३१ जेष्ठ २०८१, बिहीबार

बिचौलीया प्रथाको अन्त्य र श्रमजीवि अधिकारको लागि क्रान्तिको आवश्यकता: हरि श्रेष्ठ

लेखक : हरि श्रेष्ठ

माक्र्सले अतिरिक्त मुल्यको सिद्धान्तमा “अत्यधिक नाफाका लागि पुँजीपतिले माल उत्पादन यत्रतत्र भौतारिने गर्दछन । उत्पादनको प्रक्रियामा देखा पर्ने यो अराजकताका कारण बजारमा बारम्बार अति उत्पादनको समस्या आइरहन्छ । र त्यसले देशको आर्थिक संकट पैदा गरिरहन्छ ।” भने झै बिचौलियाले उत्पादनको लागत मुल्य दिदैन र उपभोक्तलाई स्वस्थ वस्तु खुवाउदैन । राज्यको मुल्य मान्दैन राष्ट्रिय उत्पादन नलिएर नाफा कमाउन सस्तोमा वस्तु खोज्दै जान्छ । राष्ट्रिय उत्पादन बन्द गर्न बाध्यता बनाउछ । यसले राज्य आर्थिक भार थुपार्छ ।

विश्व आज पुँजीवादबाट समाजवाद उन्मुख छ, जहाँ  श्रम शोषणको अन्त्य गरी सामाजिक व्यवास्थाको थालनी समान हैसियतको आधार खडा भएको छ । जसमा पुँजीपति र श्रमजीवीको लडाई चरम उत्कर्षमा छ । तर यही पुँजीवादी पद्धतिमा विचौलीया प्रथा हावी भएको पाइएको छ ,  विकशीत देशमा यसको कम देखिन्छ भने विकाशोन्मुख देशमा यसको बढी मात्रमा प्रभाव पाइएको छ । जहाँ ‘काम गर्ने कालु मकै खाने भलु’ भने जस्तै । श्रम गर्ने एउटा त्यो श्रमको उत्पादीत वस्तु उद्योगी र उसको मतहतमा रहेका विभिन्न नाममा खडा भएका कम्पनि, उद्योग, कारिन्दा, मिलेर खाने गरिन्छ ।

यसले श्रमजीवीले उत्पादन गरेको वस्तुको लागत मुल्यको आधारमा उपभोक्ताले उपभोग गर्न पाउदैन भने मजदुरले आफुले गरेको श्रमको ज्याला पाएको हुदैन । यसमा उपभोक्ता र उत्पादकको सोझै समन्वय हुँदैन । उपभोक्ता र बिचौलिया उद्योगी र बिचौलीया, श्रमजीवी र बिचौलिया, उत्पादक र बिचौलिया समन्य हुन्छ । यसको अर्थ उत्पादन वस्तु बजारमा पु¥याउने, बजार मुल्य कायम गर्ने, मजदुरलाई उद्योगीसम्म पु¥याउने, मजदुरको ज्याला निर्धारण गर्ने, विद्यार्थीलाई कलेज स्कुलसम्म पु¥याउने त्यसको शुल्क निर्धारण गर्ने जस्ता गर्छन । यी विचौलियले सामाजिक अस्थिरथा कायम गरेको छ ।

पुँजीवादी उत्पादन प्रकृयामा श्रमीकको र श्रमको एउटा हिस्सा बिना ज्याला आफ्नो खल्तीमा पार्छ । दलाल पुँजीवाद आफु उत्पादन तथा श्रममा सहभागी हुदैन बरु अरुले उत्पादन, श्रम गरेको उत्पादीत वस्तु बजारमा लगेर मुनाफा कमाउँछ । बिचौलीयाले उत्पादन, उपभोक्तालाई मध्यनजर गरी उत्पादक र उपभभोक्ताको बीचमा आई बजारमा कव्जा जमाउँछ । यो उपभोक्ता जस्तो पनि देखिने उत्पादक जस्तो पनि  देखिन्छ । तर बजारमा उसले सम्पुर्ण समान श्रम र लगानीमाथि कब्जा गरेको हुन्छ । यी तत्वले समाजमा अस्थिरता कायम गरेका छन । मानिसका अति आवश्यक वस्तुदेखि प्रकृतिका उपाहार कव्जा जमाएर मानिसको जीवन चलाउन समाजिक कुकृत्य गर्न बाध्य बनाउने यी नै हुन, यी मध्यको नोपालमा हावी भएको बिचौलिया प्रथाको लागि क्रान्तिको आवश्यक छ ।

