१७ बैशाख २०८३, बिहीबार

Author: तुफान न्यूज

ग्रील तथा स्टील ब्यवसायी महासंघ नेपालको बागमती प्रदेश समिति गठन गर्न भेला आयोजक समिति घोषणा

ग्रील तथा स्टील ब्यवसायी महासंघ नेपालको बागमती प्रदेश समिति गठन गर्न भेला आयोजक समिति घोषणा

अर्थवाणिज्य, समाचार
काठमाडौं । ग्रील तथा स्टील ब्यवसायी महासंघ नेपालले बागमती प्रदेश समिति गठन गर्न भेला आयोजक समिति घोषणा गरेको छ । आज बानेश्वर थापागाउँ स्थित काठमाडौं बेङ्क्युट मा एक भव्य कार्यक्रम बिच भेला आयोजक समिति घोषणा गरिएको हो । ग्रील तथा स्टील ब्यवसायी महासंघ नेपालका केन्द्रिय अध्यक्ष ठुलोबाबु श्रेष्ठको अध्यक्षतामा सम्पन्न प्रारम्भिक भेलामा महासंघका निवर्तमान अध्यक्ष मोहन कटुवाल, निवर्तमान वरिष्ठ उपाध्यक्ष तथा सल्लाहकार निरन्जन कुमार श्रेष्ठ,महासंघका उपाध्यक्षहरु लगायत पदाधिकारी तथा सदस्यहरु, बागमती प्रदेश अन्तर्गत पर्ने १३ वटा जिल्ला मध्य रसुवा जिल्ला बाहेक सबै जिल्लाका अध्यक्ष तथा प्रतिनिधिहरु को उल्लेख्य उपस्थिति रहेको थियो । प्रारम्भिक भेलाको औपचारिक कार्यक्रम ग्रील तथा स्टील ब्यवसायी महासंघ नेपालका केन्द्रिय महासचिव बिवेकदास श्रेष्ठले सन्चालन गर्नु भएको थियो । कार्यक्रममा अध्यक्ष ठुलोबाबु ...
गाई कहिल्यै सकिदैन बलिदानको गाथा- कविता

गाई कहिल्यै सकिदैन बलिदानको गाथा- कविता

कविता, विचार, शिक्षा
कविता :-लेखक - अशोक सुवेदी  गाई कहिल्यै सकिँदैन बलिदानको गाथा ! रगतले दोरम्बा रङ्गिएको दिन, सर्वहारा नैतिकता चुलिएको दिन, पेरिस कम्युन– कम्युनार्डको साहस ब्युँताउँदै, जनयुद्धका कम्युनार्डले मृत्यु जितेको दिन ! जीवनको भिक माग्दै रोएनन् ती कत्ति सर्वहारा अनुशासन तोडेनन् ती कत्ति तानाशाही सत्तालाई दुत्कारेरै ढले वर्गप्रति इमानदार भएर नै ढले ! तिम्रो त्यो वीरताले विश्वास अडेको छ तिम्रो त्यो बलिदानले क्रान्ति बढेको छ श्रद्धाञ्जली महान् सहिद, तिम्लाई लालसलाम ! त्याग, वीरता, बलिदानको साहसलाई सलाम !! तिम्रो ब्याज खाने कयौँ पतीत भए ऐले तिम्रो बलिदानले हाम्लाई साहस दिन्छ जहिल्यै गाई कहिल्यै सकिँदैन बलिदानको गाथा क्रान्ति झन्डा फर्फराउँदै बढ्छ सगरमाथा !!...
हिमताल पुटेर आयकाे पहिराेले, साेलुखुम्बुकाे खुम्बु-थामे क्षेत्रमा ठुलाे क्षति

