपटक राष्ट्रपति बन्दै ब्राजिलका ( लुला डा सिल्भा,) बोल्सोनारो पराजित

Breaking News, अन्तर्राष्ट्रिय, निर्वाचन, राजनीति, समाचार, सुचना संचार
     ब्राजिलका पूर्वराष्ट्रपति लुइज इनासियो लुला डा सिल्भा पुनः मुलुकको राष्ट्रपति बन्ने भएका छन्।उनी वर्तमान राष्ट्रपति जेयर बोल्सोनारोलाई हराउँदै राष्ट्रपतिमा निर्वाचन भएका हुन्। लुलाले मुलुकमा भएको राष्ट्रपति निर्वाचनमा ५०.८३ प्रतिशत मत पाएका हुन्। बोल्सोनारोले ४९.१७ प्रतिशत मत पाएका छन्। लुला डा सिल्भाले जनरी २०२३ मा राष्ट्रपति पदको शपथ लिनेछन्। जितसँगै लुलाले विभाजित देशलाई एकजुट बनाएर लैजाने प्रतिबद्धता व्यक्त गरेका छन्। वामपन्थी विचारका लुल तीन वर्ष पहिलासम्म भ्रष्टाचारको मुद्दामा जेल सजाय काटिरहेका थिए। लुलालाई अमेरिकी राष्ट्रपति जो बाइडेन, क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडो र फ्रान्सका राष्ट्रपति इम्यानुअल म्याक्रोँले पनि बधाई दिएका छन्।...
घरको पाँचौं तलाबाट खसेर २ वर्षीया बालिकाको मृत्यु

घरको पाँचौं तलाबाट खसेर २ वर्षीया बालिकाको मृत्यु

Breaking News, राष्ट्रिय, समाचार, सुचना संचार
काठमाडौंको बागबजारमा घरको पाँचौं तलाबाट खसेर बालिकाको मृत्यु भएको छ। महानगरीय प्रहरी वृत्त (कमलपोखरी) का अनुसार आइतबार राति ९:२० बजे बागबजारस्थित नानीदेवी महर्जनको घरको पाचौँ तलाको झ्यालबाट खस्दा २ वर्षीया रियासा महर्जनको मृत्यु भएको हो। गम्भीर घाइते अवस्थामा ट्रमा सेन्टर पुर्याइएकी उनको उपचारका क्रममा राति १२:४० बजे मृत्यु भएको हो। घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।...
नेकपा बाँके  संगठन बिस्तार र भित्तेलेखन कार्यमा   तिब्रता  दिदै :

नेकपा बाँके संगठन बिस्तार र भित्तेलेखन कार्यमा तिब्रता दिदै :

Breaking News, राजनीति, राष्ट्रिय, विगन्यूज, शिक्षा, समाचार, सुचना संचार
            १४ कार्तिक  वाँके नेपालगञ्ज । नेपाल कम्युनिस्ट पार्टीको नवौ महाधिवेशन सम्पन्न पश्चात संगठन सकृय, संगठन सुदृढीकरण र संगठन विस्तार अभियान व्यापक रूपले अगाडि वधाईरहेको छ । नेपाल कम्युनिस्ट पार्टी वाँकेले दिपावलीलाई पार्टी निर्माण तथा प्रचार प्रसार कार्यलाई अगाडि वधाउने पर्वको रूपमा लागिरहेको छ । भित्तेलेखन तथा पोष्टर पम्पलेट वितरण समाजिक अगुवा तथा जनभेटघाटलाई पनि तिव्रता दिईरहेको छ । प्रचार प्रसारकै क्रममा अखिल क्रान्तिकारी वाँकेका अध्यक्ष डिल्ली सी र पार्टी जिल्ला कमिति सदस्य धर्मराज सीलाई प्रहरीले गिरफ्टार गरि झण्दै ८घण्टा पछी मात्र रिहाई गरेको थियो । नेपाल कम्युनिस्ट पार्टीको वाँके जिल्ला कमितिको वैठक जिल्ला सेक्रेटरी कल्पना सीको अध्यक्षता र पुलितव्यूरो सदस्य आदर्श सीको प्रमुख आथित्यतामा वस्यो । वैठकले नेकपाको केन्द्रीय कमितिद्वारा पारित गरेको १० बुँदे समसामयिक प्रस्तावहरु : ...
निर्वाचन आयाेगले१८ कात्तिकदेखि मतदाता शिक्षा कार्यक्रम संचालन गर्ने :

