२०८३ असार १५, सोमवार

Author: तुफान न्यूज

बिचौलीया प्रथाको अन्त्य र श्रमजीवि अधिकारको लागि क्रान्तिको आवश्यकता: हरि श्रेष्ठ

बिचौलीया प्रथाको अन्त्य र श्रमजीवि अधिकारको लागि क्रान्तिको आवश्यकता: हरि श्रेष्ठ

अर्थवाणिज्य, कृषि, विचार
माक्र्सले अतिरिक्त मुल्यको सिद्धान्तमा “अत्यधिक नाफाका लागि पुँजीपतिले माल उत्पादन यत्रतत्र भौतारिने गर्दछन । उत्पादनको प्रक्रियामा देखा पर्ने यो अराजकताका कारण बजारमा बारम्बार अति उत्पादनको समस्या आइरहन्छ । र त्यसले देशको आर्थिक संकट पैदा गरिरहन्छ ।” भने झै बिचौलियाले उत्पादनको लागत मुल्य दिदैन र उपभोक्तलाई स्वस्थ वस्तु खुवाउदैन । राज्यको मुल्य मान्दैन राष्ट्रिय उत्पादन नलिएर नाफा कमाउन सस्तोमा वस्तु खोज्दै जान्छ । राष्ट्रिय उत्पादन बन्द गर्न बाध्यता बनाउछ । यसले राज्य आर्थिक भार थुपार्छ । विश्व आज पुँजीवादबाट समाजवाद उन्मुख छ, जहाँ  श्रम शोषणको अन्त्य गरी सामाजिक व्यवास्थाको थालनी समान हैसियतको आधार खडा भएको छ । जसमा पुँजीपति र श्रमजीवीको लडाई चरम उत्कर्षमा छ । तर यही पुँजीवादी पद्धतिमा विचौलीया प्रथा हावी भएको पाइएको छ ,  विकशीत देशमा यसको कम देखिन्छ भने विकाशोन्मुख देशमा यसको बढी मा...
जाजरकोटका दुई स्थानमा तत्काल बेलिब्रिज पुल बन्ने

जाजरकोटका दुई स्थानमा तत्काल बेलिब्रिज पुल बन्ने

Breaking News, पुर्वाधार, यातायात, राष्ट्रिय, शिक्षा, समाचार
जाजरकोट :जाजरकोटका दुई स्थानमा तत्काल बेलिब्रिज बन्ने भएका छन् । जिल्लाको नलगाड नगरपालिका- ५ र बारेकोट गाउँपालिका-८ जोड्ने खारा खोला र छेडागाड नगरपालिका-१२ र ५ जोड्ने मनघाट, छेडाखोलामा बेलिब्रिज बन्ने भएका हुन् । मनघाट छेडागाड नगरपालिकाको केन्द्र पनि हो। यी दुई पुलको सामान कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री बेदराज सिंहले सोमबार बुझेका छन। अब ती सामान सम्बन्धित क्षेत्रमा पुर्‍याएर जडान गरिने बताएको छ। ढिलोमा अबको ३ महिनाभित्र पुल जडान गरिसक्न मन्त्री सिंहले सम्बन्धित कार्यालयलाई निर्देशन समेत दियका छन। संघीय सरकारले उपलब्ध गराएको यी दुई थान पुलको सामान सडक डिभिजन कार्यालय नेपालगन्जका डिभिजन प्रमुख इन्जिनियर निरज शाक्यले मन्त्री सिंहलाई हस्तान्तरण गरेका छन। यी पुल जडान र ढुवानीको सम्पूर्ण खर्च प्रदेश सरकारले बेहोर्नेछ। यी दुई स्थानमा पक्की पुल बनेपछि बेलिब्रिज सडक ...
अर्घाखाँचीमा जिप दुर्घटना दुईजनाकाे मृत्यु, दुईजना घाइते

