२ कार्तिक २०८१, शुक्रबार

नलगाड नगरपालिका प्रशासनिक कार्य सम्पादनमा जिल्ला कै उत्कृष्ट

जाजरकोट : नलगाड नगरपालिका जाजरकोट प्रशासनिक कार्यसम्पादन मूल्याङ्कनमा जिल्लाकै उत्कृष्ट पालिका भएको छ ।
स्थानीय तहहरूको संस्थागत क्षमता स्व मूल्याङ्कन (लिजामा) नलगाड नगरपालिका प्रथम भएको हो ।

आर्थिक वर्ष २०७९/०८० को कार्य सम्पादनका आधारमा सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सार्वजनिक गरेको नतिजा अनुसार ९५.५ प्रतिशत ल्याएर प्रशासनिक मूल्याङ्कनमा उत्कृष्ट भएको पालिकाका प्रमुख प्रशासकिय अधिकृत दिनेश भट्टराई बताएका हुन ।

विभिन्न सूचकहरूको मूल्याङ्कनको आधारमा आर्थिक वर्ष २०७९/०८० मा तय भएका कार्यक्रम र कार्य प्रगतिलाई मूल्याङ्कनको मुख्य आधार बनाएर प्रत्येक स्थानीय तहहरूलाई १०० पूर्णाङ्कमा निर्धारण गरी विभिन्न शीर्षकहरूमा मूल्याङ्कन गरिने अधिकृत भट्टराइको भनाई छ ।

१०० पूर्णाङ्कको मूल्याङ्कनमा नलगाड नगरपालिकाले ९५.५ अङ्क पाएको छ भने छेडागाड नगरपालिकाले ७७.५ पाएको छ ।

सबै पालिकाहरुकाे नतिजा :