२०८३ श्रावण २, शनिवार

Tag: जाजरकोट

युवा संगठन नेपालद्वारा जाजरकोटका गाेबिन्द चन्द सम्मानित

युवा संगठन नेपालद्वारा जाजरकोटका गाेबिन्द चन्द सम्मानित

Breaking News, मनाेरन्जन, राजनीति, राष्ट्रिय, समाचार
धनगढी :नेत्र बिक्रम चन्द विप्लव नेतृत्वको  नेपाल कम्युनिष्ट पार्टीको सहायक संगठन युवा संगठन नेपालले संगठनमा महत्वपूर्ण योगदान गरेकाे भनेर  जाजरकोटका गाेबिन्द सिलाई  सम्मान गरेकाे छ ।संगठनले पाँचौ राष्टिय सम्मेलनमा सम्मानमा लामो समयसम्म संगठनमा बसी संगठनले दिएका हरेक काम जिम्मेवारी पुर्ण पुरा गरि अनुसासित भयर काम गरेकाे ठहर गर्दै जाजरकोट कुशे गाउपालिका -५ ढिमेका युवा गाेबिन्द चन्द  लाई खादा र प्रमाणपत्र प्रदान गरेर सम्मान गरेकाे हाे । गाेबिन्द चन्द जाजरकोटका एक इमानदार र शाहासिक युवा हुन । सधै जन्ता र न्याय का पक्षमा आफ्ना आवाज बुलन्द गर्दै आयका युवा गाेबिन्द सि  लाई पार्टीका केन्द्रीय सदस्य उमा सि र संगठनका केन्द्रीय अध्यक्ष पाटन सिले सम्मान गरेका थिय । आफू निरन्तर पार्टीको काममा इमानदारीपूर्वक काम गरेकाे भयर संगठनले सम्मान गरेकाेमा निकै खुसि भयकाे र आगामी दिनहरूमा पनि पार्टीका काममा...
जाजरकोटमा सहिद विदुर- यु- १९ भलिबल कप संचालन हुने

जाजरकोटमा सहिद विदुर- यु- १९ भलिबल कप संचालन हुने

Breaking News, मनाेरन्जन, शिक्षा, संस्कृति, समाचार
जाजरकोट :जाजरकोटमा अन्डर—१९ भलिबल कप सञ्चालन हुने भएको छ ।आगामी चैत्र २४ गतेदेखि सदरमुकाम खलंगामा सहिद स्मृति यूवा क्लवको आयोजनामा कप सञ्चालन हुने भएको हो । सहिद स्मृति यूवा क्लवले प्रथम सहिद विदुर स्मृति यू —१९ भलिवल कप सञ्चालन गर्न लागेको आयोजक क्लवका अध्यक्ष प्रेमबहादुर विकले बताए । शनिवार खलंगामा पत्रकार सम्मेलनको आयोजना गरी कप सञ्चालन बारे जानकारी गराईएको छ । जिल्लाको खेल क्षेत्रमा टेवा पुर्याउने हेतुले कपको आयोजना गरिएको विकको भनाई छ । सञ्चालनका लागि धेरै तयारी पुरा भएको सञ्चालन समितिका संयोजक विवश विक्रम शाहले बताए । कपमा प्रथम पुरस्कार ५० हजार कप, मेडल र प्रमाण पत्र रहेको छ । अध्यक्ष प्रेम बहादुर बिक का बुवा कर्ण बहादुर  नेपाली (विदुर )काे तत्कालीन जनयुद्धको क्रममा २०५५ सालमा दैलेखको नाैमुले मा सहादत प्राप्त भयकाे थियाे । सहिद विदुर का ३ छाेरा र ३ छाेरी छन ।...
समाजसेवी शाहीले गरिन् क्यान्सर पिडितका लागि कपाल दान