हिमताल पुटेर आयकाे पहिराेले, साेलुखुम्बुकाे खुम्बु-थामे क्षेत्रमा ठुलाे क्षति

Breaking News, पुर्वाधार, माैसम, राष्ट्रिय, समाचार
काठमाडौं :सोलुखुम्बु जिल्लाको खुम्बु पासाङल्हामु गाउँपालिका ५ मा पर्ने खुम्बु थामे क्षेत्रमा हिमताल फुटेर आएको लेदोसहितको बाढीले तीन घर बगाएको छ । यस्तै ५ वटा घर र एउटा होस्टल जोखिममा परेको सोलुखुम्बु प्रहरी प्रमुख डीएसपी द्वारिकाप्रसाद घिमिरेले जानकारी दिए । घटनास्थलमा नेपाली सेनासहितको टोली पुगिसकेको उनले जानकारी दिए । तीन घर बगाएको ५ वटा घर र एउटा होस्टल जोखिममा परेको विवरण आएको छ । मानवीय क्षतिको विवरण छैन । नेपाली सेनाद्वारा उद्धारको कार्य भइरहेको छ, उनले भने ।  नेपाली सेनाका अनुसार ६ जनाको उद्धार गरिएको छ । ठुलाे क्षति भयकाे अनुमान गरिएको छ।  ...
“सेम ह्रो” गीतको म्युजिक भिडियो सार्वजनिक

“सेम ह्रो” गीतको म्युजिक भिडियो सार्वजनिक

मनाेरन्जन, समाचार
काठमाडौं । आज भोलि तामाङ भाषाका गीतहरु धमाधम बजारमा आउने लहरनै चलेको छ भन्दा फरक नपर्ला यहि सिलसिलाामा प्रेमगीत “सेम ह्रो” गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । यो गीत कसैको जिवनमा मेलखान सक्ने खालको भएको गायक तथा मोडल प्रकाश लामाले बताएका छन् । आज बर्गर टावर बौद्वमा एक विशेष पत्रकार सम्मेल गरि भिडियो सार्वजनिक गरिएको हो । वरिष्ठ गायक तथा संगीतकार चन्द्रकुमार दोङको प्रमुख आतिथ्यतमा सम्पन्न पत्रकार सम्मेलनको सभापतित्व रिच्ची कन्ट्रक्सन एण्ड सप्लायर्स प्रा.लि.का निर्देशक रोजन लामा(क्षितिज)ले गरेका थिए भने कार्यक्रम सन्चालन तामाङ समुदायका चर्चित पत्रकार ,तामाङ पत्रकार संघका केन्द्रिय सदस्य तथा तेमाल अनलाईनका कार्यकारी सम्पादक सुदिन दोङले गरेका थिए । रिच्ची कन्ट्रक्सन एण्ड सप्लायर्स प्रा.लिको लगानीमा निर्माण गरिएको गीतको शब्द र संगीत गायक तथा संगीतकार प्रयास दोङले तयार गरेका हुन् भने गीत...
जाजरकोटीले नै मन नपराएको जाजरकोट- जनक केसी

जाजरकोटीले नै मन नपराएको जाजरकोट- जनक केसी

राष्ट्रिय, विचार, संस्कृति
प्रारम्भ :-२०८० कार्तिक १७ गतेको मध्यरातमा रामीडाँडालाइ केन्द्रविन्दु वनाएर विनासकारी भूकम्प गएपछि विगतका केहि घटनाहरुले नेपाल भित्र मात्रै चिनाएको जाजरकोट देश वाहिर पनि चिनिन पुग्यो । भूकम्पले ढालेको जाजरकोट र अप्ठेरोमा परेका जाजरकोटीहरुलाइ कोहि हेर्न मात्र आए कोहि साथ दिन आए । देश भित्रका ७६ जिल्लावाट मात्र हैन विश्वका विभिन्न देशहरुवाट मानिसहरु जाजरकोटीहरुको दुख र पिडामा साथ दिन अनि जाजरकोट वुझ्न आए । भूकम्प पछिको जाजरकोट हेर्नका लागि जाजरकोट सदरमुकाम खलंगामा आएका धेरै जसोले जाजरकोटको विकास, पहिचान, र सामथ्र्यलाइ जोडेर धेरै प्रश्नहरु गरे । यहाँको सडकको अवस्था, यहाँको पुर्वाधार विकासको अवस्था अनि यहाँका जनताको सामाजिक र आर्थिक सक्षमताको अवस्थालाइ उनीहरुले धेरै कोणवाट अध्ययन गरे । जाजरकोटसंग जोडिएर उनीहरुले सोधेका धेरै प्रश्नहरु मध्य एउटा प्रश्न यस्तो थियो यहाँ घुम्न लायक, हेर्न लायक अ...
“शाषकहरुले क्रान्तिलाई भुत बनाए क्रान्ति भुत हाेईन् आमुल परिवर्तनको बाटो हाे” समरजंग

