५ जेष्ठ २०८२, आईतवार

Tag: नेकपा माओवादी केन्द्र

माओवादी बलियो भए मात्रै नेपाली जनता बलियो हुनेछन् : प्रचण्ड

माओवादी बलियो भए मात्रै नेपाली जनता बलियो हुनेछन् : प्रचण्ड

Breaking News, राजनीति, विचार
सुर्खेत : नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादी बलियो भए मात्रै नेपाली जनता बलियो हुने  बतायका छन।कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर, सुर्खेतमा सोमबार बाट सुरु भएको पार्टीको युवा संगठन -वाइसीएल (योङ कम्युनिस्ट लिग) नेपाल, कर्णाली प्रदेश समितिको प्रथम सम्मेलनलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले माओवादी केन्द्र समाजवादी अभियानमा रहेको बताउँदै सो अभियानलाई अझ तीव्र बनाउने घोषणा समेत गरेका थिए। हामी सरकारको नेतृत्वमा रहँदा अन्तर्राष्ट्रिय क्षेत्रमा नेपाल र नेपाली जनताको इज्जत र प्रतिष्ठा बढाउन काम गर्यौं। चीनसँगको सहकार्यबाट कर्णाली लगायत देशको उत्तरी सीमामा रहेका नागरिकका लागि आर्थिक अवसरको ढोका खोल्ने पहल गरियो।” अध्यक्ष प्रचण्डले वर्तमान सरकारले ‘कर्णाली समृद्धि कार्यक्रम’ हटाएर यस प्रदेशका जनतामाथि फेरि विभेद...
जाजरकोट,वाईसीएल अध्यक्षमा बस्नेत र खेलकुद अध्यक्षमा सिंह चयन

जाजरकोट,वाईसीएल अध्यक्षमा बस्नेत र खेलकुद अध्यक्षमा सिंह चयन

Breaking News, खेल, राजनीति, राष्ट्रिय, विचार, समाचार
याेङ कम्युनिष्ट लिग (वाइसिएल) नेपाल, जाजरकोट अध्यक्षमा यज्ञराज बस्नेत र अखिल नेपाल खेलकुद महासंघ जिल्ला शाखाकाे अध्यक्षमा सुरेन्द्र सिंह सर्वसम्मत चयन भएका छन् । नेकपा माओवादी केन्द्र निकट युवा संगठनकाे वाईसीएल नेपालकाे  जिल्ला सदरमुकाम खलंगामा शुक्रबार सम्पन्न पाँचौ जिल्ला सम्मेलनले अध्यक्षमा बस्नेतलाई सर्वसम्मत चयन गरेको हो । बस्नेत दोस्रो कार्यकालका लागि अध्यक्ष पदमा सर्वसम्मत चयन भएका भएका हुन् ।वाइसीएल नेपालीको सम्मेलनले बस्नेतको अध्यक्षतामा ७१ सदस्य जिल्ला समन्वय समिति चयन गरेको छ । होटल रिद्धिको सभाहलमा सम्पन्न सम्मेलनले उपाध्यक्षमा गोविन्द गिरी, खम्बप्रसाद सिंह, सुनकेसा केसी, सचिवमा सौगात विष्ठ, स–सचिवमा दिपक खड्का, भुपेन्द्र रावल, बालकृष्ण शाह, मुक्तिराज विकलाइ सर्वसम्मत चयन गरेको छ भने, कोषाध्यक्षमा गीता बुढालाइ सर्वसम्मत चयन गरेको छ । २० सदस्य पछि मनोनित गर्ने गरि सम्मेलनले ज...
पुर्व शिक्षक एवं दरिला कम्युनिस्ट सदस्य डण्डविर राना सम्मानित