अर्घाखाँचीमा जिप दुर्घटना दुईजनाकाे मृत्यु, दुईजना घाइते

Breaking News, पुर्वाधार, यातायात, राष्ट्रिय, समाचार
बुटवल : अर्घाखाँचीको भूमिकास्थान नगरपालिका ढाकावाङमा लु १ ज १६७९ नम्बरको जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा भूमिकास्थान-२ की अन्दाजी ३५ वर्षीया देवा बेल्वासे र सन्धिखर्क-८ की अन्दाजी ४७ वर्षीया डेमकला आचार्यको मृत्यु भएको वडाअध्यक्ष बुद्धिबहादुर थापाले जानकारी दिए । जिल्ला प्रहरी कार्यालय अर्घाखांचीका अनुसार ढाकाबांगबाट सन्धिखर्क जाँदै गरेको लु१ज १६७९ नम्बरको जीप भिरालो सडकमा रोकेर चालक झरेको बेला दुर्घटना भएको हो । जीप सडकबाट पल्टिएर करिब दुई सय मिटर तल खसेको छ । दुर्घटनामा पाणिनी गाउँपालिका पणेनाकी कोपिला खनाल र उनका ८ महिनाको छोरा घाइते भएका छन् । घाइतेहरुलाई जिल्ला अस्पताल सन्धिखर्कमा पुर्‍याइएको छ ।...
माओवादी घटकहरू बीचको एकता तर कसरी.. ?

माओवादी घटकहरू बीचको एकता तर कसरी.. ?

राजनीति, विचार, शिक्षा
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले बेलाबखत आफूलाई संकटको महशुस हुनासाथ माओवादी घटकहरु बीचको कुरा उठाउने गर्नुभएको छ । तर सबैलाई थाहा छ उहाँले उक्त एकताका लागि ०६३ पछि हालसम्म कुनै पनि प्रयास गर्नुभएको छैनभने सो कार्य अब प्राय: असंभव बन्दै पनि गएको छ । मुख्यत क्रान्तिकारी कम्युनिष्ट पार्टी, नेपालले भोली माघ १६ गतेबाट आगामी चैत २४ गतेसम्म जनसंघर्षका बिभिन्न कार्यक्रम सार्बजनिक गरेपछि दाहालले पूर्ब माओवादीका घटकहरु जतिबेला पनि एक हुनसक्छौं भन्ने अभिब्यक्ति दिएर राष्ट्रिय र अन्तराष्ट्रिय शक्ति केन्द्रहरुलाई प्रभावितगर्न खोजेको देखिएको छ । माओवादी केन्द्रको मुख्यालय कोटेश्वरमा गत १३ गते शनिबार शहीद प्रतिष्ठान नेपालको १४ औँ वार्षिक साधारणसभालाई सम्बोधनगर्दै दाहालले मुख्यत दुईवटा कुराहरु एकसाथ अगाडि सार्नुभएको थियो । पहिलो पूर्ब माओवादीका सबै घटक एक हुन सक्छन् भन्ने होभने दोश्रो नेतृत्वमा...
इच्छुक सांस्कृतिक प्रतिष्ठानको अध्यक्ष मा पंज्ञानि र सदस्य सचिवमा मरहट्टा चयन

इच्छुक सांस्कृतिक प्रतिष्ठानको अध्यक्ष मा पंज्ञानि र सदस्य सचिवमा मरहट्टा चयन

Breaking News, राष्ट्रिय, संस्कृति, समाचार
काठमाडौं :इच्छुक सांस्कृतिक प्रतिष्ठानको रिक्त अध्यक्ष पदमा मित्रलाल पंज्ञानीलाई चयन गरिएको छ । यही माघ १४ गते बसेको इच्छुक सांस्कृतिक प्रतिष्ठानको कार्यसमितिको बैठकले पंज्ञानीलाई अध्यक्षमा चयन गरेको हो । प्रतिष्ठानका अध्यक्ष प्रा.डा. ताराकान्त पाण्डेयको गत पुस २७ गते दाङको भालुबाङमा भएको बस दुर्घटनामा परि निधन भएपछि अध्यक्ष पद रिक्त हुन पुगेको थियो । प्रगतिवादी कवि तथा निबन्धकार पंज्ञानी सो प्रतिष्ठानको सदस्यसचिव पदमा कार्यरत हुनुहुन्थ्यो । पंज्ञानीलाई अध्यक्षमा चयन गरेपछि खाली भएको सदस्य सचिवमा प्रतिष्ठानकै कार्यसमिति सदस्य समेत रहेका कवि तथा निबन्धकार मोदनाथ मरहट्टालाई चयन गरिएको छ । अध्यक्ष पंज्ञानी तथा सदस्यसचिव मरहट्टा दुबै जना तीसको दशकदेखि निरन्तर प्रगतिवादी साहित्य लेखनमा क्रियाशील ब्यक्ति हुन । दुवै स्रष्टा नेपालको प्रगतिवादी साहित्यका क्षेत्रमा कविता र निबन्धकारका रूपमा स्थाप...
कुशे ८ मस्टा प्रा.वि मा भयकाे आर्थिक अनियमितता बारे आरसिपि जाजरकोटकाे ध्यानाकर्षण पत्र

