११ श्रावण २०८१, शनिबार

दुई कम्युनिस्ट पार्टीको संयुक्त एकताअधिवेशन सम्पन्न

काठमाडौं ।  माेहन वैद्य  नेतृत्वको  नेकपा (क्रान्तिकारी माओवादी) र धर्मेन्द्र बास्तोला नेतृत्वको  नेकपा (बहुमत) बिच पार्टी एकता अधिवेशन सम्पन्न भयकाे छ ।

काठमाडौंकाे अनामनगर ,घट्टेकुलाे स्थित इच्छुक साँस्कृतिक प्रतिष्ठानकाे सभाहलमा शनिबार  नयाँ राजनीतिक कार्यदिशा , अन्तरिम विधान , नयाँ सांगठनिक संरचना र समसामयिक प्रस्ताव पास गर्दै पार्टीको  नाम क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल र अध्यक्ष माेहन वैद्य किरण , प्रवक्तामा धर्मेन्द्र बास्तोला कन्चन लाई चयन गरेकाे छ ।

अधिवेशनबाट  १५ जनाएको कार्यलय सदस्य, ८७ जना  सचिवालय सदस्य र २६७ जनाकाे  महाधिवेशन आयाेजक कमिटी रहने गरि, पार्टी एकता अधिवेशन सम्पन्न भएको हाे । आगामी बैशाख १८ गते अन्तर्राष्ट्रिय श्रमिक दिवसका दिन खुल्ला मन्च काठमाडौंमा पार्टीको नाम र कार्यक्रम हरु सार्वजनिक गरिने बताईयकाे छ ।