पुर्व शिक्षक एवं दरिला कम्युनिस्ट सदस्य डण्डविर राना सम्मानित

Breaking News, मनाेरन्जन, राजनीति, राष्ट्रिय, विचार, शिक्षा, समाचार
जाजरकोट :  भेरि नगरपालिका १ का कम्युनिस्ट सदस्यका रुपमा चिनिएका पुर्व शिक्षक एवम  जिल्लाका ईमान्दार कम्युनिस्ट सदस्य डण्डविर राना सम्मानित भयका छन ।नेकपा माओवादी केन्द्रकाे  तेश्राे वडा सम्मेलन का अवसरमा आज रानालाई पार्टीका कर्णाली प्रदेश कमिटीका उपाध्यक्ष ढकविर राना र वडा कमिटीले सम्मान पत्र ग्रहणका साथ  सम्मान गरेकाे थियाे ।सम्मानित हुने राना जाजरकोट जिल्लाका एक ईमान्दार र दरिला कम्युनिस्ट सतिसालका रुपमा चिनिन्छन उनी पुर्व स्थायी शिक्षक पनि हुन अहिले उनी शिक्षकबाट अवकाश भयका छन । उमेरले झन्नै ७० नाघेका राना अझै पनि युवा जाेस र जागर साथ श्रममा हाेमियका हुन्छन । पुर्व शिक्षक रानाले पढायका बिद्यार्थीहरु आज काेहि मन्त्री काेहि उच्च तहका सरकारी कर्मचारी भयका छन भने काेहि विभिन्न पार्टीका नेता भयका छन । आफुलाई सम्मान गरेकाेमा पार्टी कमिटिलाइ खुसि ब्यक्त गर्दै राना भन्छन ´ म सधै श्रमजीवी ...
विप्लव र म बिचकाे फाटाे ल्याउन भ्रम छरियाे :जनार्दन शर्मा

विप्लव र म बिचकाे फाटाे ल्याउन भ्रम छरियाे :जनार्दन शर्मा

Breaking News, राजनीति, विचार
काठमाडौ: नेकपा माओवादी केन्द्रका उपमहासचिव तथा पुर्व मन्त्री जनार्दन शर्माले विप्लव र आफुबिच फाटो ल्याउन भ्रम छरिएको बताएका छन । सार्वजनिक नीति तथा रणनीतिक अध्ययन केन्द्र, नेपालले बिहीबार प्रज्ञा भवनमा गरेको ‘माओ दिवस र वर्तमान नेपाली राजनीति’ विषयक अन्तर्क्रिया कार्यक्रममा शर्माले विप्लव र आफूबिच फाटो ल्याउन विभिन्न भ्रम छरिएको बताएका हुन । पार्टीले २०६६ तिर विद्रोह र चुनावको दुई धारे नीति अवलम्बन गर्नु कमजोरी भएको उनले प्रष्ट पारेका छन । ‘२०६६ सालतिर पार्टीले विद्रोह र चुनावको कार्यनीति अगाडि सार्नु कमजोरी थियो । त्यतिबेला विद्रोह बुझ्नेले विद्रोह बुझ्यो । चुनाव बुझ्नेले चुनाव बुझ्यो । विप्लवजीले विद्रोह बुझ्नुभयो र आफ्नो बाटो लाग्नुभयो’, उनले भने, ‘हाम्रो बिचमा कालोबादल लगाउने विषयमा प्रयत्न गरिएको थियो । त्यो सही होइन । माओवादी पुनर्गठनको अभियान आफैँले थालेको हुँ । विप्लव र मेरोब...
सशस्त्र जनयुद्धको माध्यम बाट हाेईन जनक्रान्ती माध्यम बाट अगाडि बढ्छाै : प्रचण्ड

सशस्त्र जनयुद्धको माध्यम बाट हाेईन जनक्रान्ती माध्यम बाट अगाडि बढ्छाै : प्रचण्ड

Breaking News, राजनीति
काठमाडौं :नेकपा माओवादी केन्द्र का अध्यक्ष प्रचण्डले अब सशस्त्र जनयुद्धको माध्यम बाट हाेईन जनक्रान्तिकाे माध्यमबाट अगाडि बढ्ने बतायका छन्। माओवादी केन्द्र का अध्यक्ष तथा पुर्व प्रधानमन्त्री समेत रहेका प्रचण्डले आज काठमाडौंकाे खबरदारी सभालाइ सम्बाेधन गर्द‌ै भने "तपाईहरुले ढुक्कसँग सरकार चलाए हुन्छ, माओवादी आउँछ कि भन्ने टेन्सन नलिए हुन्छ, माओवादी अब तपाईंलाई साथ लियर पनि जादैन र तपाईंका पछि पनि लाग्दैन ।बिगतमा कांग्रेस र एमाले संग सत्ता सहकार्य गरेर गल्ती गरेकाे बताय । प्रचण्डले अगाडि भने -हामी अलिअलि बिग्रिन थालेका थियौं ! जनताबाट कट्न थालेका थियौं, तपाईहरुले हामीलाई बेलैमा निकालिनिुभयो र जनतातिर फर्काइदिनुभयो ।’ माओवादीले फेरि कांग्रेस फकाउला वा एमाले फकाउला भन्ने चिन्ता नलिन पनि उनले आग्रह गरे । उनले अब कांग्रेस र एमालेसँग मिलेर चुनाव नलड्ने समेत बताए । जति सिट ल्याए पनि एक्लै ...
माओवादी केन्द्रले गर्याे भ्रष्टाचार विरुद्ध जन प्रदर्शन

