११ श्रावण २०८१, शनिबार

Tag: डाेल्पा

डाेल्पामा आगलागीमा घाईते दुई सैनिकाे मृत्युु

डाेल्पामा आगलागीमा घाईते दुई सैनिकाे मृत्युु

Breaking News, पुर्वाधार, राष्ट्रिय, समाचार
काठमाडौं :डाेल्पा जिल्लाको ठूलोभेरी नगरपालिका–३ स्थित मष्टा भवानी सामुदायिक वनमा लागेको डढेलो निभाउने क्रममा देवीदत्त गण ‘क’ का चार सैनिक घाइते भएका थिए । ती मध्ये एकको डोल्पामै सोमबार साँझ र थप दुई सैनिकको काठमाडौंको कीर्तिपुरस्थित अस्पतालमा उपचारको क्रममा मृत्यु भएको सैनिक प्रवक्ता तथा सहायक रथी कृष्णप्रसाद भण्डारीले बताए । सोमबार साँझ डोल्पामा सिपाही हेमन्त रावतको मृत्यु भएको थियो । मंगलबार कीर्तिपुर अस्पतालमा भने जमदार केशरबहादुर जागा मगर र सिपाही आशिष बुढाको मृत्यु भएको हो ।  विजय कोइरालाको भने उपचार भइरहेको छ । सामुदायिक वनमा केही दिनदेखि डढेलो लागेपछि नियन्त्रणका लागि नेपाली सेनाका दुई वटा गुल्म सशस्त्र प्रहरी बल नेपाल प्रहरी र स्थानीयको टोली खटिएको थियो ।...
भुकम्प अपडेट: हाल सम्म जम्मा १३७ जनाकाे मृत्युु भयकाे पुष्टि

भुकम्प अपडेट: हाल सम्म जम्मा १३७ जनाकाे मृत्युु भयकाे पुष्टि

Breaking News, पुर्वाधार, माैसम, राष्ट्रिय, विज्ञान प्रबिधि, समाचार
जाजरकोट ।भूकम्पका कारण जाजरकोट र रुकुम पश्चिममा मृत्यु हुनेको सङ्ख्या १ सय ३७ पुगेको छ । दिउँसो २:१५ को अपडेट अनुसार जाजरकोटमा मात्र ६९ महिला र ३० पुरुष गरी ९९ जनाको मृत्यु भएको छ । त्यसैगरी रुकुम पश्चिममा १९ महिला र १९ पुरुष गरी ३८ जनाको मृत्यु भएको हो । दुवै जिल्लाको मृतकको सङ्ख्या जोड्दा १३८ पुगेको हो । त्यस्तै जाजरकोटमा ८१ जना घाइते भएका छन् भने रुकुम पश्चिममा ७५ जना घाइते भएका छन् । भूकम्पबाट दैलेखमा २, सल्यानमा १ र जुम्लामा ५ जना घाइते भएका छन् ।  गएराति जाजरकोट केन्द्रबिन्दु भएर ६.४ म्याग्निच्युडको भूकम्प गएको थियो ।...
बेपत्ता मेजरकाे १६ दिन पछि भेरि नदिमा सव भेट्टियाे

बेपत्ता मेजरकाे १६ दिन पछि भेरि नदिमा सव भेट्टियाे

Breaking News, माैसम, राष्ट्रिय, समाचार
काठमाडौं ।गत भदौ ११ गतेदेखि बेपत्ता डोल्पाको दुनैस्थित नन्दबक्स गुल्मका मेजर बिमल पण्डितको शव मंगलबार भेरी नदीमा भेटिएको छ। त्रिपुरासुन्दरी नगरपालिका-५ अन्तर्गत पर्ने करबगाडस्थित चिन्ढेबगरनजिक भेरीको किनारमा मेजर पण्डितको मृत शव फेला परेको हो। भेरीमा माछा मार्न जाल खेल्दै जाने क्रममा मंगलबार बिहान ६ बजेतिर त्रिपुरासुन्दरी-५ का परिमल भनिने शिवकमल सार्कीले चिण्ढेबगरस्थित भेरी किनारमा शव देखेपछि खदाङ्गस्थित प्रहरी चौकीमा खबर गरेका थिए। दुईवटा ढुङ्गाको खोल्सामा ठूलो ज्यान भएको बायाँ हातमा घडी र दायाँ हातको कान्छी औँलामा औठी देखेपछि मेजरको शव हुन सक्ने भनेर चौकीमा खबर गरेको सार्कीले बताए। सार्कीले खबर गर्नेबित्तिकै खदाङ्ग प्रहरीले जिल्ला प्रहरी कार्यालयलाई जानकारी दिएको थियो। त्यसलगत्तै प्रहरी नायव उपरीक्षक शिव बुढाथोकीको कमाण्डमा एउटा टोली खटिएको थियो। उद्धार सामाग्रीसहित नेपाली से...
डाेल्पा जिल्लाको जगदुल्ला जलविद्युत आयाेजनामा विभिन्न क्षेत्रबाट लगानी जुट्दै