निर्वाचन आयाेगले१८ कात्तिकदेखि मतदाता शिक्षा कार्यक्रम संचालन गर्ने :

Breaking News, चुनाव, निर्वाचन, राष्ट्रिय, विगन्यूज, शिक्षा, समाचार, सुचना संचार, स्वास्थ
  १४ कार्तिक काठमाडौं ।  निर्वाचन आयोगले १८ कात्तिकदेखि मतदाता शिक्षा कार्यक्रम सञ्चालन गर्ने भएको छ । निर्वाचनमा मतदातालाई सक्रिय सहभागिता गराउन र मत बदर हुन नदिन आयोगले एक सातापछि मतदाता शिक्षा कार्यक्रम सुरु गर्न लागेको हो । आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले १८ कात्तिकबाट देशव्यापी रूपमा मतदाता शिक्षा कार्यक्रम सञ्चालन हुने बताए । ‘मतदाता शिक्षाका लागि सामग्री जिल्ला–जिल्लामा पुगिसकेका छन् । १८ कात्तिकबाट प्रारम्भ हुन्छ,’ उनले भने । उनका अनुसार आयोगले मतदाता शिक्षा कार्यक्रमलाई एक करोड ८० लाख मतदातासमक्ष पु¥याउन प्रत्येक वडामा एउटा स्वयंसेवक परिचालन गर्नेछ । एउटा स्वयंसेवकले १५ जनाको समूहमा दुईटा ब्रोसरबाट मतदान गर्ने, मतपत्र मतपेटिकामा खसाल्ने, मतदान केन्द्रसम्म पुग्ने लगायत विषयमा जानकारी दिनेछ । ‘दुई प्रकारको ब्रोसरबाट मतदातालाई मतदान प्रक्रिया, प्रलोभनमा नपर्ने कुराह...
स्वतन्त्र भयो कि  पिंजडामा कैद छ ? ट्विटरकाे निलाे चरा !

स्वतन्त्र भयो कि पिंजडामा कैद छ ? ट्विटरकाे निलाे चरा !

Breaking News, अन्तर्राष्ट्रिय, विज्ञान प्रबिधि, शिक्षा, सुचना संचार
                 विश्वका सबैभन्दा धनी व्यक्ति एलन मस्कले ट्वीटरको निलो चरालाई ४४ अर्ब डलरमा खरिद गरेका छन् । उक्त चरालाई स्वतन्त्रता प्रदान गर्नका लागि आफूले खरिद गरेको मस्कको जिकिर छ । तर अहम् प्रश्न यो छ कि मस्कको स्वामित्वमा आएपछि ट्वीटर वास्तवमा स्वतन्त्र भयो कि एकजना व्यक्तिको पिंजडामा कैद भयो ? अर्को सवाल चाहिँ के एलन मस्कले ट्वीटरका माध्यमबाट संसारलाई बदल्न सक्लान् ? ट्वीटर सम्झौताको पूरा कहानी यी प्रश्नहरुको जवाफ जान्नका लागि सबैभन्दा पहिले एलन मस्कको ट्वीटर खरिद सम्झौतालाई विस्तृत रुपमा जान्नु आवश्यक हुन्छ । यसको सुरुवात गत अप्रिल महिनामा भएको थियो जब मस्कले पहिलो पटक ट्वीटर खरिद गर्न चाहेको घोषणा गरे। त्यसका लागि उनले ट्वीटरका अन्य शेयर होल्डरहरुलाई एक अफर दिएका थिए । र, त्यो अफर निकै सरल थियो । एलन मस्कको चाहना चाहीँ ट्वीटरका सबै शेयर सदस्यहरुले उनीहरुसँग भएको कम्पनीको ...