माओवादी केन्द्रले गर्याे भ्रष्टाचार विरुद्ध जन प्रदर्शन

Breaking News, राजनीति, राष्ट्रिय, विचार, समाचार
काठमाडौं : नेकपा माओवादी केन्द्रले सरकार विरुद्ध काठमाडौंमा जन प्रदर्शन गरेकाे  छ । जन प्रदर्शन सुन्धारा बाट र्यालि,नारा जुलुस सहित भृकुटीमण्डपकाे प्रदर्शनीमार्गमा  पुगेर सभामा परिणत भएको छ । सभालाई पार्टी अध्यक्ष प्रचण्ड लगायत केन्द्रीय नेताहरूले  सम्बोधन गर्ने तयारीमा छ। माओवादीकाे याे प्रदर्शन २०६४ साल यताकाे ठुलाे जन प्रदर्शन भयकाे बिश्लेषकहरुले बतायका छन । सत्ता बाहिर भय पछि नेकपा माओवादी केन्द्र ले यतिवेला देशै भरि संगठन बिस्तार र जन भेटघाट कार्यक्रमलाई तिब्रता दिईरहेकाे छ ।...
अलमलिएको विद्यार्थी आन्दोलन-तिर्सना हमाल

अलमलिएको विद्यार्थी आन्दोलन-तिर्सना हमाल

राजनीति, विचार, शिक्षा
बिषय प्रारम्भ -देशमा संकट देखा परेपछि विद्यार्थी आन्दोलनको आवश्यकता महसुस हुने गर्छ । निरंकुश जहानियाँ राणा शासनदेखि निर्दलीय पञ्चायत र राजाको सक्रिय शासनविरुद्धका निर्णायक राजनीतिक आन्दोलनको अग्रपंक्तिमा युवा विद्यार्थी नै थिए । विद्यार्थीकै पहलकदमीमा यी आन्दोलन उठान भई देशको शासन सत्ता नै परिवर्तन भएका हुन् । देशमा महँगी, कुरीति, कुशासन वा भ्रष्टाचार मौलाउँदा अहिले पनि मानिसहरू विद्यार्थी आन्दोलनको आवश्यकता महसुस गर्छन् । त्यसैले, विद्यार्थी आन्दोलन नेपालको राजनीतिकै पर्याय बन्न गएको छ । तर, पछिल्ला केही वर्षयता विद्यार्थी आन्दोलन कुहिरोभित्रको कागजस्तै अलमलिएको छ । विद्यार्थी आन्दोलन साह्रै नमिठा आपसी कचिंगलमा रुमल्लिएको छ । विचारधारात्मक बहस छेड्ने तागतको त कुरै छोडौँ, वर्तमानमा विद्यार्थी संगठनले शैक्षिक सुधार वा रूपान्तरणको आन्दोलनसमेत उठान गर्न सकेका छैनन् । सामाजिक सुधारका एजेन्डा ...
माओवादी केन्द्रका द्धाेय उपमहासचिव बस्नेत र शर्मा भुकम्प प्रभावित क्षेत्रमा उद्धार र राहतमा निरन्तर खटिरहेका छन

माओवादी केन्द्रका द्धाेय उपमहासचिव बस्नेत र शर्मा भुकम्प प्रभावित क्षेत्रमा उद्धार र राहतमा निरन्तर खटिरहेका छन