समाजसेवी शाहीले गरिन् क्यान्सर पिडितका लागि कपाल दान

Breaking News, राष्ट्रिय, विचार, शिक्षा, समाचार, स्वास्थ
काठमाडौं : जाजरकोट कुशे गाउँपालिका वडा न ४ कि सुप्रिया लक्ष्मि शाही ले क्यान्सर पिडितका लागि कपाल दान गरेकि छिन । शाहीले साेमबार सामाजिक संजाल फेसबुक मार्फत आफुले कपाल दान गरेकाे कुरा सार्वजनिक गरेकि छिन : शाहिले भनेकि छिन :-"यो निर्णय सम्म पुग्न त्यति सजिलो विल्कुलै भएन।सामाजिक प्राणीका रुपमा जन्म लिएपछि यो निर्णयका लागि धेरै आफै भित्रको प्रश्नको सामना आफैले गर्नु पर्यो ।मैले मेरो मनलाई जिते । म मेरो यो निर्णय बाट एकदमै खुसि छु । विभिन्न रोग र हिंसा, विशेष गरि क्यान्सरबाट पिढीत आमा -बुबा, दाजु-भाई,र दिदीबहिनीहरुले आफ्नो कपाल गुमाउनु भएको छ ।मैले उहाँहरुको पिडा देखेको छु! धेरै केहि गर्न नसके पनि म केहि पल, केहि छिन उहाँहरुको साथमा उभिन चाहन्छु। संग संगै एक नारीको सैन्दर्यलाई हेर्ने पुरातनबादी आँखाहरुमा पनि केहि परिवर्तन भएको हेर्न चाहन्छु ।" "म मेरो कपाल, अनुहार र लुगाले मलाई सुन्द...
आउदै गरेको डोजर र खलंगाको चिन्ता:-जनक केसी

आउदै गरेको डोजर र खलंगाको चिन्ता:-जनक केसी

Breaking News, अर्थवाणिज्य, पुर्वाधार, यातायात, राष्ट्रिय, विचार, शिक्षा
बिषय प्रवेश :अहिले जाजरकोट सदरमुकाम खलंगाको बजारमा अतिक्रमित जग्गामा बनेका भौतिक संरचनाहरु हटाउन स्थानीय प्रशासनले जारी गरेको ३५ दिने सुचना पछि घरटहरा भत्काउन डोजर आउन लागेको भन्ने हल्लाको व्यापक चर्चा भइरहेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा परेको उजुरीको फैसला र गृहमन्त्रालयको परिपत्र भन्दै जिल्ला प्रशासन कार्यालयले फागुन २० गते केहि स्थानीयको नाम र केहि कित्ता नम्वरहरुमा रहेका जग्गाहरुको क्षेत्र तोकेर ती क्षेत्रमा वनेका घरटहराहरु भत्काउन सार्वजनिक सुचना जारी गरेपछि यहाँ विभिन्न थरिका हल्लाहरु फैलिएका छन् ।स्थानीय प्रशासनको सुचना, अख्तियारको फैसला,गृहमन्त्रालयको पत्र र विभिन्न समयमा वसेका जिल्ला स्तरका सर्वदलीय तथा सर्वपक्षीय वैठकहरुले पनि विकल्प नदिएर गरेका निणर्यहरुका आधारमा स्थानीय प्रशासन अघि वढेको छ । जाजरकोट सदरमुकाम खलंगाको वजार क्षेत्रमा अहिले भर्खरै भन्दा पनि तीस चालिस वर्...
भेरी त्रिवेणी मावि रिम्नामा बाल क्लब स्तरीय हाजिरीजवाफ प्रतियोगिता सम्पन्न

भेरी त्रिवेणी मावि रिम्नामा बाल क्लब स्तरीय हाजिरीजवाफ प्रतियोगिता सम्पन्न

Breaking News, राष्ट्रिय, शिक्षा, संस्कृति, समाचार
जाजरकोट :भेरी नगरपालिका १ रिम्नाको भेरी त्रिवेणी माद्यामिक विद्यालयमा बाल क्लब स्तरीय हाजिरीजवाफ प्रतियोगिता सम्पन्न भएको छ ।बिहिबार रिम्नाको विद्यालयमा उक्त प्रतियोगिता सम्पन्न भएको हो । युरोपियन युनियन,हेल्भटास नेपाल र महिला सशक्तिकरण मञ्च नेपालको आर्थिक तथा प्राविधिक सहयोग तथा भेरी नगरपालिका र भेरी त्रिवेणी मावि रिम्नाको समन्वय र सहिद स्मृति युवा क्लवको आयोजनामा उक्त प्रतियोगिता सम्पन्न भएको थियो । “बालमैत्री शासन,बालअधिकारको सम्मान” भन्ने नाराका साथ बालबालिकाको अन्तरनिहित क्षमताको विकास होस भनि यस्तो प्रतियोगिता सन्चालन गरेको सहिद स्मृति युवा क्लवका अध्यक्ष प्रेम विश्वकर्माले बताए । सहिद स्मृति युवा क्लवको सक्रियतामा भेरी त्रिवेणी माविमा सुशासन,पैरवी,रुपान्तरण,स्थानीय शासन,चेतना र प्रवद्र्धन गरी ६ वटा विषयगत बाल क्लव गठन गरिएका छन् । तीनै बाल क्लवका क्षमता विकासका लागि बाल क्लव स्तर...
सहिद मण्डलकाे स्मृतिमा श्रद्धाञ्जली  सभा सम्पन्न

