११ श्रावण २०८१, शनिबार

क्रान्तिकारी युवा संगठन नेपालका अध्यक्ष हरिष भट्ट सहित दर्जन भन्दा बढि गिरफ्तार

काठमाडौं : माेहन वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी,नेपालका युवा नेता हरिष भट्ट सहित दर्जन भन्दा नेताकार्यकर्ताहरुलाई प्रहरीले माईतिघर मण्डलाबाट गिरफ्तार गरेको छ ।

आज  उक्त पार्टी निकट जवस माेर्चाहरुले अरुण चाैधरीलाई उन्मुक्ति दिएको भन्दै प्रदर्शन गर्ने क्रममा प्रहरीले गिरफ्तार गरेको हाे । उनिहरु अरुण चाैधरिलाई उन्मुक्ति दिन नहुने भन्दै प्रदर्शनमा उत्रिएका थिए ।