डाेल्पा जिल्लाको जगदुल्ला जलविद्युत आयाेजनामा विभिन्न क्षेत्रबाट लगानी जुट्दै

Breaking News, अर्थवाणिज्य, राष्ट्रिय, विज्ञान प्रबिधि, समाचार
काठमाडौं ।जगदुल्ला जलविद्युत् आयोजना निर्माणका लागि विभिन्न क्षेत्रबाट लगानी जुटन थालेको छ।डोल्पाको जगदुल्ला गाउँपालिकामा बाध र मुड्केचुला गाउँपालिकाको इलमा विद्युत उत्पादन गृह रहने प्रस्ताव गरिएको जगदुल्ला अर्धजलाशय जलविद्युत् आयोजना १०६ मेगावाटको निर्माण गर्न लगानी जुटाउने कार्य जारी छ। कुल ३५ करोड लागतको अनुमान गरिएको यो आयोजनाका लागि कर्णाली प्रदेश सरकारले पहिलो चरणमा ११ लाख ७१ हजार ५०० कित्ता शेयरको ११ करोड ७१ लाख ५० हजार रुपैयाँ उपलब्ध गराएको थियो। त्यस्तै दोस्रो चरणमा ६ करोड यो आर्थिक वर्षमै भुक्तानी गरिसकेको छ। आयोजनाको कुल लगानीको ५ प्रतिशत शेयर कर्णाली प्रदेश सरकारले उपलब्ध गराउने छ। त्यस्तै हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआईडीसीएल) ले जगदुल्ला जलविद्युत आयोजनामा ऋण लगानी गर्न सहमति भइ आयोजनाहरुको प्रस्तावका आधारमा कम्पनीको बोर्डले ऋण लग...
ठुलिभेरी नगरपालिका जुफाँलमै कायम

ठुलिभेरी नगरपालिका जुफाँलमै कायम

Breaking News, पुर्वाधार, समाचार
२४ पुस डाेल्पा।  डोल्पाको ठूलीभेरी नगरपालिकाको केन्द्र जुफाल कायम भएको छ। आइतबार सर्वोच्च अदालतले दुवै पक्षबाट परेको रिट खारेज गर्दै नगरपालिकाको केन्द्र जुफाल कायम भएको फैसला गरेको हो। केन्द्र जुफाल कायम हुनुपर्ने पक्षमा ४३ जना जनप्रतिनिधिले हस्ताक्षर गरेका थिय । आठौँ नगरसभामा उपस्थित ४९ मध्ये ४३ जना जनप्रतिनिधिले जुफाल नै केन्द्र कायम गर्न सहमति जनाउँदै पक्षमा हस्ताक्षर गरेका हुन् । ६ जनप्रतिनिधिले विपक्षमा हस्ताक्षर गरे भने दुईजना अनुपस्थित भए । दुईतिहाइभन्दा पनि धेरै जनप्रतिनिधिले नगरपालिकाको केन्द्र जुफाल नै कायम हुनुपर्ने पक्षमा हस्ताक्षरसहित सहमति जनाएपछि चालू आर्थिक वर्षमै नगरपालिकाको प्रशासकीय भवन बनाउन सुरु गरिने निर्णय गरिएको प्रमुख प्रशासकीय अधिकृत डिलप्रसाद रोकायले जानकारी दिए । सदरमुकाम दुनै रहेको नगरपालिकाको केन्द्र तत्कालीन नगर प्रमुख गणेश शाहीले जालसाजी गरेर जुफाल ...