९ कार्तिक २०८१, शुक्रबार

जाजरकोट रावतगाउँमा लाग्ने “पाँच पुर्णिमा सहिद स्मृति मेला” सम्पन्न

जाजरकोट : भेरि नगरपालिका -१ रावतगाँउमा लाग्ने “पाँच पुर्णिमा तथा सहिद स्मृति मेला” शुक्रबार सम्पन्न भयकाे छ ।

मेलामा खुल्ला वडा स्तरिय भलिबलकाे ७५ हजार पुरस्कार रासि रुकुम पश्चिमकाे आठबिसकाेट नगरपालिकाकाे “टिम सागर”ले हात पारेकाे छ , भने दाेश्राे स्थान रुकुम चाैरजहारी – ७ ले प्राप्त गरेकाे छ ।
प्रत्येक बर्ष दशै पछि पुर्णिमाका दिनकाे अवसर र विभिन्न आन्दोलनका क्रममा विरगति प्राप्त  गर्ने सहिदहरुकाे सम्झनामा लाग्ने उक्त मेलामा  विभिन्न खेल,र साँस्कृतिक झाँकि सहित शुक्रबार सम्पन्न  भयकाे हाे।
बुधबार वडा अध्यक्ष दिपक रानाले उद्घाटन गरेकाे उक्त मेला शुक्रबार वडा अध्यक्ष राना लगायत विभन्न  ब्यक्तिहरुकाे उपस्थितिमा सम्पन्न भयकाे हाे  ।
“पाँच पुर्णिामा सहिद स्मृति मेला” मुल आयाेजक समिति रहेकाे उक्त मेलाका लागि  युवा जागरण विकाश केन्द्र यार्सन जाजरकोट , सहिद स्मृति युवा क्लब भेरी नगरपालिका १ र हाेलुखाेला सहकारी संस्था  लिमिटेडले समन्वय गरेका थिए भने भेरिनगरपालिका वडा नम्बर १ कार्यालय,आधारभूत स्वास्थ्य केन्द्र पिपे जाजरकोट , मुक्ति निर्माण सेवा जाजरकोट र यति विल्डर्स जाजरकोटले उक्त  मेलाका लागि आर्थिक सहयोग गरेकाे र विभिन्न समाजसेवी,राेजगारिका शिलसिलामा बिदेशमा रहेका विभिन्न ब्यक्ति र रसिदबाट मेला व्यवस्थापनका लागि आर्थिक संकलन गरियकाे मेला मुल आयाेजक समितिका संयाेजक मधुकर नेपालीले बताउनु भयाे।
वडा स्तरीय पुरुष भलिबल,लाेक गित,लाेक नृत्य र स्थानीय झाकि प्रदर्शन  गरियकाे थियाे ।वडा स्तरिय भलिबलका लागी प्रथम स्थान हासिल गर्ने खेलाडीलाई ७५ हजार , दाेश्राे स्थान हासिल गर्ने लाई ५० हजार र तेस्रो स्थान हासिल गर्ने खेलाडी लाई २५ हजार नगत सहित सम्मान गरियकाे थियाे ।लाेक नृत्य प्रतियोगिता मा प्रथम कृषा नेपाली , द्धितिय रन्जना सुनार, र तृतीय सरिता बि.क ले हात पारेकि थिइन , लाेक नृत्य का लागि क्रमश प्रथमका लागि नगत तीन हजार द्धितियका लागि नगत दुईहजार र तृतीय स्थान हासिल गर्नेका लागि नगत एक हजार सहित सम्मान गरियकाे थियाे ।
मेलामा रुकुम पश्चिमकाे -आठबिसकाेट नगरपालिका, सानिभेरी गाउँपालिका, चाैरजहारी नगरपालिका , जाजरकोटकाे छेडागाड नगरपालिका, र भेरि नगरपालिका विभिन्न वडाहरुबाट गरि जम्मा तेह्र वटा भलिबल खेलाडीहरुकाे टिम दर्ता भयकाे थियाे  । प्रत्येक बर्ष लाग्ने पाँच पुर्णिामा सहिद स्मृति मेलालाई ब्यवस्थित र सम्पन  गर्नका लागि सबैकाे उल्लेख्य भुमिका रहने र कला साँस्कृतिकाे संरक्षण र बिकाशमा टेवा पुर्‍याउनका साथै बिभिन्न आन्दोलनका क्रममा सहिदहरुकाे  सम्झनामा लाग्ने याे मेलालाई आगामी दिनहरुमा पनि अझै प्रभावकारी बनाउदै लग्ने वडा अध्यक्ष दिपक रानाले बताउनु भयाे । मेलाका लागि सहयाेग गर्ने बिभिन्न ब्यक्ति हरुलाई आयाेजकले सम्मान गरेकाे थियाे ।