३० जेष्ठ २०८३, शनिबार

Tag: नेपाल

पश्चिमी वायु काे प्रभाव सक्रिय रहेसंगै चिसाे बढेको छ ।

पश्चिमी वायु काे प्रभाव सक्रिय रहेसंगै चिसाे बढेको छ ।

Breaking News, माैसम, समाचार
१ कात्तिक, काठमाडौँ । मनसुन बाहिरिएसँगै पश्चिमी वायुको प्रभाव सक्रिय रहेकाले बदली र वर्षाको सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखा मौसमविद् हीरा भट्टराईका अनुसार पछिल्ला दिनमा तापक्रम घट्दै गएको छ । पश्चिमी वायु सक्रिय रहेकाले चिसो पनि बढेको छ । मनसुन सकिएपछि पश्चिमी वायुको प्रवेश हुने भएकाले दुई दिन बदली र वर्षाको सम्भावना रहेको उनले बताए । उनले भने, ‘मनसुन बाहिरिएसँगै पश्चिमी वायुहरू सक्रिय हुन्छन् आज र भोलि धेरै नै सक्रिय छन् जसले गर्दा सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशमा बदली गराएर पहाडी भू–भागमा हल्का वर्षा गराउने सम्भावना रहेको छ ।’ पश्चिमी वायुसँगै चिसो पनि आउने भएकाले अबका दिनमा क्रमशः चिसो बढ्दै जाने मौसमविद् भट्टराईको भनाइ छ । यस वर्षको मनसुन गत शनिबारबाट नेपालको सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी र मधेस...

कर्णाली लाई दिलाय पहिलाे स्वर्ण पदक दुर्गा बुढाले

Breaking News, खेल, पर्यटन, राष्ट्रिय, शिक्षा, समाचार
३१ असोज, काठमाडौं । स्टिबल चेस ३ हजार मिटरमा कर्णाली प्रदेशका दुर्गा बुढाले स्वर्णपदक जितेका छन् । दुर्गाले जितेकाे स्वर्ण नवाैँ राष्ट्रियमा कर्णालीकाे पहिलाे हाे । बुढाले ८ मिनेट ५५ः१९ सेकेण्ड टाइमिङसहित स्वर्ण जितेका हुन् । एपीएफका अजित यादवले ९ मिनेट २१ः१० सेकेण्डसहित रजत र त्रिभुवन आर्मी क्लबका सुबास कार्कीले ९ मिनेट २२ः१५ सेकेण्डसहित कास्य जिते । विजेता बनेपछि प्रतिक्रिया दिंदै उनले स्वर्ण पदक जित्छु भन्नेमा पहिल्यै विश्वस्त रहेको बताए । ‘मलाई स्वर्ण जित्छु भन्ने पहिलै थाहा थियो । पोखराको ट्रयाक राम्रो छ । यहाँको फास्ट ट्रयाक छ । जित्छु भन्ने लागेको थियो,’ दुर्गाले भने । उनले आफू नेपाली भएको र नेपाली नागरिकता भएकाले नेपालको राष्ट्रिय खेलकुद खेल्न पाउने बताए । ‘म रोजीरोटीका लागि भारत गएको थिएँ । मसँग नेपाली नागरिकता नै छ । मैले भारतको लागि पनि खेलेको थिएँ । उताबाट एनओेसी ल्याए...
जाजरकोटमा एक लाख ३ हजार ३६३ मतदाता,१४२ मतदान केन्द्र

जाजरकोटमा एक लाख ३ हजार ३६३ मतदाता,१४२ मतदान केन्द्र

Breaking News, पर्यटन, राजनीति, राष्ट्रिय, शिक्षा, समाचार, सुचना संचार
जाजरकोट । जाजरकोटमा एक लाख भन्दा बढी मतदाता रहेका छन् । जिल्ला निर्वाचन कार्यालय जाजरकोटको तथ्यांक अनुसार १ लाख ३ हजार ३६३ मतदाता रहेका छन् । कार्यालयका निमित्त प्रमुख नविन कुमार कठायतका अनुसार कुशे गाउँपालिकामा ११ हजार ९ सय ५३ मतदाता छन् । जसमध्ये पुरुष ६ हजार ४ सय ६६ र महिला ५ हजार ४ सय ८७ छन् भने १७ वटा मतदान केन्द्र रहेका छन् । छेडागाड नगरपालिकामा २० हजार ६ सय २९ मतदाता रहेका छन् । महिला ९ हजार ६ सय २६ र पुरुष ११ हजार २ रहेका छन् भने २७ वटा मतदान केन्द्र छन्् । जुनीचाँदे गाउँपालिकामा ११ हजार ९ सय ४० मतदता रहेका छन् । जसमध्ये पुरुष ६ हजार ४ सय ४० र महिला ५ हजार ५ सय छन् भने १८ वटा मतदान केन्द्र रहेका छन् । नलगाड नगरपालिकामा १६ हजार ४ सय २७ मतदाता रहेका छन् । पुरुष ८ हजार ७ सय २८ र महिला ७ हजार ६ सय ९९ छन् भने २२ वटा मतदान केन्द्र रहेका छन् । यस्तै, भेरी नगरपालिकामा सबैभन्द...
आजदेखि मौसममा क्रमिक सुधार