“शाषकहरुले क्रान्तिलाई भुत बनाए क्रान्ति भुत हाेईन् आमुल परिवर्तनको बाटो हाे” समरजंग

Breaking News, राजनीति, विचार
कास्की :श्रमिक कम्युनिस्ट पार्टी नेपालका केन्द्रीय संयाेजक पुर्ण बहादुर सिंह समरजंगले "शाषकहरुले क्रान्तिलाई भुत बनाए क्रान्ति भुत हाेईन् आमुल परिवर्तनको बाटो हाे" भनेका छन ।युवा नेता सिंहकाे नेतृत्वमा गठित श्रमिक कम्युनिस्ट पार्टी नेपालले “जनतामा जाओैं जनताको सेवा गराैं !!” भन्ने नाराका साथ मेचीमहाकाली – हिमाल पहाड तराईको पहिलो चरणको अभियान क्रममा कंचनपुर महेन्द्रनगर, धनगढी, कैलाली लम्कि, बर्दिया, बाँके, दाङ, बुटवल, पाल्पा,स्याङ्जा हुँदै कास्की पुगेका उनले यस्तो बताएका हुन् । उनले विभिन्न जिल्ला संगठन समितका सदस्यहरुकाे बिचमा भेटघाट, छलफल तथा निर्देशन दिदै उक्त कुरा बताएका हुन् । उनले जनता माथि राजनीति हाेईन्, जनताको लागि राजनीति गर्नुपर्ने समेत बताए।आमुल परिवर्तनमा आम जनतालाई सुख, शान्ति, समृद्धि, अमनचयन हुन्छ तर शाषकहरुले आफ्नाे शासन बचाई राख्न यस्तो बनाएको बताए त्यसैले उनिहरुले ज...
“विचारधारात्मक रूपमा पुनर्गठन गर्दै वर्ग संघर्षलाई अगाडि बढाउनेछाै”- बास्तोला

“विचारधारात्मक रूपमा पुनर्गठन गर्दै वर्ग संघर्षलाई अगाडि बढाउनेछाै”- बास्तोला

Breaking News, राजनीति, विचार
काठमाडौं :नेकपा बहुमतले बुधबार संवाद डबलीमा आयोजना गरेकाे पत्रकार सम्मेलनमा बोल्दै नेता धर्मेन्द्र बास्तोलाले विचारधारात्मक रूपमा पुनर्गठन गर्दै वर्ग संघर्षलाई अगाडि बढाउने बताए ।उनले विचार मिल्नेसँग एकता र सहकार्यलाई जारी राख्ने समेत बताए ।बास्तोलाले नेपाली कांग्रेस र नेकपा एमाले पश्चगामी शक्ति भएको बताउँदै उनीहरूले संविधान संशोधनको नाममा पछाडि फर्किन खोजेको दाबी समेत गरे । ‘वर्ग संघर्षलाई नयाँ उचाइमा उठाउन किरण कमरेडले नेतृत्व गरेको पार्टी र हाम्रो पार्टीबिच एकता भएको हो । तर, उहाँ जडसुत्रवादी सोँचभन्दा माथि उठ्न सक्नु भएन । युवाले कम्प्युटर मागेको छ, हसिया दिएर घाँस काट्न पठाउने वैद्य कमरेडको तरिकाले एकता सफल हुन सकेन’, उनले भने । कांग्रेस–एमाले भ्रष्टाचारका काण्डैकाण्ड घटाएका आएको बताउँदै बास्तोलाले भने,‘कांग्रेस र एमाले नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर पैसा कमाउने प...
काठमाडौं देखि रसुवा उडेकाे हेलिकप्टर नुवाकोटकाे सिवपुरीमा दुर्घटना, ४ जना चिनिया नागरिक र १ नेपाली काे ज्यान गयाे ,

