११ श्रावण २०८१, शनिबार

गणतन्त्रको बिकल्पमा जनगणतन्त्र उत्तम र बैज्ञानिक हाे : बास्ताेला

बुटवल ।क्रान्तिकारी कम्युनिस्ट पार्टीका प्रवक्ता धर्मेन्द्र बास्तोलाले गणतन्त्रको विकल्पमा जनगणतन्त्र बैज्ञानिक भएको कुरा ब्यक्त गरेका छन्।  जनगणतान्त्रिक व्यवस्था नै आमजनताको उत्तम व्यवस्था भएको नेता बास्तोलाले जिकिर गरे ।

क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल, रुपन्देहीले आइतबार बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै प्रचण्ड, ओली र देउवाले भ्रष्टाचारलाई संस्थागत गरेको बताय। उनले: प्रचण्ड, ओली र देउवालाई सत्ताका लागि कुर्ची बचाउन राजनीति गरेको दावी गर्दै नेपालमा कानुनी रुपमा भ्रष्टाचार संस्थागत भएको कुरा ब्यक्त गरे।

देशलाई बदल्न क्रान्तिकारी कम्युनिष्ट पार्टी एक ठाउं हुनुपर्ने बताउंदै क्रान्तिकारी कम्युनिष्ट पार्टीबीच एकताका लागि पहल भैरहेको बताउनुभयो । उहाँले संसदबादलाई संस्थागत गर्न समाजवादी मोर्चा गठन भएको आरोप लगाउंदै समाजवादी मोर्चाले कम्युनिष्टको नाममा भ्रम सिर्जना गरेको बताय।

देशमा भ्रष्टाचार र अनियमितता मौलाएको बताउंदै ललिता निवास, सुन काण्ड सहितका सबै भ्रष्टाचारका काण्डहरु झिसमिस गराइएको उनकाे भनाई छ ।  संसदीय व्यवस्था रहंदासम्म देशले निकास नपाउने बताउंदै संसदीय व्यवस्थालाई दलाल व्यवस्था भन्दै संसदीय व्यवस्था असफल भएको तर्क गरेका थिय ।

प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, एमालेका अध्यक्ष केपी र कांग्रेसका सभापति शेरबहादुर देउवाले वाइडबोडी, प्रिन्टिङ मेशीन, ललिता निवास, गिरीबन्धु, एमसीसी, विभिन्न सन्धि, सम्झौता, विदेशीले दिएको अनुदान र आर्थिक सहयोगमा भ्रष्टाचार गरेको उहाँको दावी छ ।