कुशे ८ मस्टा प्रा.वि मा भयकाे आर्थिक अनियमितता बारे आरसिपि जाजरकोटकाे ध्यानाकर्षण पत्र

Breaking News, अर्थवाणिज्य, शिक्षा, समाचार
जाजरकोट :जाजरकोट जिल्लाको कुशे गाउपालिका - ८ कफल्लाकाे मस्टा प्राथमिक विद्यालयमा भयकाे आर्थिक अनियमितता बारे क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल जाजरकोटले गम्भीर ध्यानाकर्षण भयकाे जनायकाे छ । बिहिवार जिल्ला ईन्चार्ज प्रेम बहादुर चलाउने "अनन्त" र संयाेजक ठगेन्द्र बहादुर सिंह हिमालद्वारा हस्ताक्षरित एक विज्ञप्तिमा मार्फत बिद्यालयकाे प्रअ द्वारा भयकाे आर्थिक अनियमितता बारे पार्टीको ध्यानाकर्षण भयकाे जनायकाे छ । बिद्यालयका शिक्षक,बुद्धिजीवी र अबिभावककाे राेहबरमा २०८० असाेज ५ गते बसेकाे बैंठकले साेहि बिद्यालय का प्रअले रु ५,७८,१८८ रुपैया अनियमितता गरेकाे प्रमाणित गरेकाे थियाे । उक्त बिषयलाई स्थानीय सरकार र शिक्षा इकाईले समेत संरक्षण गरेकाे विज्ञप्तिमा उल्लेख गरियकाे छ । विज्ञप्तिमा भनियकाे छ "आर्थिक सामाजिक शैक्षिक क्षेत्रमा गरिएको अनियमितता र भ्रष्टाचार प्रति पार्टीको गम्भीर ध्यानाकर्षण...
आरसिपि पाल्पाले गर्याे चार “स”अभियानको उद्घाटन

आरसिपि पाल्पाले गर्याे चार “स”अभियानको उद्घाटन

Breaking News, राजनीति, राष्ट्रिय, विचार, समाचार
बुटवल :क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल पाल्पा जिल्ला संगठन समितिले चार ‘स’ अभियानकाे उद्धघाटन गरेको छ ।बिहीबार एक कार्यक्रमकाबीच क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालका केन्द्रीय सचिवालय सदस्य तिलक पुनले कम्युनिस्ट झण्डालाई जिल्ला संयोजक दिग्दर्शनलाई हस्तान्तरण गरेर अभियान उद्धघाटन गरे । चार अभियानले सम्पर्क, सम्बन्ध, संगठन र संघर्षलाई जोड दिने अभियानका कमान्डर जिल्ला संयोजक दिग्दर्शनले बताय । अभियान उद्धघाटनमा क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालका केन्द्रीय सल्लाहकार समिति सदस्य रिम, केन्द्रीय सदस्य तथा पाल्पा जिल्ला संगठन समितिका इन्चार्ज ज्वाला, क्रान्तिकारी युवा संगठन नेपाल रुपन्देही जिल्ला संगठनका संयोजक ओमकुमार लगायतका अतिथिहरुको उपस्थिति रहेको थियो । अभियान उद्धघाटन कार्यक्रमको अध्यक्षता क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल जिल्ला संगठन समितिका संयोजक दिग्दर्शनले ग...
कर्णालीमा भारी हिमपात किसान उत्साहित,भुकम्प पिडित निराश