काठमाडौं देखि रसुवा उडेकाे हेलिकप्टर नुवाकोटकाे सिवपुरीमा दुर्घटना, ४ जना चिनिया नागरिक र १ नेपाली काे ज्यान गयाे ,

Breaking News, पुर्वाधार, राष्ट्रिय, समाचार
काठमाडौं :काठमाडौँबाट रसुवाको स्याफ्रुबेसीका लागि उडेको ९एन एजेडी हेलिकप्टर नुवाकोटको शिवपुरी डाँडामा दुर्घटना भएको हो ।हेलिकप्टर क्याप्टेन अरुण मल्लले उडाएका थिए । हेलिकप्टरमा अन्य चार जना चिनियाँ पर्यटक सवार थिए । चिनियाँ पर्यटकमा जुदाड टाङ (पुरुष), जी लि (पुरुष), यियाद वु –महिला) र जेमिङ सी (पुरुष) रहेका छन् ।...
काठमाडौंबाट रसुवा गयकाे हेलिकप्टर बेपत्ता

काठमाडौंबाट रसुवा गयकाे हेलिकप्टर बेपत्ता

Breaking News, पुर्वाधार, यातायात, राष्ट्रिय, विज्ञान प्रबिधि, समाचार
काठमाडौं :रसुवाको स्याफ्रुबेसी गएको एयर डाइनेस्टीको - ९एन-एजेडी हेलिकप्टर बेपत्ता भएको छ ।त्रिभुवन विमानस्थल स्रोतका अनुसार हेलिकप्टर १ बजेर ५४ मिनेटमा काठमाडौंबाट उडेको थियो । हेलिकप्टर नुवाकोटको सूर्यचौर भन्ने स्थानपछि सम्पर्कमा नआएको बताइएको छ । नुवाकोटका प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारीले शिवपुरी-७ सूर्य चउर एरियामा हेलिकप्टर देखिएको जानकारी स्थानीयले गरे पछि अहिले प्रहरी सो स्थानमा जाँदै गरेको जानकारी दिए ।घटनाबारे थप विवरण आउन बाँकी छ ।...
जाजरकोट जिप दुर्घटना अपडेट, चालक वलिकाे मृत्युु १४ जना घाइते

जाजरकोट जिप दुर्घटना अपडेट, चालक वलिकाे मृत्युु १४ जना घाइते

Breaking News, यातायात, राष्ट्रिय, समाचार
जाजरकोट :जाजरकोटमा जिप दुर्घटना हुँदा जिप चालक मान बहादुर वलिकाे मृत्यु भएको छ भने १४ जना घाइते भएका छन्। घाइतेमध्ये चारजनाको अवस्था गम्भीर छ।सबै घाइतेको स्वास्थ्य सेवा कार्यालय जाजरकोटमा उपचार भइरहेको छ।  खलंगाबाट भेरी नगरपालिका– ६ नेटाबजार जाँदै गरेको ग.१ज ७७११ नम्बरको बोलेरो जिप सदरमुकामदेखि करिब १० किलोमिटर पश्चिम भेरे भन्ने स्थानमा दुर्घटना भएको हो। दुर्घटनाग्रस्त जिप सडकबाट करिब २५० मिटर तल खसेको प्रहरीले जनाएको छ। घाइते हुनेमा भेरी नगरपालिका ६ बिर बहादुर पुनको छोरी १७ बर्षिया सिता पुन र सोही ठाँउका बर्ष ८० बर्षका कलिमान खत्री गंभिर घाइते भएका छन् । दुवै जनाको होस खुल्न सकेको छैन ,२८ बर्षकी सपना बि.क. सार्की, सोही ठाँउकी बर्ष ३५ कि भुमिका शाही, बर्ष १९ कि दुर्गा पुन, बर्ष १९ कि बिन्दु शाही, बर्ष ५५ कि मोति लुहार, बर्ष २८ कि भुमिकला राना घर्ती, उनको चार महिनाको छोरा प्रज्वल घर्ती र...