२७ असार २०८२, शुक्रबार

Tag: बुटवल

टाेप बहादुर रायमाझीका छाेरा सन्दिप पक्राउ

टाेप बहादुर रायमाझीका छाेरा सन्दिप पक्राउ

Breaking News, अर्थवाणिज्य, राजनीति, राष्ट्रिय, समाचार
बुटवल।नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएपछि नेकपा एमालेका सचिव टोपबहादुर रायमाझीका छोरा सन्दीप पक्राउ परेका छन् । उनी बुधबार बुटवलमा पक्राउ परेका र बिहीबार काठमाडौं ल्याउने जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी दानबहादुर कार्कीले जानकारी दिए । यसबारे अनुसन्धानका लागि काठमाडौं प्रहरी परिसरले बुधबार जिल्ला अदालत काठमाडौंबाट पूर्व उपप्रधानमन्त्री रायमाझी र उनका छोराविरुद्ध पक्राउ पुर्जी लिएको थियो ।सन्दीपले नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर विदेश पठाउन एक करोडको चेक लिएको पाइएको स्रोतको दाबी छ । यो प्रकरणमा गत १२ चैतमा उपत्यका अपराध अनुसन्धान कार्यालयले केशव दुलाल, सानु भण्डारी र टेक गुरुङलाई पक्राउ गरेको थियो । उनीहरुको बयानका आधारमा प्रहरीले मंगलबार पूर्वगृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार इन्द्रजित राई पक्राउ परेका थिए । बुधबार भने पूर्वगृहसचिव टेकनाराय...
एमाले उपाध्यक्ष विष्णु पौडेललाई अवज्ञा गरौँ भन्दै बुटवलका सार्वजनिक स्थलमा कालो ब्यानर प्रदर्शन

एमाले उपाध्यक्ष विष्णु पौडेललाई अवज्ञा गरौँ भन्दै बुटवलका सार्वजनिक स्थलमा कालो ब्यानर प्रदर्शन

Breaking News, निर्वाचन, राजनीति, राष्ट्रिय, समाचार
बुटवल : नेपाल कम्युनिस्ट पार्टी (एमाले) का उपाध्यक्ष विष्णु पौडेललाई अवज्ञा गरौँ भन्दै उनको निर्वाचन क्षेत्रका बजारहरूमा कालो ब्यानर प्रदर्शन गरिएको छ । नेपाल कम्युनिस्ट पार्टी (बहुमत) निकट अखिल नेपाल भूमिहीन तथा सुकुमबासी सङ्घ, रूपन्देही र अखिल नेपाल किसान महासङ्घ, रूपन्देहीले सार्वजनिक स्थलहरूमा पौडेलविरुद्ध कालो ब्यानर टाँगेका हुन् । विष्णु पौडेललाई अवज्ञा किन ? कथित मङ्सिर ४ को निर्वाचन अवज्ञा गरौँ ! भूमाफिया, ललिता निवास जग्गा विवाद प्रकरणका दोषी विष्णु पौडेललाई रूपन्देही क्षेत्र नं. २ मा प्रवेश निषेध गरौँ !’ भन्दै आज बुटवलका मिलनचोक, नयाँगाउँलगायत व्यस्त बजारका सार्वजनिक स्थलहरूमा कालो ब्यानर प्रदर्शन गरी चोकचोकमा टाँगिएको अखिल नेपाल भूमिहीन तथा सुकुमबासी सङ्घ रूपन्देहीले जनाएको छ ।यसअघि संसदीय चुनाव अवज्ञा गरौँ भन्दै नेकपा (बहुमत) रूपन्देहीलगायत पार्टी निकट मोर्चाहरूले कोणसभा, प्रच...