३० जेष्ठ २०८३, शनिबार

Tag: नेपाल

देशभर मौसम सफा, दिउँसो देशका केही स्थानमा वर्षाको सम्भावना

देशभर मौसम सफा, दिउँसो देशका केही स्थानमा वर्षाको सम्भावना

Breaking News, माैसम, राष्ट्रिय, समाचार
१६ कार्तिक ,    हाल (बुधबार बिहान) देशभर मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार आज दिउँसो प्रदेश नं १, बागमती प्रदेश, गण्डकी प्रदेशका पहाडी भेगमा आंशिक बदली रही देशका बाँकी स्थानमा मौसम सामान्यतया सफा रहनेछ। यस क्रममा प्रदेश नं १, बागमती र गण्डकी प्रदेशका पहाडी भेगका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना पनि छ। यस्तै राति प्रदेश नं १, बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भेगमा आंशिक बदली रही देशका बाँकी स्थानमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ। यसैबीच आज बिहान पौने ६ बजेको मापनअनुसार काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ११.५ डिग्री सेल्सियस रहेको महाशाखाका मौसमविद् राजु प्रधानांगले जानकारी दिए। पुनः बिहान पौने ९ बजे तापक्रम अपडेट गरिनेछ। त्यसबेला देशका अन्य स्थानका अधिकतम तथा न्यूनतम तापक्रमको विवरण ...
पाकिस्तानसँगको मैत्रीपूर्ण फुटबलका लागि प्रशिक्षकले डाके ३० खेलाडी

पाकिस्तानसँगको मैत्रीपूर्ण फुटबलका लागि प्रशिक्षकले डाके ३० खेलाडी

Breaking News, अन्तर्राष्ट्रिय, खेल, मनाेरन्जन, राष्ट्रिय, विगन्यूज, विज्ञान प्रबिधि, समाचार, सुचना संचार
१५ कात्तिक, काठमाडौं । पाकिस्तानसँगको मैत्रीपूर्ण खेलका लागि नवनियुक्त कार्यवाहक प्रशिक्षक प्रवेश कटुवालले ३० खेलाडीलाई टिममा बोलाएका छन् । नेपालले पाकिस्तानसँग ३० कात्तिकमा काठमाडौंको दशरथ रंगशालामा मैत्रीपूर्ण फुटबल खेल्दै छ ।मच्छिन्द्र फुटबल क्लबलाई ए डिभिजन लिग जिताएका कटुवालले मैत्रीपूर्ण खेलका लागि सर्वोत्कृष्ट टिम छनोट गरेको दाबी गरे । अखिल नेपाल फुटबल संघ एन्फाबाट प्रशिक्षकको जिम्मेवारी पाए लगत्तै उनले टिम बनाएका हुन् । प्रशिक्षणमा डाकिएका खेलाडीहरु विकास खवास, विकास तामाङ, सेसेहाङ आङदेम्बे, नवयुग श्रेष्ठ, तेज तामाङ, आभाष लामिछाने, रोहित चन्द, अनन्त तामाङ, दिनेश राजवंशी, गौतम श्रेष्ठ, देवेन्द्र तामाङ, रञ्जित धिमाल, पुजन उपरकोटी, सुदीप गुरुङ सुरजज्यू ठकुरी, सुजल श्रेष्ठ, एरिक विष्ट, बिमल घर्ती मगर, अञ्जन विष्ट, मनिष डाँगी, सुनिल बल, आशिष चौधरी, रितक खड्का, आयुष घलान, सन...
आयात ३४ प्रतिशत बढ्यो पेट्रोलियम पदार्थको ,