बिचौलियाः आफू प्रत्यक्ष उत्पदनमा सहभागी नहुने, अरुको उत्पादनमा  रमाउने, उत्पादनका साधन, उत्पादक वस्तु कव्जागरी बजार कब्जा जमाउने, उत्पादन र उपभोक्ताकोबीचमा खडा भएका परजिविलाई  बिचौलिया भनिन्छ । वा    उत्पादन श्रम, उद्योग कारखाना संचालमा लगानी नगरेको अरुको लगानी बजारमा लागेर उपभोक्ता र उत्पादकको श्रमको हिस्सा काटेर खाने बीचमा खडा भएका व्याक्ति, संस्था, कम्पनिलाई बिचौलिया भनिन्छ ।

  • यी अरुको भरमा बाँच्ने एक खालको परजिवि हुनयो बैंक बिचौलियादेखि उत्पादन, बजार, उपभोक्तासम्म फैलिएको हुन्छ  । यी मानिसका अति आवश्यक वस्तु, प्रकृतिका उपाहार, सस्कृतिक परम्परा, उत्पादक उपभोक्ता, जल, जमिन, बजार सम्पुर्ण  कब्जा  जमाएका हुन्छन

देख्दा उत्पादक जस्तो उपभोक्ता जस्तो देखिन्छन, यी दुवै होइनन् । बजार मुल्यदेखि उत्पादक समान खरिद उपभोक्तलाई वितरणसम्म यिनको हातमा हुन्छ । यस्ता बिचौलीका कारण उपभोक्तले स्वास्थ खान पाउदैनन् एकथरी भने, अर्काे थरी बिक्रि गर्छन भने शलव मुल्यमा माल किन्न पनि पाउँदैनन । उत्पादकले लगात मुल्य पाउदैनन् भने बजार पनि दिइदैन । यस्ता तत्वको अन्त्यको लागि आज क्रान्तिको आवश्यक छ । नेपालमा विभिन्न क्षेत्रमा बिचौलिया प्रथा हवी भएको पाइएको छ ।

कृषि बिचौलियाः उत्पादक क्षेत्रमा जल, जमीन, बजार, उत्पादन कृषि उपज वस्तुको उपभोक्त र उत्पादक बीचमा खडा भई नाफा कमाउने उदेश्यले खडा भएका संस्था, व्याक्ति सहकारी आदी कृषि बिचौलिया भनिन्छ । यी विभिन्न सप्लायर कम्पनि, कोल्डस्टोर, तरकारी फलफुल मन्डी, डेरी, खाद्यस्टोरको रुपमा खडा भएका छन । यिनीहरु सस्तो बजार खोज्ने राष्ट्रिय उत्पादनलाई निरुसाहित पार्ने बजार आफ्नो मातहतमा राख्ने गर्छन । भने उत्पादक र उपभोक्ताको समन्वयबाट अलग गर्ने उत्पादक–उपभोक्तामा आफु नजिक बन्ने गर्दछन । यी जार भाउ उत्पादक बनेर सस्तोमा निर्धारण गर्दछन, भने उपभोक्तलाई गुणष्तरहिन महंगोमा वितरण गर्छन । उत्पादन बढ्दा बजार मुल्य घटाउने वस्तु स्टक गर्ने उत्पादन घटेपछि मुल्य बढाउने स्टक निकाल्ने गर्छन । भने बजारमा समान अभाव गराएको बाहानामा मंहगी बढाउने र स्टोक समान निकाल्ने गर्छन । यस्ता विचौली नियन्त्रण गर्न आजको आवश्यक छ  । यसलाई नियन्त्रण गर्ने उत्पादक र उपभोक्ता सोझै सामन्य गराउने, उत्पादनमा लागत मुल्यको आधारमा मुल्य निधारण गर्ने, सम्पुर्ण उत्पादनमा लाग्ने कच्चा पर्दाथ राज्यले ग्यारेण्टी र उत्पादन कृषि वस्तु राज्यले खरिद गरी बजार व्यवस्थापनको ग्यारेण्टी गर्नु पर्छ । भूमी व्यक्तिको स्वामीत्वबाट राज्यको स्वामीत्वमा ल्याउनु पर्छ । यसरी कृषि बिचौलिया प्रथाको अन्त्य हुन्छ ।

