२० असार २०८२, शुक्रबार

Tag: क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल

क्रान्तिकारी कम्युनिस्ट पार्टी र मशालले शान्तिबाटिमा विरोधसभा गर्ने

क्रान्तिकारी कम्युनिस्ट पार्टी र मशालले शान्तिबाटिमा विरोधसभा गर्ने

Breaking News, अर्थवाणिज्य, राजनीति, राष्ट्रिय, विचार, समाचार
काठमाडौं ।भ्रष्टाचारी तथा मानव तस्करहरुलाई कडाभन्दा कडा कारबाही गर्न चौतर्फीरुपमा सरकारलाई दबाब परेको छ । क्रान्तिकारी कम्युनिस्ट पार्टी लगायत विभिन्न राजनीतिक पार्टीहरु, तिनका भातृसंगठनहरु र नागरिक समाजले चौतर्फी रुपमा भ्रष्टाचारीहरु तथा मानव तस्करहरुलाई कडाभन्दा कडा कारबाही गर्न जोडदार माग गरेका छन् । चौतर्फी रुपमा दबाब बढाएका छन् । क्रान्तिकारी कम्युनस्टि पार्टी र नेकपा (मशाल)ले भ्रष्टाचारीलाई कडाभन्दा कडा कारबाही गर्न र राष्ट्रघाती नागरिकता विधेयक खारेज गर्न माग गर्दै  विशाल आमसभाको आयोजना गरेको छ । शान्तिबाटिकामा दिउसो १ बजे नारा जुलुस सहित विरोधसभाको आयोजना गरिएको हाे । विरोध सभालाई क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका कार्यालय सदस्य तथा पार्टी प्रवक्ता धर्मेन्द्र बास्तोला र मशालका शीर्ष नेतृत्वले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । आमसभाको पूर्वसन्ध्यामा दुवै पार्टीले संयुक्त ...
नेपालीलाई भुटानी शरणार्थी बनाउने कार्य गम्भीर राष्ट्रघात : क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल

नेपालीलाई भुटानी शरणार्थी बनाउने कार्य गम्भीर राष्ट्रघात : क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल

Breaking News, अर्थवाणिज्य, राजनीति, राष्ट्रिय, समाचार
काठमाडौं ।नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने कार्यमा संलग्न भएकाहरूमा हाइफ्रोफाइलवाला व्यक्तिहरूको नाम एकपछि अर्को गरी छताछुल्ल भइरहेको बेला क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालले उक्त घटना गम्भीर राष्ट्रघात र जनघात भएको बताएको छ । नेपाल सरकारको नेतृत्व गर्दै आएका पार्टीका नेताहरू, मन्त्रीहरू तथा सरकारका उच्चपदस्थ कर्मचारीहरूसमेत यस्तो कार्यमा संलग्न भएको कुरा अहिले नेपाली सञ्चारमाध्यममा छताछुल्ल भएको भन्दै क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले यो नेपालको इतिहासमा लज्जास्पद परिघटना भएको पनि बताएको छ ।क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका प्रवक्ता कञ्चनले मङ्गलबार प्रेस वक्तव्य जारी गर्दै भनेका छन्, ‘आर्थिक लाभका निमित्त आफ्नो देशका नागरिकलाई अर्कै देशको शरणार्थी बनाउने र तेस्रो देशमा पठाउने काममा सरकार नै संलग्न हुनु नेपालको इतिहासमा आजसम्मकै सबैभन्दा लज्जास्पद परि...
पार्टी एकता घाेषणासभा सम्पन्न

पार्टी एकता घाेषणासभा सम्पन्न

Breaking News, राजनीति, राष्ट्रिय, विचार, समाचार
काठमाडौं ।क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको घोषणा सभा सम्पन्न भएको छ। शनिवार काठमाडौमा रहेकाे स्काई दरबार काे हलमा १३४ओैँ मजदुर दिवसको अवसरमा पार्टी एकत घाेषणा कार्यक्रम सम्पन्न भयकाे हाे । नेकपा (बहुमत) र नेकपा (क्रान्तिकारी माओवादी) बीच एकता भएर पुनर्गठन भएको क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको घोषणासभामा सम्बोधन गर्दै अध्यक्ष माेहन वैद्य किरणले एकता नेपाली क्रान्तिको ऐतिहासिक आवश्यकताको अभिव्यक्ति रहेको बताए । नेपाली जनता, पार्टी नेता–कार्यकर्ता र योद्धाले इतिहासमा धेरै रगत बगाएको सन्दर्भ उठाउँदै अध्यक्ष किरणले विगतमा जनताले अद्वितीय योगदान गरेर पनि आन्दोलनमा दक्षिणपन्थी संशोधनवाद प्रबल हुँदा जनताले चाहेको जनवादी सत्ता प्राप्त हुन नसकेको र अब यो एकता तथा यसले निर्माण गरेको नयाँ क्रान्तिकारी धार र मूल प्रवाहले मरणासन्न प्रतिक्रियावादी संशोधनवादी शक्ति र दलाल पुँजीवादी सत्ता...
दुई कम्युनिस्ट पार्टीको संयुक्त एकताअधिवेशन सम्पन्न

दुई कम्युनिस्ट पार्टीको संयुक्त एकताअधिवेशन सम्पन्न

Breaking News, राष्ट्रिय, विगन्यूज, विचार, समाचार
काठमाडौं ।  माेहन वैद्य  नेतृत्वको  नेकपा (क्रान्तिकारी माओवादी) र धर्मेन्द्र बास्तोला नेतृत्वको  नेकपा (बहुमत) बिच पार्टी एकता अधिवेशन सम्पन्न भयकाे छ । काठमाडौंकाे अनामनगर ,घट्टेकुलाे स्थित इच्छुक साँस्कृतिक प्रतिष्ठानकाे सभाहलमा शनिबार  नयाँ राजनीतिक कार्यदिशा , अन्तरिम विधान , नयाँ सांगठनिक संरचना र समसामयिक प्रस्ताव पास गर्दै पार्टीको  नाम क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल र अध्यक्ष माेहन वैद्य किरण , प्रवक्तामा धर्मेन्द्र बास्तोला कन्चन लाई चयन गरेकाे छ । अधिवेशनबाट  १५ जनाएको कार्यलय सदस्य, ८७ जना  सचिवालय सदस्य र २६७ जनाकाे  महाधिवेशन आयाेजक कमिटी रहने गरि, पार्टी एकता अधिवेशन सम्पन्न भएको हाे । आगामी बैशाख १८ गते अन्तर्राष्ट्रिय श्रमिक दिवसका दिन खुल्ला मन्च काठमाडौंमा पार्टीको नाम र कार्यक्रम हरु सार्वजनिक गरिने बताईयकाे छ ।  ...