कर्णालीमा भारी हिमपात किसान उत्साहित,भुकम्प पिडित निराश

Breaking News, पुर्वाधार, माैसम, राष्ट्रिय, समाचार, स्वास्थ
जाजरकोट : कर्णाली प्रदेशका हिमाली र पहाडि जिल्ला हुम्ला ,मुगु डाेल्पा जुम्ला, दैलेख,कालिकोट जाजरकोट र रुकुम लगायतका जिल्ला हरुमा हिउँ परे पछि किसानहरु उत्साहित भयका छन् भने भुकम्प ले घर भत्कायर त्रिपाल मुनि बस्दै आयका जाजरकोट र रुकुम लगायतका नागरिक हरु जाडाे बढे पछि निराशा भयकाे बताउँछन् । हिँउदेवाली बिग्रने भन्दै सबै किसानहरु चिन्तीत थिए ।बुधबार साँझ एक्कासि बादल लागेर रातिदेखि हिउँ पर्न थाल्याे र किसानहरुमा उत्साहकाे बहार आयाे। कार्तिक १७ गते जाजरकोटको रामिडाँडा केन्द्रविन्दु भएर गएको  भूकम्पकाे समयअवधी ३ महिना पुगिसकेको छ । उक्त विनासकारी भूकम्पले ६५ हजारभन्दा बढी घरहरुमा बस्न नमिल्ने गरी क्षति भएको अवस्था छ । हाल सम्मा जाजरकोट र रुकुममा ३५ हजार बराबरका अस्थायी आवास निर्माण भयता पनि अझै साे आवासमा पिडितहरु सरेकाे अवस्था छैन । कतिपय पिडितहरु चर्किएका घरहरु भत्काउने वा नभत्काउने भन्ने ...
सर्वाेच्चद्वारा भाटभटेनि सुपर मार्केटलाई आयकर तथा मुल्य अभिवृद्धि कर छली प्रकरणमा दाेषी ठहर

सर्वाेच्चद्वारा भाटभटेनि सुपर मार्केटलाई आयकर तथा मुल्य अभिवृद्धि कर छली प्रकरणमा दाेषी ठहर

Breaking News, अर्थवाणिज्य, राष्ट्रिय, समाचार
काठमाडौँ : सर्वोच्च अदालतको पूर्ण इजलासले भाटभटेनी सुपर मार्केटलाई आयकर तथा मूल्य अभिवृद्धि कर छली प्रकरणमा दोषी ठहर गरेको छ ।न्यायाधीशहरू कुमार चुडाल, टेकप्रसाद ढुंगाना र बालकृष्ण ढकालको इजलासले नक्कली भ्याट बिल जारी गर्दै भाटभटेनीले सरकारलाई बुझाउनुपर्ने राजश्व ठगी गरेको भनी यसअघि दुई न्यायाधीशको इजलासबाट गरेको आदेश सदर गर्ने फैसला गरेको हो । सर्वोच्चको यो फैसलापछि अब भाटभटेनीले सरकारलाई करिब १३ करोड रुपैयाँ नक्कली भ्याट बिलमार्फत राजश्व ठगी गरेको पाइएको थियो । भाटभटेनीले एक वर्षमै ३ करोड ८५ लाख बराबरको नक्कली भ्याट बिल जारी गरेर राजश्व ठगी गरेको पाइएको थियो । उक्त मुद्दा केही दिनदेखि सर्वोच्चको पूर्ण इजलासमा बहस भएको थियो ।...
आज सहिद दिवश विभिन्न कार्यक्रम गरि मनाईयाे

आज सहिद दिवश विभिन्न कार्यक्रम गरि मनाईयाे

Breaking News, मनाेरन्जन, राष्ट्रिय, संस्कृति, समाचार
काठमाडौं : देश र जनताका लागि शहादत प्रदान गर्ने शहीदहरूको सम्मानमा विभिन्न कार्यक्रम गरी आज देशभर शहीद दिवस मनाईयाे।इतिहासको विभिन्न कालखण्डमा प्रजातन्त्र, राष्ट्र र स्वतन्त्रतासहित जनताका पक्षमा भएका आन्दोलनमा मृत्युवरण गरेका वीर सपुतहरूको सम्मानमा साताव्यापी कार्यक्रम गरी शहीद दिवस मनाउने परम्परा छ । साताव्यापी कार्यक्रमको अन्तिम दिन आज शहीद उद्यान लैनचौर काठमाडौंमा विशेष श्रद्धाञ्जली सभा गरियकाे छ । आज शान्तिवाटिकामा भेला भएर नेपाल प्रहरी र सशस्त्र प्रहरीको ब्यान्ड, मार्चपास र शहीदको तस्वीर राखिएको बग्गीसहितको प्रभातफेरी शहीद उद्यान लैनचौरमा पुगेर श्रद्धाञ्जलीसभामा परिणत भयकाे थियाे। सो सभामा प्रधानमन्त्री, मन्त्री, सरकारका उच्चपदस्थ अधिकारी र जनप्रतिनिधि र सुरक्षा अंगका प्रमुखहरुको सहभागिता रहेका थिय।  माेहन वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टीले पनि देशै भरि सहिदलाई स्...