Breaking News, पुर्वाधार, राष्ट्रिय, विचार, विज्ञान प्रबिधि, समाचार
जाजरकोट ।नेकपा माओवादी केन्द्रका उपमहासचिव द्वाेय शक्ति बहादुर बस्नेत र जनार्दन शर्मा ‘प्रभाकर’ भुकम्प प्रभावित क्षेत्रमा उद्दार-राहतमा जुटिरहेकाछन । पूर्वअर्थमन्त्री समेत रहेका प्रभाकर र पुर्व गृह तथा बर्तमान -उर्जा जलश्राेत तथा सिचाइ मन्त्री शक्ति बहादुर  बस्नेत भुकम्प प्रभावित क्षेत्रका पीडितसँगै छन् । उद्दार कार्य सकिएपछि अहिले राहत तथा पुनःस्थापनाको  कामलाई प्रभावकारी रुपमा अगाडि बढाउन शर्मा रुकुम र बस्नेत जाजरकोटका पिडितहरुसंगै सुखदुःखमा खटिरहेका छन ।२०७९ काे प्रतिनिधि सभा निर्वाचनमा नेपाली कांग्रेस संगकाे गठबन्धनमा शर्माले रुकुम पश्चिम बाट ३९,५४९ मत ल्याई बिजयी भयका थिय भने जाजरकोटकमा बस्नेतले पनि ३४,१५१ मत प्राप्त गरि विजयी भयका थिय । शर्माका प्रतिद्वन्द्वी नेकपा एमालेका नन्दराम देवकोटाले १२,९६१ र बस्नेतका प्रतिद्वन्द्वी नेकपा एमालेका निरज आचार्यले २५,१२० मत प्राप्त गरि पराजित भ...
राष्ट्रिय सहमतिकाे सरकार बनाउनु पर्छ : जनार्दन शर्मा “प्रभाकर”

राष्ट्रिय सहमतिकाे सरकार बनाउनु पर्छ : जनार्दन शर्मा “प्रभाकर”

Breaking News, यातायात, राष्ट्रिय, विचार, समाचार
काठमाडौं ।नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्मा "प्रभाकर"ले  राष्ट्रिय सहमतिकाे सरकार बनाउनु पर्ने बताय । बुधबार नेकपा(माओवादी केन्द्र) काठमाडौँ महानगर कमिटी वडा नं. १६ ले दशैँको अवसरमा आयोजना गरेको शुभकामना तथा चियापान समारोहलाई सम्बोधन गर्दै उपमहासचिव शर्माले आगामी चुनाव मा कसैसँग गठबन्धन नगर्ने बताए । ‘हाम्रो पार्टी कसैसँग गठबन्धन गरेर चुनाव लड्दैन। हामी एक्लै लड्छौँ। एक्लै प्रतिस्पर्धा गर्छौ र एक्लै प्रतिस्पर्धा गर्ने हैसियत हाम्रो पार्टीको बनाउने योजना छ। कसैसँग मिल्दैनौँ। यो प्रतिवद्धता हो। संकल्प हो। यो कुरालाई म स्पष्ट गर्न चाहन्छु,’ उनले भने।उनले प्रदेश सरकारलाई छिटो भन्दा छिटो अधिकार हस्तान्तरण गरेर प्रदेश सरकारलाई बलियो बनाउनुपर्ने बताए। राष्ट्रिय सहमति गरेर जानुपर्छ। यदि राष्ट्रिय सहमती गर्ने होइन भने के देखियो भने सरकार पनि कतिदिन चल्ने? कति महिना चल्ने? भन्...
माओवादी केन्द्र सुदुरपश्चिम प्रदेश उपाध्यक्ष महेशकाे निधन

माओवादी केन्द्र सुदुरपश्चिम प्रदेश उपाध्यक्ष महेशकाे निधन

Breaking News, राष्ट्रिय, समाचार, स्वास्थ
काठमाडौं ।नेकपा माओवादी केन्द्र सुदूरपश्चिम प्रदेशका उपाध्यक्ष कृष्ण बडुवाल ‘महेश’ को निधन भएको छ । केही दिनदेखि निमोनियाले संक्रमणले थला परेका बडुवालको उपचारको लागि लखनउँ लिँदै गर्दा बाटोमै निधन भएको हो । पार्टीको तीन अभियान क्रममा कार्यक्षेत्र डोटीमा खटिएका महेश स्वास्थ्यमा समस्या देखा परेपछि कैलाली फर्किएर उपचारमा लागेका थिए । जनयुद्धकालदेखि पार्टीको इमान्दार सिपाईको रुपमा जिम्मेवारी पूरा गर्दै आएका महेश सामाजिक कार्यमा समेत सहभागी हुँदै आएका थिए । जनयुद्धको क्रममा सुर्खेत जेल ब्रकका योद्धा समेत हुन् ।पाँच भाइमध्ये महेश काइला हुन् ।...