२८ असार २०८२, शनिबार

Tag: रुकुम पश्चिम

क्रान्तिमा रुकुम, राेल्पा, सल्यान र जाजरकोटले साथ दियाे,फेरि थप उर्जा पाउने छु : प्रधानमन्त्री दाहाल

क्रान्तिमा रुकुम, राेल्पा, सल्यान र जाजरकोटले साथ दियाे,फेरि थप उर्जा पाउने छु : प्रधानमन्त्री दाहाल

Breaking News, राजनीति, राष्ट्रिय, विचार, समाचार
रुकुम । प्रधानमन्त्री पुष्पकमल दाहाल "प्रचण्ड"ले क्रान्तिका वेला रुकुम राेल्पा सल्यान र जाजरकोटले साथ दियका हुन र फेरि शान्ति प्रक्रियामा पनि थप उर्जा मिल्ने बताय । बिहीबार दिउसो रुकुम पश्चिम बाफिँकाेटमा आयाेजित कार्यक्रम लाई सम्बाेधन गर्दै  उनले पुरानो आधार इलाकाबाट आफूले ऊर्जा लिएर फर्किने बताए । ‘यो आधार इलाकाबाट ऊर्जा लिएर फर्किने गरेको छु। मलाई नयाँ शक्ति प्राप्त भएको अनुभूति हुन्छ,’ उनले भने ।अहिले बनेकाे सरकार अझै पाँच बर्ष चल्ने ‘यो माओवादीको एकल सरकार होइन, संयुक्त सरकार हो । तर, गठबन्धन भत्काउन टुटाउन, तोड्न अनेकौं प्रयत्न भएका छन्। तर, उनीहरू सक्दैनन् । म तपाईंलाई जोड दिएर भन्छु- यो गठबन्धन पाँचै वर्ष जान्छ। गठबन्धनको एकता र सहकार्यलाई कसैले तोड्नै सक्दैन।   ...
रुकुम पश्चिम “चाैरजहारी”मा सवारी चालक अनुमतिपत्रकाे शुभारम्भ

रुकुम पश्चिम “चाैरजहारी”मा सवारी चालक अनुमतिपत्रकाे शुभारम्भ

Breaking News, यातायात, राष्ट्रिय, विज्ञान प्रबिधि, समाचार
चाैरजहारी ।रुकुम पश्चिमको चौरजहारीमा सवारी चालक अनुमति पत्र (लाईसेन्स) जारी प्रक्रियाको शुभारम्भ गरिएको छ । यातायात व्यवस्था सेवा कार्यालय चौरजहारीद्धारा प्रदान गरिने सवारी लाईसेन्स जारी प्रक्रियाको आज कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले शुभारम्भ गरेका हुन । आजबाट यातायात व्यवस्था सेवा कार्यालय चौरजहारीबाट लाईसेन्स वितरणको प्रक्रिया सुरु भएको छ । वायोमेट्रिङ सुरु भएसँगै लाइसेन्स वितरणको प्रक्रिया शुभारम्भ भएको हो । अनलाइन मार्फत फारम भरेकाहरुको आजबाट बायोमेट्रिक सुरु भएको यातायात व्यवस्था सेवा कार्यालय चौरजहारीका प्रमुख आनन्द चपाईले जानकारी दिनुभयो । उहाँका अनुसार अब हप्तामा चार दिन आइतबार, सोमबार, मंगलबार र बुधबार बायोमेट्रिक हुने छ । उहाँले वायोमेट्रिकपछि लिखित परीक्षा संचालन हुने र त्यसपछि ट्रायल हुने बताउनुभयो । कार्यालयले अहिले ट्रायल सेन्टर भाडामा लिइएको छ । ...