आजदेखि मौसममा क्रमिक सुधार

राष्ट्रिय, विज्ञान प्रबिधि, समाचार, सुचना संचार, स्वास्थ
२५ असोज, काठमाडौं । नेपालको आसपास विकास भएको न्यूनचापीय प्रणाली कमजोर भएसँगै आजबाट मौसम क्रमिकरूपमा सुधार हुने जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मनसुन सक्रिय रहे पनि न्यूनचापीय प्रणाली कमजोर रहेकाले मनसुन क्रमिकरूपमा सुधार हुँदै गएको महाशाखाका मौसमविद् हीरा भट्टराईले जानकारी दिए । उनले अबको दुई दिनपछि नेपालको मौसममा पूर्णतया सुधार हुने बताए । मौसमविद् भट्टराईले भने, ‘मनसुन जारी रहे पनि वर्षा गराउने प्रणाली कमजोर भएको छ । आज कर्णाली र सुदूरपश्चिमका केही स्थान र पूर्वका धेरै स्थानमा वर्षा हुने देखिन्छ । भोलिदेखि सुदूरपश्चिम र कर्णाली प्रदेशमा सुधार हुन्छ, बिहीबारदेखि देशैभर मौसम सफा रहन्छ ।’ जारी मनसुनका साथै आसपास विकास भएको न्यूनचापीय प्रणालीको प्रभावले विगत आठ दिनदेखि निरन्तरको वर्षा पछिल्लो तीन दिनयता खण्डितरूपमा मात्रै भइरहेको छ । मनसुन बाहिरिन भने ...
२९गते सम्म समानुपातिक  बन्दसूचीमाथि  दाबी-विरोध गर्न सकिने

२९गते सम्म समानुपातिक बन्दसूचीमाथि दाबी-विरोध गर्न सकिने

Breaking News, राष्ट्रिय, शिक्षा, समाचार, सुचना संचार
आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेश सभा सदस्य निर्वाचनको समानुपातिक निर्वाचन प्रणालीतर्फको प्रकाशित बन्दसूचीमा समावेश उम्मेदवारका बारेमा यही असोज २९ गतेसम्म दाबी विरोधका लागि समय दिइएको छ। विभिन्न राजनीतिक दलले संशोधन गरी पेस गरेको सूचीमा समावेश उम्मेदवारको योग्यता र अयोग्यताका सम्बन्धमा दाबी-विरोधको निवेदन दिन आइतबारदेखि समय दिइएको हो। उम्मेदवारबारे प्राप्त दाबी-विरोधको छानबिन गरी निर्वाचन आयोगले कात्तिक ९ गते अन्तिम नामावली सार्वजनिक गर्ने आयोगका सचिव एवं समानुपातिकतर्फका मुख्य निर्वाचन अधिकृत गोकर्णमणि दुवाडीले जानकारी दिए। समानुपातिकतर्फ सिट प्राप्त गर्न कुनै पनि दलले प्रतिनिधिसभामा कुल सदर मतको तीन प्रतिशत र प्रदेश सभामा एक दशमलव पाँच प्रतिशत मत अनिवार्य ल्याउनुपर्नेछ। उल्लिखित मत नल्याएमा उक्त दलले समानुपातिकतर्फको सिट प्राप्त गर्न सक्दैन। ‘संसदमा प्रतिनिधित्व गर...
सामाजिक सञ्जालमा गरिएको विज्ञापन पनि निर्वाचन खर्चमा जोडिने

