
नैतिकताको पाठ पढाउने पाठशाला मै नैतिकता नै च्युत हरण, दल निकट ईकाइ अध्यक्ष निर्वाचन प्रमुख
बुटवल : त्रिभुवन बहुमुखी क्याम्पस पाल्पालाई पश्चिम नेपालकाे शैक्षिक धराेहरकाे केन्द्रकाे रुपमा मानिन्छ । काठमाडौं पछिकाे विज्ञान बिषयकाे पढाइ हुने थलो पनि हाे । जहाँबाट देश विदेश हाक्ने उच्च नैतिकताको छवि भएका कर्मचारी, नेता, ईन्जिनियर, पाईलट र कर्मचारीहरु जन्मि रहेका छन् । जहाँ अहिले पनि उच्च नैतिकताकाे पाठ पढाईन्छ तर यतिबेला उक्त क्याम्पसमा नैतिकता कै च्युत हरण भएको छ । आउदै गरेको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनलाई लिएर विभिन्न निर्वाचन समिति, समन्वय समिति बनाउदै स्वतन्त्र विद्यार्थी युनियनकाे मापदण्ड सहित सुचनाहरु जारी गर्ने, संगठन दर्ता गर्ने, मतदाता नामावली प्रकाशित गर्ने काम देशै भरिका क्याम्पसहरुमा धमाधम चलिरहेको छ ।
कुनै पनि निर्वाचनलाई स्वच्छ , निष्पक्ष र धाँधलीरहित बनाउन स्वतन्त्र व्यक्तिलाई निर्वाचनको जिम्मेवारी दिइन्छ । पश्चिम नेपालको ऐतिहासिक क्याम्पस त्रिभुवन बहुमुख...