आदर्श युवा सञ्जालद्धारा समाजसेवी थापा सम्मानित
नेपालगन्ज : बाँकेको खजुरामा क्रियाशिल संस्था आदर्श युवा सञ्जालले आफ्नो दोस्रो वार्षिक साधारण सभा सम्पन्न गरेको छ । शनिबार एक समारोहको आयोजना गर्दै सञ्जालले विभिन्न गतिविधि गर्दै साधारण सभा सम्पन्न गरेको हो ।
सञ्जालका अध्यक्ष कल्पना तामाङको अध्यक्षतामा भएको वार्षिक साधारण सभा कार्यक्रममा बोल्ने अधिकांशले सामाजिक कार्यमा अतुलनिय कार्य गर्न सफल बनेको भन्दै धन्यबाद ज्ञापन गरे । साधारण सभाले समाजसेवी लिल बहादुर थापालाई दोसल्ला, माला र सम्मान पत्रले सम्मान गरेको थियो ।
खजुरा गाउँपालिका वडा नम्बर ४ डि गाउँ निवासी थापा अमेरिकामा विगत १७ वर्ष देखि कार्यरत रहि आफुले कमाई गरेको अधिकाशं पैसा दिन दुखिको सेवामा खर्चिएको भन्दै सञ्जालले सम्मान गरेको हो । सञ्जालका उपाध्यक्ष खगेन्द्र दाहालले सस्थाको बारेमा सभालाई जानकारी गराएका थिए ।
कार्यक्रममा खजुरा गाउँपालिका वडा नम्बर ४ का वडाध्यक्ष टेक बहादुर ...