सहिद मण्डलकाे स्मृतिमा श्रद्धाञ्जली सभा सम्पन्न

Breaking News, शिक्षा, संस्कृति
जाजरकोट : जनयुद्धका सहिद ललित बहादुर सिंह ( मण्डल)काे स्मृतिमा श्रद्धाञ्जली सभा सम्पन्न भयकाे छ ।तत्कालीन जनयुद्धको क्रममा आजकै दिन २०६२/ साल फाल्गुन १६ गते पाल्पा जिल्लाको तीन गिरे भन्ने ठाउँमा जनमुक्ति सेना र तत्कालीन शाहि नेपाली सेना बिच दाेहाेराे भिडन्त भयकाे थियाे । साेहि भिडन्तमा कम्पनी कमाण्डर ललित बहादुर सिंह ( मण्डल ) काे सहादत भयकाे थियाे । प्रत्येक बर्ष फाल्गुन १६ गते सहिद मण्डलकाे स्मृतिमा श्रद्धाञ्जली सभा हुँदै आयकाेमा आज पनि विभिन्न कार्यक्रम गरि सहिद मण्डलको १८ ओै स्मृति दिवस सम्पन्न भयकाे हाे। ...
भुकम्प प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सरकारले ५ लाख अनुदान दिने

भुकम्प प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सरकारले ५ लाख अनुदान दिने

Breaking News, अर्थवाणिज्य, पुर्वाधार, राष्ट्रिय, समाचार
जाजरकोट :पुर्ननिर्माणका लागि सरकारले प्रति परिवार पाँच लाख अनुदान दिने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले भूकम्प प्रभावित क्षेत्रमा प्रति परिवार घर निर्माणका लागि पाँच लाख अनुदान दिने निर्णय गरेको हो । पुनर्निर्माणका लागि सरकारले आन्तरिक स्रोत, बाहृय सहयोग, अनुदान र ऋण प्रयोग गर्ने भएको छ । कार्यविधि अनुसार भूकम्प प्रतिरोधी घरको ढाँचा तयार गरी पुनर्निर्माणको काम अघि बढ्ने बताईयकाे छ। भूकम्प गएको चार महिना बितिसक्दा पनि पुनर्निर्माणको काम अघि नबढेको भन्दै संसदमा सरकारको आलोचना भएको थियो । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले मन्त्रिपरिषद् बैठकले भूकम्प प्रभावित क्षेत्रमा पुनर्निर्माण अघि बढाउने निर्णय गरेको बताए । "कार्यविधि स्वीकृत भइसकेको छ । अब आन्तरिक र बाहृय स्रोत परिचालन गरी पुनर्निर्माण अघि बढ्छ,"गृह मन्त्री श्रेष्ठले भने । जाजरकोटमा हालसम्म ४२ हजार...
“कर्णालीवासीले दिएका साथ र माया मेरा प्रेरणाका स्रोतहरु हुन्”: नर बहादुर कार्की

“कर्णालीवासीले दिएका साथ र माया मेरा प्रेरणाका स्रोतहरु हुन्”: नर बहादुर कार्की

Breaking News, विचार, शिक्षा
सुर्खेत : जाजरकोटका नरबहादुर कार्की एउटा दुर्गम जिल्ला बिकट ठाउँकाे जिवन्त र उदयमान प्रतिभा हुन। साधारण लेखपढ गर्न नजान्ने बुवाआमा उनलाई पढाउन जरुरी ठान्छन् । गाउँदेखि सदरमुकामका विद्यालयसम्म जेनतेन गरेर एसएलसीसम्म पढाउँछन् । त्यसपछिको उच्च शिक्षा पूरा गर्न उनी आफैंले मिहिनेत गर्छन् , आफ्नो जीवनमा उनी देश-विदेशमा पुगेर सामाजिक अभियानताका रुपमा सक्रिय भएर काम गरिरहेका छन। -वीरेन्द्रनगरमा भइरहेको कर्णाली उत्सवको पाँचौ संस्करणको पहिलो दिन उनले आफ्नो कथा सुनाए ।उत्सवमा उनले कर्णालीको पैकेलो (हिरो) कारुपमा कथा सुनाएका हुन । ब्यागराउण्डमा बजिरहेकाे संगितकाे धुनले केही भावुक माेडमा उनी प्रस्तुत भयर भन्छन-‘मलाई आमाबुवाले पढाउन जरुरी ठान्नुभयो, बुवा गोठालो हुनुहुन्थ्यो, उहाँले गोठालाको छोरा पनि पढोस् न त भनेर ठान्नुभयो र मलाई पढाउनुभयो,’ उनले आफ्नो कथाको सुरुमा सुनाए, ‘बाबा र आमा दुवैलाई नाम ले...
सहिद तुफानकाे  स्मृति दिवसका दिन सिंहद्वारा-घाेषित छात्रवृत्ति प्रदान