भूमी बिचौलियाः प्रकृतिका उपहार कब्जा जमाएर एक र अर्काे बीचको कमीसनमा खडा भएका बिचौलियालाई भूमी बिचौलिया भनिन्छ । यो दासयुगदेखि सुरु भएको र समान्तवादी दलाल पुँजीवादमा प्रमुख भुमीका यसको हुन्छ । यो जमीनमा आधारित व्यावस्था रहुन्जेल रहिरहने गर्छ । पुँजीवादी व्यवस्थामा पनि जीवीत नै रहेको पाइन्छ । भूमी र जल वा अचल सम्पति अन्तरगत यो पर्दछ । यो समान्तवादमा पुस्ता हस्तान्रण जस्तै यसको पनि हस्तान्तरण हुने हुँदा यसभित्र विभिन्न खालका बिचौलिया खडा हुने गर्दछन । क्रान्तिको मुल आधार नै यो बन्न गएको पाइएको छ । जसमा लालपुर्जा बाड्ने जमीनलाई वर्गीकृत गर्ने, पुँजीको मुल आधार नै जमीन मान्ने गर्दा समाजिक वैमनस्यता कायम हुन्छ । यसलाई रोक्न वा भुमीमा बिचौलिया अन्त्य गर्ने भुमी प्रतिको आकर्षण घटाउन आजको आवश्यक छ । जन्मजात जमीनको अधिकार दिने आवश्यक अनुसार राज्यले जमीन उपलब्ध गराउने, एक पुस्ताबाट अर्को पुस्तामा जमीन हस्तातरण प्रकृया रोक्ने अवधारण लिई लाजपुर्जा दिने प्रकृया बन्द गर्न आजको अवश्यकता देखिएको छ । अचेल सम्पति पुस्ता हस्तातरण प्रक्रिया रोक्ने चल सम्पतिको मात्र अधिकार दिने प्रक्रिया अगाडी बढाएर भुमी बिचौलीया र समाजिक द्वन्दको अन्त्य गर्न सकिन्छ ।