सामाजिक सञ्जालमा गरिएको विज्ञापन पनि निर्वाचन खर्चमा जोडिने

Breaking News, राजनीति, राष्ट्रिय, सुचना संचार
काठमाडौँ — निर्वाचन आयोगले सामाजिक सञ्जालबाट गरिएको विज्ञापन पनि निर्वाचन खर्चमा समावेश गर्ने जनाएको छ ।  आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि उम्मेदवारी दर्ता प्रक्रिया सकिएसँगै राजनीतिक दल र उम्मेदवारहरूले सामाजिक सञ्जालमा प्रचार गरेको भन्दै आयोगले उक्त प्रचारसमेत निर्वाचन खर्चमा समावेश हुने बताएको हो । ‘प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन, २०७९ का लागि आयोगले राजनीतिक दल र उम्मेदवारले गर्न पाउने निर्वाचन खर्चको हदसमेत निर्धारण गरी सार्वजनिक गरिसकेको अवस्थामा दल र उम्मेदवारले सामाजिक सञ्जालको प्रयोगसमेतबाट गर्ने विज्ञापनलाई निर्वाचन खर्चमा समावेश गरिने विषयबारे आयोग सम्बन्धित दल र उम्मेदवारलाई स्मरण गराउन चाहन्छ‚’ सोमबार आयोगद्वारा जारी विज्ञप्तिमा भनिएको छ । निर्वाचन व्यवस्थापनमा सामाजिक सञ्जालको उपयोगसम्बन्धी नीति‚ २०७७ बमोजिम निर्वाचनका सबै चरण...
‘नवौं महाधिवेशनलाई विचार, मूल्य र आदर्श उत्सवको रूपमा सम्पन्न गरौं !’

‘नवौं महाधिवेशनलाई विचार, मूल्य र आदर्श उत्सवको रूपमा सम्पन्न गरौं !’

Breaking News, राजनीति, राष्ट्रिय, विगन्यूज, समाचार
‘ऐतिहासिक नवौँ महाधिवेशनलाई भव्यरूपले सफल पारौं ! एकीकृत जनक्रान्तिको विचारलाई नयाँ उचाइमा विकास गरौं !! ऐतिहासिक नवौँ महाधिवेशनलाई भव्यरूपले सफल पारौं ! एकीकृत जनक्रान्तिको विचारलाई नयाँ उचाइमा विकास गरौं !!हाम्रो पार्टीको आठौँ महाधिवेशन सम्पन्न भएको ५ वर्ष बितिसकेको छ । यसबीचमा देशभित्र र अन्तर्राष्ट्रिय क्षेत्रमा गम्भीर ऐतिहासिक महत्वका घटनाहरू भएका छन् । यसबीचमा महान् जनयुद्ध र जनआन्दोलनको जनादेश र जनभावनाका विरुद्ध राष्ट्रियता, जनजीविका र जनतन्त्रमाथि गम्भीर आघात पु-याइएको छ । महान् जनयुद्धको क्रममा जनताले चिहानको डिलमा पु-याएको दलाल संसदीय व्यवस्थालाई प्रचण्ड–बाबुरामको आत्मसमर्पण, दलाल पुँजीपति वर्गको षड्यन्त्र र साम्राज्यवादको आडमा पुनः लादिएको छ । जनयुद्धमाथिको दमन देशभक्त धारामाथिको दमन थियो र हो । यी जनद्रोही र देशद्रोही कदमहरूले जनताको बाँच्न पाउने नैसर्गिक अधिकारमाथिको पन...
फूलमती विश्वकर्माप्रति नेकपा (बहुमत) द्वारा हार्दिक श्रद्धाञ्जली

फूलमती विश्वकर्माप्रति नेकपा (बहुमत) द्वारा हार्दिक श्रद्धाञ्जली

Breaking News, राष्ट्रिय, विगन्यूज, समाचार, सुचना संचार, स्वास्थ
काठमाडौँ : नेकपा (बहुमत) नवौँ महाधिवेशन आयोजक समितिका सदस्य लोकेश विश्वकर्माकी आमा फूलमती विश्वकर्माप्रति पार्टी संयोजक कञ्चनले हार्दिक श्रद्धाञ्जली प्रकट गरेका छन् । शनिबार श्रद्धाञ्जली वक्तव्य जारी गर्दै पार्टी संयोजक कञ्चनले लोकेशसहित शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना पनि व्यक्त गरेका छन् । संयोजक कञ्चनले जारी गरेको वक्तव्यमा भनिएको छ, ‘पर्वत जिल्लाको पैयुँ गाउँपालिका स्थायी घर भई हाल कास्कीको पोखरा महानगरपालिका १३ लेखनाथमा बसोबास गर्दै आएका हाम्रो पार्टीको नवौँ महाधिवेशन आयोजक समितिका सदस्य एवम् पूर्वविद्यार्थी नेता कमरेड लोकेश विश्वकर्माकी ममतामयी आमा फूलमती विश्वकर्माको यही असोज २२ गते शनिबार ६२ वर्षको उमेरमा हृदयाघातका कारण भएको असामयिक निधनले सिङ्गो पार्टीलाई स्तब्ध बनाएको छ । कमरेड लोकेशकी ममतामयी आमाको असामयिक दुःखद् निधनमा आमाप्रति सिङ्गो पार्टी भावपूर्ण श्रद्धाञ्ज...
पूर्वमाओवादी नेता बालकृष्ण ढुङ्गेलप्रति नेकपा (बहुमत) द्वारा श्रद्धाञ्जली

