२ बैशाख २०८१, आईतवार

Tag: रुकुम पश्चिम

रुकुम बाट काठमाडौंका लागि छुटेको यात्रुबाहक बस बाग्लुङमा दुर्घटना

रुकुम बाट काठमाडौंका लागि छुटेको यात्रुबाहक बस बाग्लुङमा दुर्घटना

Breaking News, यातायात, राष्ट्रिय, समाचार
काठमाडौं :रुकुम पश्चिमको सानीभेरी गाउँपालिका १ चाईनाबगरबाट काठमाडौका लागि छुटेको यात्रुबाहक बस बाग्लुङ्गमा दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ ।सोमबार बिहान छुटेको बा ००६ ख ३८७९ नम्बरको कमलताल डिलक्स बस साँझ करिब ५:३० बजेतिर बागलुङको निसीखोला गाउँपालिका वडा नम्बर ६ को जाउले पानीमा दुर्घटनाग्रस्त भएको हाे। उक्त बसमा करिब ३२ जना यात्रुहरु रहेको र घाइते २५ जनाको नजिकै बुर्तिबाङ स्वास्थ्य चौकीमा प्राथमिक उपचार भई रहेको बागलुङका प्रमुख जिल्ला अधिकारी खगेन्द्र रिजालले जानकारी गराएका छन । रातको समय भएकोले हेलिकप्टरबाट उद्धार कार्य कठिन भएको रिजालले बताए । घाइतेहरुलाई थप उपचारका लागि पोखरा लगिदै छ । मृतकको संख्या बढन सक्ने बताइएको छ । दुर्घटनाको कारण भने खुलेको छैन ।...
रुकुममा ट्याक्टर दुर्घटना, ५ जनाकाे  मृत्युु , चालक फरार

रुकुममा ट्याक्टर दुर्घटना, ५ जनाकाे मृत्युु , चालक फरार

Breaking News, पुर्वाधार, यातायात, राष्ट्रिय, समाचार
रुकुम :रुकुम पश्चिमको आठबीसकोट नगरपालिकाको कोटच्यारीगाउँ खोला नजिकै ट्याक्टर दुर्घटना हुदा पाँच जनाको मृत्यु भएको छ। रुकुम पश्चिम आठबीसकोट नगरपालिका–१० पिरिकोट भित्रि सडकखण्डको वडा नम्बर ८ स्थित घर्तीगाउँ जाँदै गरेको भूकम्प पीडितको जस्ता पाता बोकेको रा १ द १४ ट्याक्टर घुम्ती मोडन खोज्दा दुर्घटना भएको प्रहरीले जनाएको छ। दुर्घटनामा परी आठबीसकोट १० नाउलाका ४६ वर्षीय लोकबहादुर शाही, उनकी श्रीमती ४२ वर्षीया लुकी शाहीको मृत्यु भएको हो। यस्तै सोही वडाको डाँडाका ४८ वर्षीय धनराम सार्की, ५२ वर्षीय भर्दर सार्की र ४७ वर्षीया निर्मला सार्कीको मृत्यु भएको प्रहरीले जनाएको  छ। बुधबार राति १० बजे उक्त दुर्घटना भएको आठबीसकोट इलाका प्रहरी कार्यालयले निकालेको विज्ञप्तिमा उल्लेख छ। दुर्घटनामा अन्य ९ जना घाइते भएका छन्। घाइतेहरुमा आठबीसकोट ८ का ४१ वर्षीय खडक बहादुर पुन, वडा नम्बर १० का ३८ वर्षीय रमेश स...
रुकुम साेति हत्याकाण्डका २३जनालाई जन्म कैदकाे सजाय

रुकुम साेति हत्याकाण्डका २३जनालाई जन्म कैदकाे सजाय

Breaking News, राष्ट्रिय, शिक्षा, संस्कृति, समाचार, स्वास्थ
रुकुम :रुकुमपश्चिमको चौरजहारी नगरपालिका–८, सोती गाउँमा गैरदलित प्रेमिका भगाउन खोज्दा नवराज विकसहित ६ जनाको हत्या भएको मुद्दाको फैसला आएको छ।जिल्ला अदालत रुकुमका न्यायाधीश खड्गबहादुर केसीको इजलासले एकजना वडाअध्यक्षसहित २३ जनालाई जन्मकैदको सजाय सुनाएको हो। आइतबारदेखि जारी अन्तिम सुनुवाइ आज (मंगलबार) सकिएकाे हाे ।सजाय पाउनेहरूमा वडाध्यक्ष डम्बरबहादुर मल्ल, डिल्ली मल्ल ठकुरी, प्रेमबहादुर ठकुरी, सन्तोष मल्ल, मानबहादुर मल्ल, टोपबहादुर मल्ल, तिलक चन्द, हर्कबहादुर मल्ल, विनोद मल्ल, नेत्रबहादुर मल्ल, रेशमबहादुर मल्ल, विष्णु मल्ल, इन्द्रबहादुर भन्ने इर्द ठकुरी, लिपेन्द्रकुमार मल्ल, धनराज राना, नवीनकुमार घर्ती मगर, विराज पुन मगर, भीमबहादुर पुन मगर, रमित पुन मगर, सर्वजित भन्ने सविन पुन र मोहन पुन मगर छन्। त्यसैगरी परिवर्तित नाम ५४, ३६ (१) र (३) सहित तीनजनालाई पनि जन्मकैदको सजाय भएको छ। उनीहरूलाई जा...
क्रान्तिकारीहरु नै वास्तविक जन्ताका सेवक हुन : दिनेश शर्मा