आयात ३४ प्रतिशत बढ्यो पेट्रोलियम पदार्थको ,

Breaking News, अर्थवाणिज्य, पुर्वाधार, राष्ट्रिय, विगन्यूज, शिक्षा, समाचार, सुचना संचार
१३ कार्तिक काठमाडौ । — साउन र भदौ महिनामा गत वर्षको समीक्षा अवधिको तुलनामा समग्र आयात १३ प्रतिशतले घटे पनि सोही अवधिमा पेट्रोलियम पदार्थको आयात भने ३४ प्रतिशत बढेको छ । भन्सार विभागका अनुसार साउन र भदौ महिनामा कुल २ खर्ब ७३ अर्ब रुपैयाँको वस्तु आयात हुँदा ४५ अर्ब ७९ करोड रुपैयाँ बराबरको पेट्रोलियम पदार्थ मात्रै भित्रिएको छ । गत वर्षको यसै अवधिमा जम्मा ३४ अर्ब १८ करोड रुपैयाँको पेट्रोलियम पदार्थ आयात भएको थियो । रकमका आधारमा साउन र भदौको कुल आयातमा पेट्रोलियम पदार्थको हिस्सा १६.७ प्रतिशत पुगेको छ । जबकि गत वर्षको साउन र भदौको कुल आयातमा पेट्रोलियम पदार्थको हिस्सा जम्मा १०.९ प्रतिशत मात्रै थियो । समग्रमा पेट्रोलियम पदार्थको मूल्य बढ्दा कुल आयातमा यसको हिस्सा समेत बढेको देखिएको हो । मुलुकमा सबैभन्दा धेरै आयात हुने वस्तुमा पेट्रोलियम पदार्थ पर्दछ । साउन र भदौमा धेरै आयात हुने वस्तुमा...
अबकाे केही दिनमै  भारतबाट ३० हजार मेट्रिकटन रासायनिक मल आउने

अबकाे केही दिनमै भारतबाट ३० हजार मेट्रिकटन रासायनिक मल आउने

Breaking News, अन्तर्राष्ट्रिय, अर्थवाणिज्य, राष्ट्रिय, विगन्यूज, समाचार, सुचना संचार
१३ कात्तिक, काठमाडौं । भारतबाट जीटूजी (सरकार–सरकार बीचको) खरिद प्रक्रियाको रासायनिक मल आउने निश्चित भएको छ । सम्झौताअन्तर्गत पहिलो पटक ३० हजार मेट्रिकटन युरिया मल खरिदको सबै प्रक्रिया टुंगिएको कृषि सामग्री कम्पनी लिमिटेडले जनाएको छ। मल खरिद गर्ने भारतको राष्ट्रिय केमिकल फर्टिलाइजर कम्पनीलाई भुक्तानी प्रक्रिया समेत टुंगिएको कृषि सामग्री कम्पनी लिमिटेडका निमित्त महाप्रबन्धक राजेन्द्रबहादुर कार्कीले बताए । पहिलो खेपको मल एक महिना भित्रै नेपाल भित्रिने कार्कीको भनाइ छ । उक्त मल गहुँ र मकै सिजनका लागि प्रयोग हुने उनले बताए । भारतीय कम्पनीले पठाएको दर रेटका आधारमा मल खरिदको प्रक्रिया टुंगिएको छ कार्कीले भने, ‘अबको एक महिना भित्रै मल भित्रिने छ ।’ कम्पनीकाअनुसार भारतसँग ७ सय ६८ अमेरिकी डलर प्रतिमेट्रिकटनमा मल खरिद भएको हो । यो मूल्य ग्लोबल टेण्डरको फर्किन मूल्यका आधारमा गरिने मू...

रानी पोखरीमा छठ मनाउन नपाइने

Breaking News, पर्यटन, पुर्वाधार, राष्ट्रिय, विगन्यूज, संस्कृति, समाचार, सुचना संचार
११ कात्तिक, काठमाडौं । काठमाडौंको रानीपोखरीमा छठ मनाउन नपाइने भएको छ । पुनर्निर्माणका क्रममा रानी पोखरीमा तेश्रो चरणमा बनेका पूर्वाधार तथा संरचना हस्तान्तरण नभइसकेकाले काठमाडौं महानगरपालिकाले जोखिम लिन नचाहेको प्रवक्ता नवीन मानन्धरले बताए । ‘३ चरणमा पुनर्निर्माण गरिएको रानी पोखरीमा तेस्रो चरणमा भएको काम महानगरलाई हस्तान्तरण भइसकेको छैन,’ मानन्धरले भने, ‘छठ मनाउने क्रममा ती पूर्वाधार भत्किएमा वा बिग्रिएमा त्यसको जिम्मेवारी कसले लिने भन्ने कुरा उठेकाले रानी पोखरी छठका लागि खुल्ला नगर्ने निर्णय महानगरले गरेको छ ।’ उनका अनुसार पोखरी, पोखरीको बीचमा रहेको बालगोपालेश्वर मन्दिर महानगरलाई हस्तान्तरण भइसके पनि पोखरीको किनारामा बनाइएका शालिकसहितको पार्क र बगैँचा महानगरमा हस्तान्तरण भइसकेको छैन । मन्दिर महानगरलाई हस्तान्तरण भएकै कारण हिजो भाइटीकाको दिन मन्दिर खुल्ला गरेर व्यवस्थापनको समन्...
हिमआरोहणका लागि १२ सय ३८ लाई अनुमति, सबैभन्दा बढी अमेरिकी