पूर्वमाओवादी नेता बालकृष्ण ढुङ्गेलप्रति नेकपा (बहुमत) द्वारा श्रद्धाञ्जली

Breaking News, राजनीति, राष्ट्रिय, शिक्षा, समाचार, सुचना संचार, स्वास्थ
काठमाडौँ : पूर्वमाओवादी नेता एवम् संविधानसभा सदस्य बालकृष्ण ढुङ्गेलप्रति नेकपा (बहुमत) ले श्रद्धाञ्जली प्रकट गरेको छ । पार्टी प्रवक्ता सुदर्शनले आइतबार बिहान शोक वक्तव्य जारी गर्दै नेता ढुङ्गेलप्रति श्रद्धाञ्जली प्रकट गर्दै शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गरेका छन् । प्रवक्ता सुदर्शनद्वारा जारी वक्तव्यमा भनिएको छ, ‘महान् जनयुद्धका एक क्रान्तिकारी बौद्धिक माओवादी नेता, पूर्वसंविधानसभा सदस्य कमरेड बालकृष्ण ढुङ्गेलको असामयिक निधनले हाम्रो पार्टीलाई दुःखी बनाएको छ । कथित सङ्घीय लोकतान्त्रिक गणतन्त्र नाउँको दलाल संसदीय व्यवस्था र सरकारले जनयुद्धकालीन झूट्टा मुद्दा लगाएर लामो समयसम्म अन्यायपूर्वक जेलमा राखेका कमरेड ढुङ्गेलको असामयिक निधनबाट राजनीतिक आन्दोलनलाई ठूलो क्षति पुगेको छ । हाम्रो पार्टी कमरेड बालकृष्ण ढुङ्गेलप्रति हार्दिक श्रद्धाञ्जली प्रकट गर्दछ र शोकसन्तप्त परिवारजन...
देशद्रोही र भ्रष्टहरूको उम्मेदवारीविरुद्ध नेकपा (बहुमत) द्वारा देशभरका निर्वाचन कार्यालयमा ज्ञापन

देशद्रोही र भ्रष्टहरूको उम्मेदवारीविरुद्ध नेकपा (बहुमत) द्वारा देशभरका निर्वाचन कार्यालयमा ज्ञापन

Breaking News, राजनीति, राष्ट्रिय, शिक्षा, समाचार, सुचना संचार
काठमाडौँ : भष्टाचारको अभियोगमा प्रमाणित वा गम्भीर आरोपित व्यक्तिहरू, मिटरब्याजको अपराधमा संलग्न व्यक्तिहरू, ठेकेदारको लाइसेन्स लिएका व्यक्तिहरू, शिक्षा र स्वास्थ्य क्षेत्रमा लगानी गरेका व्यक्तिहरू तथा नेपालमा एमसीसी भित्र्याउन विशेष भूमिका खेल्ने र संसद्‌बाट पारित गराउन भूमिका खेल्नेहरूलाई सांसदको उम्मेदवार नबनाउन चेतावनी दिँदै नेकपा (बहुमत) ले आइतबार उम्मेदवारी मनोनयनकै दिन देशभरका निर्वाचन आयोगका कार्यालयहरूमा ज्ञापनपत्र दिएको छ । नेकपा (बहुमत) का विभिन्न नौवटा जनवर्गीय सङ्गठनहरूले देशशभर एकैसाथ ज्ञापनपत्र दिएका हुन् । मङ्सिर ४ गते हुने भनिएको निर्वाचनमा भ्रष्ट र राष्ट्रघातीहरूलाई उम्मेदवार नबनाउन निर्वाचन आयोगलाई आग्रह गर्दै उक्त ज्ञापनपत्र बुझाइएको जानकारी नेकपा (बहुमत) को सहायक सङ्गठन युवा जनस्वयम्सेवक नेपालका केन्द्रीय उपाध्यक्ष वीरेन्द्र विकले दिए । उनले आफ्नो पार्टी निकट रहेका नौ ...