२३ भाद्र २०८१, आईतवार

अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघ ४ नम्बर प्रदेशको एकता अधिवेशन सम्पन्न

पाेखरा :क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल निकट अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघ ४ नम्बर प्रदेशको एकता अधिवेशन पोखरा औद्योगिक क्षेत्रमा सम्पन्न भएको छ ।
अधिवेशनले कालिबहादुर पाण्डे संयोजक र बिना बुढाथोकी सहसंयोजक रहेको २९ सदस्य प्रदेश समिति निर्वाचित गरेको छ ।

एकता अधिवेशनमा क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका कार्यालय सदस्य बाबुराम गजमेर, अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघका सहसंयोजक वसन्त बोगटी, क्रान्तिकारी कम्युनिस्ट पार्टीका सचिवालय सदस्य रामजी थापा,मामा,नारायण अधिकारी,कास्की जिल्ला संयोजक सुजन, विद्यार्थी प्रदेश संयोजक प्रेम प्रशान्त बोहरा, युवाका प्रदेश संयोजक लोकेन्द्र राई, प्रमोद सिंह, महिला संगठनका प्रदेश संयोजक लक्ष्मी खड्का, महासंघका सचिवालय सदस्य चन्द्रबहादुर बस्यालले शुभकामना मन्तब्य राखेका थिय।
अधिवेशनलाई शुभकामना दिँदै प्रमुख अतिथि बाबुराम गजमेरले यो व्यवस्थाका विरुद्ध ठूलो लडाइँ लड्नुपर्ने भएकोले क्रान्तिकारी कम्युनिस्ट पार्टीको नेतृत्वमा सम्पूर्ण मजदुर किसान, क्रान्तिकारी शक्ति र देशभक्तहरु एकताबद्ध हुनुपर्ने कुरा ब्यक्त गरे ।‘यो व्यवस्थाको विकल्पमा ठूलो लडाइँको तयारी गर्नुपर्छ, त्यसका निम्ति नेपालका क्रान्तिकारी शक्तिहरु एकताबद्ध हुन आवश्यक छ । देशभक्तहरु एकताबद्ध हुनुपर्छ । मजदुर किसानहरू एकताबद्ध हुनुपर्छ । फेरि पनि मजदुर किसान नेपाली क्रान्तिको मुख्य शक्ति हो’गजमेरकाे उद्घोष रहेको थियो ।

त्यसैगरी अधिवेशनलाई शुभकामना दिँदै सहसंयोजक वसन्त बोगटीले कारखानाहरुमा विद्यमान मालिक र मालिकवादी ट्रेड युनियनहरुको साङ्लो तोडेर नेपालको क्रान्तिकारी मजदुर आन्दोलनले आफूलाई प्रमाणित गर्ने समय आएको उल्लेख गरेका थिय। ‘अहिले कारखानाहरुमा मालिक र मालिकवादी ट्रेड युनियनहरुको लुट चलिरहेको छ । मजदुरहरु ३ हजार भन्दा थोरै पारिश्रमिकमा काम गर्न बाध्य पारिएका छन । नेपालका मजदुरहरुले आफ्नो अधिकारको पक्षमा लड्ने संगठनको माग गरेका छन । हाम्रो संगठनले कारखानामा विद्यमान मालिक र मालिकवादी ट्रेड युनियनको लुटको विरुद्धमा लड्ने छ र आफूलाई प्रमाणित गर्नेछ । ४ नम्बर प्रदेश महासंघलाई त्यसका निम्ति शुभकामना !’बाेगटिकाे भनाई थियाे।अधिवेशन पूर्व अमरसिंह चोक पोखराबाट मजदुरहरुको एकता र्‍याली शुरु भएको थियो । र्‍यालीमा मजदुरहरुले गोलि हैन रोजगार दे ! ऋणमुक्त मजदुर घोषणा गर ! तलबमान शतप्रतिशत वृद्धि गर ! मिटरव्याज तथा वित्तिय शोषण बन्द गर ! श्रमशक्ति निर्यात बन्द गर ! शिक्षा स्वास्थ्य निशुल्क गर ! ठेकेदार, ज्याला र करार प्रथा खारेज गर ! सम्पूर्ण मजदुर एक होऔं ! सहितका नाराहरु बुलन्द गरेका थिए ।
एकता अधिवेशनलाई कास्की महासंघका संयोजक बलराम तामाङले सञ्चालन र बिना बुढाथोकीले स्वागत गरेका थिय ।