क्रान्तिकारीहरु नै वास्तविक जन्ताका सेवक हुन : दिनेश शर्मा

Breaking News, पुर्वाधार, राजनीति, राष्ट्रिय, विचार, समाचार
काठमाडौं :क्रान्तिकारी कम्युनिस्ट पार्टी,नेपाल निकट क्रान्तिकारी ट्रेड युनियन महासंघका संयोजक दिनेश शर्माले क्रान्तिकारीहरु मात्रै जनताको वास्तविक सेवक भएको बतायका छन्।क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले भूकम्प प्रभावित क्षेत्रमा सञ्चालन गरेको उद्दार, राहत तथा पुननिर्माण अभियान अन्तरगत पश्चिम(रुकुम) को सानीभेरी गाउँपालिका -१, पक्रिया स्थिति शितल माविको अस्थायी विद्यालय भवन/टहरा हस्तान्तरण एवं विद्यालयद्वारा आयोजित स्वयंसेवकहरुको बिदाई कार्यक्रममा शर्माले उक्त उद्घोष गरेका हुन्। संयोजक शर्माले भने“क्रान्तिकारीहरु नै वास्तविक जनसेवक हुन, हामी यहाँ जनसेवाका निम्ति काम गर्न आएका हौं, त्यसबाहेक हाम्रो कुनै स्वार्थ छैन । क्रान्ति भनेकै जनसेवा हो । तर यहाँ तुच्छ स्वार्थ बोक्नेहरु पनि छन, तिनीहरुको भ्रमबाट जनतालाई मुक्त गर्न पनि उतिकै जरुरी छ । त्यसमध्ये कतिपय नाङ्गिएका छन, कतिपय छिटै नाङ्गिने...
रुकुम पश्चिममा जिप दुर्घटना हुँदा २२ जना घाईते

रुकुम पश्चिममा जिप दुर्घटना हुँदा २२ जना घाईते

Breaking News, यातायात, राष्ट्रिय, समाचार
रुकुम पश्चिम  ।रुकुम पश्चिममा जिप दुर्घटना हुँदा २२ जना घाईते भएका छन् । सोमबार बिहान चौरजहारी नगरपालिका ८ को गोईरीज्यूलामा लु १ ज २२९७ नम्वरको जीप दुर्घटना हुँदा जीपमा सवार सबै घाईते भएका हुन् । जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रहरी नायब उपरिक्षक नमराज भट्टराईका अनुसार चौरजहारी नगरपालिका वडा नम्वर १० खोलागाउँबाट जिल्ला सदरमुकाम मुसिकोट तर्फ जाँदै गरेको जिप दुर्घटना भएको हो । अहिले घाईतेहरु सबैलाई चौरजहारी अस्पतालमा उपचारको लागि ल्याईएको छ । घाईते मध्य सात जनाको अवस्था गम्भिर भएको बताईएको छ । घटनाको थप विवरण आउन बाँकि रहेको छ ।...
माओवादी केन्द्रका द्धाेय उपमहासचिव बस्नेत र शर्मा भुकम्प प्रभावित क्षेत्रमा उद्धार र राहतमा निरन्तर खटिरहेका छन

माओवादी केन्द्रका द्धाेय उपमहासचिव बस्नेत र शर्मा भुकम्प प्रभावित क्षेत्रमा उद्धार र राहतमा निरन्तर खटिरहेका छन