सहिद तुफानकाे स्मृति दिवसका दिन सिंहद्वारा-घाेषित छात्रवृत्ति प्रदान

Breaking News, अर्थवाणिज्य, राष्ट्रिय, शिक्षा, संस्कृति, समाचार
जाजरकोट :महान् सहिद तुफान( गोपाल बहादुर सिंह) को स्मृति दिवसका दिन पूर्णबहादुर सिंह समरजङ्ग ले आफ्ना बुवा बितु सिंह र आमा बिन्दासरा सिंहको नाममा २०७८ सालमा स्थापना गरिएको "बितु सिंह- बिन्दासरा सिंह स्मृति छात्रवृत्ति" श्री जनकल्याण आधारभूत विद्यालय, गुमथले, कुशे-२ का छात्र- छात्रालाई प्रदान गरिएको छ ।आजकै दिन २०५८ मा जनमुक्ति सेना नेपालले अछामको मङ्गलसेन कार्वाहीको क्रममा कमरेड तुफानलगायत दर्जनौं योद्धाहरुले उच्च सहादत प्राप्त गरेका थिए । छात्रवृत्ति सिंहका जेठा दाजु श्री गोरख बहादुर सिंह , बिद्यालयका प्रअ तिलकबहादुर सिंह शिक्षक भक्त बहादुर सिंह , सिता कुमारी सिंह , बिब्यस  अध्यक्ष हरि बहादुर सिंह सहिद तुफान कि आमा तुलसा सिंह लगायतको उपस्थितिमा उक्त बिद्यालयमा अध्यनरत  ८ कक्षाकी उत्कृष्ट छात्रा नमुना  सिंह र जेहेन्दार छात्र कक्षा ५का प्रशान्त सिंह लाई नगद रूपैयाँ पाँच हजारका दरले एक समा...
नलगाड नगरपालिका जाजरकोटले जनयुद्ध दिवसका दिन सार्वजनिक बिदा दिने

नलगाड नगरपालिका जाजरकोटले जनयुद्ध दिवसका दिन सार्वजनिक बिदा दिने

Breaking News, राष्ट्रिय, शिक्षा, संस्कृति, समाचार
जाजरकोट : नलगाड नगरपालिका जाजरकोटले जनयुद्ध दिवसमा सार्वजनिक बिदा दिने भएको छ । जनयुद्ध दिवस फागुन १ गते नलगाड नगरपालिकाले सार्वजनिक विदा दिने भएको हो । आइबार प्रेस नोट सार्वजनिक गरेर नलगाड नगरपालिकाले फागुन १ गते जनयुद्ध दिवसका दिन सार्वजनि विदा दिने निर्णय सार्वजनिक गरेको छ । निमित्त प्रमुख प्रशासकीय अधिकृत मणिराम पोखरेलद्धारा हस्ताक्षर गरिएको प्रेस नोटमा यही माघ २७ गते नलगाड नगरपालिकाको २९ औं नगर कार्यपालिकाको निर्णय अनुसार फागुन १ गते सार्वजनिक विदा दिने निर्णय भएको बताईएको छ । संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनाको जगका रुपमा रहेको सशस्त्र जनयुद्ध सुरु भएको दिन २०५२ साल फागुन १ गतेलाई स्मण गर्दै नलगाड नगरपालिकाको नगर कार्यपालिकाको कार्यालय, सबै वडा कार्यालय, बिषयगत शाखा र सवै विद्यालयहरुमा सार्वजनिक विदा दिने प्रेस नोटमा जनाईएको छ । विगत बर्षहरुमा फागुन १ गतेदेखि ३ गतेसम्म जनयु...