हिमआरोहणका लागि १२ सय ३८ लाई अनुमति, सबैभन्दा बढी अमेरिकी

Breaking News, पर्यटन, माैसम, राष्ट्रिय, विगन्यूज, विज्ञान प्रबिधि, संस्कृति, समाचार, सुचना संचार
शरद ऋतुमा हिमाल आरोहणका लागि पर्यटन विभागले १२ सय ३८ जनालाई अनुमति दिएको छ। विभागले देशका ४१ हिमाल आरोहण गर्न ७७ देशका आरोहीहरुलाई अनुमति दिएको हो। हिमआरोहीहरुले सबैभन्दा बढी गोरखास्थित मनास्लु आरोहण गर्दैछन्। कात्तिक ६ गतेसम्म मनास्लु आरोहणका लागि ४०४ जनाले अनुमति पाएका छन्। दोस्रोमा अमादब्लाम हिमाल रहेको छ। उक्त हिमालका लागि २६ टिमका ३३६ जनाले अनुमति पाएको विभागले जनाएको छ। त्यस्तै १०० भन्दा बढी अनुमति पाउने हिमालमा हिमलुङ रहेको छ। जसमा १५६ जनाले अनुमति पाएका छन्। विश्वकै सर्वोच्च शिखर सगरमाथा आरोहणका लागि भने एकदमै कम अर्थात ५ जनाले मात्रै अनुमति लिएका छन्। बढी आरोहण अनुमति पाउने नागरिकमा अमेरिकाका ११५, फ्रान्सका १०८, बेलायातका १०३, जर्मनीका ७७, स्पेन ७५ले आरोहण अनुमति पाएका छन्। ...
निर्वाचनका बेला नेपाल–भारत सीमा ७२ घन्टा सिल गरिने

निर्वाचनका बेला नेपाल–भारत सीमा ७२ घन्टा सिल गरिने

Breaking News, निर्वाचन, राष्ट्रिय, समाचार, सुचना संचार
महेन्द्रनगर। आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा सुरक्षा व्यवस्था मजबुत बनाउन निर्वाचनको समयमा ७२ घन्टा सीमा सिल गर्ने सहमति भएको छ । भारतको उत्तराखण्ड प्रदेशको उद्धमसिंहनगर जिल्लाको रुद्रपुरमा बिहीबार सम्पन्न नेपाल–भारत संयुक्त बैठकले यस्तो निर्णय गरेको कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अर्यालले जानकारी दिए । कैलाली–कञ्चनपुरका प्रशासन तथा सुरक्षा निकायका प्रमुख र भारतीय अधिकारीहरूबीच छलफल भएको थियो । उनका अनुसार बैठकमा सीमा नाकामा हुने आपराधिक गतिविधि हुन नदिन आ–आफ्नो क्षेत्रमा सुरक्षा निगरानी बढाउने सहमति भएको छ । “बैठकमा निर्वाचन हुनुभन्दा ७२ घन्टाअघि सीमा नाका सिल गर्ने सहमति भएको छ”, उनले भने, “निर्वाचन प्रभावित हुने गतिविधि हुन नदिन सीमा नाकामा सुरक्षा निगरानी बढाउने समझदारी भएको छ ।” उहाँले पश्चिमी सीमा नाका गड्डाचौकीमा नेपालीहरूमा...
नेपालीको दाेश्राे ठुलो  चाँड यमपन्चक ,तिहार आज देखी सुरु