Breaking News, पुर्वाधार, राष्ट्रिय, विचार, विज्ञान प्रबिधि, समाचार
जाजरकोट ।नेकपा माओवादी केन्द्रका उपमहासचिव द्वाेय शक्ति बहादुर बस्नेत र जनार्दन शर्मा ‘प्रभाकर’ भुकम्प प्रभावित क्षेत्रमा उद्दार-राहतमा जुटिरहेकाछन । पूर्वअर्थमन्त्री समेत रहेका प्रभाकर र पुर्व गृह तथा बर्तमान -उर्जा जलश्राेत तथा सिचाइ मन्त्री शक्ति बहादुर  बस्नेत भुकम्प प्रभावित क्षेत्रका पीडितसँगै छन् । उद्दार कार्य सकिएपछि अहिले राहत तथा पुनःस्थापनाको  कामलाई प्रभावकारी रुपमा अगाडि बढाउन शर्मा रुकुम र बस्नेत जाजरकोटका पिडितहरुसंगै सुखदुःखमा खटिरहेका छन ।२०७९ काे प्रतिनिधि सभा निर्वाचनमा नेपाली कांग्रेस संगकाे गठबन्धनमा शर्माले रुकुम पश्चिम बाट ३९,५४९ मत ल्याई बिजयी भयका थिय भने जाजरकोटकमा बस्नेतले पनि ३४,१५१ मत प्राप्त गरि विजयी भयका थिय । शर्माका प्रतिद्वन्द्वी नेकपा एमालेका नन्दराम देवकोटाले १२,९६१ र बस्नेतका प्रतिद्वन्द्वी नेकपा एमालेका निरज आचार्यले २५,१२० मत प्राप्त गरि पराजित भ...
क्रान्तिमा रुकुम, राेल्पा, सल्यान र जाजरकोटले साथ दियाे,फेरि थप उर्जा पाउने छु : प्रधानमन्त्री दाहाल

क्रान्तिमा रुकुम, राेल्पा, सल्यान र जाजरकोटले साथ दियाे,फेरि थप उर्जा पाउने छु : प्रधानमन्त्री दाहाल

Breaking News, राजनीति, राष्ट्रिय, विचार, समाचार
रुकुम । प्रधानमन्त्री पुष्पकमल दाहाल "प्रचण्ड"ले क्रान्तिका वेला रुकुम राेल्पा सल्यान र जाजरकोटले साथ दियका हुन र फेरि शान्ति प्रक्रियामा पनि थप उर्जा मिल्ने बताय । बिहीबार दिउसो रुकुम पश्चिम बाफिँकाेटमा आयाेजित कार्यक्रम लाई सम्बाेधन गर्दै  उनले पुरानो आधार इलाकाबाट आफूले ऊर्जा लिएर फर्किने बताए । ‘यो आधार इलाकाबाट ऊर्जा लिएर फर्किने गरेको छु। मलाई नयाँ शक्ति प्राप्त भएको अनुभूति हुन्छ,’ उनले भने ।अहिले बनेकाे सरकार अझै पाँच बर्ष चल्ने ‘यो माओवादीको एकल सरकार होइन, संयुक्त सरकार हो । तर, गठबन्धन भत्काउन टुटाउन, तोड्न अनेकौं प्रयत्न भएका छन्। तर, उनीहरू सक्दैनन् । म तपाईंलाई जोड दिएर भन्छु- यो गठबन्धन पाँचै वर्ष जान्छ। गठबन्धनको एकता र सहकार्यलाई कसैले तोड्नै सक्दैन।   ...
रुकुम पश्चिम “चाैरजहारी”मा सवारी चालक अनुमतिपत्रकाे शुभारम्भ

रुकुम पश्चिम “चाैरजहारी”मा सवारी चालक अनुमतिपत्रकाे शुभारम्भ

Breaking News, यातायात, राष्ट्रिय, विज्ञान प्रबिधि, समाचार
चाैरजहारी ।रुकुम पश्चिमको चौरजहारीमा सवारी चालक अनुमति पत्र (लाईसेन्स) जारी प्रक्रियाको शुभारम्भ गरिएको छ । यातायात व्यवस्था सेवा कार्यालय चौरजहारीद्धारा प्रदान गरिने सवारी लाईसेन्स जारी प्रक्रियाको आज कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले शुभारम्भ गरेका हुन । आजबाट यातायात व्यवस्था सेवा कार्यालय चौरजहारीबाट लाईसेन्स वितरणको प्रक्रिया सुरु भएको छ । वायोमेट्रिङ सुरु भएसँगै लाइसेन्स वितरणको प्रक्रिया शुभारम्भ भएको हो । अनलाइन मार्फत फारम भरेकाहरुको आजबाट बायोमेट्रिक सुरु भएको यातायात व्यवस्था सेवा कार्यालय चौरजहारीका प्रमुख आनन्द चपाईले जानकारी दिनुभयो । उहाँका अनुसार अब हप्तामा चार दिन आइतबार, सोमबार, मंगलबार र बुधबार बायोमेट्रिक हुने छ । उहाँले वायोमेट्रिकपछि लिखित परीक्षा संचालन हुने र त्यसपछि ट्रायल हुने बताउनुभयो । कार्यालयले अहिले ट्रायल सेन्टर भाडामा लिइएको छ । ...