२३ भाद्र २०८१, आईतवार

अखिल नेपाल शिक्षक संगठनद्वारा देव कुमारी बुढाकाे स्मृतिमा शाेक सभा सम्पन्न

पाल्पा :अखिल नेपाल शिक्षक संगठन केन्द्रीय समितिले संगठन का केन्द्रीय सदस्य तथा अनुशासन आयाेगका संयोजक बिजय बुढाकी आमाको स्मृतिमा शाेक सभा सम्पन्न गरेकाे छ ।
शनिबार पाल्पा जिल्ला रैनादेवी छहरा गाउँपालिका वडा न ६ निवासी पाल्पा जिल्लाका अध्यक्ष तथा सगठनका केन्द्रीय सदस्य अनुशासन आयाेगका संयाेजक विजय बुढाथोकी की ममतामयी माता देव कुमारी बुढाथोकिकाे ११ ओै दिनमा शाेकसभा सम्पन्न गरेको हाे।

संगठनका केन्द्रीय सहअध्यक्ष गुनाखर भट्टराईकाे प्रमुख आतिथ्यतामा शाेकसभा कार्यक्रम सम्पन्न भएको थियोे । शाेकसभामा मन्तब्य राख्दै भट्टराईले जिवन र मुत्यु स्वभाविक प्रत्रिया भएको सम्पूर्णलाई शाेकलाई शत्तिमा बदल्दै स्वर्गीय आमाको बाँकी कार्यभार पुरा गर्नुपर्ने दायित्व पुरा गर्न हामी सबै लाग्नुपर्ने बताए ।कार्यक्रममा संगठनका केन्द्रीय उपमहासचिव (अर्थ )लक्ष्मण वलीले स्वर्गीय आमा प्रति श्रद्धाञ्जली अर्पण गदै आमाकाे मुत्युले संगठनलाई गम्भीर र स्तम्भ बनाएको बताउदै संगठनले कुशल अभिभावक गुमाएको पिडा बाेध भएको कुरा ब्यक्त गरेका थिय ।
कार्यक्रममा शिक्षक संगठनका लुम्बिनी प्रदेश अध्यक्ष भिमदेब ढकाल केन्द्रीय सदस्य तथा लेखा समिति संयाेजक रामजी आचार्य केन्द्रीय सदस्य रेशम चालिसे,लगायतका संगठनका अर्घाखाँची र रूपन्देहीका शिक्षक तथा प्रतिनिधिहरूकाे सहभागीता रहेकोे थियोे।