९ कार्तिक २०८१, शुक्रबार

“पाँच पुर्णिमा तथा सहिद स्मृति मेला २०८१” संचालन

जाजरकोट : भेरि नगरपालिका -१ रावतगाँउमा लाग्ने पाँच पुर्णिामा तथा सहिद स्मृति मेला संचालन भयकाे छ ।
प्रत्येक बर्ष दशै पछि पुर्णिामाका दिनकाे अवसरमा र विभिन्न आन्दोलनका क्रममा विरगति प्राप्त  गर्ने सहिदहरुकाे सम्झनामा लाग्ने उक्त मेलामा विभिन्न खेल,र साँस्कृतिक झाँकि सहित उद्घाटन भयकाे हाे ।
बुधबार वडा अध्यक्ष दिपक रानाले उद्घाटन गरेकाे उक्त मेला शुक्रबार सम्पन्न हुने बताएकाे छ।प्रत्येक बर्ष लाग्ने पाँच पुर्णिामा सहिद स्मृति मेलालाई ब्यवस्थित र सम्पन गर्नका लागि सबैकाे उल्लेख्य भुमिका रहने र कला साँस्कृतिकाे संरक्षण र बिकाशमा टेवा पुर्‍याउनका साथै बिभिन्न आन्दोलनका क्रममा सहिदहरुकाे सम्झनामा लाग्ने याे मेलालाई आगामी दिनहरुमा पनि अझै प्रभावकारी बनाउदै लग्ने वडा अध्यक्ष दिपक रानाले बताउनु भयाे ।
“पाँच पुर्णिामा सहिद स्मृति मेला” मुल आयाेजक समिति रहेकाे उक्त मेलाका लागि युवा जागरण विकाश केन्द्र यार्सन जाजरकोट , सहिद स्मृति युवा क्लब भेरी नगरपालिका १ र हाेलुखाेला सहकारी संस्था लिमिटेडले समन्वय गरेका छन। मेलामा सहभागीहरुका लागि आधारभूत स्वास्थ्य केन्द्र पिपे जाजरकोटले निशुल्क प्राथमिक उपचारका सेवा संचालन गरेकाे छ । भेरिनगरपालिका -१ वडा कार्यालय,आधारभूत स्वास्थ्य केन्द्र पिपे जाजरकोट , मुक्ति निर्माण सेवा जाजरकोट र यति विल्डर्स जाजरकोटले उक्त मेलाका लागि आर्थिक सहयोग गरेकाे र विभिन्न समाजसेवी,ब्यापारी राेजगारीका शिलसिलामा देश बिदेशमा रहेका विभिन्न ब्यक्ति र रसिदबाट मेला व्यवस्थापनका लागि आर्थिक संकलन गरियकाे मेला मुल आयाेजक समितिका संयाेजक मधुकर नेपालीले बताउनु भयाे।वडा स्तरीय पुरुष भलिबल,लाेक गित,लाेक नृत्य र स्थानीय झाकि प्रदर्शन गरिने छ । वडा स्तरिय भलिबलका लागी प्रथम स्थान हासिल गर्ने खेलाडीलाई ७५ हजार, दाेश्राे स्थान हासिल गर्ने लाई ५० हजार र तेस्रो स्थान हासिल गर्ने खेलाडी लाई २५ हजार सहित सम्मान गरिने मेला आयाेजक समितिका संयोजक नेपालीले जानकारी दिनुभयाे ।

मेलामा रुकुम पश्चिमकाे -आठबिसकाेट नगरपालिका, सानिभेरी गाउँपालिका, चाैरजहारी नगरपालिका , जाजरकोटकाे छेडागाड नगरपालिका, र भेरि नगरपालिका विभिन्न वडाहरुबाट गरि जम्मा तेह्र वटा भलिबल खेलाडीहरुकाे टिम दर्ता भयकाे आयाेजकले बतायकाे छ । रुकुम पश्चिम र जाजरकोटका बिभिन्न ठाउँ बाट हजारौं जनले मेला अवलोकन गर्ने आयाेजकले बताएको छ ।