११ श्रावण २०८१, शनिबार

सहिद तुफानकाे स्मृति दिवसका दिन सिंहद्वारा-घाेषित छात्रवृत्ति प्रदान

जाजरकोट :महान् सहिद तुफान( गोपाल बहादुर सिंह) को स्मृति दिवसका दिन पूर्णबहादुर सिंह समरजङ्ग ले आफ्ना बुवा बितु सिंह र आमा बिन्दासरा सिंहको नाममा २०७८ सालमा स्थापना गरिएको “बितु सिंह- बिन्दासरा सिंह स्मृति छात्रवृत्ति” श्री जनकल्याण आधारभूत विद्यालय, गुमथले, कुशे-२ का छात्र- छात्रालाई प्रदान गरिएको छ ।आजकै दिन २०५८ मा जनमुक्ति सेना नेपालले अछामको मङ्गलसेन कार्वाहीको क्रममा कमरेड तुफानलगायत दर्जनौं योद्धाहरुले उच्च सहादत प्राप्त गरेका थिए ।

छात्रवृत्ति सिंहका जेठा दाजु श्री गोरख बहादुर सिंह , बिद्यालयका प्रअ तिलकबहादुर सिंह शिक्षक भक्त बहादुर सिंह , सिता कुमारी सिंह , बिब्यस  अध्यक्ष हरि बहादुर सिंह सहिद तुफान कि आमा तुलसा सिंह लगायतको उपस्थितिमा उक्त बिद्यालयमा अध्यनरत  ८ कक्षाकी उत्कृष्ट छात्रा नमुना  सिंह र जेहेन्दार छात्र कक्षा ५का प्रशान्त सिंह लाई नगद रूपैयाँ पाँच हजारका दरले एक समारोहकाबीच प्रदान गरियकाे हाे ।

स्मरण रहोस् युवा नेता कमरेड समरजङ्ग र होनहार कमान्डर एवम् महान् सहिद कमरेड तुफान त्यसै विद्यालयमा स्थापना वर्षमा नै औपचारिक शिक्षाको प्रारम्भ गरेका थिय । जनकल्याण  विद्यालयको स्थापना र विकासमा श्री बितु सिंहलगायत अग्रजहरूको महत्त्वपूर्ण योगदान रहेको छ । सिंहले २०७८ सालमा एक कार्यक्रममार्फत छात्रवृत्तिको घाेषणा गरेका थिय ।