११ कार्तिक २०८१, आईतवार

श्रमिक कम्युनिस्ट पार्टीद्वारा “विचार गाेष्ठि” कार्यक्रम सम्पन्न

काठमाडौं :श्रमिक कम्युनिस्ट पार्टी नेपालकाे आयाेजनामा विचार गाेष्ठी कार्यक्रम सम्पन्न भएको छ ।”नेपालकाे कम्युनिस्ट आन्दोलनमा कार्यदिशाकाे प्रश्न” विषयक विचार गाेष्ठी कार्यक्रम काठमाडौं पुरानो बानेश्वर चाेक ओम साई पाटी प्यालेसमा शुक्रबार  सम्पन्न भएको हाे ।गाेष्ठीमा वाम राजनीति विष्लेशक हिरण्यलाल श्रेष्ठ, श्याम श्रेष्ठ ,नेकपा एमालेका केन्द्रीय सदस्य तथा नेपालकाे लागि चिनका पुर्व राजदूत टंक कार्की र राजनीतिक विश्लेषक प्राध्यापक डाक्टर सुरेन्द्र केसी लगाएतका राजनीतिक विश्लेषक र अन्य नेताहरूले बहस गरेका थिय।

बहसमा कम्युनिस्ट हरुले अहिलेसम्म परम्परावादी कार्यदिशा निर्माण गर्ने अथवा थाेरै शब्दमा फरक देखाएर अर्को पार्टी निर्माण गर्ने राेग कम्युनिस्ट हरुमा देखिने समस्या भएकोले श्रमिक कम्युनिस्ट पार्टीले त्यसाे नगरि नयाँ तरिकाले कार्यदिशा निर्माण गर्न सुझाव दिएका छन ।कार्यदिशा निर्माण गर्दा वास्तविक उत्पीडित वर्गका समस्या पहिचान गरेर निर्माण गर्नुपर्ने कार्यक्रम उपस्थित टिप्पणीकारहरुले बताएका थिए ।पार्टीका संयाेजक तथा उक्त कार्यक्रमका अध्यक्ष पुर्ण बहादुर सिंह ( समरजंग)  याे वैज्ञानिक समाजवादी युग भएकाेले नेपाली समाजमा तत्कालीन दुस्मनका रुपमा नवओैपनिवेशिक पुँजीवाद हाबी रहेकाे र यसको अन्त्य गरि वैज्ञानिक समाजवाद स्थापना गर्न आवश्यक भयकाे बताउदै याे कार्यभार वैज्ञानिक समाजवादी जनक्रान्तिकाे कार्यदिशा मार्फत मात्र सम्भव रहेको बताउनु भएको हाे। “नेपामा कम्युनिस्ट आन्दोलनकाे ईतिहास ७५ ओै बर्ष बिति सक्दा पनि जन्ताले परिवर्तनको महसुस गरेनन्। आन्दोलनका दियाे बल्ने र निभ्ने भईरहेकाे छ, कुनै पनि आन्दोलन लक्ष्यमा नपुग्दै सम्झौतामा गयर टुंगिने, राष्ट्र र जन्तामाथी धाेका भईरहेकाे छ”।

त्यसकारण अब श्रमिक कम्युनिस्ट पार्टीले बहसका लागि मात्र नभयर सिङ्गो कम्युनिस्ट आन्दोलनको सिंहावलाेकन गर्दै नेपालमा वैज्ञानिक समाजवादी क्रान्ति मार्फत समाजवादी व्यवस्थाकाे स्थापना गर्ने संकल्प रहेकाे संयाेजक सिंहले बताउनु भयाे ।

गाेष्ठीमा पार्टीका राष्ट्रिय सम्मेलन आयाेजक समिति सदस्य आकाश ले स्वागत मन्तव्य द्रारा स्वागत गरे। कार्यक्रममा पार्टीका विभिन्न जवसका प्रमुख तथा प्रतिनिधि हरुकाे सहभागीता रहेकाे थियाे भने कार्यक्रमका संचालक लाेकेश वि.क. ( अभिराम ) ले गाेष्ठीमा सहभागी प्रस्ताेता र श्राेताहरुलाई धन्यवाद दिदै समापन गरेका थिए।