नेपालीको दाेश्राे ठुलो चाँड यमपन्चक ,तिहार आज देखी सुरु

Breaking News, राष्ट्रिय, संस्कृति, समाचार, सुचना संचार
५ कात्तिक, काठमाडौं । नेपालीको दोस्रो ठूलो चाड यमपञ्चक अर्थात् तिहार आजदेखि सुरु भएको छ । तर काग तिहार भने भोलि (कात्तिक ६ गते) परेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । कार्तिक कृष्ण त्रयोदशी तिथि परेकाले आज शनिबार बेलुकी यमदीपदान सुरु गर्नुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले अध्यक्ष प्राध्यापक श्रीकृष्ण अधिकारीले जानकारी दिए । बेलुकी त्रयोदशी तिथि परेका दिन यमदीपदान शुरु हुन्छ । आइतबार बेलुकी ५ः०४ बजेसम्म त्रयोदशी तिथि छ । त्रयोदशीमा सूर्योदय भएका दिन काग तिहार मनाइन्छ । बेलुकी ५ः०४ बजेपछि चतुर्दशी तिथि लाग्छ । यसैले शनिबारदेखि नै यमपञ्चक सुरु हुने समितिले जनाएको छ । ‘सायंकालमा त्रयोदशी भएका दिन यमदीपदान सुरु गर्नुपर्ने र प्रातः कालमा त्रयोदशी भएका दिन काग तिहार मनाउनुपर्ने शास्त्रीय व्यवस्थाअनुसार यस्तो निर्णय गरिएको हो,’ प्राध्यापक अधिकारीले भने । यमदीपदान परि...
अहिले अमेरिका र नेपालका लागि महत्त्वपूर्ण क्षण : अमेरिकी राजदूत थम्पसन

अहिले अमेरिका र नेपालका लागि महत्त्वपूर्ण क्षण : अमेरिकी राजदूत थम्पसन

Breaking News, अन्तर्राष्ट्रिय, राजनीति, विगन्यूज, शिक्षा, समाचार, सुचना संचार
काठमाडौँ — नेपालका लागि नवनियुक्त अमेरिकी राजदूत डिन आर थम्पसनले अहिले अमेरिका र नेपालका लागि महत्त्वपूर्ण क्षण रहेको बताएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीलाई शुक्रबार आफ्नो ओहदाको प्रमाणपत्र बुझाएपछि वक्तव्य जारी गर्दै नेपालका लागि नयाँ राजदूत थम्पसनले भने,‘म हाम्रो समयका सबैभन्दा महत्त्वपूर्ण मुद्दाहरूलाई सम्बोधन गर्न सबै नेपालीहरूसँग सहकार्य गर्न उत्सुक छु ।’ राजदूत थम्पसनले नेपालका लागि अमेरिकी राजदूतका रूपमा काम गर्न पाउनु आफ्नो लागि सम्मानको विषय रहेको उल्लेख गरेका छन् । ‘यस अवसरले मलाई विनयशील बनाएको छ र म सार्वभौमसत्ता र साझा मूल्य मान्यताको सम्मानमा आधारित संयुक्त राज्य अमेरिका तथा नेपालबीचको सम्बन्धप्रति अटल प्रतिबद्धताका साथ सेवा गर्न कटिबद्ध छु,’ उनले वक्तव्यमा भनेका छन् । निवर्तमान राजदूत र्‍यान्डी बेरी स्वदेश फर्किएपछि नेपालमा जिम्मेवारी सम्हाल्न आएका...
नेकपा (बहुमत) द्वारा डा. ओम गुरुङप्रति श्रद्धाञ्जली व्यक्त

नेकपा (बहुमत) द्वारा डा. ओम गुरुङप्रति श्रद्धाञ्जली व्यक्त

Breaking News, राष्ट्रिय, विगन्यूज, समाचार, सुचना संचार
काठमाडौँ : नेकपा (बहुमत) का प्रवक्ता सुदर्शनले नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) का केन्द्रीय सल्लाहकार समिति संयोजक डा. ओम गुरुङप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गरेका छन् । प्रवक्ता सुदर्शनले बुधबार श्रद्धाञ्जली वक्तव्य जारी गर्दै गुरुङको निधनले दुःखी बनेका परिवारजन र सम्बन्धित पार्टीप्रति हार्दिक समवेदना पनि प्रकट गरेका छन् । श्रद्धाञ्जली वक्तव्यमा प्रवक्ता सुदर्शनले भनेका छन्, ‘नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) का केन्द्रीय सल्लाहकार समिति संयोजक कमरेड ओम गुरुङको घाँटीको अर्बुद रोगका कारण किमो अस्पताल हरिसिद्धि ललितपुरमा असोज ३१ गते दिउँसो १ बजे निधन भएको खबरले हामीलाई अत्यन्त मर्माहत बनाएको छ ।’ वक्तव्यमा अगाडि भनिएको छ, ‘२००९ साल माघ २७ गते जन्मिएका कमरेड गुरुङ २०२४ सालदेखि नेपाली कम्युनिस्ट आन्दोलनमा संलग्न भई नेतृत्व स्तरमा आइपुग्नुभएको थियो । नेपाली क...