११ श्रावण २०८१, शनिबार

जाजरकोट, बारेकाेटका एकै गाउँका प्रखर र बिज्ञान अखिल क्रान्तिकारीकाे जिल्ला अध्यक्ष मा चयन

जाजरकोट : बारेकाेट गाउपालिका जाजरकोटका एकै गाउका दुई युवा अखिल क्रान्तिकारी काे जिल्ला अध्यक्ष मा सर्वसम्मत चयन भयका छन । बारेकाेट गाउपालिका – ३ पहाड मुल्सामका दुई युवा जाजरकोट र डाेल्पा जिल्लाकाे अध्यक्षमा चयन भयका हुन ।

नेत्र बिक्रम चन्द “विप्लव” ले नेतृत्व गरेकाे नेपाल कम्युनिस्ट पार्टी निकट अखिल क्रान्तिकारी काे जाजरकोट जिल्ला काे अध्यक्ष मा वीर बहादुर नेपाली “प्रखर सि” र डाेल्पा जिल्लाकाे अध्यक्ष मा काली बहादुर नेपाली “बिज्ञान सि” चयन भयका हुन ।

नलगाड नगरपालिका जाजरकोटमा  शुक्रबार सम्पन्न  भयकाे  २३ औं जिल्ला अधिवेशनले “प्रखर सि” लाई अध्यक्षमा र उपाध्यक्षमा महेन्द्र सी, सचिवमा कमला सी, कोषाध्यक्षमा कल्पना सी र सह-सचिवमा गणेश सी सहित २५ सदस्यीय जिल्ला कमिटिमा  निर्वाचित भएका थिय।

यसै गरि सनिवार सम्पन्न डाेल्पा जिल्लाको ८ औं जिल्ला सम्मेलनले बिज्ञान सिकाे अध्यक्ष मा २१ जनाकाे जिल्ला कमिटी गठन गरियकाे छ ।

दुवैजना प्रखर र बिज्ञान एसईइ पछि तत्काल पार्टी प्रतिबन्धकाे समयमा पढाइलाई थाँँती राखेर एकीकृत जन क्रान्तिमा सामेल भई संगठनको जिल्ला कमिटिमा काम गर्दै आयका थिय ।

बारेकाेटकाे पहाड मुल्साम तत्कालीन जनयुद्धको एक आधारभुमि र छापामारहरुकाे सेल्टर ठाउँ थियाे ! साेहि समय देखि नै संगठन र पार्टी काे बिषयमा जिज्ञासा राख्दै आयकाे र अहिले जिल्ला अध्यक्ष मा चयन भय पछि केही अवसर र चुनाैति हरु सहित जिम्मेवारी पाउदा खुसि भयकाे उनिहरु बताउछन ।  पार्टी र संगठनकाे कामलाई प्राथमिकतामा राखि  प्रखर अहिले एकाउन्टेन बिषय र बिज्ञानले कानुन बिषय लियर +२ मा अध्ययनरत भयकाे बताउछन ।