बुटवल : त्रिभुवन बहुमुखी क्याम्पस पाल्पालाई पश्चिम नेपालकाे शैक्षिक धराेहरकाे केन्द्रकाे रुपमा मानिन्छ । काठमाडौं पछिकाे विज्ञान बिषयकाे पढाइ हुने थलो पनि हाे । जहाँबाट देश विदेश हाक्ने उच्च नैतिकताको छवि भएका कर्मचारी, नेता, ईन्जिनियर, पाईलट र कर्मचारीहरु जन्मि रहेका छन् । जहाँ अहिले पनि उच्च नैतिकताकाे पाठ पढाईन्छ तर यतिबेला उक्त क्याम्पसमा नैतिकता कै च्युत हरण भएको छ । आउदै गरेको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनलाई लिएर विभिन्न निर्वाचन समिति, समन्वय समिति बनाउदै स्वतन्त्र विद्यार्थी युनियनकाे मापदण्ड सहित सुचनाहरु जारी गर्ने, संगठन दर्ता गर्ने, मतदाता नामावली प्रकाशित गर्ने काम देशै भरिका क्याम्पसहरुमा धमाधम चलिरहेको छ ।
कुनै पनि निर्वाचनलाई स्वच्छ , निष्पक्ष र धाँधलीरहित बनाउन स्वतन्त्र व्यक्तिलाई निर्वाचनको जिम्मेवारी दिइन्छ । पश्चिम नेपालको ऐतिहासिक क्याम्पस त्रिभुवन बहुमुखी क्याम्पस, पाल्पामा भने यस मर्मको धज्जी उडाइएको छ । यहीँ चैत्र ५ गते हुन गइरहेको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा नेपाली काङ्ग्रेसको भातृ संगठन प्रजातन्त्रवादी प्राध्यापक संघका अध्यक्ष जीवनबहादुर थापालाई निर्वाचन अधिकृत तोकेर निर्वाचनको निष्पक्षतामाथि प्रश्न चिन्ह खडा गरिएको छ ।
“त्रिभुवन विश्वविद्यालय स्ववियु निर्वाचन केन्द्रीय अनुगमन तथा समन्वय समिति (२०८१) द्वारा क्याम्पस/कलेज निर्वाचन समितिलाई जारी थप निर्देशनकाे बुँदा नम्बर ” मा ४. क्याम्पस विद्यार्थी कल्याण प्रमुख संयोजक वा सदस्य सचिव रहने उल्लेख हुनुलाई निर्वाचन अधिकृत बा निर्वाचन समितिको सदस्य सचिव रहने व्यबस्थाको रुपमा स्पष्ट गरिएको छ। क्याम्पस विद्यार्थी कल्याण प्रमुख नियुक्त नभएको अवस्थामा क्याम्पस प्रमुखले क्याम्पसका शिक्षकहरु मध्येबाट स्ववियु निर्वाचन प्रयोजनको लागि आवश्यक जिम्मेवारी तोक्न सक्नेछन् ।” स्पष्ट रुपमा उल्लेख गरिए पनि क्याम्पस प्रशासनले उल्लंघन गरेको छ । उक्त क्याम्पसमा क्याम्पस विद्यार्थी कल्याण प्रमुख पुष्कर आचार्य हुदाहुदै पनि क्याम्पस प्रशासनले यस्तो निर्णय गर्नु भनेको आचारसंहिता उल्लंघन गरेकाे ठहर्छ ।
क्याम्पस प्रशासनले स्ववियु मापदण्डलाई मिच्दै, स्वयम् पुर्व क्याम्पस प्रमुख जीवन थापाले आफ्नै उच्च छवि र ईमानदारीतालाई नै सैदावाजि गरेर पदका लागि जे पनि गर्न तयार हुन्छन् भन्ने भास्यलाई प्रमाणित गरेका छन् । उनी नेपाली काँग्रेस निकट प्रजातन्त्रवादी प्राध्यापक संघ नेपालका एकाई अध्यक्ष हुन् । एउटा कुनै दल निकटकाे संस्थामा आबद्ध भएको व्यक्तिलाई नै क्याम्पस प्रशासनले निर्वाचन प्रमुख बनाउनु र उहाँ स्वयम् बन्नुले निस्पक्षता र समानुपातिकता माथि नै शंका गर्ने आधार निर्माण गरेकाे छ । जीवन बहादुर थापा उहाँ स्वयम उक्त क्याम्पसकाे क्याम्पस प्रमुख पनि भएर काम गरिसकेका व्यक्ति पनि हुन् ।