मजदुर बिचौलीयाः उद्योगी र कामदारवीचका खडा भएर कमीसन, प्रशेन्टेज खानलाई खोलिएका व्याक्ति कम्पनि, सस्था, समुहलाई मजदुर बिचौलिया भनिन्छ । वा उत्पादन माल र उपभोक्ताबीचमा श्रम शोषण गर्न खडा भएकामा माध्यम नै मजदुर बिचौलिया भनिन्छ । कति यी राजतितिक आडमा खडा भएका हुन्छन भने कति यी उद्योगीको आधारमा  खडा गएका हुन्छन । यी श्रम गर्ने मजदुर र कम्पनिले पालेका हुन्छन । राष्ट्रिय मजदुर बिचौलिया करार ज्यलादारीका खोलिएका जब सोलुसन, ठेकदारी कम्पनि, सप्लार कम्पनि हुन भने वैदेशिक मजदुर विचौलिया मेनपावर, कन्सटेल्सी, भाषा पाठशाला आदी हुन । यी आफु काम नगर्ने काम लागएको वाफतमा कमीसन खान लगानी गरी खेलिएका हुन्छ । एउटा तरिकाले यीनिहरुलाई परनिर्भर अर्काेका भरमा वच्ने जुम्रा जस्तै हुन । यी कमीन दलाल, गरेर बाचेका हुन्छन । उदाहरणको लागि एउटा मजदुरले जागिर खाएर ४ कम्पनि पाल्ने गर्छ जस्तै मजदुरको प्रमाणपत्र कलेक्शन जवसोलुसनले गर्छ । त्यो गरेवाफत उसले पहिलो महिलाको ५० प्रतिशत कमीसन खान्छ । त्यो प्रमाणपत्र ठेकदारी कम्पनिलाई दिन्छ । त्यो बाफत २० प्रत्येक महिनाको २० प्रतिशत खान्छ तालिम शुःल्क भनेर लगभग तलवको ३० प्रतिशत अग्रीम भुक्तनी लिन्छ । कम्पनि वा उद्योग कारखानाले ठेकदारीबाट करारमा मजदुर भक्ति गर्छ । एउटा मजदुरले काम गरेर ४ वटा कम्पनि पाल्छ । त्यसैगरी वैदेशीक राजगारीमा जान मेनपावर वा कन्सल्टेन्सिले प्रमाणपत्र कलेक्शन गर्छ । लागात मुल्यको निर्धारण गर्छ । उसले मान्छे पठाए बापत कमीसन खान्छ । यसरी मजदुर बिचौलिया हावी भएको पाइन्छ । यस्ता बिचौलिय तत्वको अन्त्य गर्न सोझ कम्पनिबाट मजदुर हायर गर्नु पर्छ भने बसोलुसन ठेकेदारी कम्पनिको अन्त्य गरी मजदुरको काम गरेको तलव सोझै कम्पनिले गर्ने ग्यराण्टी गर्नु पर्छ । खडा भएका मेनवापार कन्सटेन्सिलाई खारेज गरी राज्यको मातहतमा अन्तराष्ट्रिय श्रमको ग्यरेण्टी लिनुपर्छ ।

बैकिङ्ग बिचौलियाः लगानीको मुनाफमा खडा गरी तयार परिएको विनिमय माध्य नै बैकिङ्ग बिचौलिया हुन । यी मिटर ब्याज, लघुविद्युत, मुद्रा लगानी सहकारी, र हुन्डी, ढिकुडी आदीमा तयार गरिएको हुन्छ । यिनिहरु बैकवाट सस्तोमा लौन निकाल्ने र गाउँ शहरका जनतालाई लोभ देखाएर ऋण लिन लगाउने र त्यसबाट डबल–त्रिपाल बनाएर खाने काम गर्छन । यसलाई अन्त्यको लागि बैकिङ्ग ब्याज शून्य प्रतिशतमा पुर्‍याउने खडा भएका संरचना  बन्द गनु पर्ने देखिएको छ । यसैगरी नेपालमा  मेडिकल बिचौलिया, शैक्षिक बिचौलिया, स्वास्थ्य बिचौलिया, भूमी बिचौलिया हावी भएका छन ।

  • यस्ता  बिचौलियको अन्त्यका लागि आज नेपालमा क्रन्तिको आश्यकता छ । यस्ता बिचौलियले सामाजिक हस्ताक्षेप गर्ने र मानिसका अतिआवश्यक वस्तुमाथि कब्जा जमाउने यसले गर्दा मानिसको जीवन निर्बाहा गर्न नक्सक्ने र बाच्नको लागि मानिसले श्रम, उत्पादन, आवास वा श्रमको ज्याला नपाउने उत्पादनको लागत मूल्य नपाउने आवासको लागि भाडा तिर्न नसक्ने व्यापारको लागि लगानिको ऋण तिर्न नसकेपछि मानिस बिछिप्त भएर आत्मा हत्याको बाटो रोज्ने

बाच्नको लागि विकल्प खोज्ने यसले समाजिक अपराधिक  घटना घट्न जाने जस्ता सस्या देखा परेका छन । जसमा भ्रष्टाचार, चोरी, डकैती, बलत्कार हत्या जस्ता घटना घटने गरेका छन् । यसलाई निर्मुल पार्न बिचौलिय प्रथाको अन्त्यगरी उत्पादकको लागि मुल्य ग्यारेण्टी, मजदुरको बाच्न पुग्ने तलवको सुनिचित, आवास शिक्षा स्वाथ्य राज्यको मातहतमा ल्याउन आजको आवस्यक छ ।

लेखक : क्रान्तिकारी किसान संगठनका केन्द्रीय अध्यक्ष हुन