आरसिपि नेपालले २९ औँ जनयुद्ध दिवस विभिन्न कार्यक्रम गरि मनाउने
काठमाडौं :क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालले २९ औँ जनयुद्ध दिवस काठमाडौँ उपत्यका लगायत देशैभर विभिन्न कार्यक्रमका बीच भव्य रूपमा मनाउने तयारी गरेको छ । पार्टीको केन्द्रीय कार्यालयले माघ मसान्तका दिन देशभर जनयुद्ध दिवसको अवसरमा दिपावली गर्न सर्कुलर गरेको छ । जनयुद्धको पूर्वसन्ध्यामा देशैभर क्रान्तिकारी कम्युनिस्ट पार्टीले दीपावली गर्ने र काठमाडौँ उपत्यकामा भने मशाल जुलुस गर्ने तयारी गरिएको छ ।
फागुन १ गते काठमाडौँ उपत्यकामा पार्टीको केन्द्रीय समितिको आयोजनामा विशेष कार्यक्रम हुँदैछ । पार्टीका अध्यक्ष मोहन वैद्य ‘किरण’ लगायत शीर्ष नेतृत्वहरूको उपस्थितिमा पार्टी कार्यालय कुपण्डोलमा दिनको १२ बजे उक्त समारोह सुरू गरिने पार्टी कार्यालयले जानकारी दिएको छ । त्यसैगरी उपत्यका बाहिर सात वटै प्रदेश र जिल्लाहरूमा पनि विभिन्न कार्यक्रमको आयोजना गरी भव्य रूपमा जनयुद्ध दिवस मनाउने कार्यक्रम रहेको ...